Connect with us
Advertisement

तेस्रो विश्वयुद्धको रिहर्सल : इजरायल-इरान द्वन्द्वमा प्रविधिको शक्ति

Published

on

राजनीतिको रथ जतिबेला जता पनि घुम्न सक्छ । मध्यपूर्वमा जारी इजरायल र इरानबीचको युद्ध त्यस्तै एउटा उदाहरण बनेको छ । कुनै बेला साख्खै सम्बन्ध भएका यी मुलुक अहिले युद्धमा होमिएका छन् । इजरायल र इरानबीच साझा सीमा छैन तर एक अर्काको आकाशमा मिसाइल र ड्रोन हानाहानको अवस्था छ ।

इजरायलले मिसाइलसँगै आफ्नो लडाकु विमान अन्य मुलुकको आकाश हुँदै इरानभित्रै पुगेर क्षेप्यास्त्र प्रहार गरेको छ । इरानले छिमेकी मुलुकका आकाश हुँदै मिसाइल तथा ड्रोन इजरायलमा प्रहार गरेको छ ।

कुनै बेला इरानले नै इजरायललाई राष्ट्रको मान्यता दिने दोस्रो मुस्लिम बाहुल मुलुक थियो । अमेरिकी र बेलायतसँग उसको राम्रो सम्बन्ध थियो । इरानी क्रान्तिपछि इस्लामिक स्टेटको घोषणापछि इरानले इजरायललाई राष्ट्रको रूपमा मान्यता दिएको छैन । इजरायलले पनि इरानलाई मध्यपूर्वमा अशान्ति फैलाउने शक्तिको रूपमा इरानलाई देख्‍छ । जारी इजरायल-इरान युद्ध तेस्रो विश्व युद्धको रिहर्सल जस्तो देखिन्छ ।

आणविक हतियारबाहेक युद्धमा प्रयोग हुने धेरै प्रविधि तथा हतियारहरू प्रयोग भएका छन् । पहिलो र दोस्रो विश्व युद्धमा जसरी सैनिकहरू एकअर्काको देशका सिमामा हात हालाहाल गरेर, बन्दुक पड्काउँदै भिडेका छैनन् । यो युद्ध ब्यालेस्टिक र क्रुज मिसाइल, ड्रोन तथा रकेट लन्चर, उच्च गतिका नयाँ पुस्ताका लडाकु विमान र त्यसमा लाग्‍ने मिसाइल, सुसज्जित प्रतिरक्षा प्रणाली र तीनमा प्रयोग हुने क्षेप्यास्त्रहरू देख्‍न सकिन्छ । बढी लक्षित संरचना ध्वस्त बनाएर घुँडा टेकाउने रणनीतिमा केन्द्रित छ यो युद्ध ।

इजरायल र इरानबीचको सीमा १२ सय देखि १५ सय किलोमिटरको दूरीमा पर्छ । जेरूसेलम र तेहरानबीचको दूरी १८ सय ५० किलोमिटर छ । तर, यिनले अहिले प्रहार गरिरेहका क्षेप्यास्त्र जोर्डन र इराकी आकाश हुँदै जान्छन् । कहिले सिरियाको आकाश पनि प्रयोग भइरहेको छ ।

Rehearsal for World War III: The Power of Technology in the Israel-Iran Conflict

यो युद्धमा इजरायलले अमेरिकामा निर्मित एफ सेरिजका लडाकु विमान र त्यसबाट मार हान्‍न सक्ने क्षेप्यास्त्र प्रयोग गरिरहेको छ । यस्तै इरानले ब्यालेस्टिक र क्रुज मिसाइलसहित ड्रोन हमला गरेको छ । दुवै मुलुकले ती क्षेप्यास्त्र हमलाबाट बच्‍नका लागि प्रतिरक्षा प्रणाली पनि बनाएका छन् । जहाँ जमिनमा क्षेप्यास्‍त्र खस्‍नुअघि नै आकाशमै प्रतिरक्षा प्रणालीमा जडित मिसाइल नष्ट गरिदिन्छ । इजरायलको ‘आयरन डोम प्रतिरक्षा प्रणाली’ कै कारण कम मात्रामा इरानी मिसाइलहरू इजरायली भूमिका खसेका छन् ।

ब्यालेस्टिक मिसाइल १२ मिनेटभित्रमा, क्रुज मिसाइल दुई घन्टा, ड्रोनहरू घन्टौं लगाएर पुग्छन् । भूगोल र सैनिकको संख्या हिसाबले इरान इजरायलभन्दा ठूलो देखिन्छ । प्रविधिले सुसज्जित इजरायलले इरानी आकाशमा आफ्नो दबदबा बनाएको छ । यो युद्धमा धेरै क्षति इरानलाई भएको छ । संरचना र सर्वसाधारणको क्षति बढी इरानलाई भएको छ ।

पछिल्लो युद्धको सुरूवात इरानका आणविक कार्यक्रमसँग जोडिएको छ । इरानको आणविक कार्यक्रमले खतरा उत्पन्‍न गराएको भन्दै इजरायलले इरानका केही आणविक भट्टी केन्द्र र परमाणु वैज्ञानिकहरूलाई लक्षित गरेर आक्रमण गरेपछि दुवै युद्धमा होमिएका हुन् ।

इरानका युरेनियम प्रशोधन केन्द्रहरू ध्वस्त पारेर मात्रै आफ्‍नो मुलुक सुरक्षित रहने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताउँदै आएका छन् । अन्तर्राष्ट्रिय आणविक ऊर्जा केन्द्रले हालै सार्वजनिक गरेको प्रतिवेदनमा इरानले आणविक सम्झौता उल्लंघन गर्दै प्रशोधित युरेनियमको मात्रा ६६ प्रतिशत पुर्‍याएको सार्वजनिक भएपछि इजरायलले आक्रमण थालेको देखिन्छ ।

Rehearsal for World War III: The Power of Technology in the Israel-Iran Conflict

पछिल्ला दिनहरूमा भने इरानको फोर्दोमा रहेको युरेनियम प्रशोधन केन्द्रलाई ध्वस्त बनाएमात्रै युद्ध रोकिने इजरायलले बताउँदै आएको छ । यो युरेनियम प्रशोधन केन्द्र पहाडी इलाकाभित्र निर्मित एक भूमिगत आणविक केन्द्र हो । यो जमिनदेखि करिब ९१ मिटरभित्र गहिराइमा निर्माण गरिएको छ । यो केन्द्रलाई इरान र रुसी प्रतिरक्षा प्रणालीले सुरक्षा दिएका छन् ।

फोर्दो केन्द्रमा युरेनियम प्रशोधन ६६ प्रतिशत पुगेको सार्वजनिक भएको थियो । इजरायलले इरानका नतान्ज र इस्फाहानमा रहेका आणविक केन्द्रहरूमा पनि आक्रमण गरेको छ । त्यहाँ के कस्तो क्षति भएको भन्‍ने सन्दर्भमा विस्तृत विवरण आइसकेको छैन । यद्यपि रेडियोधर्मी विकिरणहरू नभेटिएको बताइएको छ ।

इरानको फोर्दो आणविक केन्द्रले ६० प्रतिशतसम्मको प्रशोधित युरेनियम निकालेको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा निकाय (आईएईए)ले रिपोर्ट सार्वजनिक गरेको थियो । प्राकृतिक रूपमा युरेनियममा यू-२३८ र यू-२३५का आइसोटप्स पाइन्छन् । जसमा यू-२३८ को मात्रा ९९.२७ प्रतिशत र यू-२३५को मात्रा ०.२७ प्रतिशत मात्रै हुन्छ । यू-२३८मा ९२ वटा प्रोटन र १४६ वटा न्युट्रोन हुन्छ । यू-२३५मा ९२ वटा प्रोटन र १४३ वटा न्युट्रोन हुन्छ ।

बाँकी रहेको ०.०१ प्रतिशतमा अन्य आइसोटप्स हुन्छन् । युरेनियम प्रशोधन केन्द्रहरूमा चाँही युरेनियममा भएका आइसोटप्सको मात्रा परिवर्तन गरेर यू-२३५ को मात्रा बढाउने हो । प्रशोधन गर्दा यू-२३५ को मात्रा ९० प्रतिशतभन्दा बढी पुर्‍याइन्छ जुन आणविक हतियार बनाउन योग्य हुन्छ ।

फ्रान्सका तत्कालीन राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीलाई साक्षी राखेर सन् २००९ को जी२० सम्मेलनमा अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबमाले इरानको फोर्दो परमाणु केन्द्रका बारेमा विश्व समुदायलाई जानकारी दिएका थिए । फोर्दोमा उच्च गुणस्तरको प्रशोधित युरेनियमको मात्रा बढ्दै गएको र वार्षिक २ वटा परमाणु हतियार उत्पादन गर्ने इरानी योजना रहेको इजरायलले सन् २०१८मा दाबी गरेको थियो । केन्द्रमा २७ सय वटा सेन्ट्रीफ्युज रहेको अनुमान छ । सेन्ट्रिफ्युज प्रतिक्रिया गराएर प्राकृतिक रूपमा पाइने युरेनियमबाट प्रशोधित युरेनियम निकालिने गरिन्छ ।

२०१५ मा स्वीटजरल्यान्डमा इरानको परमाणु कार्यक्रम रोक्ने सम्बन्धमा शक्तिराष्ट्रहरुसँग ‘इरान सम्झौता’ गरेर इरानमाथि लगाइएका प्रतिबन्धहरु फुकुवा पनि गरिएको थियो । तर इरानीले आफ्नो परमाणु कार्यक्रम नरोकेपछि इजरायल क्रुद्ध बन्दै आएको छ ।

हाल जमिन मुनी पुगेर बंकरलाई पनि ध्वस्त बनाउन सक्ने हतियार अमेरिकासँग मात्रै छ । त्यो हो जीबीयू-५७ए/बी म्यासिभ अर्डिनेन्स पेनिट्रेटर (एमओपी) बम । अहिलेको युद्धमा यही बमको चर्चा छ । यो बमले जमिनदेखि भित्र ६०/६१ मिटरसम्मको सुरङमा पसेर विस्फोट हुने क्षमता राख्‍छ । ६ मिटर लम्बाइ रहेको यसको तौल १३ हजार ६ सय केजी छ । यसको विशेषता नै बंकर र सुरङभित्र पसेर २ सय फिटभित्रसम्म मार हान्न सक्‍नु हो । आणविक हतियारलाई बिर्सने हो भने यो बम संसारकै सबैभन्दा बढी शक्तिशाली बमको रूपमा लिन सकिन्छ ।

Rehearsal for World War III: The Power of Technology in the Israel-Iran Conflict

एमओपी बनाउनुअघि अमेरिकाले यस्तै किसिमको अर्को बम बनाएको थियो । जसलाई सबै बमको आमा पनि भनियो, ‘म्यासिभ अर्डिनेन्स एयर ब्लास्ट’ (एमओएबी) । यो बमले जमिनको सतहमाथि धरै नै क्षति गराउन सक्छ । यसको प्रयोग अमेरिकाले विभिन्न ठाउँमा गरिसकेको छ । एमओएबी बमको पहिलो पटक सफल परीक्षण अमेरिकाले इराक युद्धका बेला सन् २००३ मा भएको थियो । यो बमको प्रयोग चाँही सन् २०१७ मा अफगानस्‍तानको एचिन जिल्लामा इस्लामिक स्टेटका लडाकुहरूले प्रयोग गर्ने टनेल नष्ट पार्न प्रयोग गरेको थियो ।

एमओएबी ३० फिट उचाइ भएको ९ हजार ८ सय केजीको बम हो । यो बमलाई एमसी-१३० विमानबाट पनि खसाल्‍न सकिन्छ । एउटा बनाउन करिब १६ मिलियन अमेरिकी डलर खर्च लागेको अनुमान छ । जीबीयू-५७ए/बी चाँही अमेरिकाको बी-२ स्पिरिट बम वर्षक विमानले मात्रै बोकेर तोकिएको ठाउँमा खसाल्ने क्षमता राख्‍छ । जीपीएस गाइडेड यो बम बोक्‍ने विमान नर्थरोप ग्रुमान कर्पोरेसनले निर्माण गरेको हो । यो कम्पनीले अन्तरिक्ष र रक्षा प्रणालीसँग सम्बन्धित यान तथा उपकरणहरू निर्माण गर्छ ।

संसारकै सबैभन्दा शक्तिशाली मानिएको नासाको जेम्स वेब स्पेस टेलिस्कोपको निर्माण पनि यही कम्पनीले गरेको हो । बी-२ स्पिरिट बम वर्षक विमान निर्माण गर्न १.१५७ बिलियन अमेरिकी डलर खर्च भएको अमेरिकी एयर फोर्स वानले जनाएको छ । एयर फोर्सको आधिकारिक वेबसाइटका अनुसार कम्पनीले यस्ता विमान अमेरिकासँग २१ वटा छन् । एक पटकमा यो विमानले २ वटासम्म जीबीयू-५७ ए/बी सेरिजका बम बोकेर मार हान्‍न सक्छ ।

बी-२ बम्बरको पछिल्लो प्रयोग गत वर्ष यमनका हुथी विद्रोहीहरूलाई लक्षित गरिएको थियो । निकै नै महँगो मूल्यमा तयार गरेर निर्माण गरिएको यो विमान अमेरिकाले खास मिसनका लागि मात्रै प्रयोग गर्छ । यो बम वर्षक विमान अन्य बमहरू बोक्‍नका लागि प्रयोग हुन्छ । विशेष क्षमता र सजिलैसँग डिटेक्ट गर्न मुस्किल हुने भएकाले यो बम वर्षक विमानलाई ‘स्टिल्थ बम्बर’को रुपमा चिनिन्छ ।

फोर्दो आणविक भट्टी केन्द्रलाई ध्वस्त पार्ने सक्‍ने एमओपी सेरिजको जीबीयू-५७ए/बी बमको तौल १३ हजार ६ सय केजी छ । जहाँ विस्फोटक पदार्थ २ हजार ७ सय केजी मात्रै रहेको छ । यो २० फिट लम्बाई र ८० सेन्टिमिटर चौडा भएको बम हो जसलाई बी-२ स्पिरिट बम वर्षक विमानमार्फत् मात्रै प्रयोग गर्न सकिने अमेरिकी रक्षा मन्त्रालयले निकालेको एमओपी कार्यक्रमको प्रतिवेदनमा उल्लेख छ ।

Rehearsal for World War III: The Power of Technology in the Israel-Iran Conflict

अमेरिकी कम्पनी बोइङले निर्माण गरेको यो बमको पहिलो परीक्षण सन् २०१२मा भएको थियो । जमिनमुनि पूर्ण रूपमा सुरक्षित बनाएर निर्माण गरिएको यो केन्द्रलाई ध्वस्त पार्न त्यति सजिलो नरहेको पनि बताइएको छ । बेलायतको थिंक ट्यांक रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटले एमओपी बमले फोर्दो केन्द्रलाई पहिलो आक्रमणमा नपुग्‍ने भएकाले पटक–पटकको आक्रमणले मात्रै हुने बताएको छ ।

यो युद्धमा अमेरिका पूर्ण रूपमा संलग्‍न भए इरानले अमेरिकी सैन्य इलाकाहरूमा आक्रमण गर्ने धम्की दिएको छ । प्राकृतिक ग्यास र तेलमा धनी इरानमा सिया मुसलमानको बाहुल्यता रहेको छ । मध्य पूर्वमा ग्यास र तेलको भण्डारण र उत्खनन् सुरु भएपछि इरानको अर्थतन्त्रले गति लिन थालेको मानिन्छ । विश्वका २० प्रतिशत उत्पादित तेल इरानको दक्षिणी क्षेत्रमा पर्ने ‘स्ट्रेट अफ हरमुज’ हुँदै जान्छ । जुन पर्सियन र ओमनको खाडी नजिक छ । यो क्षेत्र इरानको नियन्त्रणमा छ । जसका कारण पनि बेला बेला युद्ध हुने गर्छ ।

सम्बन्धित लेखहरू

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक