Banner
पाकिस्तानसँगको हवाई भिडन्तपछि भारतले किन्यो आपतकालीन ड्रोन र रक्षा उपकरण
भारत र पाकिस्तानबीच गत मे ७ देखि १० सम्म चलेको तनावपूर्ण हवाई संघर्षपछि भारतले आपतकालीन ड्रोन र आतंकवाद प्रतिरोधी उपकरणहरूको खरिद प्रक्रिया अघि बढाएको छ ।
भारतको रक्षा मन्त्रालयले यसपछिको परिस्थितिलाई गम्भीर रूपमा लिँदै आपतकालीन खरिद प्रक्रिया अन्तर्गत कुल १९ अर्ब ८२ करोड भारतीय रुपैयाँ बराबरका १३ वटा रक्षा उपकरण खरिद सम्झौता गरेको छ ।
मे महिनाको भिडन्तमा पाकिस्तानी ड्रोनहरू खसाल्न आईडीडीआईएस प्रणाली प्रभावकारी सावित भएको भारतीय दाबी छ ।
यी प्रणालीहरू भारतकै ‘भारत इलेक्ट्रोनिक्स लिमिटेड’द्वारा निर्माण गरिएको हो । एलएलएलआर प्रणाली हल्का, पोर्टेबल र ३ डी सक्रिय राडार हो, जसले न्यून राडार प्रतिविम्ब भएका ड्रोनहरूलाई समेत पत्ता लगाउन सक्छ ।
पाकिस्तानी सीमाबाट भारतीय भूभागमा अवैध रूपमा ल्याइएका हतियार बोकेका ड्रोनहरू फेला परेपछि भारतले सीमा सुरक्षा र ड्रोन प्रतिरक्षा थप मजबुत बनाउन आवश्यक ठानेको हो ।
भारतीय रक्षा मन्त्रालयले भनेको छ, ‘फास्ट ट्र्याक प्रक्रियामार्फत सम्पन्न यी आपतकालीन खरिदहरूले आतंकवाद विरोधी क्षेत्रमा तैनाथ सैनिकहरूको सजगता, घातक क्षमताहरू, गतिशीलता र सुरक्षामा उल्लेखनीय वृद्धि गर्नेछन् ।’
यसै सिलसिलामा भारतले निगरानी कार्यका लागि प्रयोग हुने ड्रोन र मानवरहित युएभी पनि खरिद गर्दैछ । यसमा भारतीय कम्पनी आइडिया फोर्जको ‘हाइब्रिड मिनी युएभी’ र सोलार इन्डस्ट्रीजको ‘नगस्त्र–१आर’ हतियार समावेश छन् ।
सन् २०२५ को जनवरीयता भारतीय सेनाले विभिन्न प्रयोजनका लागि पाँच पटक भन्दा बढी ‘रिक्वेस्ट फर इन्फरमेशन’ जारी गरिसकेको छ ।
पहाडी र अप्ठ्यारो भौगोलिक क्षेत्रमा सैनिक क्षति न्यूनीकरण तथा निगरानीमा ड्रोनहरू निकै उपयोगी हुने भारतीय सेनाको धारणा छ ।
साथै, यी १३ सम्झौतामार्फत भारतीय सैनिकहरूका लागि बल–प्रूफ ज्याकेट, बलेस्टिक हेल्मेट, राइफलको लागि रातमा देखिने दृष्टि प्रणाली र टाटा कम्पनीको ४ बाइ ४ तीव्र प्रतिक्रियायुक्त लडाकु सवारी साधन पनि उपलब्ध गराइनेछ । यी गाडीहरू भारतीय सेनाले सन् २०२२ को अप्रिलमै पाइसकेको थियो ।
रक्षा मन्त्रालयका अनुसार सबै उपकरणहरू भारतमै उत्पादित हुन् ।
‘आपतकालीन खरिद प्रक्रिया तुरुन्तै पुरा गर्न र अत्यावश्यक सामरिक उपकरणको समयमा आपूर्ति सुनिश्चित गर्नका लागि एक महत्वपूर्ण उपाय सावित भएको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
भारतमा जनवरीदेखि हालसम्म करिब ८० वटा आतङ्कवादी वा विद्रोही गतिविधि भएका छन् । जवाफमा भारतीय सेनाले ५३६ वटा आतंकवाद तथा विद्रोह विरोधी अपरेसन सञ्चालन गरिसकेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन्, ‘अब अप्रेशन सिन्दूर आतंकवादविरुद्ध भारतको स्थापित नीति बनेको छ । यो रणनीतिमा आमूल परिवर्तनको संकेत हो ।’
भारतले अब आतङ्ककारी र तिनलाई संरक्षण दिने राष्ट्रबीच कुनै भिन्नता नगर्ने नीति अख्तियार गरेको मोदीको भनाइ छ । यस्तो नीति कारण भारत–पाकिस्तानबीच आगामी दिनमा थप सैन्य टकरावको सम्भावना समेत बढेको बताइएको छ ।
Facebook Comment
Banner
प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता हुँदै
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ ।
निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको हो । आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारलाई आग्रह गरेको छ ।
आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारलाई उम्मेदवारी दर्ताको समयसमेत निर्धारण गरेको छ । भीडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले समय निर्धारण गरिएको आयोगले प्रष्ट पारेको छ ।
आयोगले यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १६५ निर्वाचित हुने व्यवस्था छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराएको छ । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोटको प्रक्रिया सुरु गरिसकेको छ । अधिकांश राजनीतिक दलले उम्मेदवार छनोट गरिसकेका छन् भने छनोट गर्न बाँकी भएकाले पनि आज बिहानसम्म सबै सक्ने छन् ।
नेपाली कांग्रेसले केही क्षेत्रका उम्मेदवार छनोटको प्रक्रियामा रहेको जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरिसकेको जनाएको छ ।
एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले उम्मेदवार छनोट गरी उम्मेदवारलाई आधिकारिक पत्र प्रदान गरिसकेका छन् ।
आयोगले निर्धारण गरेको कार्यसूची अनुसार आज देशभर उम्मेदवारको मनोनय हुँदैछ । उम्मेदवारले मनोनयनका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा लिएर उपस्थित हुनुपर्नेछ ।
त्यस्तै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि जरुरी पनि छ । आयोगले अन्य केही कागजातसमेत लिएर आउन आग्रह गरेको छ ।
आयोगले आवश्यक सबै तयारी पूरा भएको जनाएको छ । आज उत्साहपूर्वक रूपमा देशभर उम्मेदवार मनोनयनको कार्यक्रम अगाडि बढ्ने विश्वास व्यक्त गरेको छ ।
विसं २०७९ मा भएको प्रतिनिधिसभा गत भदौको जेनजी आन्दोलनपछ विघटन भएको हो । त्सपछि बनेको सरकारले फागुन द्दज्ञ गतेका लागि नयाँ निर्वाचनको मिति तय गरेको हो ।
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login