Banner
अन्तर्राष्ट्रिय विमानस्थल कसरी बनाउने सुरक्षित ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा राज्य–संयन्त्रहरूमार्फत हुँदै आएको सेटिङको विषय यतिखेर राजनीति तरंगित छन् । केही समयअघि विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख नै भिजिट भिसामार्फत मानव तस्करी गरेको आरोपमा पक्राउ परेपछि यो विषय राष्ट्रिय राजनीति र संसद्को ‘हटकेक’ बन्न पुगेको छ ।
यो प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै आएका केही विपक्षी दलहरूले संसद्मा अझै उच्चस्तरीय छानबिन समिति माग गरिहेका छन् ।
भिजिट भिसाप्रकरण अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । सरकारले यो विषयमा छानबिन गर्न भन्दै पूर्वमुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा अर्को छानबिन समिति बनाइसकेको छ । तर बैरागीको नेतृत्वमा बनाइएको छानबिन समितिमाथि सुरुआतमै चौतर्फी प्रश्न उठेको छ । त्यसैले माओवादीबाहेका विपक्षी दलले त्यसलाई स्विकारेका छैनन् । यो अवस्थाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भइरहेको मानव तस्करी, त्यस क्रममा हुने भिजिट भिसाको दुरुपयोग र मानव तस्करको गिरोहलाई सघाउन राज्य संयन्त्रहरूको संलग्नतामै हुने सेटिङ फेरि पनि नतोडिने हो कि भन्ने संशय पैदा गरेको छ ।
यसको अर्थ फेरि पनि अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भइरहेको मानव तस्करी नरोकिने, बरु विमानस्थलको सुरक्षा संवेदनशीलता अझ बढेर जाने देखिन्छ ।
विमानस्थल र सुरक्षा
अन्तर्राष्ट्रिय विमानस्थलहरू कुनै पनि देशका प्रवेशद्वार हुने भएकाले राष्ट्रिय सुरक्षासँग तिनले प्रत्यक्ष सम्बन्ध राख्छन् । अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई संसारभर नै अत्यन्त संवेदनशील पूर्वाधारका रूपमा लिइन्छ । यही कारण पनि हरेक विमानस्थलका आफ्नै विशिष्ट सुरक्षा चुनौतीहरू हुन्छन् । विश्वव्यापी रूपमै उच्चस्तरको विश्वास कायम राख्न पर्याप्त सुरक्षा प्रबन्ध आवश्यक पर्छ । अन्तर्राष्ट्रिय विमानस्थलहरूले स्वाभाविक रूपमा बलिया सुरक्षा उपकरणसहितको सुरक्षा प्रणाली माग गर्छन् । जसमा सुरक्षा बलका कर्मचारीहरू मात्र नभई विमानस्थलको सहज सञ्चालनका लागि जिम्मेवार सिभिल अर्थात् निजामती सेवाका अधिकारीहरू पनि समावेश हुन्छन् । काममा दोहोरोपन नहोस् र सुरक्षामा हुने त्रुटि तथा कमजोरीहरूबाट पनि बच्न सकियोस् भनेर त्यहाँका विभिन्न सरोकारवालाहरूको अधिकारक्षेत्र तोकिएको हुन्छ । क्षेत्राधिकार बाँडफाँट गरिएको हुन्छ । यी सबैलाई प्रस्ट बुझाउने गरी लिखित व्यवस्था नै गरिएको हुन्छ ।
जस्तो नेपाल प्रहरीलाई हेरौं । नेपाल प्रहरी जोसँग विभिन्न देशमा आवतजावत गर्न सक्ने अन्तर्राष्ट्रिय अपराधीहरूको निगरानी गर्ने इन्टरपोल डेटाबेसमा पहुँच छ । अपराध अनुसन्धानमा दक्षता छ र अन्तर्राष्ट्रिय कानुन कार्यान्वयनको अनुभव पनि छ । तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा सञ्चालनमा नेपाल प्रहरी कुनै पनि हिसाबले स्पष्ट र नेतृत्वदायी भूमिकामा छैन । ठीक त्यसैगरी अध्यागमन विभाग यसको नीतिगत भूमिकामा मात्र सीमित छ, बरु गृह मन्त्रालयबाट (नेता र कर्मचारी नेतृत्वले अह्रनखटन गर्ने) सिधै पठाइने कर्मचारी नै यसको सञ्चालनमा प्रभावकारी हुने हुँदा अध्यागमनको प्रभावकारिता न्यून भएको देखिन्छ ।
विगतको अभ्यास र अहिलेको अवस्था
नेपालमा सशस्त्र प्रहरी बल (एपीएफ) अन्तर्राष्ट्रिय सिमानाकाको सुरक्षामा खटिए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने सशस्त्र प्रहरी बलको संलग्नता अत्यन्तै सीमित छ । सरकारले एपीएफलाई विमानस्थलमा खटाउने निर्णय लिन करिब एक दशक नै लागेको थियो । त्यो निर्णयपछि पनि त्यहाँ सीमित संख्यामा मात्र सशस्त्र प्रहरी खटाइएका छन् । अर्कोतर्फ अध्यागमन कार्यालयको नियन्त्रणमा रहने गरी खटाइएका अधिकृतहरूमा प्राविधिक ज्ञान र प्रविधिको पहुँच यति कमजोर छ कि उनीहरू अध्यागमनमा बसेर दक्ष जाँच गर्न नसक्ने अवस्था प्रायः उजागर हुँदै आएको छ ।
यसरी गरौं सुधार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको भद्रगोल र त्यसले उजागर गरेको मुख्यतः सुरक्षा चुनौतीलाई बेलैमा ध्यान दिइएन भने परिस्थिति निकै जटिल बन्न सक्छ । यसर्थ नेपाल सरकारले अहिलेको सुरक्षा चुनौती सामना गर्न केही फरक रणनीतिहरू अवलम्बन गर्नुपर्ने खाँचो छ ।
जस्तो, यसका लागि अध्यागमन प्रहरी ब्युरो स्थापना गर्न जरुरी छ । संयुक्त राज्य अमेरिकाको ‘टीएसए’ र भारतको ‘सीआईएसएफ’ जस्ता संस्थाबाट हामी धेरै कुरा सिक्न सक्छौं । त्यो अनुभवका आधारमा हेरेर अब नेपाल प्रहरीअन्तर्गत विशेष अध्यागमन प्रहरी ब्युरो स्थापना गर्नुपर्ने समय आएको छ । यसमा केही फरक रणनीति अवलम्बन गर्न सकिन्छ । जस्तो, अध्यागमनमा खटिने अधिकृतहरूका लागि फरक ड्रेस कोडको व्यवस्था गर्न सकिन्छ । त्यस्तै, अध्यागमन कार्यमा परिचालन र नियन्त्रणको स्पष्ट कानुनी अधिकार प्रत्यायोजन गर्न सकिन्छ । इन्टरपोललगायत अन्तर्राष्ट्रिय डेटाबेसमा पहुँच बढाउने कार्य पनि यसअन्तर्गत पर्छ ।
यसबाहेक स्मार्ट प्रविधिको एकीकृत प्रयोग गर्ने, अध्यागमनमार्फत आवतजावत गर्नेको पूर्णतः बायोमेट्रिक स्क्रिनिङ गर्ने, स्वचालित सीमा नियन्त्रण प्रणाली (अटोमेटेड बोर्डर कन्ट्रोल सिस्टम) लागू गर्ने, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित निगरानी प्रणाली बसाउने, साइबर सुरक्षा संरचना खडा गर्ने र रियल–टाइम जोखिम मूल्यांकन प्रणाली लागू गर्नेजस्ता कुरा यसअन्तर्गत पर्छन् ।
अध्यागमन कार्य सञ्चालनमा केही मूलभूत कुरा नै फेरबदल गर्नुपर्ने बेला आएको छ । जस्तो, नीति निर्माणमा स्पष्ट नेतृत्व अध्यागमन विभागले गर्ने, त्यसको कार्यान्वयनमा विभागले समन्वयकारी भूमिका खेल्ने र कार्यान्वयनको मुख्य जिम्मेवारीचाहिँ अध्यागमन प्रहरीको हुने गरी अहिले अध्यागमनमा रहेको द्वैध नेतृत्व र द्वैध सञ्चालन संरचना हटाउन जरुरी छ । यसबाहेक सूचना आदानप्रदान प्रणाली बलियो बनाउन सरोकारवाला सबै निकायबीच सूचना र जानकारी आदानप्रदान गर्ने संयन्त्र बनाएर त्यसलाई एकीकृत तालिमबाट दक्ष बनाउने पहल गर्नुपर्छ ।
अन्तर्राष्ट्रिय विमानस्थल कुनै पनि राष्ट्रको प्रतिष्ठा र सुरक्षा संवेदनशीलताको केन्द्र हो । बुझ्नुपर्ने के हो भने, अध्यागमन प्रणाली प्रशासनिक प्रक्रिया मात्र नभई अन्तर्राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय हो । हालैका घटनाक्रमहरूबाट कालोसूचीमा परेका व्यक्ति र सुन तस्करसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) हुँदै सजिलै विदेश पलायन भएको तथ्य सार्वजनिक भएका छन् । यसले नेपालको राष्ट्रिय सुरक्षामा गम्भीर प्रश्न उठाउने काम गरेको छ । नेपालको खुला सिमाना, कमजोर अध्यागमन निगरानी र राजनीतिक नेतृत्वको असंवेदनशीलतासमेतको मिलिभगतमा यस्तो अवस्था सिर्जना भएको देखिन्छ । यस्ता कमजोरीहरूले न केवल आपराधिक गतिविधिलाई प्रोत्साहन गर्छन्, बरु अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको छवि नै धुमिल पार्छन् ।
अब नेपालले अध्यागमन प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्दै, अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुधार गर्ने समय आएको छ । यसका लागि राजनीतिक इच्छाशक्ति, सुरक्षा निकायबीच समन्वय र पारदर्शी प्रशासनिक प्रक्रिया अनिवार्य सर्त हुन् । अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा केवल भौतिक संरचनाको विषय होइन । यो त राष्ट्रको सम्प्रभुता र अन्तर्राष्ट्रिय विश्वसनीयताको सवाल पनि हो ।
नेपालमा विमानस्थलको सुरक्षा अब केवल बाह्य स्क्रिनिङ वा औपचारिकताको विषय मात्र होइन । बरु यो राष्ट्रिय सुरक्षा र प्रतिष्ठासँग गाँसिएको विषय हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई सुरक्षित, प्रविधियुक्त र समन्वयात्मक प्रणालीमार्फत आफ्ना प्रविधि र सुरक्षात्मक संयन्त्रलाई पुनर्निर्माण गर्न आवश्यक छ । यसका लागि विकेन्द्रित होइन, एकीकृत सुरक्षा ढाँचा, आधुनिक प्रविधिको उपयोग र विशिष्ट अध्यागमन प्रहरी संरचना नेपालका लागि उपयुक्त समाधान हुन सक्छ ।
Facebook Comment
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login