Banner
सुन्दरहरैँचामा विराट एक्स्पो–४ को आय–व्यय सार्वजनिक,
ज्ञाननाथ ढकाल, सुन्दरहरैँचा, मोरङ
सुन्दरहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा सम्पन्न सुन्दरहरैँचा विराट एक्स्पो–४ को आय–व्यय विवरण सार्वजनिक गरिएको छ। मिति २०८१ साल माघ ३० गतेदेखि फागुन ११ गतेसम्म भव्य रुपमा सञ्चालन भएको उक्त एक्स्पोबाट संकलित आम्दानी, खर्च तथा सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको सहयोग सार्वजनिक गरिनुका साथै एक्स्पो प्रमोशनल ज्याकेट उपहार कार्यक्रम पनि सम्पन्न गरिएको हो।
एक्स्पोबाट प्राप्त कुल आय रु १,०४,०८,२४७.६९ रहेको संघले जनाएको छ। स्थायी संरचना निर्माण (वाल कम्पाउन्ड, गेट, शौचालय, सचिवालय भवन) मा रु ३९,३०,७१८.९४ खर्च गरिएको छ, जुन रकम स्थायी सम्पत्तिको रूपमा मानिएको छ।
संघका अनुसार, अहिलेसम्म पाउनुपर्ने बाँकी रकम रु ३८,१६,०९० रहेको छ भने बैंकमा रु २६,३६,२८६ मौज्दात छ। यस्तै नगदमा रु २५,१५२ मौज्दात रहेको जानकारी दिइएको छ।
कार्यक्रममा विभिन्न तहका जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक संघसंस्थाका प्रमुख, सञ्चारकर्मी, उद्योगी–व्यवसायी र नगरवासीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
सामाजिक उत्तरदायित्वमा रु २ लाखभन्दा बढी सहयोग
कार्यक्रममा संघले सामाजिक उत्तरदायित्व अन्तर्गत लोहित मुक्ति घाट निर्माण समितिका अध्यक्ष श्री नवराज चापागाईंज्युलाई रु २,०१,००० को चेक हस्तान्तरण गरेको छ। त्यस्तै, सेल्फी नाट्य कला केन्द्र, सलकपुरका सदस्य श्री लक्ष्मीप्रसाद पोख्रेललाई रु ५१,००० हस्तान्तरण गरिएको संघले जनाएको छ।
थापा दाजुभाइबाट रु २.५१ लाखको सहयोग
सार्वजनिक शौचालय निर्माण सहयोगार्थ नारायण बहादुर थापा, भुपाल बहादुर थापा, सुरेन्द्र बहादुर थापा, राजेन्द्र बहादुर थापा (राजेश) र शम्भु बहादुर थापाले संयुक्त रूपमा रु २,५१,००० को एकमुष्ठ सहयोग हस्तान्तरण गर्नुभएकोमा संघले हार्दिक आभार व्यक्त गरेको छ।
एक्स्पो समिति विघटन, बाँकी हिसाबका लागि संघमा सम्पर्क
संघका अध्यक्ष नारायण कार्कीका अनुसार, एक्स्पो मूल समिति अब औपचारिक रूपमा विघटनमा गएको छ। तर, यदि कसैसँग एक्स्पोसम्बन्धी कुनै आर्थिक वा लेखापालना विषय बाँकी छ भने संघमा प्रत्यक्ष सम्पर्क गर्न सूचित गरिएको छ।
कार्यक्रमको समापनमा अध्यक्ष कार्कीले सबै सहयोगी, सहभागी, संघसंस्थालाई धन्यवाद दिँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Facebook Comment
Banner
सलकपुरमा शिल्पी नाट्य केन्द्रको विधिवत् उद्घाटन, ‘छुटेका सपना’ मञ्चनसँगै सञ्चालन सुरु
मोरङको सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरमा स्थापना गरिएको शिल्पी नाट्य केन्द्र शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। नयाँ नाटक ‘छुटेका सपना’ को पहिलो मञ्चनसँगै स्थानीय स्तरमै रंगमञ्चको नयाँ गन्तव्य थपिएको हो। नगरप्रमुख केदारप्रसाद गुरागाईं र नाटकका परिकल्पनाकार तथा निर्देशक युवराज घिमिरेले संयुक्त रूपमा मसाल बालेर नाट्य केन्द्रको उद्घाटन गर्नुभएको थियो।
शिल्पी नाट्य केन्द्रले निर्माण गरेको यो स्थानलाई आगामी दिनमा भुल्के एम्फी थिएटरका रूपमा विस्तार गर्दै कला र संस्कृतिको केन्द्र बनाउने योजना अघि सारिएको छ। उद्घाटनकै दिन मञ्चन गरिएको नाटक हेर्न दर्शकको उल्लेख्य सहभागिता देखिएको थियो, जसले सलकपुरमा रंगमञ्चप्रतिको बढ्दो आकर्षणलाई स्पष्ट पारेको छ।
नाटक ‘छुटेका सपना’ ले समाजमा व्याप्त राजनीतिक, सामाजिक तथा प्रशासनिक विकृतिलाई व्यङ्ग्यको माध्यमबाट प्रस्तुत गरेको छ। भ्रष्टाचार, ढिलासुस्ती, बेथिति र गरिबीका कारण किसानले भोग्नुपरेका दुःख–पीडालाई कलाकारहरूले सशक्त अभिनयमार्फत जीवन्त बनाएका छन्।
नाटकमा संगीता उराँव, सुशिला लुहार, सम्पदा थुलुङ राई, इच्छा सिंह, कञ्चन दास, पवित्रा खड्का, अनुप तिमिल्सिना, ज्याक डी.सी. बराल, गोविन्द ओली, सुमित भण्डारी, धनराज सुनार, रविन परियार, झकेन बी.सी. र उत्सव काकीं लगायत कलाकारहरूको अभिनय रहेको छ।
कार्यक्रममा कवि कुमार नगरकोटीले कविता वाचन गर्दै सांस्कृतिक माहोल थप जीवन्त बनाउनु भएको थियो। निर्देशक घिमिरेले शिल्पी नाट्य केन्द्रलाई आफ्नो दीर्घकालीन सपनाको सुरुआतका रूपमा व्याख्या गर्दै आफू जन्मेको स्थानलाई नै पहिचानयुक्त नाट्य गन्तव्य बनाउने लक्ष्य रहेको बताउनुभयो। आम मानिस एउटै ठाउँमा बसेर कला अनुभूति गर्न सकून् भन्ने सोचका साथ एम्फी थिएटर निर्माण गरिएको उहाँको भनाइ छ।
नाट्य केन्द्रलाई नाफामुखी भन्दा पनि सामाजिक चेतना अभिवृद्धि गर्ने अभियानका रूपमा अघि बढाइने स्पष्ट पार्दै घिमिरेले प्रत्येक दुई–दुई महिनामा नयाँ कार्यक्रम ल्याइने योजना रहेको जानकारी दिनुभयो। स्थानीय कला, संस्कृति र सिर्जनालाई मञ्च दिने उद्देश्यसहित सलकपुरबाट सुरु भएको यो प्रयासले पूर्वी नेपालमा रंगमञ्चको नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login