Banner
१५ घर रहेको मुस्ताङको स्याङतामा टेलिकमको थ्री-जी सेवा सञ्चालन
नेपाल टेलिकम बागलुङ शाखाले मुस्ताङको स्याङतामा ३ जी सेवा विस्तार गरेको छ । १५ घर मात्रै रहेको यो गाउँ ४ हजार ४ सय मिटरको उचाइमा छ । यहाँ अहिलेसम्म टेलिफोन सम्पर्क गर्न पनि कठिन थियो ।
बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-२ को यो गाउँमा ४५ जना मात्रै मतदाता रेका छन् । नयाँ गाउँ बसेपछि स्थानीयको मागलाई मध्यनजर गरेर तत्कालका लागि ३ जी सेवा विस्तार गरेको नेपाल टेलिकम, बागलुङका प्रमुख वरिष्ठ इन्जिनियर सन्तोष बरालले बताए । यो गाउँको बाटो भएर डोल्पा जाने सडक बनिरहेकाले बस्ती विस्तार हुन सक्ने भएकाले थप सेवा बिस्तार गर्दै जाने योजना पनि उनले सुनाए ।
यो बस्तीमा अहिलेसम्म बिद्युत सेवा पनि नभएकाले सोलारबाट टावरमा विद्युतीकरण गरेर सेवा सञ्चालनमा ल्याइएको हो । यो गाउँको सडक समेत वर्षमा ७ महिना मात्रै चल्छ । ५ महिना हिउँ जमेर यात्रा गर्न नसकिने भएपछि मानिस समेत बस्दैनन् । घिउला डाँडाबाट रिपिटर राखेर यहाँ पावर पुर्याइएको हो । यसअघि यहाँका मानिसले सामान्य टेलिफोन गर्नपनि पाएका थिएनन् ।
त्यस्तै म्याग्दीको धवलागिरि गाउँपालिका-२ को लुलाङमा पनि २जी र ४जी सेवा विस्तार भएको छ । यसअघि गुर्जामा ४जी सञ्चालन भएपछि बाँकी रहेको बीटीएस टावरको उपकरण लुलाङ लगेर जडान गरिएको थियो । खोरियो, मुन, लमसुङ, लुलाङ, मरेनी र जलजला क्षेत्रलाई लक्षित गरेर यहाँ बीटीएस टावर सञ्चालनमा ल्याइएको हो । यसअघि मुदीमा मात्र बीटीएस टावर रहेकामा त्यसले नटिपेपछि स्थानीयले पटकपटक माग गर्दै आएका थिए । अब भने फोन र इन्टरनेटका लागि पनि स्थानीयले सेवा पाउने भएका छन् । यहाँ भने नेपाल विद्युत् प्राधिकरणले पनि केन्द्रीय प्रसारण लाइन बिस्तार गरेको छ । यो लाइन विस्तारपछि सेवा सञ्चालनमा आएको हो ।
यो बाहेक सेक्टर एक्स्टेन्सनमार्फत पनि केही स्थानमा सेवा सञ्चालनमा छ । बागलुङमा ६ वटा, मुस्ताङमा ६ र म्याग्दीमा ५ वटा सेक्टर एक्स्टेनसन छन् ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login