Banner
आर्थिक संकटतर्फ लुम्बिनी, रोकियो भुक्तानी
सञ्चित कोषमा रकम अभाव भएपछि लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को अन्त्यतिर सबै किसिमका भुक्तानी रोक्का गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको निर्देशनमा प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले आइतबार राति १२ बजेपछि सरकारका सबै खाताबाट भुक्तानी रोक्ने निर्णय गरेको हो ।
उनका अनुसार आइतबारसम्म प्रदेश सरकारले पुँजीगत बजेटतर्फ झन्डै ७० प्रतिशत खर्च गरिसकेको छ । यतिबेला सरकारको खातामा जम्मा ३५ करोड रुपैयाँमात्र बाँकी छ, जसमा चालूतर्फको केही रकम सोमबारसमेत भुक्तानी भइसकेपछि थप घटेको छ ।
यसरी भुक्तानी तीव्र गतिमा भइरहेको बेला आन्तरिक राजस्व अपेक्षाअनुसार उठ्न नसक्दा सरकारको सञ्चित कोष नै सकिएको हो । चालू आवमा प्रदेशले ४ अर्ब ७१ करोड राजस्व आन्तरिक स्रोतबाट संकलन गर्ने लक्ष्य राखेको थियो, तर असार १५ गतेसम्म जम्मा १ अर्ब ८३ करोड अर्थात् ३८.८४ प्रतिशतमात्र संकलन भएको छ ।
मुख्य स्रोतमा लक्ष्य नभेट्टाउँदा बढ्यो आर्थिक संकट
प्रदेश सरकारले आन्तरिक आयतर्फ सबैभन्दा बढी वन क्षेत्र र सवारी क्षेत्रबाट राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । वन क्षेत्रबाट १ अर्ब ३३ करोड उठाउने लक्ष्यअनुसार हालसम्म २९ प्रतिशत अर्थात् ३९ करोड १२ लाखमात्र उठेको छ ।
त्यस्तै सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता शुल्कबाट १ अर्ब ९५ करोड उठाउने लक्ष्य थियो, तर हालसम्म ७६ करोड २५ लाखमात्रै उठेको छ ।
यस्तो आर्थिक संकटबीच मन्त्रालयले आइतबार कोष तथा लेखा नियन्त्रण कार्यालयलाई पत्र पठाउँदै खर्चमा कडाइ गर्न निर्देशन दिएको छ । संघीय सशर्त अनुदान, वैदेशिक स्रोत, म्याचिङ फन्ड, वित्तीय हस्तान्तरण, पारिश्रमिक तथा भत्ता, खाद्यान्न र अन्य अत्यावश्यक शीर्षकमा खर्च गर्नुपरेमा पनि मन्त्रालयको पूर्वस्वीकृति अनिवार्य गरिएको छ ।
यससँगै लुम्बिनी प्रदेशमा भुक्तानी संकट गहिरिँदै गएको छ । प्रदेश सरकारको आर्थिक अनुशासनमाथि पनि प्रश्न उठ्न थालेको आर्थिक क्षेत्रका जानकारहरुको भनाइ छ । अहिले रोकिएको भुक्तानी आगामी आवमा दिनुपर्ने भएका कारण बजेट कार्यान्वयनमा थप चुनौती देखिने र घाटा बजेटका समस्या यस्तै हुने उनीहरुको तर्क छ ।

व्यवसायी वासुदेव थापाले गत वर्ष पनि सरकारको रकम छिटो सकिएका कारण आफूहरुले दुःख पाएको र यस वर्ष पनि त्यो समस्या थपिने भएको जनाएका छन् ।
लुम्बिनी निर्माण व्यवसायी संघका सल्लाहकार जबिन कक्षपतीले काम सकेका योजनाको बजेट रोकेर सरकारले ठूलो गल्ती गरेको र यसले व्यवसायीलाई ठूलो मर्का पर्ने जनाएका छन् ।
‘बजारमा उधारो केही पाइँदैन, सरकारले एक्कासि बजेट रोकेर निकै ठूलो समस्यामा व्यवसायीलाई पारेको छ । योमात्रै होइन, यसअघि ५ महिनाअघि नै काम सकेका व्यवसायीले भुक्तानी नपाएको ठूलो लिस्ट हामीसँग छ । असारमा धेरै आयोजनाको काम सम्पन्न हुने चरणमा छन् । यस्तो अवस्थामा रोकिएपछि ठूलो समस्या आउँछ’, उनले भने, ‘पहिले समयमै टेन्ज्डर पनि नलगाउने अनि बजेट पेश्की पनि नदिने अन्तिममा काम सकेर फाइल बुझाएपछि रकम सकियो भनेर पहिल्यै सूचना निकालेपछि के हुन्छ अवस्था ? व्यवसायी कसरी चल्ने ? यसको जवाफ कसले दिने ?’
आर्थिक अनुसन्धान केन्द्र नेपालका अध्यक्ष हुमराज भुसाल यस अवस्थाले प्रदेशको संरचनामै चुनौती देखाएको बताउँछन् ।
‘प्रादेशिक अर्थतन्त्र असफलतातर्फ उन्मुख भएको संकेत हो, यसले भौतिक पूर्वाधार क्षेत्रमा मात्रै होइन, समग्र प्रदेशको आर्थिक विकासमा चुनौती खडा गर्छ । काम सकेका व्यवसायीले भुक्तानी नपाउँदा सबै क्षेत्रमा असर गर्छ । यो विषयमा सरकारले पूर्वसूचना दिन नसक्नु अझै ठूलो कमजोरी हो’, उनले भने ।
Facebook Comment
Banner
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस
Banner
मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।
विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Banner
गछिया खोला भ्याट भ्रष्टाचार प्रकरण : तिलक आलेविरुद्ध अख्तियार सर्वोच्चमा
आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आलेसमेतका प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ।
आयोगका अनुसार सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाबाट आर्थिक वर्ष २०७६-०७७ मा नदिजन्य पदार्थ उत्खनन् गर्ने क्रममा प्राप्त हुने राजस्वमध्ये आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) रकम दाखिला नगरी भ्रष्टाचार गरिएको आरोपमा तिलक आलेसमेतका प्रतिवादीविरुद्ध मुद्दा दायर गरिएको थियो।
उक्त प्रकरणमा आयोगले प्रतिवादीहरूबाट रु. १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ ६९ पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र १७ बमोजिम कसुर ठहर गरी कैद तथा बिगो बराबर जरिवानासहितको सजाय माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको थियो।
तर विशेष अदालतले मिति २०८२।१२।१० मा गरेको फैसलाबाट प्रतिवादीहरूलाई आंशिक सफाइ दिएको थियो। उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले मिति २०८३।०४।०४ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको जनाएको छ।
आयोगले विशेष अदालतको फैसलाको कानुनी परीक्षण आवश्यक रहेको भन्दै अभियोगमा प्रस्तुत प्रमाण र तथ्यका आधारमा पुनरावेदन प्रक्रिया अघि बढाएको हो।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login