Connect with us
Advertisement

छोरा-बुहारी भारतमा कमाउँदै, आमाबुबा मोबाइलमा रमाउँदै

Published

on

कमलबजार नगरपालिका-६ की ५७ वर्षीया धना शाहीलाई केही वर्षअघिसम्म मन भुलाउने बहानाकै खोजी थियो । घरको कामधन्दा सकेर फुर्सदका बेला उनीसँग शून्यता मात्रै बाँकी हु्न्थ्यो । ३ छोरा-बुहारी र २ छोरी-ज्वाइँ काम गर्न भारत पसेका छन् ।

मोबाइल चलाउँदै बसेका मंगलसेनका महिला । तस्बिर : मेनुका/कान्तिपुर

घरका तीन नातिनातिनी स्कुल हिँडेपछि उनीसँग गफ गर्ने मान्छे पनि कोही हुन्न । यस्तो बेला उनको साथी भएको छ, भारतबाट छोरीले पठाइदिएको मोबाइल ।

धना आफ्नो नामसमेत लेख्न जान्दिनन् । कतै हस्ताक्षर गर्नुपरे उनीसँग ल्याप्चेको विकल्प रहन्न । तर मोबाइल चलाउन भने उनलाई कुनै दकस छैन । १० वर्षअघि श्रीमान्‌को मृत्यु भएपछि एक्लो बनेकी धनालाई लाग्छ, एक्लै भए मनमा कुरा खेल्छ । मोबाइल भए मन यसमै भुल्छ ।

५ वर्षअघि छोरीले पठाइदिएको मोबाइल हात पर्दा उनलाई कसरी चलाउने भन्ने पीर परेका थियो । कतै खसि पो हाल्छ कि भनेर डर लाग्थ्यो । सुरुवाती दिनमा नातिनातीनाले सिकाएपछि उनी मोबाइल चलाउन अभ्यस्त बन्दै गइन् । धनाले सुनाइन्, ‘युट्युब , फेसबुक, टिकटक सबै हेर्छु । हेर्दाहेदै दिन बितेको पत्तै हुँदैन ।’

मोबाइल भएपछि धनालाई सारा संसार आफूसँगै भएजस्तो लाग्छ । युट्युब र फेसबुकमा अनेक भिडियो हेर्दा उनलाई संसारमा आफूजस्तै दु:ख भएका मान्छे अन्त पनि रैछन् भन्ने लाग्न थालेको छ । उनले सुनाइन्, ‘कति त आफ्नै कहानी जस्तो लाग्छ ।’

अक्षर नचिन्ने भएकाले उनी कल लगमा नातिनातिनाले सेभ गरिदिएका आफन्तका तस्बिर हेरेर फोन र भिडियो कल गर्छिन् । भन्छिन्, ‘टाढा भएका छोराछोरी पनि साथमै भए जस्तो लाग्छ । कहिलेकाहीँ त यस्तो जमाना पनि आयो भनेर दंग पर्छु ।’

धनाकै जस्तो कथा छ, मंगलसेन नगरपालिका-७ की ६२ वर्षीया मनसरा नेपालीको । दुई वर्षदेखि उनका हातका औंला एन्ड्रोइड मोबाइलका स्क्रिनमा अभ्यस्त छन् । उनका छोरा-बुहारी सबै भारत छन् । घरमा उनी दुई नातिनातिना हेरेर बसेकी छिन् । ७ वर्षअघि श्रीमान्‌को मृत्यु भएपछि उनी एक्लो भएकी छिन् । छोरा-बुहारी परदेश भएपछि उनको घरछेउको खेतबारी पनि बाँझै छ । नातिनातीना स्कुल हिँडेपछि उनलाई घरमा शून्यताले राज गरेजस्तो लाग्थ्यो । यहिले यही मोबाइल उनको साथी बनेको छ ।

उनको गाउँमा राम्ररी इन्टरनेट टिप्दैन । दिउँसो उनी वडा नम्बर ७ को कार्यालय छेउमा जान्छिन् । त्यहाँ नेपाल टेलिकमको नेट राम्ररी चल्छ । ‘मोबाइलमा पैसा हाल्न पनि जानेको छैन । बम्बैबाट छोरा-बुहारीले हालिदिन्छन् । यता पढेलेखेकाहरुसँग महिनाको डाटा प्याक तानिमाग्छु । नेट चल्ने ठाउँमा आएर हेर्छु । डाउनलोड गरेको भिडियो भने राति हेर्छु,’ उनले हाँस्दै सुनाइन् ।

साथमा मोबाइल भएकाले उनलाई संसार आफूसँगै भएजस्तो लाग्छ । देश दुनियाँका खबर सबै थाहा पाएजस्तो लाग्छ । तर आफ्नो गाउँमा राम्ररी नेट नटिप्ने कुराले भने उनलाई दिक्क बनाउँछ । त्यही भएर उनी जनप्रतिनिधि वा अन्य सरोकारवाला भेट्नेबित्तिकै गाउँमा नेट नचलेको गुनासो गर्छिन् । भन्छिन्,‘गाउँमा नेट चलेको भए कति सजिलो हुन्थ्यो । तर हाम्रा कुरा कोही सुन्दैनन् ।’

मंगलसेन-७ का ७७ वर्षीय मंगलबहादुर नेपालीले जीवनका उर्वर समय भारतमा काम गरेर बिताए । अहिले उनका तीन छोरा कामको खोजीमा उनकै पदचाप पछ्याउँदै भारत नै पसेका छन् । बुढ्यौलीका दिन उनी घरमा बिताइरहेका छन् ।

आफ्नो नामसमेत लेख्न नजान्ने उनले भारतमा हुँदा पढेलेखेका मान्छेसँग हारगुहार गरेर चिठी लेखिमाग्थे । छोराहरुलाई सन्चो-बिसन्चो खबर पठाउँथे । घरको खबर पनि उनी महिनौं दिनपछि चिठीबाटै थाहा पाउँथे । ती दिनमा उनी कहिले चिठी लेख्ने मान्छे खोज्दै हिँड्थे, कहिले चिठी पढिदिने मान्छे खोज्दै । उनले सुनाए, ‘अरुले चिठी लेखिदिँदा उनीहरुले आफ्नो शैलीमा लेख्थे । चिठी लेखिमाग्नेको भावना कसले समेट्ने ? मनमा भएका कुरा लेखिमाग्न मन लाग्थ्यो । तर सम्भव हुँदैनथ्यो ।’

८ वर्षअघि श्रीमती बितेपछि उनलाई एक्लो बुढेसकाल कसरी बिताउने भन्ने लागेको थियो । कान्छी बुहारी र चार नातिनातिना घरमा भए पनि उनीहरु आफ्नै व्यस्ततामा हुन्छन् । यस्तो बेला उनको साथी भएको छ, मोबाइल ।

अक्षर नचिनेर के भो र उनी फोटो हेरेर छोरा-बुहारी र बरु आफन्तलाई फोन गर्छन् । सुखदु:ख साटासाट गर्छन् । म‌ंगलले सुनाए, ‘चिठीपत्रका दिन त कुनै समयको कथाजस्तो पो लाग्छ ।’

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता हुँदै

Published

on

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ ।

निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको हो । आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारलाई आग्रह गरेको छ ।

आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ । भीडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले समय निर्धारण गरिएको आयोगले प्रष्ट पारेको छ ।

आयोगले यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १६५ निर्वाचित हुने व्यवस्था छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराएको छ । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोटको प्रक्रिया सुरु गरिसकेको छ । अधिकांश राजनीतिक दलले उम्मेदवार छनोट गरिसकेका छन् भने छनोट गर्न बाँकी भएकाले पनि आज बिहानसम्म सबै सक्ने छन् ।

नेपाली कांग्रेसले केही क्षेत्रका उम्मेदवार छनोटको प्रक्रियामा रहेको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरिसकेको जनाएको छ ।

एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले उम्मेदवार छनोट गरी उम्मेदवारलाई आधिकारिक पत्र प्रदान गरिसकेका छन् ।

आयोगले निर्धारण गरेको कार्यसूची अनुसार आज देशभर उम्मेदवारको मनोनय हुँदैछ । उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ ।

त्यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी पनि छ । आयोगले अन्य केही कागजातसमेत लिएर आउन आग्रह गरेको छ ।

आयोगले आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । आज उत्साहपूर्वक रूपमा देशभर उम्मेदवार मनोनयनको कार्यक्रम अगाडि बढ्ने विश्वास व्यक्त गरेको छ ।

विसं २०७९ मा भएको प्रतिनिधिसभा गत भदौको जेनजी आन्दोलनपछ विघटन भएको हो । त्सपछि बनेको सरकारले फागुन द्दज्ञ गतेका लागि नयाँ निर्वाचनको मिति तय गरेको हो ।

Continue Reading

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक