Connect with us
Advertisement

इरानमाथि अमेरिकी आक्रमण विश्वयुद्ध निम्त्याउने दुष्प्रयास : माओवादी

Published

on

नेकपा माओवादी केन्द्रले इरानमाथि अमेरिकी आक्रमण विश्वयुद्ध निम्त्याउने दुष्प्रयास भएको बताएको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङ आफूहरूले वक्तव्य नै निकालेर इरानमाथि अमेरिकी आक्रमणको निन्दा गरेको बताए ।

माओवादी केन्द्र सहितका वामपन्थी दल र नागरिक समाजसँग सम्बन्धित संस्थाले संयुक्त वक्तव्य निकालेका छन् । जसमा उनीहरूले ‘अमेरिकी साम्राज्यवादले आणविक हतियारको बहानामा इरानमाथि आक्रमण गरेको र यो गम्भीर युद्ध अपराध’ भएको बताएका छन् ।

इरानमाथि अमेरिकी आक्रमणको घोर निन्दा एवं भर्त्सना गर्दै वामपन्थी दलहरूले त्यसलाई विश्वयुद्ध निम्त्याउने दुष्प्रयास भनेका हुन् ।

‘अमेरिकी आक्रमणबाट विश्वयुद्ध निम्त्याउने दुष्प्रयास गरेको देखिन्छ । यसबाट विश्वव्यापी युद्धआतंकको त्रास फैलिएको छ’ संयुक्त वक्तव्यमा उल्लेख छ ।

गत वर्ष इजरायलीले प्यालेस्टाइनमाथि आक्रमण गर्दा समेत उनीहरूले ‘प्यालेस्टाइनको गाजालगायत क्षेत्रहरूमा नरसंहार मच्चाएको’ भनेर विरोध गरेका थिए । त्यसबेला उनीहरूले प्यालेस्टाइनमाथि इजरायली हस्तक्षेपका विरुद्ध अभियान नै सञ्चालन गरेका थिए । जस अन्तर्गत प्यालेस्टाइनी जनताप्रतिको ऐक्यबद्धता जाहेर गरिएको थियो ।

उक्त घटना सेलाउन नपाउँदै अमेरिकी साम्राज्यवादको उक्साहटमा इजरायलले फेरि इरानमाथि आक्रमण गरेको उनीहरूको ठहर छ । यसबाट इरानको राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेप मात्र होइन अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लंघन भएको बताएका छन् ।

संयुक्त वक्तव्यमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य बलराम बाँस्कोटा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पीवीएम पवनमान श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

नेकपा (मसाल) का महामन्त्री, मोहनविक्रम सिंह, राजनीतिक संवाद थालनीका संयोजक सङ्गीत श्रोता, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल महासचिव, आहुती, नेकपा बहुमतका कृष्णप्रसाद धमला, नेकपाका उपाध्यक्ष रामबहादुर भण्डारी र वाम बुद्धिवीवी निनु चापागाईंले पनि हस्ताक्षर गरेका छन् ।

संयुक्त वक्तव्यमार्फत अविलम्ब युद्धविराम गरी विश्वशान्ति कायम गर्न अपिल गरिएको छ । विश्वशान्तिका लागि संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलको सिद्धान्त र अन्तर्राष्ट्रिय कानुनहरूको आधारमा शान्तिपूर्ण ढंगले समस्याहरूको समाधान खोजिनुपर्ने मत प्रकट गरिएको छ ।

यसका साथै अमेरिकी र इजरायली आक्रमणको विरोध गर्न, स्वाधीन राष्ट्रहरुको पक्षमा उभिन र इजरायल तथा इरानमा रहेका नेपालीहरुको सुरक्षाका लागि अविलम्ब पहल गर्न नेपाल सरकारसँग जोडदार माग गरिएको छ ।

हेर्नुहोस् संयुक्त विज्ञप्ति :

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

इलाम–१ मा कडा प्रतिस्पर्धा : कांग्रेस र श्रम संस्कृति पार्टीबीच टक्कर, एमाले पछ्याउँदै

Published

on

इलाम क्षेत्र नं. १ को प्रतिनिधिसभा निर्वाचनको मतगणना रोचक मोडमा पुगेको छ।

पछिल्लो प्राप्त तथ्याङ्क अनुसार नेपाली कांग्रेसका उम्मेदवार निस्कल राई र श्रम संस्कृति पार्टीका उम्मेदवार बिनोद नेम्बाङबीच तीव्र प्रतिस्पर्धा देखिएको छ।

मतगणनाको पछिल्लो नतिजा अनुसार श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बु ११,४३६ मतका साथ कडा टक्कर दिइरहेका छन्। नेपाली कांग्रेसका निश्कल राई ११,५६७ मतसहित झिनो अन्तरले अगाडि देखिएका छन्। नेकपा एमालेका काजी मान कागते १०,४४७ मतका साथ उनीहरूलाई पछ्याइरहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदाल (घण्टी) ले ७,४५१ मत प्राप्त गरेका छन्। मंगोल नेशनल अर्गनाइजेसनका रण बहादुर राई (पाँचकुने तारा) ले ६,१२६ मत पाएका छन्।

अहिले सूर्योदय नगरपालिका ८ को गणना भइरहेको र १०, ११, १२, १३ र १४ नम्बर वडाको गणना हुन बाँकी रहेको बताइएको छ।

Continue Reading

Banner

न्युजिल्यान्डलाई हराउँदै भारतले तेस्राे पटक जित्याे टी–२० विश्वकपकाे उपाधि

Published

on

न्युजिल्यान्डलाई ९६ रनले हराउँदै भारतले आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको छ । भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा गएराति भएको खेलमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई ९६ रनले हरायो ।

भारतले दिएको २५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा १५९ रन बनाउँदा सबै विकेट गुमायो । न्युजिल्यान्डका टिम साइफर्टले ५२, कप्तान मिचेल स्यान्टरले ४३ रन बनाए । भारतका जसप्रित बुमराहले ४, अक्षर पटेलले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २५५ रन बनायो । भारतका सन्जु सामसनले ५९, ईशान किशनले ५४, अभिषेक शर्माले ५२ रन बनाए । न्युजिल्यान्डका जेम्स नीशमले ३ विकेट लिए ।

योसँगै भारत लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक उपाधि जित्ने पहिलो टोली बनेको छ । भारतले यसअघि सन् २००७ र २०२४ मा उपाधि जितेको थियो ।

न्युजिल्यान्ड भने दाेस्राे पटक उपविजेता बनेकाे छ । न्युजिल्यान्ड यसअघि सन् २०२१ काे फाइनलमा अस्ट्रेलियासँग पराजित भएकाे थियाे ।

भारतले पछिल्लो २० महिनामा तेस्रो आईसीसी उपाधि जितेको छ । भारतले सन् २०२४ को जुनमा टी–२० विश्वकप जितेको थियो । यस्तै २०२५ को मार्चमा आईसीसी च्याम्पियन्स ट्रफी जितेको भारतले गएराति टी–२० विश्वकप उपाधि जित्यो ।

१०औँ संस्करणको टी–२० विश्वकपमा लगातार तेस्रो अर्धशतक बनाउने भारतका सन्जु सामसन प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका छन् । यस्तै भारतकै जसप्रित बुमराह फाइनल खेलकाे उत्कृष्ट खेलाडी बनेका छन् ।

Continue Reading

Banner

प्रेरणादायी महिलालाई इन्द्रपुर जेसिजद्वारा ‘नारी सम्मान’

Published

on

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा इन्द्रपुर जेसिजले “नारी सम्मान” कार्यक्रम आयोजना गरी समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आत्मनिर्भरता, साहस र सेवाभावको उदाहरण प्रस्तुत गर्ने महिलाहरूलाई सम्मान गरेको छ।

कार्यक्रममा सफारी रिक्सा चालकका रूपमा ६ वर्षदेखि निरन्तर परिश्रम गर्दै आत्मनिर्भरताको प्रेरणादायी उदाहरण प्रस्तुत गरेकी आशा विश्वकर्मा, अटो चालकका रूपमा सक्रिय रहँदै महिलाहरू पनि कुनै क्षेत्रमा पछि पर्दैनन् भन्ने सन्देश दिएकी ज्योति मण्डल, सामुदायिक स्वास्थ्य स्वयंसेविकाका रूपमा लामो समयदेखि स्वास्थ्य सचेतना फैलाउँदै आएकी विष्णुमाया कार्की तथा महिला सशक्तिकरण र महिला स्वास्थ्य क्षेत्रमा सक्रिय पूजा कोइरालालाई सम्मान गरिएको थियो।

कार्यक्रम संयोजक जेसी अल्का सुबेदीको संयोजनमा सम्पन्न कार्यक्रम इन्द्रपुर जेसिजका अध्यक्ष जेसी समीर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि इन्द्रपुर जेसिजकी प्रथम महिला अध्यक्ष जेसी बिनु सुबेदी आचार्य रहेकी थिइन्।

वक्ताहरूले समाजमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै महिला सशक्तिकरण, समान अवसर र सम्मानजनक सहभागितालाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रमले सकारात्मक सन्देश दिने बताएका थिए। कार्यक्रममा जेसिज पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक