Connect with us
Advertisement

ठूलो बजेट ल्याउने सुविधा हुँदा पनि आफू सन्तुलित भएको अर्थमन्त्रीको दाबी

Published

on

सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ठूलो बजेट ल्याउने सुविधा भए पनि आफू सम्हालिएको तर्क गरेका छन्‌ ।

अहिले बसिरहेको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्दै अर्थमन्त्री पौडेलले बजेटमा मामिलामा आफ्नै प्रतिरक्षा गरेका हुन्‌ ।

पौडेलले यही जेठ १५ गते संसद्‌मा १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट अनुमान पेश गरेका थिए । आफूले आर्थिक वर्षको सुरु दिनदेखि नै कार्यान्वयन गरिरहेको चालु बजेटमै असफल हुँदा क्षमताभन्दा ठूलो आकारको बजेट ल्याएको भन्दै अर्थमन्त्री पौडेलको आलोचना भइरहेको छ ।

तर, संसद्‌ बैठकमा आफ्नो प्रतिरक्षा गर्दै पौडेलले भने, ‘कुल गार्हस्थ उत्पादनको अनुपातमा बजेटको आकार करिब २८ प्रतिशत रहेको छ । सामान्यतयाः जीडीपीको ३० प्रतिशतसम्मको बजेट आकारलाई यथार्थपरक मान्ने चलन छ । त्यसकारण यो आकारको सन्दर्भमा सन्तुलित हुने त्यो अठोट प्रस्तुत बजेटमा व्यक्त भएको छ ।’

पुँजीगत खर्च चालु आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि गरेको, अन्तरसरकारी वित्त हस्तान्तरणमा वित्त आयोगबाट निर्धारण गरिएको सीमाभन्दा करिब चार अर्बले वृद्धि गरिएको, आम्दानीको मुख्य स्रोत राजस्वले समग्र खर्चको करिब ६७ प्रतिशत धान्ने गरी बजेट प्रस्ताव गरिएको पनि अर्थमन्त्री पौडेलले उल्लेख गरे ।

आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्ने सन्दर्भमा यसका केही पृष्ठभूमिहरू रहेको भन्दै अर्थमन्त्री पौडेलले चर्चा गर्न थालेका थिए । आफ्ना पूर्ववर्ती वर्षमान पुनले ल्याएको चालु आर्थिक वर्षको बजेटतिर अर्थमन्त्री पौडेल केन्द्रित भए ।

चालु आर्थिक वर्षमा राजस्व वृद्धिको लक्ष्य ३१ प्रतिशतले प्रस्ताव गरिएको, चालु आर्थिक वर्षको सुरुमा २२५ अर्ब सरकारी कोष ऋणात्मक अवस्थामा रहेको, साँवा र ब्याजको भुक्तानीका लागि राजस्वको ३५ प्रतिशत हिस्सा खर्च हुने अवस्था रहेको,बहुवर्षीय दायित्व करिब ६ खर्ब रुपैयाँभन्दा माथि रहेको पौडेलले उल्लेख गरे ।

अनिवार्य दायित्व नै करिब १३ खर्ब पुगेको अवस्था रहेको र चालु आर्थिक वर्षको बजेटमा न्यून विनियोजन गरिएका तलब, पेन्सन, कैदीबन्दीको सीदा लगायतका चालु खर्चमा न्यून विनियोजन गरिएको रकमको आकार करिब २५ अर्ब रहेको पनि अर्थमन्त्रीले बताए ।

यी विभिन्न परिस्थितिका बीचबाट आफूले आगामी आर्थिक वर्षका लागि राजस्व र व्ययको अनुमान आफूले पेश गरेको बताउँदै पौडेलले अघिल्लो सरकारका अर्थमन्त्रीले ल्याएको बजेटप्रति असन्तुष्टि व्यक्त गरे ।

चालु आर्थिक वर्षको विनियोजनको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार ५.५ प्रतिशतले वृद्धि गरिएको हिसाब पनि अर्थमन्त्री पौडेलले सुनाए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक