Banner
असुली बढेपछि राष्ट्र बैंकमा पैसा थुपार्दै बैंक तथा वित्तीय संस्था
चालु आर्थिक वर्ष सकिन लाग्दा वित्तीय प्रणालीमा अधिक तरलताको समस्या जटिल अवस्थामा पुगेको छ । असार महिनामा असुलीमा आएको सुधारले अधिक तरलता थप जटिल बनेको हो ।
वित्तीय प्रणालीमा अधिक तरलता भएसँगै केन्द्रीय बैंकमा पैसा थुप्रिने क्रममा पनि उत्तिकै बढोत्तरी भएको छ । बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधा मार्फत ५ खर्ब २० अर्ब रुपैयाँ केन्द्रीय बैंकमा राखेका छन् । यसले पनि बैंक तथा वित्तीय संस्थाको असुलीमा सुधार आएको देखिन्छ ।
आव अन्तिम महिनामा समान्यतया वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था हुने केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन । गत आव अन्तिममा बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ५५ अर्ब केन्द्रीय बैंकमा राखेका थिए ।
चालु आव बैंक तथा वित्तीय संस्थालाई वासलात बलियो बनाउनु पर्ने दबाबले पनि असुलीमा सुधार आउने राष्ट्र बैंकका एक अधिकारीले बताए ।
‘वासलात बलियो बनाउन पनि असुली बढाउनु पर्ने नै हुन्छ,’ ती अधिकारीले भने, ‘जति रिकभरी बढ्यो त्यसैगरी खराब कर्जा र निष्क्रिय कर्जाको अनुपात कम हुने हो ।’
उनका अनुसार खराब कर्जा कम हुन नयाँ कर्जा बढाउन वा असुली बढाउने नै हो । चालु आव अपेक्षा गरिएको स्तरमा कर्जा विस्तार भएको छैन । चालु आव मौद्रिक नीतिले निजी क्षेत्रतर्फको कर्जा विस्तार १२.५ प्रतिशतले हुने प्रक्षेपण गरेको छ ।
तर, चालु आव वैशाखसम्म निजी क्षेत्रतर्फको कर्जा विस्तार ८.४ प्रतिशतमात्र छ । उक्त अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ३ खर्ब ६८ अर्बले विस्तार भएको केन्द्रीय बैंकले जनाएको छ ।
चालु आव कर्जा लगानी अपेक्षित नबढ्दा बैंक तथा वित्तीय संस्था असुलीमा केन्द्रित भएको अवस्था छ । रिकभर हुनेबित्तिकै त्यो पैसा आइडियल राख्नुभन्दा केन्द्रीय बैंक नै उपयुक्त ठानेको हुनाले पनि थुप्रिएको ती अधिकारीको भनाइ छ ।
पछिल्लो समय केन्द्रीय बैंकले २ महिनाभन्दा धेरै अवधिमा निक्षेप संकलन उपकरण मार्फत वित्तीय प्रणालीको पैसा खिचेको छ । त्यो पैसा प्रणालीमा फर्कनका लागि भदौ नै लाग्छ । यसले साउन महिनामा पनि कर्जा लगानी बढ्ने अवस्था देखिँदैन ।
आगामी आव सरकारी खर्च तथा मौद्रिक नीतिको कार्यदिशाका आधारमा मात्रै कर्जा विस्तार कस्तो हुने भन्न सकिने उनले बताए ।
‘आर्थिक गतिविधि नबढ्दासम्म अधिक तरलताको समस्या सुधार हुँदैन, त्यसका लागि अझै २ देखि ४ महिनासम्म लाग्ने अवस्था देखिन्छ,’ उनले भने ।
केन्द्रीय बैंकका अर्का एक उच्च अधिकारी पनि पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा उल्लेख्य सुधार देखिएको बताउँछन् ।
अर्थतन्त्रका सूचकमा आएको सुधारले पनि वित्तीय क्षेत्रको अवस्थामा सुधार हुने संकेत गरेको उनको भनाइ छ । ‘असुलीमा सुधार आएको हुनाले पनि अधिक तरलता तुलनात्मक बढेको हो,’ ती अधिकारीले थपे, ‘मूल्यवृद्धि पनि लक्षित सीमाभित्र नै रहेको र आर्थिक वृद्धि पनि ४.६१ प्रतिशत हुने अनुमान छ । यसले पनि वित्तीय क्षेत्रमा सुधारमा थप सकारात्मक बनाएको छ ।’
बैंकरहरू पनि पछिल्लो समय असुलीमा सुधार आएको बताउने गरेका छन् । बैंकहरूका अनुसार असार तेस्रो सातासम्म ट्रेन्ड अनुसार करिब १० प्रतिशतसम्म असुलीमा सुधार आउने बैंकहरूको अनुमान छ । बैंकहरूले अपेक्षा गरे अनुसार असुलीमा सुधार आएको खण्डमा ऋणीको नगद प्रवाहमा पनि सुधार आएको स्पष्ट हुन्छ । त्यसले आर्थिक गतिविधि पनि बढाउने छ ।
Facebook Comment
Banner
सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै
ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।
नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।
कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।
प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।
Banner
आज संविधान दिवस मनाइँदै
आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।
दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्
प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।
Banner
कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।
समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।
जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।
समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login