Banner
७ सय ६८ नेपालीलाई अमेरिकाबाट निष्कासन गर्न अदालतमा सिफारिस
सन् २०२५ को सुरुवाती चार महिनामा ७ सय ६८ नेपालीलाई अमेरिकाबाट निष्कासन गर्न अध्यागमन अदालतमा सिफारिस गरिएको छ ।
यूएस इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आइस) ले गैरकानुनी रूपमा बसोबास गर्दै आएको भन्दै उनीहरूलाई निष्कासन गर्ने प्रक्रिया टुंग्याउन अदालतमा सिफारिस गरेको हो ।
एक्जुकेटिभ अफिस फर इमिग्रेसन रिभ्यु (ईओआईआर) को तथ्यांकअनुसार अदालतमा सिफारिस हुनेमध्ये गत जनवरीमा २ सय ३५, फेब्रुअरीमा २ सय ३९, मार्चमा १ सय ९४ र अप्रिलमा १ सय जना छन् । मे यताको तथ्यांक सार्वजनिक भइसकेको छैन ।
यूएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेज (यूएससीआईएस) ले शरणार्थी वा बसोबासका लागि अघि बढाएको प्रक्रिया अस्वीकृत गरेमा, टेम्प्रोररी प्रोटेक्ट स्टाटस (टीपीएस) समाप्त भएमा वा अध्यागमन स्टाटस नभएको खण्डमा निष्कासनका लागि अदालतमा सिफारिस गरिने प्रावधान रहेको ईओआईआरले जनाएको छ । आइसले बिनाभिसा अमेरिका प्रवेश गरी बसोबासका लागि अनुरोध गर्दै शरणार्थीको आवेदन दिनेलाई र अध्यागमन कानुन उल्लंघन गर्ने अन्य व्यक्तिलाई निष्कासनको आदेशका लागि अदालतमा सिफारिस गर्ने प्रावधान छ ।
अदालतमा सिफारिस गरिएका सबै निष्कासित नहुने र कानुनबमोजिम प्रक्रिया पूरा हुने कतिपयले ग्रिन कार्डसमेत प्राप्त गर्न सक्ने यूएससीआईएसले जनाएको छ । ‘ग्रिन कार्ड प्राप्त गर्न नसक्ने केही व्यक्तिलाई निष्कासनको आदेश हुन्छ, त्यस्तो आदेश पाएकाहरूले अनिवार्य अमेरिका छाड्नुपर्छ,’ यूएससीआईएसले भनेको छ, ‘यो व्यवस्था अमेरिका प्रवेश भएदेखि गैरकानुनी रूपमै कागजातविहीन अवस्थामा बसोबास गरिरहेका आप्रवासीलाई लागू नहुन पनि सक्छ ।’
ट्रम्प प्रशासनले गैरकानुनी रूपमा बसोबास गर्दै आएका आप्रवासीलाई निष्कासित गर्ने कानुनी प्रक्रियालाई समेत तीव्रता दिइरहेको छ । आइसलाई कागजातविहीन आप्रवासी पक्राउ र निष्कासन गर्न कडा निर्देशन दिँदै आएको ट्रम्प प्रशासनले संख्या बढाउन कानुनी प्रक्रियालाई तीव्रता दिएको हो । राष्ट्रपति ट्रम्पले आफ्नो योजना पूरा गर्नेतर्फ आफू केन्द्रित रहेको भन्दै दैनिक ३ हजारका दरले कागजातविहीन आप्रवासीलाई नियन्त्रणमा लिन आइसलाई बारम्बार निर्देशनसमेत दिँदै आएका छन् । ट्रम्प प्रशासनकै निर्देशनअनुसार पक्राउ पर्ने र निष्कासित हुने गैरकानुनी आप्रवासीको संख्या पनि बढ्दो छ । पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालमा पनि ८ हजार ९ सय १० जना नेपालीलाई निष्कासनका लागि ‘नोटिस टु अपियर’ जारी गरेर अदालतमा सिफारिस गरिएको थियो ।
Facebook Comment
Banner
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा
सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।
Banner
गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड
सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।
विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।
गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।
प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login