Connect with us
Advertisement

तेहरानको अवस्था बिग्रँदै, शहर छाडेर भाग्दै स्थानीय, खामेनेई परिवारसहित बंकरमा शिफ्ट

Published

on

तीन दिनदेखि जारी इजरायली आक्रमणका कारण इरानको राजधानी तेहरानको अवस्था अस्तव्यस्त बनेको छ । मानिसहरु शहर छाडेर भाग्न थालेका छन् ।

सीएनएनका अनुसार शहरका पेट्रोल पम्पमा कारहरुको लामो लाइन लागेको छ । मानिसहरु डराइरहेको र शहर छाडेर बाहिर जाने प्रयास गरिरहेको सीएनएनले जनाएको छ ।

तेहरानमा मात्र २ सयभन्दा बढीको मृत्यु भइसकेको स्थानीय अधिकारीलाई उदृत गर्दै सीएनएनले उल्लेख गरेको छ । एक स्थानीयले रोयटर्ससँग कुरा गर्दै कैयौं पटक लाइनमा लागेर पनि पेट्रोल नपाइएको बताएका छन् । इन्धन स्पालई सीमित बनाइएको छ ।

तेहरानका एक स्थानीयले भनेका छन्, ‘मानिसहरु बमबारीबाट बच्नका लागि कुनै सुरक्षित स्थान छैन । पूरै शहरमा कुनै सेल्टर छैन । जहाँ मानिसहरु गएर आफ्नो ज्यान जोगाउन सकुन् ।’

सैयौं मानिसहरु तहरानबाट क्यास्पियन सागरतर्फ गइरहेका छन् । यो क्षेत्र अन्यत्रभन्दा शान्त र दुर्गम हो । तर बाटोमा अत्यधिक जामका कारण त्यहाँ जान पनि मुस्किल भएको स्थानीयले बताएका छन् ।

जो मानिसहरु हतियार बनाइने क्षेत्रमा बस्छन् उनीहरुलाई तत्काल उक्त क्षेत्र खाली गर्न इजरायलले आइतबार चेतावनी दिएको थियो ।

तेलको मूल्यमा ७ प्रतिशत वृद्धि

इरान–इजरायल युद्धका कारण आइतबार तेलको मू्ल्यमा भारी वृद्धि भएको छ । इरानमा पछिल्लो साताको तुलनामा अहिले ७ प्रतिशत बढेको छ । अमेरिकामा तेलको मूल्यमा १ दशमलव २ प्रतिशतले बढेर ७३ दशमलव ८५ डलर प्रतिब्यारेल पुगेको छ । यस्तै अन्तर्राष्ट्रिय स्तरमा प्रयोग हुने ब्रेन्ट क्रूडको मूल्य १ प्रतिशतले बढेर ७५ डलर प्रतिब्यारेल पुगेको छ ।

सोमबार बिहान इजरायलको तटीय शहर हाइफमा ठूलो धमाका सुनिएको छ । केही संरचनामा क्षति पुगेको छ भने केही क्षेत्रमा आगलागी पनि भएको छ ।

इजरायली सरकारले यो आक्रमण इरानका तर्फबाट प्रहार गरिएका नयाँ मिसाइलका कारण भएको बताएको छ ।

इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार छ : इयु

युरोपीय आयोगकी अध्यक्ष उर्सुला वान डेर लेयेनले आइतबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुराकानी गरेको बताएकी छिन् ।

कुराकानीका क्रममा उनले भनिन्, ‘इरानको विषयमा कुराकानी र समझदारीबाट समस्याको समाधान गर्न सकिन्छ ।’ यद्दपी उनले युद्धविरामको अपील भने गरेकी छैनन् ।

साथै इरानसँग कुनै प्रकारको आणविक हतियार हुन नहुने बेन्जामिनको कुरामा आफू सहमत रहेको बताएकी छन् । आफूले गाजामा भएको आक्रमणको आलोचना पनि गरेको उल्लेख गरेकी छन् । यदि इरान अन्तर्राष्ट्रिय परमाणु नियमको पालना गर्दैन भने इजरायललाई पनि आफ्नो रक्षा गर्ने अधिकार रहेको उनको भनाइ छ ।

सोमबार इजरायलको एयरफोर्सले तेहरानमा रहेको कुद्स फोर्सको हेडक्वार्टरमा आक्रमण गरेको छ । गोप्य सूचनाका आधारमा आक्रमण गरिएको बताइएको छ ।

परिवारसँगै बंकरमा शिफ्ट भए खामेनेई

टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेई तेहरानको उत्तर पूर्वी क्षेत्रमा एक बंकरमा शिफ्ट भएका छन् । उनी आफ्ना पारिवारिक सदस्यसहित बंकरमा पुगेका हुन् ।

यसअघि अप्रिल र अक्टुबर २०२४ मा इरानले इजरायलमाथि आक्रमण गरेका बेला पनि खामेनेईले यही बंकरमा शरण लिएका थिए ।

इजरायलमा सोमबार पाँच जना मारिए

इरानले इजरायलको बनी ब्राकमा पनि मिसाइल आक्रमण गरेको छ । यसमा ८० वर्षीय एक वृद्धको मृत्यु भएको छ । यसका साथै सोमबार इरानी आक्रमणमा परी इजरायलमा पाँच जनाको मृत्यु भएको छ ।

सोमबार बिहान इजरायलको पेताह तिकवामा चारवटा ब्यालेस्टिक मिसाइल इरानले प्रहार गरेको थियो । जसमा ४ जना मारिएका थिए भने ६७ जना घाइते भएका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक