Connect with us
Advertisement

अमेरिकी चाहनाविपरीत आक्रमण गरिरहने इजरायलको संकेत, कस्तो छ इरानको तयारी ?

Published

on

इजरायलले इरानविरुद्ध गरेको आक्रमणप्रति अमेरिका सन्तुष्ट नरहेको संकेत गरेको छ ।

बीबीसीका अनुसार अमेरिकाले इजरायली आक्रमणको पूर्वसूचना पाएको थियो। अमेरिकी नागरिकको सुरक्षाका लागि तुरुन्त कदम चाल्नु त्यसको प्रमाण हो।

इरानमा इजरायली आक्रमणमा ‘अमेरिकी सहभागिता छैन’ भनेर आफ्ना अभिव्यक्तिहरूमा अमेरिकी अधिकारीहरूले जोड दिनु यसैको प्रमाण रहेको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूले विश्लेषण गरेका छन् ।

इरानसँगको आणविक वार्ता जारी रहेको र ट्रम्पका कूटनीतिक प्रतिनिधि स्टीभ विकफ आइतबार ओमानमा इरानी प्रतिनिधिसँग भेट गर्ने तयारीमा रहिरहेको बेला इजरायलले हमला गरेको हो ।

तर अब यो सम्भावित कूटनीतिक उपलब्धि बिग्रिएको देखिन्छ। ट्रम्पले खुलेर अभिव्यक्ति नदिए पनि, नेतान्याहूले तेहरानमाथि आक्रमण गर्ने निर्णय गरेर अमेरिकी प्रयासलाई चुनौती दिएको संकेत गरेका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी समयतालिकाअनुसार होइन, इजरायल आफ्नै हिसाबले अघि बढ्छ भन्ने सन्देश दिन चाहेका छन् ।

ट्रम्पले ‘नयाँ शान्ति युग’ को कुरा गरे पनि, इजरायलको यो कदमले अमेरिकी प्रभाव सीमित भएको पनि सन्देश दिएको छ ।

मध्यपूर्वमा युद्धको खतरा थप बढेको बेला ट्रम्पले यो नयाँ कूटनीतिक संकटसँग जुझ्नुपर्ने देखिएको बीबीसीले विश्लेषण गरेको छ ।

नेतान्याहूले दुत्कारेका हुन् ट्रम्पको सल्लाह ?

बेन्यामिन नेतान्याहू र डोनाल्ड ट्रम्पबीच यस हमलाको सम्भावनालाई लिएर मतभेद चर्किएको संकेत यसअघि पनि प्रकट भएका थिए ।

बेन्यामिन नेतान्याहू र डोनाल्ड ट्रम्प

ट्रम्पले नेतान्याहूलाई ‘अहिलेलाई आक्रमण नगर्न’ भनेका थिए किनकि अमेरिका इरानसँग आणविक वार्ताका लागि काम गरिरहेको थियो ।

यद्यपि इजरायलले यो नै उपयुक्त मौका हो भनेजस्तै गरी आक्रमण गरेको छ । हिजबुल्लाहको क्षयीकरणपछि क्षेत्रीय सन्तुलनमा इरान कमजोर भएको विश्लेषण इजरायलको रहेको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरूको विश्लेषण छ ।

मार्को रुबियो लगायतका अमेरिकी नेताहरूको अभिव्यक्तिले इजरायलको यो कदम अमेरिकालाई मन नपरेको सन्देश प्रवाह भइरहेको छ ।

इरानको चेतावनीः इजरायलले ठूलो मूल्य चुक्ता गर्नुपर्छ 

यसैबीच इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईले इजरायली आक्रमणले इजरायलको ‘घृणित चरित्र’ प्रकट गरेको टिप्पणी गरेका छन् ।

रोयटर्सका अनुसार उनले भनेका छन्, ‘यस हमलासँगै इजरायलले आफ्नै लागि तीतो भविष्य तयार पारेको छ, र त्यो उसले निश्चित रूपले भोग्नेछ।’

आयातोल्लाह अली खामेनेई

स्तब्ध इरानी नागरिक 

इजरायली आक्रमणपछि घर बाहिर निस्किएका इरानीहरू स्तब्ध देखिन्छन् । यो शहरले सन् १९८० को दशकको इरान–इराक युद्धपछि यति ठूलो सैन्य आक्रमण देखेको थिएन।

एसोसिएटेड प्रेसका अनुसार, तेहरानमा विस्फोटका आवाज रोकिएका छैनन् ।

इरानी सरकारी सञ्चारमाध्यमहरूले इजरायली आक्रमण दोहोरिएको छ । रोयटर्सका अनुसार शहरमाथि एयर डिफेन्स प्रणाली चलिरहेको आवाज पनि सुनिएको छ।

धेरै मानिसहरू रातभर सुत्न सकेनन्, भिडिओहरू एक-अर्कालाई पठाइरहे, र आफ्नो क्षेत्र आक्रमणमा पर्‍यो कि भनेर सोधिरहे।

यो पटक, अक्टोबर र अप्रिल २०२४ का आक्रमणहरूभन्दा फरक कुरा के छ भने सत्यापित (फ्याक्ट चेक गरिएका) भिडियोहरूले तेहरानका आवासीय भवनहरूमा आक्रमण भएको देखाएको छ।

इन्स्टाग्राम, फेसबुक, एक्स जस्ता प्रमुख सामाजिक सञ्जालहरू इरानमा प्रतिबन्धित छन्, तर मानिसहरूले भीपीएन जस्ता उपायबाट सामाजिक सञ्जाल चलाउँछन् ।

सरकारी सञ्चारमाध्यमभन्दा छिटो आम मानिसहरूले आक्रमणका भिडिओहरू साझा गरेका थिए।

इरानको सरकारी टेलिभिजनले अझै पनि अवस्था ‘शान्त’ रहेको र आगो नियन्त्रणमा आएको बताउँदै घटना कम आँक्ने प्रयास गरिरहेको छ।

यसबेला घाइते वा मृतकको संख्याबारे घोषणा भएको छैन, तर सरकारी मिडियाले अमेरिकालाई दोष दिँदै, ‘बालबालिका मारिएको’ दाबी गरिरहेको छ।

 

शहरमै हमला 

इरान र इजरायलबीच विगतमा आक्रमण–प्रत्याक्रमण भएका भए पनि ती आवादी क्षेत्र वा सहर केन्द्रित थिएनन्।

बीबीसीका अनुसार, त्यसैले यो आक्रमण करोडौं इरानीहरूका लागि गहिरो आघात हो – यो तिनीहरूको जीवननजिक आएको संकट हो।

स्वभाविक रूपमा इरानले निश्चय नै बलपूर्वक प्रतिक्रिया दिनेछ। गत अक्टोबरमा उसले सयौं ब्यालेस्टिक मिसाइल इजरायलमा प्रहार गरे पनि धेरैजसो रोकिएका थिए । इरानले यस्ता कारबाही फेरि दोहोर्‍याउन सक्छ।

यस क्षेत्रमा रहेका इरानी समर्थित सशस्त्र समूहहरू केही हदसम्म कमजोर देखिए तापनि उनीहरूले पनि केही जवाफी कारबाही गर्न सक्छन्।

इरानी सेनाले के भन्यो ?

इरानी सेनाका प्रवक्ता अबोलफजल शेकरचीले भनेका छन्, ‘यो यहूदीवादी आक्रमणको हाम्रो सशस्त्र बलहरूले निश्चित रूपमा जवाफ दिनेछ। इजरायल र अमेरिका यसका लागि भारी मूल्य चुकाउने छन्।’

इजरायली सेनाका प्रमुख अफस्टाफ एयाल जामीरले टेलिभिजनमार्फत सम्बोधन गर्दै भनेका छन्, ‘हामी सबै सीमामा तयारी गरिरहेका छौं र दशौं हजार सैनिक परिचालन गर्दैछौं।’

उनी थपे, ‘हामीलाई चुनौती दिने जो–कसैले भारी मूल्य चुकाउनु पर्नेछ।’

उनले सम्बोधनमा भने, ‘इजरायली जनताहरू, म तपाईंहरूलाई पूर्ण सफलता सुनिश्चित गर्न सक्दिनँ। इरानी सरकारले प्रतिक्रिया जनाउने प्रयास गर्नेछ। यसपटकको लागत हामीलाई बानी परेकोभन्दा फरक हुनेछ ।’

उनले इरानले पनि लामो समयदेखि तयारी गरिरहेको भन्दै अब साँचो अर्थमा इजरायलले प्रत्यक्ष खतराको सामना गर्ने चेतावनी दिए ।

इजरायली रणनीति के ?

समाचार संस्थाहरूका अनुसार  इजरायली आक्रमणको उद्देश्य इरानको ‘कमाण्ड र कन्ट्रोल सिस्टम’ ध्वस्त पार्नु रहेको देखिन्छ ।

इजरायलको बहुतहको आक्रमणले इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रम र आणविक कार्यक्रम दुवैलाई लक्षित गरिरहेको अलजजीराले जनाएको छ ।

इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्सका नेताहरू र आणविक वैज्ञानिकहरूलाई हत्या गरेर, इजरायलले ‘सिधै प्रणालीलाई नै लक्षित गरेको’ अलजजिराले उल्लेख गरेको छ ।

‘उनीहरू प्रणालीलाई भंग गर्ने, सञ्जालहरू काट्ने र कमाण्ड तथा कन्ट्रोल प्रणालीलाई स्थिर बनाउने प्रयास गर्दैछन्,’ अलजजीराको एक रिपोर्टमा उल्लेख छ ।

अल जजीरा वरिष्ट संवाददाता अली हासेमले भने, ‘यो स्पष्ट रूपमा अक्टोपस स्ट्राइक रणनीति हो । यसअन्तर्गत शत्रुका हातहरू र टाउकोलाई सिधै निशाना बनाउने रणनीति अपनाइएको छ ।’

यसैबीच, इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईका सल्लाहकार अली शामखानी इजरायली आक्रमणका क्रममा गम्भीर घाइते भएको खबर आएको छ।

नूर न्यूज नामक इरान सरकारनिकट समाचार संस्थाका अनुसार, तेहरानमा हालै भएका आक्रमणमा उनी गम्भीर रूपमा घाइते भएका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक