Connect with us
Advertisement

प्रश्नहरूको घेरामा पूर्वराष्ट्रपति भण्डारीको कदम

Published

on

नेपालको गणतान्त्रिक इतिहासमा पहिलो महिला राष्ट्रपतिका रूपमा स्थापित विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनले नेपाली राजनीतिमा तीव्र तरंग ल्याएको छ ।

दुई कार्यकाल (वि.सं. २०७२–२०७९) राष्ट्रपति पद सम्हालेकी भण्डारीले नेकपा (एमाले) को आगामी ११औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको विकल्पका रूपमा आफूलाई प्रस्तुत गर्ने तयारी गरेको खबरले संवैधानिक मर्यादा, लोकतान्त्रिक मूल्य र गणतन्त्रको भावनामाथि पनि गहिरो प्रश्न उठाएको छ । असार १४ मा मदन भण्डारीको जन्मजयन्तीका अवसर पारेर उनकै नामको फाउन्डेसनको मञ्चमार्फत विद्याले सामाजिक न्याय, समानता र समाजवादी आदर्श बोकेर सक्रिय राजनीतिमा फर्किएको उद्घोष गरेकी छन् । तर, यो कदम व्यक्तिगत संकल्प वा आदर्शको अभियान मात्र नभएर संवैधानिक मर्यादामाथिको ठाडो आघात र एमालेभित्रको सत्तालिप्सा र गुटबन्दीको सुनियोजित रणनीति पनि हो भनेर धेरैले बुझेका छन् । राष्ट्रपति पदको तटस्थताको प्रतीकलाई दलगत स्वार्थको मैदानमा उतार्नुले नेपालको गणतान्त्रिक संस्थाहरूको विश्वसनीयतामाथि पनि प्रश्न उठेको छ । भण्डारीको पार्टीमा पुनरागमनले एमालेभित्रको आन्तरिक संकट, ओलीको निरंकुश नेतृत्वविरुद्धको शक्ति सन्तुलनको प्रयास र सत्ताको लोभमा आधारित नयाँ गुटबन्दीको अध्यायलाई उजागर गरेको छ । यो कदमले गणतन्त्रको मर्यादा र एमालेको भविष्यलाई मात्र होइन, समग्र नेपाली लोकतन्त्रलाई खतरनाक मोडमा पुर्‍याउने त होइन भन्ने प्रश्न पनि उठाइँदैछ । राष्ट्रपति पद नेपालको संविधानको संरक्षक र लोकतन्त्रको अभिभावकको सर्वोच्च प्रतीक हो । यो पद दलगत स्वार्थ, गुटबन्दी र सत्ताको खेलभन्दा माथि रहनुपर्छ । विद्यादेवी भण्डारीले दुई कार्यकाल राष्ट्रपति रहँदा यही मर्यादाको जिम्मेवारी बहन गरिन् । तर, उनको सक्रिय राजनीतिमा पुनरागमनले यो पवित्रतालाई खुलेआम चुनौती दिएको छ ।भण्डारीको पुनरागमन कुनै व्यक्तिगत वा स्वतन्त्र निर्णय होइन, यो एमालेभित्रको सुनियोजित रणनीतिक चाल हो । केपी ओलीको एकलौटी नेतृत्व र पार्टीभित्रको आन्तरिक लोकतन्त्रको ह्रासले सिर्जना गरेको असन्तुष्टिको आगोमा यो कदमले घिउ थपेको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको समर्थन र उनको चेतावनीले यो स्पष्ट हुन्छ कि भण्डारीलाई ओलीको निरंकुश शैलीविरुद्ध शक्ति सन्तुलनको हतियारका रूपमा अगाडि सारिएको छ । यो कदमले एमालेभित्रको ध्रुवीकरणलाई तीव्र बनाउनेछ, तर यसले लोकतान्त्रिक संस्कृतिलाई कमजोर बनाउने जोखिम पनि बोकेको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक