Connect with us
Advertisement

एमाले बैठकमा विद्या भण्डारीको चर्चा, मुख नखोल्दा अन्योल

Published

on

नेकपा एमालेको ५३ औँ केन्द्रीय सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्कने वा नफर्कने भन्नेबारे चर्चा भएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकमा सदस्यहरूले पछिल्ला दिनमा पूर्वराष्ट्रपति भण्डारीले गरेका विभिन्न जिल्ला भ्रमण, भेटघाट, संवाद र अभिव्यक्ति एमालेको आन्तरिक राजनीतिमा जोडिएको भन्दै अध्यक्ष केपी शर्मा ओलीको मुड बुझ्ने प्रयास गरेका थिए ।

सदस्यहरूले प्रसङ्ग निकालेपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली पूर्वराष्ट्रपति भण्डारीबारे मुख खोल्न बाध्य भएका थिए । त्यसक्रममा उनले लामो भूमिका बाँधेर विद्याबारे व्याख्या गरेका थिए ।

‘उहाँ (विद्यादेवी भण्डारी)बारे सञ्चारमाध्यमहरूमा भइरहेका चर्चा परिचर्चा मैले पनि सुनिराखेको छु । चर्चा परिचर्चा आ–आफ्नै ढंगले भइरहेका छन् । ती आ–आफ्नै स्वार्थ अनुकूल पनि देखिन्छन्,’ बैठकमा ओलीले राखेको धारणा उद्धृत गर्दै स्रोतले भन्यो ।

कतिपय सञ्चारमाध्यमले अब हुने ११ औँ महाधिवेशन र एमालेको नेतृत्व चयनसँग जोडेर त्यस्ता चर्चा परिचर्चा गरे पनि उहाँ आफैँले ‘म अब सक्रिय राजनीतिमा आउँछु र फलानो पदमा प्रतिस्पर्धा गर्छु’ भनेर नभनेको अवस्थामा अनुमानका भरमा यो र त्यो भन्नु उचित नहुने विश्लेषण ओलीले सुनाएका थिए । साथै उनले भण्डारी पार्टीको सक्रिय राजनीतिमा आउने नै हो भने पनि सहमतिमै आउने सङ्केत गरेका थिए ।

‘उहाँले म फलानो पदमा आउँछु भनेर अहिलेसम्म भनेको अवस्था छैन । न व्यक्तिगत रूपमा भन्नुभएको छ, न सार्वजनिक रूपमै भन्नुभएको छ, तर अनुमानका भरमा अनावश्यक चर्चा हुँदै आएका छन्’, ओलीले बैठकमा ब्रिफिङ गर्दै भनेका थिए ।

सम्बन्धित व्यक्तिले प्रस्ट निर्णय नगर्दा र मुख नखोल्दासम्म अनुमानका भरमा गरिने चर्चा परिचर्चाको कुनै अर्थ नरहेको समेत ओलीले बताएका थिए । ओलीले यसो भनेपछि एक सचिवालय सदस्यले ‘भण्डारी आफैँले मुख नखोल्दासम्म यो विषय ‘सस्पेन्स’ नै रहने देखियो’ भनेर आफ्नो मत राखेका थिए । त्यो मतमा अध्यक्ष ओलीले पनि समर्थन जनाएका थिए ।
‘उहाँ नबोलेको अवस्थामा हामी कसैले तपाईं आउनुस् वा नआउनुस् भन्न सक्ने अवस्था रहँदैन । व्यक्ति आफैँले सोचेर निर्णय लिने हो’, ओलीको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘तपाईं आउनुस् भनेर र नआउनुुस् भनेर पनि केही हुँदैन ।’

बैठकमा भण्डारीका बारेमा भएको चर्चा र अध्यक्ष ओलीले गरेको विश्लेषण सुनाउँदै ती सदस्यले रातोपाटीसँग भने, ‘विद्या भण्डारीका बारेमा बुधबारको बैठकमा कुरा उठ्यो । चर्चा भयो । उहाँले अहिलेसम्म म फलानो पदमा उठछु भनेर कतै भन्नुभएको छैन । फलानो पदमा म उठ्न चाहन्छु भनेर पनि सार्वजनिक वा व्यक्तिगत रूपमा भन्नुभएको छैन । पार्टीमा आवश्यक प¥यो भने तयार छु मात्र भन्नुभएको हो । त्यो आवश्यकता महसुस पार्टीले गर्ने हो ।’

अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीबारे बाहिर भइरहेका चर्चाबारे निष्कर्षका रूपमा सुनाउँदै थप भनेका थिए, ‘…त्यसैले हामी कसैले पनि तपाईं आउनुस् र नआउनुस् भन्न पनि मिल्दैन ।’

भण्डारी ७ वर्षसम्म राष्ट्रपति पदमा रहेर २०७९ साल फागुनमा शीतल निवासबाट बाहिरिएकी थिइन् । त्यस यता उनी बुढानीलकण्ठस्थित निजी निवास भँगालमा बस्दै आएकी छन् । उनी पछिल्लो समय विभिन्न सामाजिक कार्यक्रममा सहभागी हुने र विभिन्न जिल्ला पुगेर एमाले नेता–कार्यकर्तासँग भेटघाटमा पनि सक्रिय भएकी छन् । त्यसबाहेक उनले छिमेकी मुलुक चीनको भ्रमणसमेत गरेकी छन् ।

उनको जिल्ला भ्रमण, एमाले नेता–कार्यकर्ताहरूसँगको संवाद र छलफल अनि उत्तरी छिमेकी मुलुक चीन भ्रमणलाई कतिपयले एमालेको सक्रिय राजनीतिमा फर्कने ‘वामअर्प’का रूपमा अर्थ्याउने गरेका छन् । एमालेकै कतिपय नेता–कार्यकर्ता पनि त्यसलाई स्वीकार गरिरहेका छन् । यस्तो अवस्थामा अध्यक्ष ओलीले विश्राम लिनुपर्ने र भण्डारीले पार्टीको नेतृत्व लिनुपर्ने ती नेता–कार्यकर्ताको मत रहँदै आएको छ ।

तर एमाले अध्यक्ष ओली अहिले नै भण्डारीलाई नेतृत्व सुम्पन तयार देखिँदैनन् । ओलीका पछिल्ला अभिव्यक्तिमा पनि आफू अझै स्वस्थ, सक्रिय र क्रियाशील रहेकाले केही वर्ष आफ्नै नेतृत्वमा पार्टी चलाउने चाहना रहेको बुझ्न कठिन छैन ।

उता भण्डारीले विभिन्न सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै पार्टीमा आफ्नो आवश्यकता महसुस भए आफू सक्रिय राजनीतिमा फर्कने चाहना व्यक्त गर्दै आएकी छन् । भण्डारीले भन्ने गरेकी छन्, ‘म एमालेको सक्रिय राजनीतिमा फर्कंदा पार्टी अझ क्रियाशील हुन्छ र फाइदा हुन्छ भने र पार्टीले आवश्यकताबोध गर्छ भने ठिकै छ, तर मैले व्यक्तिगत रूपमा अब केही लिनुदिनु छैन ।’

हुन पनि दुईपटक राष्ट्रपति, पटक पटक सांसद र मन्त्री भइसकेकाले भण्डारीले व्यक्तिगत रूपमा पाउनु केही छैन । यद्यपि समकालीन नेताहरू सक्रिय राजनीतिमा रहेका कारण पनि उनी आवश्यकताका आधारमा पार्टी नेतृत्वको भूमिकामा फर्कन चाहन्छिन् । सकभर ओलीकै सहमतिमा र सर्वस्वीकार्य नेतृत्व गर्ने अवस्था आएमात्र पार्टी राजनीतिमा सक्रिय हुने भण्डारीको योजना छ ।

भण्डारीको सक्रियता, एमाले नेतृत्वमा उमेरहद र दुई कार्यकालको विषयबारे एमालेभित्र र बाहिर समेत व्याख्या र विश्लेषण भइरहेका छन् ।

यदि एमालेमा ७० वर्षे उमेरहद कायम रहे त्यसपछि पार्टीको नेतृत्व स्वतः भण्डारीले लिने कतिपयको बुझाइ छ । २०७८ सालमा ७० वर्षे उमेर हद लगाएको एमालेले गत वर्षमात्रै उक्त व्यवस्था केही समयलाई निलम्बन गरेको थियो । आगामी भदौमा हुने दोस्रो विधान महाधिवेशनले उक्त व्यवस्था कायम गर्ने वा हटाउने भन्ने निर्णय समेत गर्नेछ ।

एमाले सचिवालय बैठकमा उमेर हद र दुई कार्यकालबारे खासै छलफल नभएको र विधान महाधिवेशनबाट यो विषय टुङ्गो लाग्ने नेताहरू बताउँछन् । यद्यपि यो विषय प्राविधिकमात्र भएकाले धेरै छलफल गर्न जरुरी नरहेको उनीहरूको भनाइ छ ।

नेताहरूले यस्तो तर्क गरे पनि दोस्रो विधान महाधिवेशन र ११ औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा एमालेमा उमेरहदको विषय पेचिलो बन्दै गएको प्रस्टै देखिन्छ ।

अध्यक्ष ओली र उनी पक्षका नेताहरू कार्यकारी पद र उमेर हदको समय तोक्न नहुने पक्षमा देखिन्छन् भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका केही पदाधिकारी उमेर हद तोकेरै जानुपर्ने पक्षमा बोल्न थालिसकेका छन् ।

भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्नेछन् । उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रतिवेदन पेस गर्नेछन् । पौडेलले पेस गर्ने प्रस्तावमा यो विषय समेटिने नेताहरू बताउँछन् ।

विधान महाधिवेशनअघि तयारीका लागि एमालेले साउन २ गते पोलिटब्यूरो बैठक र साउन ५ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । ती बैठकमार्फत विधान संशोधन प्रस्ताव तयार गरेर तल्ला कमिटीमा सुझावका लागि पठाउने र विधान महाधिवेशनबाट उमेरहद र दुई कार्यकालको छिनोफानो गर्नुअघि एमालेमा यिनै दुई विषय बहसको केन्द्रमा रहने देखिएको छ ।

‘एमालेमा उमेरहद र दुई कार्यकालको विषय बहसमा आइसकेको छ । यो बहसमा पूर्वराष्ट्रपति विद्या भण्डारी र उनको राजनीति गर्ने चाहना पनि कतै न कतै जोडिन्छ’, एमालेका एक पदाधिकारी भन्छन् । ओलीजी अझै आफैँ पार्टी अध्यक्ष बन्न खोजिरहेको र ‘भँगाल’को सक्रियता पनि त्यतिकै रहेको उनको भनाइ छ । ‘यसलाई एमाले नेता–कार्यकर्ताले समायोजन गर्न सके भलो नै होला नत्र एमालेमा भँगालो अझ फाट्न पनि सक्छ,’ उनले भने ।

  • सरकार सफल तर सोचेअनुसार भएन

एमाले सचिवालय बैठकमा विद्या भण्डारीबाहेक अध्यक्ष ओली नेतृत्वको कांग्रेस–एमाले गठबन्धनको एक वर्षे कार्यकालको समेत समीक्षा भएको थियो । बैठकले समग्रमा सरकारको एक वर्षे कार्यकाल सफल भएको निष्कर्ष निकालेको थियो ।

 

‘सरकार असफल छैन, सफल नै छ तर सोचेको र चाहेको जति काम हुन सकेको छैन’, उपाध्यक्ष युवराज ज्ञवालीले बैठकमा भएको समीक्षा सुनाउँदै भने, ‘तर सरकारका काम कारबाही अझ प्रभावकारी बनाउन समग्रमा मन्त्रीहरूले सक्रियता देखाउनुपर्छ । मन्त्रीहरूले मेहनत गर्नुपर्छ । ब्युरोक्रेसीका काममा अनुगमन र ताकेतामा ध्यान दिनुपर्ने देखिन्छ ।’

ज्ञवालीले सहमतिको सरकार भएकाले सरकारले चाहँदा चाहँदै पनि कतिपय काम गर्न नसकेको बताए । ‘दुई–तीन दल मिलेर बनेको सरकारले सबै चाहेको काम पनि गर्न सक्दैन, तर जनआकांक्षा अनुसारका काममा अझै ध्यान दिनुपर्छ भन्ने बैठकको निष्कर्ष छ’, उनले भने ।

उपमहासचिव प्रदीप ज्ञवालीले बैठकमा अध्यक्ष ओलीले मुलुकको बदलिँदो परिस्थिति, पार्टीको रणनीतिक कार्यदिशा, सरकारको कार्यसम्पादन र बजेट सम्बन्धी संक्षिप्त जानकारी गराएको बताए ।

‘बैठकले सरकारको एक वर्षे कार्यकाललाई सन्तोषजनक र प्रभावकारी ठहर गर्दै आर्थिक पुनःस्थापनादेखि जनविश्वास अभिवृद्धिसम्मका क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त भएको निष्कर्ष निकालेको छ’, उनले भने ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading

Banner

निर्वाचन आचारसंहिता लागू

Published

on

निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।

यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।

साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक