Banner
अमेरिकी चाहनाविपरीत आक्रमण गरिरहने इजरायलको संकेत, कस्तो छ इरानको तयारी ?
इजरायलले इरानविरुद्ध गरेको आक्रमणप्रति अमेरिका सन्तुष्ट नरहेको संकेत गरेको छ ।
बीबीसीका अनुसार अमेरिकाले इजरायली आक्रमणको पूर्वसूचना पाएको थियो। अमेरिकी नागरिकको सुरक्षाका लागि तुरुन्त कदम चाल्नु त्यसको प्रमाण हो।
इरानमा इजरायली आक्रमणमा ‘अमेरिकी सहभागिता छैन’ भनेर आफ्ना अभिव्यक्तिहरूमा अमेरिकी अधिकारीहरूले जोड दिनु यसैको प्रमाण रहेको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले विश्लेषण गरेका छन् ।
इरानसँगको आणविक वार्ता जारी रहेको र ट्रम्पका कूटनीतिक प्रतिनिधि स्टीभ विकफ आइतबार ओमानमा इरानी प्रतिनिधिसँग भेट गर्ने तयारीमा रहिरहेको बेला इजरायलले हमला गरेको हो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी समयतालिकाअनुसार होइन, इजरायल आफ्नै हिसाबले अघि बढ्छ भन्ने सन्देश दिन चाहेका छन् ।
ट्रम्पले ‘नयाँ शान्ति युग’ को कुरा गरे पनि, इजरायलको यो कदमले अमेरिकी प्रभाव सीमित भएको पनि सन्देश दिएको छ ।
मध्यपूर्वमा युद्धको खतरा थप बढेको बेला ट्रम्पले यो नयाँ कूटनीतिक संकटसँग जुझ्नुपर्ने देखिएको बीबीसीले विश्लेषण गरेको छ ।
नेतान्याहूले दुत्कारेका हुन् ट्रम्पको सल्लाह ?
बेन्यामिन नेतान्याहू र डोनाल्ड ट्रम्पबीच यस हमलाको सम्भावनालाई लिएर मतभेद चर्किएको संकेत यसअघि पनि प्रकट भएका थिए ।

ट्रम्पले नेतान्याहूलाई ‘अहिलेलाई आक्रमण नगर्न’ भनेका थिए किनकि अमेरिका इरानसँग आणविक वार्ताका लागि काम गरिरहेको थियो ।
यद्यपि इजरायलले यो नै उपयुक्त मौका हो भनेजस्तै गरी आक्रमण गरेको छ । हिजबुल्लाहको क्षयीकरणपछि क्षेत्रीय सन्तुलनमा इरान कमजोर भएको विश्लेषण इजरायलको रहेको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूको विश्लेषण छ ।
मार्को रुबियो लगायतका अमेरिकी नेताहरूको अभिव्यक्तिले इजरायलको यो कदम अमेरिकालाई मन नपरेको सन्देश प्रवाह भइरहेको छ ।
इरानको चेतावनीः इजरायलले ठूलो मूल्य चुक्ता गर्नुपर्छ
यसैबीच इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईले इजरायली आक्रमणले इजरायलको ‘घृणित चरित्र’ प्रकट गरेको टिप्पणी गरेका छन् ।
रोयटर्सका अनुसार उनले भनेका छन्, ‘यस हमलासँगै इजरायलले आफ्नै लागि तीतो भविष्य तयार पारेको छ, र त्यो उसले निश्चित रूपले भोग्नेछ।’

स्तब्ध इरानी नागरिक
इजरायली आक्रमणपछि घर बाहिर निस्किएका इरानीहरू स्तब्ध देखिन्छन् । यो शहरले सन् १९८० को दशकको इरान–इराक युद्धपछि यति ठूलो सैन्य आक्रमण देखेको थिएन।
एसोसिएटेड प्रेसका अनुसार, तेहरानमा विस्फोटका आवाज रोकिएका छैनन् ।
इरानी सरकारी सञ्चारमाध्यमहरूले इजरायली आक्रमण दोहोरिएको छ । रोयटर्सका अनुसार शहरमाथि एयर डिफेन्स प्रणाली चलिरहेको आवाज पनि सुनिएको छ।
धेरै मानिसहरू रातभर सुत्न सकेनन्, भिडिओहरू एक-अर्कालाई पठाइरहे, र आफ्नो क्षेत्र आक्रमणमा पर्यो कि भनेर सोधिरहे।
यो पटक, अक्टोबर र अप्रिल २०२४ का आक्रमणहरूभन्दा फरक कुरा के छ भने सत्यापित (फ्याक्ट चेक गरिएका) भिडियोहरूले तेहरानका आवासीय भवनहरूमा आक्रमण भएको देखाएको छ।
इन्स्टाग्राम, फेसबुक, एक्स जस्ता प्रमुख सामाजिक सञ्जालहरू इरानमा प्रतिबन्धित छन्, तर मानिसहरूले भीपीएन जस्ता उपायबाट सामाजिक सञ्जाल चलाउँछन् ।
सरकारी सञ्चारमाध्यमभन्दा छिटो आम मानिसहरूले आक्रमणका भिडिओहरू साझा गरेका थिए।

इरानको सरकारी टेलिभिजनले अझै पनि अवस्था ‘शान्त’ रहेको र आगो नियन्त्रणमा आएको बताउँदै घटना कम आँक्ने प्रयास गरिरहेको छ।
यसबेला घाइते वा मृतकको संख्याबारे घोषणा भएको छैन, तर सरकारी मिडियाले अमेरिकालाई दोष दिँदै, ‘बालबालिका मारिएको’ दाबी गरिरहेको छ।
शहरमै हमला
इरान र इजरायलबीच विगतमा आक्रमण–प्रत्याक्रमण भएका भए पनि ती आवादी क्षेत्र वा सहर केन्द्रित थिएनन्।
बीबीसीका अनुसार, त्यसैले यो आक्रमण करोडौं इरानीहरूका लागि गहिरो आघात हो – यो तिनीहरूको जीवननजिक आएको संकट हो।
स्वभाविक रूपमा इरानले निश्चय नै बलपूर्वक प्रतिक्रिया दिनेछ। गत अक्टोबरमा उसले सयौं ब्यालेस्टिक मिसाइल इजरायलमा प्रहार गरे पनि धेरैजसो रोकिएका थिए । इरानले यस्ता कारबाही फेरि दोहोर्याउन सक्छ।
यस क्षेत्रमा रहेका इरानी समर्थित सशस्त्र समूहहरू केही हदसम्म कमजोर देखिए तापनि उनीहरूले पनि केही जवाफी कारबाही गर्न सक्छन्।
इरानी सेनाले के भन्यो ?
इरानी सेनाका प्रवक्ता अबोलफजल शेकरचीले भनेका छन्, ‘यो यहूदीवादी आक्रमणको हाम्रो सशस्त्र बलहरूले निश्चित रूपमा जवाफ दिनेछ। इजरायल र अमेरिका यसका लागि भारी मूल्य चुकाउने छन्।’
इजरायली सेनाका प्रमुख अफस्टाफ एयाल जामीरले टेलिभिजनमार्फत सम्बोधन गर्दै भनेका छन्, ‘हामी सबै सीमामा तयारी गरिरहेका छौं र दशौं हजार सैनिक परिचालन गर्दैछौं।’
उनी थपे, ‘हामीलाई चुनौती दिने जो–कसैले भारी मूल्य चुकाउनु पर्नेछ।’

उनले सम्बोधनमा भने, ‘इजरायली जनताहरू, म तपाईंहरूलाई पूर्ण सफलता सुनिश्चित गर्न सक्दिनँ। इरानी सरकारले प्रतिक्रिया जनाउने प्रयास गर्नेछ। यसपटकको लागत हामीलाई बानी परेकोभन्दा फरक हुनेछ ।’
उनले इरानले पनि लामो समयदेखि तयारी गरिरहेको भन्दै अब साँचो अर्थमा इजरायलले प्रत्यक्ष खतराको सामना गर्ने चेतावनी दिए ।
इजरायली रणनीति के ?
समाचार संस्थाहरूका अनुसार इजरायली आक्रमणको उद्देश्य इरानको ‘कमाण्ड र कन्ट्रोल सिस्टम’ ध्वस्त पार्नु रहेको देखिन्छ ।
इजरायलको बहुतहको आक्रमणले इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रम र आणविक कार्यक्रम दुवैलाई लक्षित गरिरहेको अलजजीराले जनाएको छ ।
इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्सका नेताहरू र आणविक वैज्ञानिकहरूलाई हत्या गरेर, इजरायलले ‘सिधै प्रणालीलाई नै लक्षित गरेको’ अलजजिराले उल्लेख गरेको छ ।
‘उनीहरू प्रणालीलाई भंग गर्ने, सञ्जालहरू काट्ने र कमाण्ड तथा कन्ट्रोल प्रणालीलाई स्थिर बनाउने प्रयास गर्दैछन्,’ अलजजीराको एक रिपोर्टमा उल्लेख छ ।
अल जजीरा वरिष्ट संवाददाता अली हासेमले भने, ‘यो स्पष्ट रूपमा अक्टोपस स्ट्राइक रणनीति हो । यसअन्तर्गत शत्रुका हातहरू र टाउकोलाई सिधै निशाना बनाउने रणनीति अपनाइएको छ ।’
यसैबीच, इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईका सल्लाहकार अली शामखानी इजरायली आक्रमणका क्रममा गम्भीर घाइते भएको खबर आएको छ।
नूर न्यूज नामक इरान सरकारनिकट समाचार संस्थाका अनुसार, तेहरानमा हालै भएका आक्रमणमा उनी गम्भीर रूपमा घाइते भएका छन् ।
Facebook Comment
Banner
मौसम विभाग पुगे गृह र ऊर्जामन्त्री,
गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल मौसम विज्ञान विभाग पुगेर असोज ९ गतेदेखि हुने भनिएको वर्षा र हिमपातबारे चासो राखेका छन् ।
उनीहरुले बबरमहलस्थित कार्यालय पुगेर विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेललगायतलाई भेटेका छन् । साथै सम्भावित जोखिम र आवश्यक तयारीबारे छलफल गरेका हुन् ।
छलफलको क्रममा विभागका मौसमविदहरुले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली भेगमा भारी हिमपात हुने पूर्वानुमान गरिएको बताएका थिए ।
वर्षा गराउने प्रणाली नेपालभर नै फैलिने सम्भावना छ । साथै पहाडी र तराई भेगमा भारीदेखि धेरै भारी वर्षा तथा उच्च हिमाली भेगमा हिमपातले जोखिम निम्ताउन सक्ने सम्भावना छ ।
हालसम्मको अवस्था हेर्दा सबैभन्दा बढी वर्षा लुम्बिनी र गण्डकी प्रदेशमा हुने सम्भावना रहेको विभागकी प्रवक्ता पोखरेलले बताइन् । सो वर्षाले डुबान, कटान र पहिरोको जोखिम निम्तने खतरा भएकाले जोखिमयुक्त पहिचान गरिएका क्षेत्रमा उच्च सतर्कता अपनाउन र हिमालतर्फको यात्रा नगर्न भनिएको उनले बताइन् ।
साथै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बद्ध मन्त्रालयका अधिकारीहरुसँग पनि अध्यावधिक जानकारी र सूचना आदानप्रदान गरिरहेको उनले बताइन् ।
‘विपद् प्राधिकरणसँग हाम्रो रेगुलर कुरा भइरहेको छ र सम्बद्ध निकायबाट आवश्यक तयारी पनि भइरहेको जानकारी छ,’ प्रवक्ता पोखरेलले भनिन् ।
टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह
उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भू–भागमा पुगेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’ (बलियो न्यूनचापीय क्षेत्र) मा परिणत भएको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यो प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएकाले यसको प्रभावस्वरूप बुधबारदेखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जानेछ ।
महाशाखाका अनुसार असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनेछ भने एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।
त्यसैगरी, मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका पनि थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।
मौसम विभागले सोमबार जारी गरेको विशेष बुलेटिनलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सूचना जारी गर्दै उच्च सतर्कता अपनाउन सबै सरोकारवाला र आम नागरिकलाई अनुरोध गरेको छ ।
प्राधिकरणले उक्त अवधिमा अत्यन्त जरुरी नभई टाढा र रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ । त्यस्तै, सम्बन्धित संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय र स्वयंसेवकलगायतले आम सर्वसाधारणलाई सुसूचित गर्ने र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन भनेको छ । जोखिम भएका राजमार्ग र सडकहरूमा डोजर, एक्साभेटर, लोडरलगायतका साधन तयारी अवस्थामा राख्न भनेको छ ।
Banner
त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते भएका चालकको मृत्यु भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा गएराति उपचारका क्रममा मृत्यु भएको हो ।
रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसका चालक रहेका ती व्यक्तिको पहिचान भने खुलिनसकेको प्रहरीले जनाएको छ ।
सोमबार मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको ऋद्धिसिद्धि यातायातको बसमा आगजनी भएको थियो ।
आगलागी लगत्तै दमकलको सहायताले आगो नियन्त्रणमा लिइए पनि ९० प्रतिशतभन्दा बढी शरीर जलेका चालकको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । घाइते चालकलाई साेमबार दिउँसो करिब १ बजे अस्पताल पुर्याइएको थियो।
चालक आफैँले बसमा आगो लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । घटना हुनुअघि उनको ट्राफिक प्रहरीसँग विवाद भएको थियो ।
प्रहरीले घटनाको वास्तविक कारण र आगजनीको पृष्ठभूमिबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।
Banner
आज र भोलि पनि केही स्थानमा भारी वर्षा हुने
आज र भोलि दुई दिन देशका अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार असोज ६ र ७ गते कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा/हिमपातको सम्भावना बढी रहेको छ।
आज असोज ६ गते दिउँसो देशका हिमाली तथा पहाडी भू–भाग र कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ। सुदूरपश्चिमको तराई क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
राति पनि कोशी र मधेश प्रदेशसहित देशका हिमाली भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
यो पनि पढ्नुहोस
असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको चेतावनी, राति यात्रा नगर्न आग्रह
यसैगरी, असोज ७ गते दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
असोज ७ गते दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
असोज ७ गते राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
रातिको समयमा मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तथा सुदूरपश्चिमको तराईमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ।
महाशाखाका अनुसार असोज ७ गते राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, लुम्बिनीको पहाडी क्षेत्र तथा बागमती, गण्डकी र लुम्बिनीका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो, बाढी तथा डुबानको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र
















You must be logged in to post a comment Login