Banner
बर्सेनि किन डुब्छ धनगढी ?, जानकार भन्छन्- खोलानालामा घर बनाएर पानीको बाटो छेकियो
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको जनजीवन सोमबार अस्तव्यस्त भयो । २४ घण्टामा परेको दुई सय मिलिमिटर वर्षाले उपमहानगरका दुई हजार बढी घर डुबानमा परे । सोमबार दिउँसोदेखि वर्षा रोकिएपछि पानीको सतह घटेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार कसैले पनि विस्थापित हुनुपर्ने अवस्था भने आएको छैन ।
सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर, अस्थायी राजधानी र व्यापारिक केन्द्र हो धनगढी । तर, भारी वर्षामा मात्र नभएर धनगढीमा क्षणभरकै वर्षामा पनि बर्सेनि डुबान हुन्छ । धनगढीका बासिन्दासमेत रहेका सेवा निवृत्त इन्जिनियर महेन्द्र पन्त धनगढी डुबानको मुख्य कारण पानीको प्राकृतिक बहावमा अवरोध हुनु भएको बताउँछन् ।
‘पानी निकास हुने प्राकृतिक बाटो अर्थात् खोलानालामा घर निर्माण भएका छन्,’ उनले भने, ‘जसका कारण पानीको निकास नै रोकिएको छ । धनगढीलाई डुबानबाट जोगाउन सबैभन्दा पहिले खोलानालामा भएको अवरोध हटाउनुपर्छ ।’
पन्तका अनुसार धनगढीमा डुबान बढ्नुको अर्को कारण पछिल्लो समय निर्माण भएका सडक पनि हुन् । ‘धनगढीमा सडक निर्माण गर्दा पुराना संरचनालाई ध्यान दिइएन,’ इन्जिनियर पन्त भन्छन्, ‘बस्तीभन्दा सडकको उचाइ धेरै भयो । बस्तीमा जम्ने पानीले निकासको बाटो पाउन लागेको छैन ।’
धनगढीमा सघन सहरी विकास कार्यक्रम, क्षेत्रीय सहरी विकास आयोजना र उत्तर–दक्षिण व्यापारिक मार्ग आयोजना अन्तर्गत ठूला सडक निर्माण भएका छन् । प्रदेश सरकार र उपमहानगरपालिकाले पनि केही सडक निर्माण गरेको छ । तर, ती सडकका दुवैतर्फ बनाइएका नालाले भने सडककै पानी पनि निकास गर्न सकेको छैन । जसका कारण सबैभन्दा पहिले धनगढीका सडक नै जलमग्न हुने गरेका छन् ।
-1751341106.jpg)
यस्तै धनगढी उपमहानगर क्षेत्रमा रहेका खोलानालाको जग्गासमेत नगर विकास समितिले बिक्री गरेर व्यक्तिको नाममा हालेको छ । तिनै खोलामा ठूलाठूला भौतिक संरचना बनाइएको छ । धनगढीमा डुबानको समस्या निम्तिनुमा मुख्य कारण खोला अतिक्रमण नै भएको तर्क धेरैको छ ।
संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीका प्रमुख शिखर लामा तामाङ भन्छन्, ‘डुबानबाट बच्नका लागि सबैभन्दा पहिले पानी निकास हुने बाटो खोल्नुपर्छ । खोलामा कुनै पनि किसिमको अवरोध हुँदा पानी जमेर डुबानको समस्या निम्तिन्छ ।’
पछिल्लो समय निर्माण गरिएका सडकले पनि धनगढीमा डुबानको समस्या बढाएको तर्क तामाङको पनि छ । ‘सडक सबै उच्चो भए, बस्ती होचा भए,’ उनले भने, ‘त्यसले पनि डुबानको समस्या निम्त्याएको छ ।’
धनगढी उपमहानगरपालिकालाई डुबानबाट जोगाउन अहिले ढल निर्माण भइरहेको छ । मोहनापुर–अत्तरिया जोड्ने छ लेन सडकको सर्भिस लेनमा ढल निर्माण भइरहेको हो । संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीका अनुसार साढे १३ करोडमा ढल निर्माणका लागि दुई प्याकेजमा काम भइरहेको छ ।
कार्यालय प्रमुख तामाङका अनुसार मोहनापुलदेखि धनगढीको राजपुरसम्म नाली बनाएर बस्तीको पानी मोहना नदीमा फाल्ने लक्ष्य छ । हुन त यसअघि मोहनापुल–अत्तरिया सडकमा पनि नाली निर्माण भएको छ । तर, उक्त नालीले बस्तीको पानी भने निकास गर्न सकिरहेको छैन ।
‘उक्त नाली बाटोको पानी निकासका लागि मात्रै भयो,’ संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीका प्रमुख तामाङले भने, ‘त्यो नाली बस्तीभन्दा उचाइमा निर्माण गरिएकाले बस्तीको पानी निकास हुन पाएन । सोही कारण नयाँ नाली निर्माण गर्न थालिएको हो ।’
डुबानको समस्या निराकरणका लागि यसअघि छ लेन सडककै छेउमा प्लास्टिक पाइप पनि विस्तार गरिएको थियो । तर, ती पाइपले समस्या समाधान नभएपछि अहिले निकाल्न थालिएको छ । अहिले निर्माण भइरहेको ढल पनि बस्तीभन्दा उचाइमै छ ।
Facebook Comment
Banner
सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै
ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।
नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।
कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।
प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।
Banner
आज संविधान दिवस मनाइँदै
आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।
दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्
प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।
Banner
कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।
समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।
जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।
समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र
















You must be logged in to post a comment Login