Banner
युद्धविराम गर्न कसरी सहमत भए इरान र इजरायल
१३ जुन, २०२५ देखि इजरायलले इरानको सैन्य पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ । इरानी मिसाइलहरूले इजरायलको प्रतिरक्षा प्रणालीलाई छेडेका छन् । र, अमेरिकाले तेहरानको आणविक कार्यक्रमविरुद्ध आक्रमण गरेको छ । त्यसपछि सोमबारदेखि सुरु भएको २४ घण्टाको अस्थिर अवधिमा घटनाहरू झन् तीव्र गतिमा अगाडि बढे । अमेरिकी हवाई अड्डामाथि आक्रमण भयो । ह्वाइट हाउसले इरान र इजरायलबीच युद्धविरामको मध्यस्थता गर्यो । र, उक्त सम्झौता लगभग भंग हुने अवस्थामा पुग्यो ।
‘आश्रय लिनुस्’
मध्यपूर्वमा फैलिएको द्वन्द्व खाडी क्षेत्रमा विस्तार हुने पहिलो संकेत कतारमा रहेका अमेरिकी नागरिकहरूलाई जारी गरिएको शान्त तर गम्भीर चेतावनी थियो । अमेरिकी सरकारले अतिरिक्त सावधानीका लागि भन्दै ‘आश्रय लिनुस्’ भन्ने सुझाव दियो । बेलायतले पनि तुरुन्तै यस्तै सुझाव जारी गर्यो ।
इरानले अमेरिकामाथि कतारमा जवाफी हमला गर्न सक्ने सम्भावना सधैँ थियो । कतारमा अल-उदेद सैन्य अड्डा छ । जुन दोहा बाहिरको विशाल सैन्य अड्डा हो, जहाँ हजारौँ अमेरिकी सैनिकहरू तैनाथ छन् र मध्यपूर्वमा अमेरिकी हवाई सञ्चालनहरूमा समन्वय गरिन्छ । तेहरानका नेताहरूले सप्ताहान्तमा इरानका तीन आणविक भट्टीहरू, विशेषगरी फोर्डो इनरिचमेन्ट साइटमाथि भएको अभूतपूर्व अमेरिकी हमलाको बदला लिने धम्की दिएका थिए ।
इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेदेखि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी भूमिगत बंकरमा लुकेको खबर आएको थियो । उनले अमेरिकाको मध्यपूर्वमा रहेको रणनीतिक सम्पत्तिमाथि हमला गर्ने आदेश दिएको देखिन्छ ।
‘विश्वसनीय खतरा’
कतार सरकारले आफ्नो हवाई क्षेत्र बन्द गरेको घोषणा गर्यो । दोहाका हवाई ट्राफिक नियन्त्रकहरूले यात्रु विमानहरूलाई फिर्ता पठाउन थाले र विश्वको सबैभन्दा व्यस्त विमानस्थलहरूमा जाने उडानहरू खाडी क्षेत्रका अन्य स्थानमा अवतरण गर्न थाले ।
बीबीसीलाई इरानबाट अल-उदेद हवाई अड्डामा मिसाइल हमलाको ‘विश्वसनीय खतरा’ रहेको जानकारी प्राप्त भएको थियो । अमेरिकी अधिकारीहरूले अमेरिकी मिडियालाई मिसाइल लन्चरहरू कतारतर्फ लक्षित भएको देखिएको जानकारी दिए । अमेरिकी रक्षा सचिव पिट हेग्सेथ र उनका वरिष्ठ जनरल स्थिति निगरानी गर्न ह्वाइट हाउस पुगे । केही घण्टाभित्रै दोहामाथि विस्फोटको आवाज सुनियो र यसका आकर्षक गगनचुम्बी भवनहरूको आकाशमा इरानी हतियारहरूलाई खोज्ने हवाई रक्षा मिसाइलहरूले छोडेका रेखाहरू देखिए ।
‘शक्ति होइन, कमजोरी’
इरानको राज्य नियन्त्रित मिडियाले बदला कारबाही सुरु भएको जनायो । त्यसपछि इरानको रिभोलुसनरी गार्ड्सले यसको पुष्टि गर्यो । ‘यस क्षेत्रमा रहेका अमेरिकी अड्डाहरू शक्ति होइन, कमजोरी हुन्,’ उनीहरूले भने, ‘तर आक्रमण चाँडै समाप्त भयो ।’
कतारले अमेरिकाभन्दा पहिले प्रतिक्रिया दियो । यद्यपि लक्ष्य यसको भूमिमा रहेको अमेरिकी अड्डा थियो, यसको सार्वभौमसत्ता निन्दनीय आक्रमणद्वारा उल्लंघन भएको थियो भन्दै सरकारले क्रोधित वक्तव्य जारी गर्यो । तर, महत्त्वपूर्ण रूपमा मिसाइलहरू अवरुद्ध भएको पुष्टि भयो । आक्रमणअघि अड्डा खाली गरिएको थियो र कुनै हताहत भएको थिएन ।
लगभग त्यही समयमा सर्वोच्च नेताको सामाजिक सञ्जाल एक्समा एक उत्तेजक चित्र देखियो, जसमा अमेरिकी सैन्य अड्डामाथि मिसाइलहरू बर्सिरहेको र अमेरिकी झण्डा जलिरहेको देखिन्थ्यो । तर, कुनै विनाशको संकेत गर्नुको सट्टा उनले लेखे, ‘हामीले कसैलाई हानि गरेनौँ ।’ यो संकेत हुन थाल्यो कि अमेरिका र कतारलाई इरानी हमलाको बारेमा पहिल्यै जानकारी थियो । बाह्य विश्लेषकहरूलाई यो हमला इरानका नेताहरूलाई आफ्नो अनुहार बचाउन तर थप तनाव निम्त्याउनबाट जोगिन डिजाइन गरिएको जस्तो देखियो । उनीहरूले आफ्नो जनतालाई अमेरिकाविरुद्ध जवाफी कारबाही गरेको बताउन सक्थे । तर, धेरै शक्तिशाली प्रतिद्वन्द्वीविरुद्ध प्रत्यक्ष युद्धको जोखिम नउठाई ।
‘शान्तिको समय’
कमजोर, अपेक्षित र प्रभावकारी रूपमा प्रत्याक्रमण । डोनाल्ड ट्रम्पले इरानको आक्रमणलाई यी शब्दहरूमा वर्णन गरे । तर, उनको सन्देश अगाडि बढ्दै जाँदा उनको लवज थप सौहार्दपूर्ण भयो । राष्ट्रपति ट्रम्पले इरानलाई ‘हामीलाई पहिल्यै सूचना दिएकोमा’ धन्यवाद दिए ।
उनले अगाडि लेखे, ‘सायद इरान अब शान्ति र सद्भावतर्फ अगाडि बढ्न सक्छ । र, म इजरायललाई पनि त्यसै गर्न उत्साहपूर्वक प्रोत्साहन गर्नेछु ।’ दुई घण्टा पहिले इरानले अमेरिकी हवाई अड्डामाथि आक्रमण गरेको थियो । दुई दिन पहिले ट्रम्पले इरानविरुद्ध अभूतपूर्व हमलाको आदेश दिएका थिए, जसलाई उनले विगतमा खतरनाक र दुष्ट भनेका थिए । अब भने उनले नेताहरूलाई शान्तिको प्रस्ताव राख्दै थिए ।
‘विश्वलाई बधाई, यो शान्तिको समय हो’ भन्दै उनले आफ्ना सन्देशहरूको शृंखला समाप्त गरे, जसले पर्यवेक्षकहरूलाई आश्चर्यमा पार्यो ।
‘१२ दिने युद्ध’
पर्दा पछाडि अमेरिका, इरान, इजरायल र कतार संलग्न तीव्र कूटनीतिक वार्ताहरू भइरहेको खुलासा भएको छ । डोनाल्ड ट्रम्पले आफ्ना नजिकका सहयोगी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग प्रत्यक्ष कुराकानी गरे, इरानविरुद्धको युद्धमा उनले छोटो समयका लागि इजरायललाई साथ दिएका थिए । यो कुराकानी गोप्य रूपमा भयो । तर, सन्देश स्पष्ट थियो- यो लडाइँ अन्त्य गर्ने समय हो ।
यसैबीच, ट्रम्पका उपराष्ट्रपति जेडी भान्स र मुख्य अन्तर्राष्ट्रिय वार्ताकार स्टिभ विटकफले इरानीहरूसँग प्रत्यक्ष र कूटनीतिक ब्याकच्यानलहरूमार्फत सम्पर्क गरिरहेका थिए । वाशिङ्टनबाट ट्रम्पको टोलीले मध्यपूर्वमा सबैभन्दा मूल्यवान तर कठिन उपलब्धि हासिल गर्न प्रयास गरिरहेको थियो- एक सम्झौता ।
सफलताका खबरहरू र सँगै खण्डनहरू फैलिन थाले । तर, बिस्तारै गति बढ्दै गयो । त्यसपछि बिहान ११ बजे पछि राष्ट्रपति ट्रम्पले फेरि सामाजिक सञ्जालमा लेखे- ‘सबैलाई बधाई !’ इरान र इजरायलबीच पूर्ण र कुल युद्धविराममा सहमति भएको उनले उल्लेख गरेका थिए । यो द्वन्द्वलाई अब ‘१२ दिने युद्ध’ भनेर चिनिनुपर्छ ट्रम्पले लेखे ।
‘मिसाइल आक्रमणको अन्तिम चरण’
इजरायलभर सायरनहरू बज्न थाले र मानिसहरूलाई आश्रयमा जान आदेश दिइयो- इरानी मिसाइलहरू आउँदै छन् ।
लगभग ६० मिनेटको अवधिमा इजरायलले इरानले तीनवटा मिसाइल हमलाहरू गरेको बतायो । ‘बिहान हुँदै जाँदा थप धेरै आउने थिए,’ इजरायली सेनाले भन्यो । बेर्शेबामा एक बहुतले आवासीय भवनमा प्रत्यक्ष प्रहार भयो । एक मिसाइलले भवनलाई ध्वस्त बनाएपछि चार जना मारिए, जसमध्ये कम्तीमा तीन जना सुरक्षित कोठामा लुकेका थिए ।
इजरायलका प्रधानमन्त्रीले इरानले आफ्नो शस्त्रागारको सबैभन्दा ठूलो मिसाइलमध्ये एक घरविरुद्ध प्रयोग गरेको आरोप लगाए । त्यसै समयमा इरानी मिडियाले इजरायलले रातभर आक्रमण गरेको र उत्तरी शहर अस्तानेह-ये अशरफियेहमा ९ जनाको मृत्यु भएको जनाए । एक आणविक वैज्ञानिक मोहम्मद रेजा सेद्दिकी साबेरी पनि मारिएको खबर आयो ।
क्षेत्रका उप-गभर्नरले चारवटा अपार्टमेन्ट पूर्ण रूपमा ध्वस्त भएको र विस्फोटका कारण वरपरका धेरै घरहरूमा क्षति पुगेको बताए । इरानले इजरायललाई युद्धविरामको समयसीमा अघि ‘मिसाइलहरूको अन्तिम चरण’ फ्याँकेको आरोप लगायो ।
इजरायली सेनाले रातभर कारबाही गरेको पुष्टि गर्यो । जबकि, इराकी सरकारले ड्रोनहरूले आफ्नो क्षेत्रमा रहेका अड्डाहरूलाई लक्षित गरेको दाबी गर्यो । इराकमा इरान समर्थित सशस्त्र मिलिसियाहरू सञ्चालन हुन्छन्, तर के लक्षित थियो भन्ने स्पष्ट भएन ।स्पष्ट कुरा के थियो भने अन्तिम क्षणसम्म लडाइँ जारी थियो ।
‘युद्धविराम सुरुवातको घोषणा’
ट्रम्पले सामाजिक सञ्जालमा युद्धविरामको सुरुवात घोषणा गरे । उनले लेखे, ‘युद्धविराम अब लागू हुन्छ । कृपया यसलाई उल्लंघन नगर्नुहोस् !’
त्यसपछि इजरायली सरकारले औपचारिक रूपमा युद्धविरामको प्रस्ताव स्वीकार गर्यो । एक वक्तव्यमा भनियो कि इजरायलले इरानको आणविक र ब्यालिस्टिक मिसाइल क्षमता हटाउने आफ्नो युद्ध लक्ष्य प्राप्त गरेको छ र यसले ‘विश्व शक्ति’ को स्थान लिएको छ ।
इरानका विदेशमन्त्री सेयेद अब्बास अरघचीले रातभरि नै ट्रम्पले प्रस्ताव गरेको युद्धविरामप्रति तेहरान खुला रहेको संकेत दिएका थिए । उनले भने, ‘यदि इजरायलले स्थानीय समयानुसार ४ बजेभन्दा पहिले आक्रमण रोकेमा हामी त्यसपछि हाम्रो जवाफ कारबाही जारी राख्दैनौँ ।”
तर, यो युद्धविराम खतरामा परेको जस्तो देखिन धेरै समय लागेन । इजरायली सेनाले इरानबाट मिसाइल प्रक्षेपण भएको भन्दै हवाई रक्षा प्रणाली सक्रिय गरेको बतायो । इरानले खण्डन गर्यो ।
ट्रम्पको हतारमा बनाइएको सम्झौता लागू भएको केही घण्टामै भंग हुने जस्तो देखियो । इजरायली जेटहरू इरानी राजधानीतर्फ जाँदै गर्दा ट्रम्पले फेरि पोस्ट गरे, ‘ति बमहरू नखसाल्नुहोस् । यदि तपाईंले त्यसो गर्नुभयो भने यो ठूलो उल्लंघन हो । आफ्ना पाइलटहरूलाई अहिले घर फर्काउनुहोस् !’
‘उनीहरू शान्त हुनुपर्छ’
वाशिंगटन डीसीमा बिहान हुँदा अमेरिकी राष्ट्रपति ह्वाइट हाउस पुगे, जहाँ उनलाई नेटो शिखर सम्मेलनमा लैजान हेलिकोप्टर पर्खिरहेको थियो ।
पत्रकारहरू पनि उनको रातभरका घोषणा, दाबी र खण्डनहरूको बारेमा सुन्न उत्सुक थिए । इजरायल र इरान दुवैले युद्धविराम उल्लंघन गरेको ट्रम्पले बताए । तर, उनले सम्झौता अझै कायम रहेकोमा जोड दिए । इजरायली जेटहरूलाई फर्काउन नेतान्याहुलाई आग्रह गरेको उल्लेख गर्दै उनले भने, ‘एउटा (इरानी) रकेट समयसीमा पछि गल्तीले प्रक्षेपण भएको थियो र अब इजरायल बाहिर जाँदै छ । यी मानिसहरू शान्त हुनुपर्छ ।’
ट्रम्पले इरानी मिसाइल सायद गल्तीले प्रक्षेपण भएको बताए । राष्ट्रपति ट्रम्प रिसाएको जस्तो देखिन्थे । उनले इजरायलप्रति खुसी नभएको बताए । किनभने उनीहरूले सम्झौता भएका बेला ‘मैले कहिल्यै नदेखेको जस्तो’ हमला गरे । ‘म इरानसँग पनि खुसी छैन,’ उनले थपे । जब ट्रम्प पछाडि फर्के उनले इजरायल र इरानप्रति आफ्नो निराशा व्यक्त गरे । यति लामो समयदेखि लडिरहेका छन् कि उनीहरूलाई के गरिरहेका छन् थाहा छैन भन्दै ट्रम्पले अपशब्द प्रयोग गरे ।
हेलिकोप्टरले उनलाई मेरील्याण्डको सैन्य अड्डामा लग्यो, जहाँ उनले नेटो शिखर सम्मेलनका लागि एयर फोर्स वनमा चढ्नुपर्ने थियो । हवाईजहाजमा पुगेपछि उनले नेतान्याहुसँग कुराकानी गरे, जुन कुराकानी तनावपूर्ण भएको देखिन्छ । ह्वाइट हाउस स्रोतले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई बतायो कि राष्ट्रपति इजरायली प्रधानमन्त्रीसँग ‘असाधारण रूपमा दृढ र प्रत्यक्ष’ थिए । नेतान्याहुले स्थितिको गम्भीरता र राष्ट्रपति ट्रम्पले व्यक्त गरेको चिन्तालाई बुझे ।
ट्रम्पले हवाइजहाजमा पत्रकारहरूसँग कुरा गर्दै नेतान्याहुलाई सैन्य विमान फिर्ता ल्याउन भनेको पुष्टि गरे । तेहरानका नेताहरूको लागि ट्रम्पले भने कि आणविक हतियार विकास गर्नु उनीहरूको दिमागमा ‘अन्तिम कुरा’ हुनेछ ।
Facebook Comment
Banner
प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो
निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।
प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।
विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।
विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।
प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।
प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।
प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।
कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।
Banner
सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै
ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।
नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।
कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।
प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।
Banner
आज संविधान दिवस मनाइँदै
आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।
दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्
प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र
















You must be logged in to post a comment Login