Banner
तेस्रो विश्वयुद्धको रिहर्सल : इजरायल-इरान द्वन्द्वमा प्रविधिको शक्ति
राजनीतिको रथ जतिबेला जता पनि घुम्न सक्छ । मध्यपूर्वमा जारी इजरायल र इरानबीचको युद्ध त्यस्तै एउटा उदाहरण बनेको छ । कुनै बेला साख्खै सम्बन्ध भएका यी मुलुक अहिले युद्धमा होमिएका छन् । इजरायल र इरानबीच साझा सीमा छैन तर एक अर्काको आकाशमा मिसाइल र ड्रोन हानाहानको अवस्था छ ।
इजरायलले मिसाइलसँगै आफ्नो लडाकु विमान अन्य मुलुकको आकाश हुँदै इरानभित्रै पुगेर क्षेप्यास्त्र प्रहार गरेको छ । इरानले छिमेकी मुलुकका आकाश हुँदै मिसाइल तथा ड्रोन इजरायलमा प्रहार गरेको छ ।
कुनै बेला इरानले नै इजरायललाई राष्ट्रको मान्यता दिने दोस्रो मुस्लिम बाहुल मुलुक थियो । अमेरिकी र बेलायतसँग उसको राम्रो सम्बन्ध थियो । इरानी क्रान्तिपछि इस्लामिक स्टेटको घोषणापछि इरानले इजरायललाई राष्ट्रको रूपमा मान्यता दिएको छैन । इजरायलले पनि इरानलाई मध्यपूर्वमा अशान्ति फैलाउने शक्तिको रूपमा इरानलाई देख्छ । जारी इजरायल-इरान युद्ध तेस्रो विश्व युद्धको रिहर्सल जस्तो देखिन्छ ।
आणविक हतियारबाहेक युद्धमा प्रयोग हुने धेरै प्रविधि तथा हतियारहरू प्रयोग भएका छन् । पहिलो र दोस्रो विश्व युद्धमा जसरी सैनिकहरू एकअर्काको देशका सिमामा हात हालाहाल गरेर, बन्दुक पड्काउँदै भिडेका छैनन् । यो युद्ध ब्यालेस्टिक र क्रुज मिसाइल, ड्रोन तथा रकेट लन्चर, उच्च गतिका नयाँ पुस्ताका लडाकु विमान र त्यसमा लाग्ने मिसाइल, सुसज्जित प्रतिरक्षा प्रणाली र तीनमा प्रयोग हुने क्षेप्यास्त्रहरू देख्न सकिन्छ । बढी लक्षित संरचना ध्वस्त बनाएर घुँडा टेकाउने रणनीतिमा केन्द्रित छ यो युद्ध ।
इजरायल र इरानबीचको सीमा १२ सय देखि १५ सय किलोमिटरको दूरीमा पर्छ । जेरूसेलम र तेहरानबीचको दूरी १८ सय ५० किलोमिटर छ । तर, यिनले अहिले प्रहार गरिरेहका क्षेप्यास्त्र जोर्डन र इराकी आकाश हुँदै जान्छन् । कहिले सिरियाको आकाश पनि प्रयोग भइरहेको छ ।

यो युद्धमा इजरायलले अमेरिकामा निर्मित एफ सेरिजका लडाकु विमान र त्यसबाट मार हान्न सक्ने क्षेप्यास्त्र प्रयोग गरिरहेको छ । यस्तै इरानले ब्यालेस्टिक र क्रुज मिसाइलसहित ड्रोन हमला गरेको छ । दुवै मुलुकले ती क्षेप्यास्त्र हमलाबाट बच्नका लागि प्रतिरक्षा प्रणाली पनि बनाएका छन् । जहाँ जमिनमा क्षेप्यास्त्र खस्नुअघि नै आकाशमै प्रतिरक्षा प्रणालीमा जडित मिसाइल नष्ट गरिदिन्छ । इजरायलको ‘आयरन डोम प्रतिरक्षा प्रणाली’ कै कारण कम मात्रामा इरानी मिसाइलहरू इजरायली भूमिका खसेका छन् ।
पछिल्लो युद्धको सुरूवात इरानका आणविक कार्यक्रमसँग जोडिएको छ । इरानको आणविक कार्यक्रमले खतरा उत्पन्न गराएको भन्दै इजरायलले इरानका केही आणविक भट्टी केन्द्र र परमाणु वैज्ञानिकहरूलाई लक्षित गरेर आक्रमण गरेपछि दुवै युद्धमा होमिएका हुन् ।
इरानका युरेनियम प्रशोधन केन्द्रहरू ध्वस्त पारेर मात्रै आफ्नो मुलुक सुरक्षित रहने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताउँदै आएका छन् । अन्तर्राष्ट्रिय आणविक ऊर्जा केन्द्रले हालै सार्वजनिक गरेको प्रतिवेदनमा इरानले आणविक सम्झौता उल्लंघन गर्दै प्रशोधित युरेनियमको मात्रा ६६ प्रतिशत पुर्याएको सार्वजनिक भएपछि इजरायलले आक्रमण थालेको देखिन्छ ।

पछिल्ला दिनहरूमा भने इरानको फोर्दोमा रहेको युरेनियम प्रशोधन केन्द्रलाई ध्वस्त बनाएमात्रै युद्ध रोकिने इजरायलले बताउँदै आएको छ । यो युरेनियम प्रशोधन केन्द्र पहाडी इलाकाभित्र निर्मित एक भूमिगत आणविक केन्द्र हो । यो जमिनदेखि करिब ९१ मिटरभित्र गहिराइमा निर्माण गरिएको छ । यो केन्द्रलाई इरान र रुसी प्रतिरक्षा प्रणालीले सुरक्षा दिएका छन् ।
फोर्दो केन्द्रमा युरेनियम प्रशोधन ६६ प्रतिशत पुगेको सार्वजनिक भएको थियो । इजरायलले इरानका नतान्ज र इस्फाहानमा रहेका आणविक केन्द्रहरूमा पनि आक्रमण गरेको छ । त्यहाँ के कस्तो क्षति भएको भन्ने सन्दर्भमा विस्तृत विवरण आइसकेको छैन । यद्यपि रेडियोधर्मी विकिरणहरू नभेटिएको बताइएको छ ।
इरानको फोर्दो आणविक केन्द्रले ६० प्रतिशतसम्मको प्रशोधित युरेनियम निकालेको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा निकाय (आईएईए)ले रिपोर्ट सार्वजनिक गरेको थियो । प्राकृतिक रूपमा युरेनियममा यू-२३८ र यू-२३५का आइसोटप्स पाइन्छन् । जसमा यू-२३८ को मात्रा ९९.२७ प्रतिशत र यू-२३५को मात्रा ०.२७ प्रतिशत मात्रै हुन्छ । यू-२३८मा ९२ वटा प्रोटन र १४६ वटा न्युट्रोन हुन्छ । यू-२३५मा ९२ वटा प्रोटन र १४३ वटा न्युट्रोन हुन्छ ।
बाँकी रहेको ०.०१ प्रतिशतमा अन्य आइसोटप्स हुन्छन् । युरेनियम प्रशोधन केन्द्रहरूमा चाँही युरेनियममा भएका आइसोटप्सको मात्रा परिवर्तन गरेर यू-२३५ को मात्रा बढाउने हो । प्रशोधन गर्दा यू-२३५ को मात्रा ९० प्रतिशतभन्दा बढी पुर्याइन्छ जुन आणविक हतियार बनाउन योग्य हुन्छ ।
फ्रान्सका तत्कालीन राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीलाई साक्षी राखेर सन् २००९ को जी२० सम्मेलनमा अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबमाले इरानको फोर्दो परमाणु केन्द्रका बारेमा विश्व समुदायलाई जानकारी दिएका थिए । फोर्दोमा उच्च गुणस्तरको प्रशोधित युरेनियमको मात्रा बढ्दै गएको र वार्षिक २ वटा परमाणु हतियार उत्पादन गर्ने इरानी योजना रहेको इजरायलले सन् २०१८मा दाबी गरेको थियो । केन्द्रमा २७ सय वटा सेन्ट्रीफ्युज रहेको अनुमान छ । सेन्ट्रिफ्युज प्रतिक्रिया गराएर प्राकृतिक रूपमा पाइने युरेनियमबाट प्रशोधित युरेनियम निकालिने गरिन्छ ।
२०१५ मा स्वीटजरल्यान्डमा इरानको परमाणु कार्यक्रम रोक्ने सम्बन्धमा शक्तिराष्ट्रहरुसँग ‘इरान सम्झौता’ गरेर इरानमाथि लगाइएका प्रतिबन्धहरु फुकुवा पनि गरिएको थियो । तर इरानीले आफ्नो परमाणु कार्यक्रम नरोकेपछि इजरायल क्रुद्ध बन्दै आएको छ ।
हाल जमिन मुनी पुगेर बंकरलाई पनि ध्वस्त बनाउन सक्ने हतियार अमेरिकासँग मात्रै छ । त्यो हो जीबीयू-५७ए/बी म्यासिभ अर्डिनेन्स पेनिट्रेटर (एमओपी) बम । अहिलेको युद्धमा यही बमको चर्चा छ । यो बमले जमिनदेखि भित्र ६०/६१ मिटरसम्मको सुरङमा पसेर विस्फोट हुने क्षमता राख्छ । ६ मिटर लम्बाइ रहेको यसको तौल १३ हजार ६ सय केजी छ । यसको विशेषता नै बंकर र सुरङभित्र पसेर २ सय फिटभित्रसम्म मार हान्न सक्नु हो । आणविक हतियारलाई बिर्सने हो भने यो बम संसारकै सबैभन्दा बढी शक्तिशाली बमको रूपमा लिन सकिन्छ ।

एमओपी बनाउनुअघि अमेरिकाले यस्तै किसिमको अर्को बम बनाएको थियो । जसलाई सबै बमको आमा पनि भनियो, ‘म्यासिभ अर्डिनेन्स एयर ब्लास्ट’ (एमओएबी) । यो बमले जमिनको सतहमाथि धरै नै क्षति गराउन सक्छ । यसको प्रयोग अमेरिकाले विभिन्न ठाउँमा गरिसकेको छ । एमओएबी बमको पहिलो पटक सफल परीक्षण अमेरिकाले इराक युद्धका बेला सन् २००३ मा भएको थियो । यो बमको प्रयोग चाँही सन् २०१७ मा अफगानस्तानको एचिन जिल्लामा इस्लामिक स्टेटका लडाकुहरूले प्रयोग गर्ने टनेल नष्ट पार्न प्रयोग गरेको थियो ।
एमओएबी ३० फिट उचाइ भएको ९ हजार ८ सय केजीको बम हो । यो बमलाई एमसी-१३० विमानबाट पनि खसाल्न सकिन्छ । एउटा बनाउन करिब १६ मिलियन अमेरिकी डलर खर्च लागेको अनुमान छ । जीबीयू-५७ए/बी चाँही अमेरिकाको बी-२ स्पिरिट बम वर्षक विमानले मात्रै बोकेर तोकिएको ठाउँमा खसाल्ने क्षमता राख्छ । जीपीएस गाइडेड यो बम बोक्ने विमान नर्थरोप ग्रुमान कर्पोरेसनले निर्माण गरेको हो । यो कम्पनीले अन्तरिक्ष र रक्षा प्रणालीसँग सम्बन्धित यान तथा उपकरणहरू निर्माण गर्छ ।
संसारकै सबैभन्दा शक्तिशाली मानिएको नासाको जेम्स वेब स्पेस टेलिस्कोपको निर्माण पनि यही कम्पनीले गरेको हो । बी-२ स्पिरिट बम वर्षक विमान निर्माण गर्न १.१५७ बिलियन अमेरिकी डलर खर्च भएको अमेरिकी एयर फोर्स वानले जनाएको छ । एयर फोर्सको आधिकारिक वेबसाइटका अनुसार कम्पनीले यस्ता विमान अमेरिकासँग २१ वटा छन् । एक पटकमा यो विमानले २ वटासम्म जीबीयू-५७ ए/बी सेरिजका बम बोकेर मार हान्न सक्छ ।
बी-२ बम्बरको पछिल्लो प्रयोग गत वर्ष यमनका हुथी विद्रोहीहरूलाई लक्षित गरिएको थियो । निकै नै महँगो मूल्यमा तयार गरेर निर्माण गरिएको यो विमान अमेरिकाले खास मिसनका लागि मात्रै प्रयोग गर्छ । यो बम वर्षक विमान अन्य बमहरू बोक्नका लागि प्रयोग हुन्छ । विशेष क्षमता र सजिलैसँग डिटेक्ट गर्न मुस्किल हुने भएकाले यो बम वर्षक विमानलाई ‘स्टिल्थ बम्बर’को रुपमा चिनिन्छ ।
फोर्दो आणविक भट्टी केन्द्रलाई ध्वस्त पार्ने सक्ने एमओपी सेरिजको जीबीयू-५७ए/बी बमको तौल १३ हजार ६ सय केजी छ । जहाँ विस्फोटक पदार्थ २ हजार ७ सय केजी मात्रै रहेको छ । यो २० फिट लम्बाई र ८० सेन्टिमिटर चौडा भएको बम हो जसलाई बी-२ स्पिरिट बम वर्षक विमानमार्फत् मात्रै प्रयोग गर्न सकिने अमेरिकी रक्षा मन्त्रालयले निकालेको एमओपी कार्यक्रमको प्रतिवेदनमा उल्लेख छ ।

अमेरिकी कम्पनी बोइङले निर्माण गरेको यो बमको पहिलो परीक्षण सन् २०१२मा भएको थियो । जमिनमुनि पूर्ण रूपमा सुरक्षित बनाएर निर्माण गरिएको यो केन्द्रलाई ध्वस्त पार्न त्यति सजिलो नरहेको पनि बताइएको छ । बेलायतको थिंक ट्यांक रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटले एमओपी बमले फोर्दो केन्द्रलाई पहिलो आक्रमणमा नपुग्ने भएकाले पटक–पटकको आक्रमणले मात्रै हुने बताएको छ ।
यो युद्धमा अमेरिका पूर्ण रूपमा संलग्न भए इरानले अमेरिकी सैन्य इलाकाहरूमा आक्रमण गर्ने धम्की दिएको छ । प्राकृतिक ग्यास र तेलमा धनी इरानमा सिया मुसलमानको बाहुल्यता रहेको छ । मध्य पूर्वमा ग्यास र तेलको भण्डारण र उत्खनन् सुरु भएपछि इरानको अर्थतन्त्रले गति लिन थालेको मानिन्छ । विश्वका २० प्रतिशत उत्पादित तेल इरानको दक्षिणी क्षेत्रमा पर्ने ‘स्ट्रेट अफ हरमुज’ हुँदै जान्छ । जुन पर्सियन र ओमनको खाडी नजिक छ । यो क्षेत्र इरानको नियन्त्रणमा छ । जसका कारण पनि बेला बेला युद्ध हुने गर्छ ।
सम्बन्धित लेखहरू
Facebook Comment
Banner
प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो
निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।
प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।
विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।
विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।
प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।
प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।
प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।
कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।
Banner
सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै
ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।
नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।
कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।
प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।
Banner
आज संविधान दिवस मनाइँदै
आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।
दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्
प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र
















You must be logged in to post a comment Login