Banner
बजेट निर्माण प्रक्रियामै छुटाइएको महिला र दलित महिला सदस्यको गुनासो
संघीय संरचनापछि देशमा तीन तहका सरकार छन् । संघ, प्रदेश र स्थानीय । जेठ १५ गते बुधबार संघ सरकारले आगामी आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरिसकेको छ ।
प्रदेश सरकारले असार १ गते बजेट ल्यायो । स्थानीय तह बजेट निर्माणको प्रक्रियामा जुटेका छन् । स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने हुन्छ । यसै अनुरुप स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु बजेट निर्माणमा जुटेका छन् ।
तर, कर्णालीका केही महिला र दलित महिला सदस्यहरु भने आफूहरुलाई बजेट निर्माणको प्रक्रियामै छुटाइएको गुनासो गर्छन् । सुर्खेतको पञ्चपुरी नगरपालिका–८ कि महिला सदस्य हरिकला महताराले बजेट तर्जुमा प्रक्रियाका कुनै पनि निर्णयमा आफूहरुलाई नबोलाउने गरेको गुनासो गरिन् ।
बस्ती स्तरका योजना छनोट लागि आउने बजेटको सिलिङबारे पनि आफूलाई जानकारी नदिने गरिएको उनले बताइन् । कतिपय कार्यक्रममासमेत बोलाइँदैन,’ उनले भनिन्, ‘कतिपय कार्यक्रमबारे थाहा नपाएर हामी जान्छौं र हाम्रो काम सहभागिता जनाउनेबाहेक केही हुन सकेन । अन्तिममा ताली पिट्नको लागि मात्र हामी जनप्रतिनिधि भएजस्तो छ ।’
त्यहाँ सुन्ने र ताली पिट्ने काम मात्र भएको उनले बताइन् । उनी भन्छिन्, ‘न त हाम्रो कुरा लागू हुन्छ । न त हामीलाई बजेट कसरी बनाउने भन्ने बारे जानकारी नै दिइन्छ ।’ स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार बजेट तर्जुमा प्रक्रियामा सबै वर्ग, जाति र लिङ्गको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ । तर यसको कार्यान्वयन पक्ष भने कर्णालीमा कमजोर छ ।
निर्वाचित भएपछि स्थानीयका लागि काम गर्ने सोच भएपछि सहयोग बिना असम्भव हुने गरेको उनको भनाइ छ । आफूलाई चुनाव जिताउनेको लागि केहि गर्न नसकेकोमा अफ्ठ्यारो लाग्ने गरेको उनले सुनाइन् ।
पञ्चपुरी नगरपालिका–९ कि दलित महिला वडा सदस्य बविता वि.क बजेट तर्जुमा प्रक्रियाका बेला आफूले राखेका कुरा लागु नहुने गरेको बताउँछिन् । आफूले राखेका माग र योजनाको सुनुवाइ नभए पनि काम गर्ने आत्मबल घटेको उनको भनाइ छ । उनले भनिन्, ‘टोलवासीले जिताएर पनि योजना किन नहालेको भन्दै प्रश्न गर्छन् । माथिका जनप्रतिनिधिले भनेको कुराको वास्तै गर्दैनन् । पद ओगट्ने काम मात्र भएको जस्तो लाग्छ ।’
पञ्चपुरीकै महिला सदस्य कमला सुवेदीले आफूहरुले बजेट तर्जुमा प्रक्रियामा सशक्त भूमिका खेल्न नसकेको बताइन् । पर्याप्त ज्ञानको अभावमा पनि रुमलिरहेको उनको भनाइ छ । क्षमता अभिवृद्धिका कार्यक्रम नहुनुले पनि आफू कमजोर भएको महसुस हुने गरेको उनको भनाइ छ ।
बस्ती स्तरबाटै आएका धेरै मागलाई सम्बोधन गनुपर्ने भएकोले महिला र दलित सदस्यका कुरा लागू नभएको जस्तो देखिएको पञ्चपुरी नगरपालिका उपमेयर मुक्तिदेवि रेग्मीको भनाइ छ । बजेटको आकार सानो र बस्ती स्तरका माग धेरै भएकोले यो समस्या भएको उनले बताइन् ।
बजेट तर्जुमा प्रक्रियामा सकेसम्म सबैको माग सम्बोधन होस् भनेर महिला र दलित सदस्यको उपस्थितिमा बस्तीस्तरमै छलफल हुने गरेको नगरपालिकाका प्रमुख लालवीर भण्डारीको दाबी छ । उनी भन्छन् , ‘बजेट सिलिङको सन्दर्भमा सिधै वडाध्यक्षलाई जानकारी दिन्छौं । वडाध्यक्षले सदस्यहरुसँग समन्वय गर्नुपर्ने हो । त्यसो हुन नसेको अवस्था छ भने सुधार गर्दै जानेछौं ।’
योजना तर्जुमा बैठकमा महिला र दलित सदस्यको उपस्थिति अनिवार्य गराउन कानुन कार्यान्वयनको पाटोलाई जोड दिइएको मुगुको खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाहीको भनाइ छ । हतारमा योजना तर्जुमा गर्ने र बजेट ल्याउने चलनले पनि सबै पक्षको कुरा सुनुवाइ नहुने गरेको उनको भनाइ छ । पहिलेको भन्दा सुधार भएको र अझै सुधार गर्दै लैजाने उनले बताए ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login