Banner
ट्रयाक खुलेदेखि स्तरोन्नति हुन नसकेको ‘सेफत’ भीरमा सधैं दुर्घटनाको जोखिम
रामपुर नगरपालिका–६, तिलपुरका ७६ वर्षीय देवराज ढकाल २०३२ सालतिर नै सेफत भीरमा ट्रयाक खोल्ने काम गरेको सम्झन्छन् । त्यतिबेला रामपुर, दर्छा, गाँडाकोट, खालीवनका धेरैको पसिना सेफत भीरमा बगेको छ। किनकि यो भीरमा ट्रयाक खोल्ने काम निकै कठिन थियो। झन्डै ६ मिटर क्षेत्र ट्रयाक खुल्नै १० वर्ष लागेको उनले सम्झन्छन् ।
‘सेफतको भीरले धेरै दुःख दिएको हो,’ उनले भने, ‘पछि सरकारी योजना परेपछि मात्र चट्टान फुटाउन विस्फोट गराउने अनुमति पाएको हो ।’ त्यसअघिसम्म स्वीस, जर्मन लगायतको सहयोग थियो । ‘कामका लागि खाद्यान्न’ कार्यक्रम पछि आएपछि बल्ल केही राहत पाएको हो । होइन भने प्रधानपञ्चले नेतृत्व गर्ने र जनतालाई ल्याएर छिनोले ढुंगा काट्ने काम गरेर यहाँ ट्रयाक खुलेको हो । यो सडकका लागि स्वर्गीय ज्ञानप्रसाद अर्याल, यमनाथ देवकोटा, दिवाकर शर्मा लगायतको ठूलो मिहिनेत छ।
उनका अनुसार २०३७ सालतिर धेरै वर्षदेखि ट्रयाक खुलेको थिएन । कामका लागि खाद्यान्न अन्तर्गत हेभी इक्विपमेन्ट प्रयोग नगरी खनिएको हो । गैंती, कोदालो, छिनोलगायतका घरेलु सामग्री प्रयोग गरेर खनेको ट्रयाक हो । ‘तर सक्दै नसकिने अवस्था आएपछि भने बम विस्फोट गराएर सेफत भीरको ट्रयाक खुलेको हो,’ उनले भने, ‘तर अहिलेसम्म पनि यसको स्तरोन्नति हुन सकेको छैन । सरोकारवाला निकायको बेवास्ताले नै यस्तो भएको हो।’
रामपुर नगरपालिका–९, लाम्दीखोलाका उमाकान्त अर्यालका अनुसार सेफत भीरमा २०४३ सालतिर ट्रयाक खोलेर जिप, ट्र्याक्टर पास गरिएको हो । त्यसपछि २०४६ सालको अन्तिमतिर जब्गादीसम्म बस आउन सुरु भएको हो । अन्य स्थानमा खन्ने भन्दा बढी समय सेफत भीरले लिएको उनले बताए । ‘आर्यभञ्ज्याङदेखि ताहुँ, जब्गादी हुँदै रामपुरसम्म ट्रयाक खुल्दा ठूला मेसिन प्रयोग भएको छैन,’ उनले भने, ‘वातावरणीय हिसाबले अत्यन्त राम्रो गरी सडक खनिएको हो ।’ उनका अनुसार आर्यभञ्ज्याङदेखि नै सडकको छेउमा माटो भर्दै त्यहाँ बिरुवा रोपिँदै आएको छ । २०५९ सालपछि भने ठूला मेसिन प्रयोग गरेर सडकको माथिल्लो भाग काट्ने र तल्लो भागमा गग्रेटो फाल्ने गर्दा पहिला लगाएका रुखसमेत नासिएको छ ।
‘सिलुवालगायत केही ठाउँमा मात्र त्यस्ता पुराना रुख लगाएको देख्न सकिन्छ,’ उनले भने, ‘मानवशक्तिबाटै निर्माण गरिएको सडक भए पनि पछिल्लो समय वातावरण विनाश गर्दै ठूला मेसिन लगाएर पहिरो खस्ने गरेको छ।’ आर्यभञ्ज्याङ–रामपुर (४९) किलोमिटर पाल्पाको पूर्वभेगका बासिन्दाको लाइफलाइन सडक बनेको थियो । सडकले धेरैवटा गाउँ जोड्ने मात्र होइन, उल्लेख्य जनसंख्या र अप्ठेरो भूगोललाई पनि समेटेको छ । तर यो सडकको स्तरोन्नतिमा भने सम्बन्धित निकायको ध्यान पुगेको छैन । यो ग्रामीण सडकले साविकका धेरै गाविस समेटेको थियो । अहिले रामपुर नगरपालिका, निस्दी, पूर्वखोला, रम्भा, माथागढीलाई समेटेको छ । २०६९ सालसम्म ओटासिल कार्य सम्पन्न भएको हो । तर बर्सेनि वर्षायाममा यस भेगका बासिन्दाले सास्ती खेप्दै आएका छन् ।
‘हिउँदमा धुलो र वर्षा सुरु भएसँगै हिलोले सताउने गर्छ,’ उनले भने, ‘चिप्लो बाटो र यहाँ दुर्घटनाको जोखिम अधिक छ।’ भीरको सडकमा पानी उम्रने, शीत पर्ने गर्दा हिउँद–वर्षा जहिलेसुकै चिप्लिने डर हुन्छ । चार वर्षअघि कतिपय स्थानमा सडक चौडा गरे पनि पहिरोका कारण सडकको अवस्था उस्तै छ । वडाध्यक्ष रानाका अनुसार असार २ गतेको जिप दुर्घटनासमेत चिप्लो भएका कारण भएको हो । यहाँ दुई जनाले ज्यान गुमाए भने दुर्घटनाग्रस्त जिप झन्डै ५ सय मिटर तल पुगेको थियो ।
विगतमा तत्कालीन जिल्ला विकास समितिमार्फत् रहेको सडक केही समय सडक डिभिजनले हेर्दै आएको थियो । अहिले लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना रामपुर–रोल्पा सडकअन्तर्गत पर्छ । कालीगण्डकी करिडोर सडक कालोपत्र भएसँगै यो डाँडाबस्ती समेटेको सडक बेवास्ता परेको छ । प्रदेश सरकारले काम गरे पनि बजेट अभावले गर्दा थोरै मात्र प्रगति भएको छ । हुमीनदेखि ताहुँसम्म ४ किलोमिटर सडक स्तरोन्नतिको काम प्रदेश सरकारले तीन वर्षदेखि सुरु गरेको छ ।
प्रत्येक वर्ष वर्षा लागेपछि पहिरो खसेर सास्ती खेप्नुपर्ने पूर्वखोला–५, बीरकोटका वडाध्यक्ष विष्णु पल्लीले बताए । वर्षायाममा सधैं सास्ती खेप्दै यात्रा गर्नुपर्ने बाध्यता छ। साविक जिविसका पूर्वसभापति झपेन्द्र जीसीले सडकमा डोजर, स्काभेटर लगाएर खन्न सुरु भएपछि पहिरो खस्ने समस्या निम्तिएको बताए । ‘वातावरणीय अनुकूलता कायम गरी खनिएको सडकमा डोजर प्रयोग गर्न थालेपछि झनै समस्या बढेको हो,’ उनले भने, ‘त्यसबेला लगाएका लाकुरीका रुख पनि अहिले डोजर लगाउँदा ढालेका छन् । यसले झनै समस्या ल्याएको छ ।’ स्तरोन्नतिको नाममा जथाभावी सडक खन्दा वातावरणीय समस्या आएकाले दुर्घटना हुने, पहिरो खस्ने समस्या भएको उनले बताए ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login