Banner
अमेरिकाबाट डिपोर्ट भएका नेपाली : जाहेरी दिन आउँछु भनेका थिए, फर्किंदै फर्किएनन्
त्यो दिन दाङकी २३ वर्षीया ममता उत्साह र केही डर बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन् ।
उत्साहको कारण– उनी सपनाको देश अमेरिकाको यात्रा सुरु गर्दै थिइन्, जहाँ पुगेपछि उनका गाउँका थुप्रै दाजुभाइको जिन्दगी बदलिएको थियो ।
डर चाहिँ उनी पहिलो पटक अन्तर्राष्ट्रिय यात्रा गर्दै थिइन् । र, यो यात्रा त्यति सहज छैन भन्ने हेक्का पनि उनलाई थियो ।
बिदाइका लागि विमानस्थल पुगेका साथीभाइ भेट्दा उनी केही भावुक बनिन् । करिब २० मिनेटजति खादामाला, अंकमालसहित बिदाइको श्रृंखला चल्यो ।
अन्तिम गन्तव्यबारे उनी ढुक्क थिइन्, तर बीचमा अनेकौं ‘कनेक्टिङ’ मुलुकहरु छिचोल्नुपर्ने थियो । साथीभाइले उनलाई बिदाइ त अमेरिका नै जाने भनेर गरेका थिए । यद्यपि उनको हातमा बोर्डिङ पास थियो दुबईको ।
खासमा जसले उनीसँग अमेरिका जान भन्दै सुरुमा १० लाख रुपैयाँ लिएका थिए, तिनले उनलाई भिजिट भिसामा दुबई हुँदै अमेरिका उडाउने आश्वासन दिएका थिए ।
दुबईबाट कति मुलुकको यात्रा गर्नुपर्ला भन्ने उनलाई अन्दाज थिएन । भलै पहिलो किस्ताको रकम बुझाउने बेला बिचौलियाले सजिलै सुनाएका थिए, ‘दुबई–ब्राजिल–मेक्सिको हुँदै दक्षिण अमेरिका ।’
बोर्डिङ पास हातमा परिसकेपछि विमानस्थलभित्रै एक तलामाथि अध्यागमन जाँचका लागि उक्लिनु पर्ने थियो । तर, उनलाई त्यति आत्मविश्वास आइरहेको थिएन, कता–कता डर लाग्न थालेको थियो ।
उनलाई भनिएको थियो– कर्मचारीसामु घुम्न जाने हो भन्नुपर्छ, होटल बुकिङ देखाउनुपर्छ । त्यसबाहेक धेरै नबोल्न बिचौलियाले सिकाएका थिए । डराउँदै इमिग्रेसन लाइनमा छिरेकी उनले त्यहाँ कल्पना गरेझैँ धेरै समस्या व्यहोर्नु परेन । सायद, अहिले चर्चामा भए जस्तै ‘भिजिट भिसा’को सेटिङ उनका लागि पनि मिलाइएको थियो ।
दुबई पुगे पनि यस अगाडिको यात्रा त्यति सहज हुनेवाला थिएन । अबुधाबी उत्रिएपछि उनलाई एउटा होस्टलमा लगेर राखियो । त्यहाँ केही नेपालीसहित विदेशी पनि थिए ।
उनले प्रहरीलाई बताएअनुसार, दुबईमा केही साताको बसाइपछि विमानमा ब्राजिल पुर्याइएको थियो । त्यहाँ ह्वाट्स एपमा बिचौलियाको सम्पर्क नम्बर उनले पाउँथिन् । त्यसरी जोडिएका व्यक्तिले उनलाई बस्ने ठाउँसम्म पुर्याउँथे ।
‘देश कट्दैपिच्छे पैसा हाल्न भन्थ्यो, त्यही अनुसार घरबाट पैसा हालिदिनु हुन्थ्यो’, उनले भनेकी छन्, ‘त्यसपछि विभिन्न मुलुक हुँदै मेक्सिकोसम्म पुर्याइएको थियो ।’
मेक्सिको सीमामा पर्खाल नाघेर उनी अमेरिकी भूमिमा प्रवेश मात्र गरेकी थिइन्, अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) का अधिकारीहरुले उनलाई नियन्त्रणमा लिइहाले ।
जानकारहरुका अनुसार, यसरी जाने केही अमेरिकामा स्थायी बसोबास गर्न सफल पनि भएका छन्, त्यही लोभमा सयौं आप्रवासीहरु जोखिमपूर्ण यात्रा गरेर सीमा क्षेत्रसम्म पुग्छन् । तर, प्रहरी अधिकारीहरुका अनुसार, अधिकांशको नियति ममताको जस्तै हुने गरेको छ ।
सीमामा पक्राउ परेपछि अमेरिकाको इमिग्रेसन एण्ड कस्टम इन्फोर्समेन्ट (आईसीई) ले उनलाई ६ महिनाजति हिरासतमा राखेको थियो ।
अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा लामो समय हिरासतमा राखेर २६ जेठमा उनीसहित ३७ नेपाली अमेरिकाबाट डिपोर्ट भएर काठमाडौं आइपुगेका थिए । यसपटक पहिले बिदाइमा जस्तो उनलाई भेट्न पुग्ने कोही थिएनन् । न उनलाई कसैको अपेक्षा थियो ।
लामो हवाई यात्रा गरेर फर्किंदा चिनजान भएका साथीहरु मिलेर बासस्थानतिर जाने तारतम्य मिलाइरहेका थिए ।

अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, सामान्य विवरण राखेर थप सोधपुछका लागि सबैलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको जिम्मा लगाइएको थियो ।
‘उहाँहरुलाई विदेश पठाउने मानव तस्करबारे कुनै सूचना आउँछ कि भन्ने हिसाबले प्रहरीलाई यसमा संलग्न गराइएको हो’, रिजाल भन्छन्, ‘कसैलाई जाहेरी दिन्छु भन्ने लागेको भए सहजीकरण गर्ने उद्देश्य पनि हो ।’
ब्यूरोले डिपोर्ट भएर आउनेहरुको सहजताका लागि यसपटक विमानस्थलमै सोधपुछ गर्ने गरी डीएसपी सुधीर राईको नेतृत्वमा १२ जना प्रहरी अधिकारीहरु खटाएको थियो ।
‘फर्किएर आउनेको संख्या धेरै भएकाले त्यहीँ पठाएका थियौं, अबेर भइसकेकाले हाम्रो टोलीले छुट्टाछुट्टै समूह बनाएर उहाँहरुसँग कुरा गरेको थियो’, ब्यूरोका प्रमुख एसएसपी कृष्ण पंगेनी भन्छन्, ‘त्यसक्रममा कतिपयले ब्यूरोमा फेरि छलफलका लागि आउने भन्नुभएको थियो ।’
तर, आइतबारसम्म उनीहरुमध्ये कोही पनि फर्किएर ब्यूरो नआएको उनी बताउँछन् ।
खुलाएनन् एजेन्टको नाम
ब्यूरोका अधिकारीहरुले अमेरिकाबाट फर्किएकाहरुलाई सोधपुछ गर्न केही प्रश्नावलीसहित एउटा फर्म्याट तयार गरेका थिए । त्यसमा कसरी अमेरिका पुग्नु भयोदेखि मानव तस्करबारे खुलाउनुपर्नेसम्मका प्रश्नहरु थिए ।
डिपोर्ट भएर आएका ५ जना महिलालाई भने ‘डंकी रुट’बाट जाँदा दुर्व्यवहार भए/नभएको बारे समेत सोधिएको थियो ।
अनुसन्धानमा संलग्न एक अधिकारीहरुका अनुसार, कतिपयलाई मानव तस्करीमा संलग्न समूहले द्वन्द्वग्रस्त मुलुक हुँदै लैजाने हुँदा त्यहाँ महिलाहरु दुर्व्यवहारमा परेका उदाहरण समेत छन् । त्यसैले यसबारे ममतासहितका महिलाहरुलाई सोधिएको थियो ।
तर, बयानमा उनीहरुले त्यस्तो कुनै अफ्ठ्यारो परिस्थितिको सामना गर्नु नपरेको बताएको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् ।
‘कतिपयले अमेरिका पठाउनेको पहिलो नाम भन्नुभयो, तर पूरा विवरण बताउन चाहनु भएन’, एक अधिकृत भन्छन्, ‘उनीहरुसँग सम्पर्क गर्ने नम्बर समेत नभएको उहाँहरुको भनाइ थियो ।’ ती अधिकृतका अनुसार, उनीहरुले जति विवरण दिए, त्यसको आधारमा अनुसन्धान अघि बढाउन सक्ने स्थिति नै थिएन ।
डिपोर्ट भएर आएकामध्ये रुकुमका निमेषले चाहिँ भारतको राजधानी नयाँदिल्ली हुँदै अमेरिका यात्रा थालेका थिए । बिचौलियाले मोबाइलमा पठाउने सन्देशका आधारमा उनी दिल्लीबाट ब्राजिल अनि त्यहाँबाट कोलिम्बिया हुँदै अघि बढेका थिए ।
एकातिर विषालु सर्पको डर र अर्कातिर द्वन्द्वरत हतियारधारी समूहसँग जम्काभेटको त्रासबीच उनी अमेरिका याक्रामा हिँडेका थिए ।
‘यात्राकै त्रममा हामीसँग भएका सामान लुटियो, पानामा पुगेर होण्डुरस, ग्वाटेमाला हुँदै मेक्सिको पुगुन्जेल अनेक दुःख भोगियो’, उनले भने, ‘त्यो यात्रा झण्डै पाँच महिनाको थियो ।’
मेक्सिकोबाट अमेरिकी सीमा पार गर्न बिचौलियाले उपयुक्त समयमा संकेत गर्थे ।
पारि अमेरिकी राज्य एरिजोना थियो, वारि मेक्सिको । लामो यात्राले त्यो दिन खास परीक्षा लिँदै थियो ।
मानव तस्कर समूहले भने अनुसार, उनीसहित करिब १० जना पर्खाल चढेर पारि गए । तर, केहीबेरमै पक्राउ परिहाले । उनका अनुसार, सीमामा सीसी क्यामराबाट समेत निगरानी हुने रहेछ, सुरक्षाकर्मीहरु आइहाले ।
उनी त्यहीँ पक्राउ परेछन् र एरिजोनामा हिरासतमा राखिएको रहेछ’, सोधपुछमा संलग्न एक अधिकारी भन्छन्, ‘लामो समय हिरासतमा राखेपछि डिपोर्ट गर्ने आदेश आयो, उनीसहित ३७ जना चार्टर्ड विमानमा फर्किए ।’
डिपोर्ट भएर २५ जेठमा काठमाडौं आएकाहरु विमानस्थलबाट बाहिर निस्किँदा चिन्तित देखिन्थे । बोरा बोकेर निस्किँदै गर्दा केही युवा ८० लाख डुब्यो भन्दै थिए, केही ६० लाख । ‘यत्रो पैसा डुबिसक्यो, के बोल्ने हो र ?’, उनीहरुको प्रतिक्रिया यत्ति थियो ।
बाहिर सञ्चारमाध्यमका प्रतिनिधिहरुको भिड देखेर प्रहरीले पहिल्यै उनीहरुलाई सचेत गराएको थियो । स्रोतका अनुसार, बोरा लिएर आएका नेपाली देखेर प्रहरीले ‘बाहिर फोटो खिच्न बसेका छन्, महत्वपूर्ण केही छैन भने नलिइ जाँदा हुन्छ’ भनेका थिए । तर, उनीहरु तयार भएनन् ।
डिपोर्ट भएर आउँदा उनीहरुसँग आफ्नो एकसरो कपडा हाल्ने झोला समेत थिएन । त्यसैले कसैले बोरा त कसैले प्लास्टिकको थैलोमा झुण्ड्याएका थिए ।
प्रहरीका अनुसार, त्यो बोरामा हिरासत बस्दाका कपडादेखि ‘टिस्यू पेपर’का डल्लासम्म थिए । ‘त्यहाँ धेरै आवश्यक कुरा छ भन्ने नलागेकाले छाड्नु भए हुन्छ भनेका थियौं’, एक अधिकृत भन्छन् ।
तर, डिपोर्ट भएर आउनेहरुका लागि भने त्यही बोरा संघर्ष, असफलता, विश्वास र मिहिनेतको प्रतीक थियो ।
निष्कासित हुने अधिकांश तल्लो बाटोबाट गएकाहरु
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीविरुद्ध कडा नीति अख्तियार गर्दै आएका छन् । उनी दोस्रो पटक राष्ट्रपति निर्वाचित भएयता मात्र १७७ जना नेपाली डिपोर्ट भएर काठमाडौं आएको अध्यागमन विभागका महानिर्देशक रिजाल बताउँछन् ।
‘अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा पहिले पनि नेपालीहरु डिपोर्ट भएर आउँथे’, उनी भन्छन्, ‘तर, पछिल्लो समय त्यो क्रम बढेको छ ।’
उनका अनुसार, २०२५ को जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन तथ्यांक छ । यसअघि सन् २०२१ मा ३५, २०२२ मा २२, २०२३ मा २४ र २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए । यसले अहिले अमेरिकाबाट निष्कासित हुने नेपालीको संख्या ह्वात्तै बढेको मान्न सकिन्छ ।
अहिले नेपालका लागि अमेरिकाले दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) समेत खारेज भएकाले डिपोर्ट हुने नेपालीको संख्या थप बढ्न सक्ने अधिकारीहरु बताउँछन् ।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता नरेन्द्र कुवँरका अनुसार, हालसम्म अमेरिकाबाट डिपोर्ट भएर आएकाहरु मध्ये अधिकांश अवैध बाटोबाट प्रवेश गरेकाहरु छन् ।
‘अहिले डिपोर्ट भएर आएको समूहले मात्र ४५ लाखदेखि डेढ करोड रुपैयाँसम्म खर्चेर अमेरिकी सीमा पुगेको भेटिएको छ’, उनी भन्छन्, ‘तर, उनीहरुमध्ये कसैले प्रहरीलाई अनुसन्धान गरिदिन भनेर उजुरी दिएका छैनन् ।’
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login