Banner
बर्सेनि किन डुब्छ धनगढी ?, जानकार भन्छन्- खोलानालामा घर बनाएर पानीको बाटो छेकियो
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको जनजीवन सोमबार अस्तव्यस्त भयो । २४ घण्टामा परेको दुई सय मिलिमिटर वर्षाले उपमहानगरका दुई हजार बढी घर डुबानमा परे । सोमबार दिउँसोदेखि वर्षा रोकिएपछि पानीको सतह घटेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार कसैले पनि विस्थापित हुनुपर्ने अवस्था भने आएको छैन ।
सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर, अस्थायी राजधानी र व्यापारिक केन्द्र हो धनगढी । तर, भारी वर्षामा मात्र नभएर धनगढीमा क्षणभरकै वर्षामा पनि बर्सेनि डुबान हुन्छ । धनगढीका बासिन्दासमेत रहेका सेवा निवृत्त इन्जिनियर महेन्द्र पन्त धनगढी डुबानको मुख्य कारण पानीको प्राकृतिक बहावमा अवरोध हुनु भएको बताउँछन् ।
‘पानी निकास हुने प्राकृतिक बाटो अर्थात् खोलानालामा घर निर्माण भएका छन्,’ उनले भने, ‘जसका कारण पानीको निकास नै रोकिएको छ । धनगढीलाई डुबानबाट जोगाउन सबैभन्दा पहिले खोलानालामा भएको अवरोध हटाउनुपर्छ ।’
पन्तका अनुसार धनगढीमा डुबान बढ्नुको अर्को कारण पछिल्लो समय निर्माण भएका सडक पनि हुन् । ‘धनगढीमा सडक निर्माण गर्दा पुराना संरचनालाई ध्यान दिइएन,’ इन्जिनियर पन्त भन्छन्, ‘बस्तीभन्दा सडकको उचाइ धेरै भयो । बस्तीमा जम्ने पानीले निकासको बाटो पाउन लागेको छैन ।’
धनगढीमा सघन सहरी विकास कार्यक्रम, क्षेत्रीय सहरी विकास आयोजना र उत्तर–दक्षिण व्यापारिक मार्ग आयोजना अन्तर्गत ठूला सडक निर्माण भएका छन् । प्रदेश सरकार र उपमहानगरपालिकाले पनि केही सडक निर्माण गरेको छ । तर, ती सडकका दुवैतर्फ बनाइएका नालाले भने सडककै पानी पनि निकास गर्न सकेको छैन । जसका कारण सबैभन्दा पहिले धनगढीका सडक नै जलमग्न हुने गरेका छन् ।
-1751341106.jpg)
यस्तै धनगढी उपमहानगर क्षेत्रमा रहेका खोलानालाको जग्गासमेत नगर विकास समितिले बिक्री गरेर व्यक्तिको नाममा हालेको छ । तिनै खोलामा ठूलाठूला भौतिक संरचना बनाइएको छ । धनगढीमा डुबानको समस्या निम्तिनुमा मुख्य कारण खोला अतिक्रमण नै भएको तर्क धेरैको छ ।
संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीका प्रमुख शिखर लामा तामाङ भन्छन्, ‘डुबानबाट बच्नका लागि सबैभन्दा पहिले पानी निकास हुने बाटो खोल्नुपर्छ । खोलामा कुनै पनि किसिमको अवरोध हुँदा पानी जमेर डुबानको समस्या निम्तिन्छ ।’
पछिल्लो समय निर्माण गरिएका सडकले पनि धनगढीमा डुबानको समस्या बढाएको तर्क तामाङको पनि छ । ‘सडक सबै उच्चो भए, बस्ती होचा भए,’ उनले भने, ‘त्यसले पनि डुबानको समस्या निम्त्याएको छ ।’
धनगढी उपमहानगरपालिकालाई डुबानबाट जोगाउन अहिले ढल निर्माण भइरहेको छ । मोहनापुर–अत्तरिया जोड्ने छ लेन सडकको सर्भिस लेनमा ढल निर्माण भइरहेको हो । संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीका अनुसार साढे १३ करोडमा ढल निर्माणका लागि दुई प्याकेजमा काम भइरहेको छ ।
कार्यालय प्रमुख तामाङका अनुसार मोहनापुलदेखि धनगढीको राजपुरसम्म नाली बनाएर बस्तीको पानी मोहना नदीमा फाल्ने लक्ष्य छ । हुन त यसअघि मोहनापुल–अत्तरिया सडकमा पनि नाली निर्माण भएको छ । तर, उक्त नालीले बस्तीको पानी भने निकास गर्न सकिरहेको छैन ।
‘उक्त नाली बाटोको पानी निकासका लागि मात्रै भयो,’ संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीका प्रमुख तामाङले भने, ‘त्यो नाली बस्तीभन्दा उचाइमा निर्माण गरिएकाले बस्तीको पानी निकास हुन पाएन । सोही कारण नयाँ नाली निर्माण गर्न थालिएको हो ।’
डुबानको समस्या निराकरणका लागि यसअघि छ लेन सडककै छेउमा प्लास्टिक पाइप पनि विस्तार गरिएको थियो । तर, ती पाइपले समस्या समाधान नभएपछि अहिले निकाल्न थालिएको छ । अहिले निर्माण भइरहेको ढल पनि बस्तीभन्दा उचाइमै छ ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login