Connect with us
Advertisement

अमेजनले भारतमा २ हजार करोडभन्दा धेरै लगानी गर्ने

Published

on

अमेरिकी ई-कमर्स प्लाटफर्म, अमेजनले भारतमा सन् २०२५ मा २३३ मिलियन डलर (२ हजार करोड भारतीय रुपैयाँभन्दा धेरै) लगानी गर्ने भएको छ ।

देशव्यापी रूपमा आफ्ना सञ्चालन विस्तार, पूर्वाधार सुधार र फुलफिलमेन्ट नेटवर्कका लागि नयाँ प्रविधि विकास गर्ने कम्पनीको लक्ष्य छ । साथै, डेलिभरी सुरक्षामा सुधार ल्याउन पनि यो लगानी गर्ने लागेको कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ ।

अमेजनले भारतमा आफ्ना फुलफिलमेन्ट, सर्टेसन र डेलिभरी सञ्जालसम्बन्धी नयाँ कारखाना शुरु गर्ने र विद्यमान साइटहरूको सुधार गर्ने योजना बनाएको छ । ‘अमेजनले भारतभरका सबै ठाउँहरूमा सामान पुर्‍याउन एउटा ठूलो सञ्जाल बनाएको छ, अहिलेको यो नयाँ लगानीले त्यो सञ्जाललाई अझ राम्रो बनाउनेछ,’ विज्ञप्तीमा भनिएको छ, ‘यसले गर्दा सामानहरू छिटो प्रशोधन हुनेछन्, डेलिभर पनि चाँडै हुनेछ र सबै काम अझै प्रभावकारी रूपमा हुनेछ ।’

वालमार्टको फ्लिपकार्ट र अर्बपति मुकेश अम्बानीको रिलायन्स रिटेलसँग भारतमा प्रतिस्पर्धा गरिरहेको अमेजनले यसअघि सन् २०३० सम्ममा भारतमा कुल २६ अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो । कम्पनीले आफ्ना कर्मचारी र सहयोगीहरूको स्वास्थ्य र आर्थिक अवस्था सुधारका लाग पनि लगानी र पहलहरू विस्तार गरिरहने जनाएको छ । यसमा ‘आश्रय’जस्ता कार्यक्रमहरू विस्तार गर्ने समावेश छ ।

‘आश्रय’ कार्यक्रमअन्तर्गत अमेजनले डेलिभरी सेवाका कर्मचारीलाई आराम गर्ने ठाउँहरू बनाउने गरेको छ । अमेजनबाहेक अन्य कम्पनीका लागि डेलिभरी गर्नेहरूले पनि त्यसको उपयोग गर्न पाउँछन् । त्यहाँ बस्ने ठाउँ, पिउने पानी, चार्जिङ पोर्ट र शौचालय सुविधा हुन्छ । त्यस्तै, अमेजनले डेलिभरी युनिट र चालकहरूका लागि वित्तीय शिक्षा र व्यक्तीगत वित्त सहायता प्रदान गर्न ‘समृद्धि’ नामक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

डेलिभरी कर्मचारी र चालकहरूकै बालबालिकालाई छात्रवृत्तिसहित सहयोग गर्न अमेजनले भारतमा ‘प्रतिधि’ कार्यक्रम सञ्चालन गरको छ । ट्रक चालकहरूको स्वास्थ्य सेवासम्बन्धी आवश्यकताहरू सम्बोधन गर्न ‘सुश्रुत’ कार्यक्रम सञ्चालन गरिरहेको पनि कम्पनीले विज्ञप्तिमा जनाएको छ ।

अमेजनले २०२५ को अन्त्यसम्ममा ८० हजारभन्दा धेरै डेलिभरी कमर्चारी र साझेदारहरूलाई मेडिकल क्याम्पमार्फत निःशुल्क स्वास्थ्य जाँच उपलब्ध गराउने गरी राष्ट्रव्यापी अभियान सुरु गरेको इन्डियन एक्स्प्रेसको समाचारमा उल्लेख छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा

Published

on

सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।

Continue Reading

Banner

गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड

Published

on

सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।

विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।

गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।

प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

Continue Reading

Banner

एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।

पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।

जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक