Connect with us
Advertisement

इरानमाथि अमेरिकी आक्रमण विश्वयुद्ध निम्त्याउने दुष्प्रयास : माओवादी

Published

on

नेकपा माओवादी केन्द्रले इरानमाथि अमेरिकी आक्रमण विश्वयुद्ध निम्त्याउने दुष्प्रयास भएको बताएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङ आफूहरूले वक्तव्य नै निकालेर इरानमाथि अमेरिकी आक्रमणको निन्दा गरेको बताए ।

माओवादी केन्द्र सहितका वामपन्थी दल र नागरिक समाजसँग सम्बन्धित संस्थाले संयुक्त वक्तव्य निकालेका छन् । जसमा उनीहरूले ‘अमेरिकी साम्राज्यवादले आणविक हतियारको बहानामा इरानमाथि आक्रमण गरेको र यो गम्भीर युद्ध अपराध’ भएको बताएका छन् ।

इरानमाथि अमेरिकी आक्रमणको घोर निन्दा एवं भर्त्सना गर्दै वामपन्थी दलहरूले त्यसलाई विश्वयुद्ध निम्त्याउने दुष्प्रयास भनेका हुन् ।

‘अमेरिकी आक्रमणबाट विश्वयुद्ध निम्त्याउने दुष्प्रयास गरेको देखिन्छ । यसबाट विश्वव्यापी युद्धआतंकको त्रास फैलिएको छ’ संयुक्त वक्तव्यमा उल्लेख छ ।

गत वर्ष इजरायलीले प्यालेस्टाइनमाथि आक्रमण गर्दा समेत उनीहरूले ‘प्यालेस्टाइनको गाजालगायत क्षेत्रहरूमा नरसंहार मच्चाएको’ भनेर विरोध गरेका थिए । त्यसबेला उनीहरूले प्यालेस्टाइनमाथि इजरायली हस्तक्षेपका विरुद्ध अभियान नै सञ्चालन गरेका थिए । जस अन्तर्गत प्यालेस्टाइनी जनताप्रतिको ऐक्यबद्धता जाहेर गरिएको थियो ।

उक्त घटना सेलाउन नपाउँदै अमेरिकी साम्राज्यवादको उक्साहटमा इजरायलले फेरि इरानमाथि आक्रमण गरेको उनीहरूको ठहर छ । यसबाट इरानको राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप मात्र होइन अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लंघन भएको बताएका छन् ।

संयुक्त वक्तव्यमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य बलराम बाँस्कोटा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पीवीएम पवनमान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

नेकपा (मसाल) का महामन्त्री, मोहनविक्रम सिंह, राजनीतिक संवाद थालनीका संयोजक सङ्गीत श्रोता, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल महासचिव, आहुती, नेकपा बहुमतका कृष्णप्रसाद धमला, नेकपाका उपाध्यक्ष रामबहादुर भण्डारी र वाम बुद्धिवीवी निनु चापागाईंले पनि हस्ताक्षर गरेका छन् ।

संयुक्त वक्तव्यमार्फत अविलम्ब युद्धविराम गरी विश्वशान्ति कायम गर्न अपिल गरिएको छ । विश्वशान्तिका लागि संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनहरूको आधारमा शान्तिपूर्ण ढंगले समस्याहरूको समाधान खोजिनुपर्ने मत प्रकट गरिएको छ ।

यसका साथै अमेरिकी र इजरायली आक्रमणको विरोध गर्न, स्वाधीन राष्ट्रहरुको पक्षमा उभिन र इजरायल तथा इरानमा रहेका नेपालीहरुको सुरक्षाका लागि अविलम्ब पहल गर्न नेपाल सरकारसँग जोडदार माग गरिएको छ ।

हेर्नुहोस् संयुक्त विज्ञप्ति :

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा

Published

on

सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।

Continue Reading

Banner

गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड

Published

on

सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।

विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।

गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।

प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

Continue Reading

Banner

एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।

पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।

जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक