Connect with us
Advertisement

बजेट निर्माण प्रक्रियामै छुटाइएको महिला र दलित महिला सदस्यको गुनासो

Published

on

संघीय संरचनापछि देशमा तीन तहका सरकार छन् । संघ, प्रदेश र स्थानीय । जेठ १५ गते बुधबार संघ सरकारले आगामी आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरिसकेको छ ।

प्रदेश सरकारले असार १ गते बजेट ल्यायो । स्थानीय तह बजेट निर्माणको प्रक्रियामा जुटेका छन् । स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने हुन्छ । यसै अनुरुप स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु बजेट निर्माणमा जुटेका छन् ।

तर, कर्णालीका केही महिला र दलित महिला सदस्यहरु भने आफूहरुलाई बजेट निर्माणको प्रक्रियामै छुटाइएको गुनासो गर्छन् । सुर्खेतको पञ्चपुरी नगरपालिका–८ कि महिला सदस्य हरिकला महताराले बजेट तर्जुमा प्रक्रियाका कुनै पनि निर्णयमा आफूहरुलाई नबोलाउने गरेको गुनासो गरिन् ।

बस्ती स्तरका योजना छनोट लागि आउने बजेटको सिलिङबारे पनि आफूलाई जानकारी नदिने गरिएको उनले बताइन् । कतिपय कार्यक्रममासमेत बोलाइँदैन,’ उनले भनिन्, ‘कतिपय कार्यक्रमबारे थाहा नपाएर हामी जान्छौं र हाम्रो काम सहभागिता जनाउनेबाहेक केही हुन सकेन । अन्तिममा ताली पिट्नको लागि मात्र हामी जनप्रतिनिधि भएजस्तो छ ।’

योजना छनोट गर्दा होस् वा नीति तथा कार्यक्रम बनाउँदा आफूलाई केही जानकारी नै नहुने गरेको डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–२ कि महिला सदस्य छिरिङ गुरुङले बताइन् । बजेट निर्माणको प्रक्रियाबारे आफूलाई कसैले नभन्ने र आफूले पनि केही जानकारी नै नपाउने गरेको उनको भनाइ छ । उनका अनुसार बजेट सार्वजनिक हुने दिन पालिकामा बोलाउँछन् ।

त्यहाँ सुन्ने र ताली पिट्ने काम मात्र भएको उनले बताइन् । उनी भन्छिन्, ‘न त हाम्रो कुरा लागू हुन्छ । न त हामीलाई बजेट कसरी बनाउने भन्ने बारे जानकारी नै दिइन्छ ।’ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार बजेट तर्जुमा प्रक्रियामा सबै वर्ग, जाति र लिङ्गको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ । तर यसको कार्यान्वयन पक्ष भने कर्णालीमा कमजोर छ ।

मुगुको खत्याड गाउँपालिका–२ कि दलित महिला वडा सदस्य हैजाली टमटाले माथिल्लो तहका जनप्रतिनिधि, कर्मचारी र गाउँका जान्ने बुझ्नेले ठिक्क पारेको योजना पासको लागि गाउँसभामा ताली पिट्नको लागि मात्र बोलाइने गरेको दुःखेसो पोखिन् । यो पालिकासँगै जिल्लाकै दलित महिला र अन्य महिलाका धेरै समस्याहरु छन् । उनले भनिन्, ‘उनीहरुको लागि काम गर्न मन लाग्छ । तर के गर्नु ? हामीलाई त बजेट तर्जुमा प्रक्रियामा साक्षीको रुपमा मात्रै उपस्थित गराउने चलन छ । बोलिहाले पनि हाम्रो कुरा लागू हुँदैन ।’

निर्वाचित भएपछि स्थानीयका लागि काम गर्ने सोच भएपछि सहयोग बिना असम्भव हुने गरेको उनको भनाइ छ । आफूलाई चुनाव जिताउनेको लागि केहि गर्न नसकेकोमा अफ्ठ्यारो लाग्ने गरेको उनले सुनाइन् ।

पञ्चपुरी नगरपालिका–९ कि दलित महिला वडा सदस्य बविता वि.क बजेट तर्जुमा प्रक्रियाका बेला आफूले राखेका कुरा लागु नहुने गरेको बताउँछिन् । आफूले राखेका माग र योजनाको सुनुवाइ नभए पनि काम गर्ने आत्मबल घटेको उनको भनाइ छ । उनले भनिन्, ‘टोलवासीले जिताएर पनि योजना किन नहालेको भन्दै प्रश्न गर्छन् । माथिका जनप्रतिनिधिले भनेको कुराको वास्तै गर्दैनन् । पद ओगट्ने काम मात्र भएको जस्तो लाग्छ ।’

पञ्चपुरीकै महिला सदस्य कमला सुवेदीले आफूहरुले बजेट तर्जुमा प्रक्रियामा सशक्त भूमिका खेल्न नसकेको बताइन् । पर्याप्त ज्ञानको अभावमा पनि रुमलिरहेको उनको भनाइ छ । क्षमता अभिवृद्धिका कार्यक्रम नहुनुले पनि आफू कमजोर भएको महसुस हुने गरेको उनको भनाइ छ ।

बस्ती स्तरबाटै आएका धेरै मागलाई सम्बोधन गनुपर्ने भएकोले महिला र दलित सदस्यका कुरा लागू नभएको जस्तो देखिएको पञ्चपुरी नगरपालिका उपमेयर मुक्तिदेवि रेग्मीको भनाइ छ । बजेटको आकार सानो र बस्ती स्तरका माग धेरै भएकोले यो समस्या भएको उनले बताइन् ।

बजेट तर्जुमा प्रक्रियामा सकेसम्म सबैको माग सम्बोधन होस् भनेर महिला र दलित सदस्यको उपस्थितिमा बस्तीस्तरमै छलफल हुने गरेको नगरपालिकाका प्रमुख लालवीर भण्डारीको दाबी छ । उनी भन्छन् , ‘बजेट सिलिङको सन्दर्भमा सिधै वडाध्यक्षलाई जानकारी दिन्छौं । वडाध्यक्षले सदस्यहरुसँग समन्वय गर्नुपर्ने हो । त्यसो हुन नसेको अवस्था छ भने सुधार गर्दै जानेछौं ।’

योजना तर्जुमा बैठकमा महिला र दलित सदस्यको उपस्थिति अनिवार्य गराउन कानुन कार्यान्वयनको पाटोलाई जोड दिइएको मुगुको खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाहीको भनाइ छ । हतारमा योजना तर्जुमा गर्ने र बजेट ल्याउने चलनले पनि सबै पक्षको कुरा सुनुवाइ नहुने गरेको उनको भनाइ छ । पहिलेको भन्दा सुधार भएको र अझै सुधार गर्दै लैजाने उनले बताए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो

Published

on

निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।

प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।

विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्‍यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।

विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।

प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।

प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।

प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।

कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।

Continue Reading

Banner

सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै

Published

on

ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।

नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।

प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।

Continue Reading

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक