Banner
आज २०८२ साल जेठ ३० गते शुक्रबारको राशिफल
आज २०८२ साल जेठ ३० गते शुक्रबार। असार कृष्ण पक्षको द्वितिया तिथि। तदनुसार सन् २०२५ जुन १३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन राम्रो छ। लामो यात्रा सफल हुनेछ। भाग्यले साथ दिनेछ। राजनीतिक क्षेत्रमा सोचेको काम बन्नेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ।
वृष : स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने दिन छ। राजनीतिक क्षेत्रमा विपक्षी शक्तिशाली भएकाले सचेत बन्नुपर्छ। दाम्पत्य जीवन सुखमय बित्नेछ। शिक्षामा प्रगति हुनेछ।
मिथुन : दिन राम्रो छ। व्यापारमा लाभ हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। पर्यटन क्षेत्रको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।
कर्कट : दिन सामान्य राम्रो छ। तपाईंमाथि पारिवारिक जिम्मेवारी थपिने छ। राजनीतिमा फाइदा हुनेछ। शिक्षा क्षेत्रमा प्रगति हुने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ला।
सिंह : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्ने छ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ। रचनात्मक काम र कलाकारिताको क्षेत्रमा मन आकर्षि हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।
कन्या : दिन सामान्य छ। मन निराश बन्नेछ। पारिवारिक कारणले मनमा चिन्ता थपिने छ। कम बोल्नु राम्रो हुनेछ। रिस उठिहाले पनि शान्त बन्नुपर्ने दिन छ।
तुला : आफन्तको सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। उपचारमा भए रोग पहिचान हुनेछ। परिवारको साथले तपाईंलाई उत्साहित बनाउने छ।
वृश्चिक : उदयमान चन्द्रमा तपाईंको राशिमा पुगेकाले सम्पत्ति आर्जन हुनेछ। प्राविधिक शिक्षामा गरेको कार्यबाट सफलता मिल्नेछ। परिवार भित्र पनि गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।
धनु : तपाईंकै राशिमा चन्द्रमा रहेकाले मन शान्त रहनेछ। साथीको सहयोगमा महत्त्वपूर्ण काम बन्नेछ। दाम्पत्य जीवनमा सुख मिल्नेछ। राम्रो भएर घुम्ने अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।
मकर : गलत ठाउँमा आज तपाईंको धन र ऊर्जा खर्च हुनेछ। राजनीतिमा विरोधीले गलत आरोप लगाउने छन्। स्वास्थ्यको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारमा गोपनीयता भंग नगर्नु उचित होला।
कुम्भ : दिन सामान्य राम्रो छ। आफन्तसँगको भेटले मनमा सन्तुष्टि मिल्नेछ। इज्जतका लागि सम्पत्ति खर्च गर्नुपर्ने दिन छ। अन्त्य साढेसातीको प्रभावले मन अशान्त बन्ने जोखिम हुन्छ।
मीन : आफ्नो भाग्यको फैसला आफैंले गर्नुपर्ने समय आएको छ। एकपछि अर्को पारिवारिक बोझले सताउने छ। स्वास्थ्यको क्षेत्रमा लाभ हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।
Facebook Comment
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login