Connect with us
Advertisement

‘ओभरलोड’ ले भाँचिँदै छन् पुल, प्रयोगविहीन धर्मकाँटा

Published

on

भन्सार नाकामा बिलमा उल्लेख तौलमा विश्वास गरेरसमेत सवारीसाधन छाड्ने तथा तौल पुल भए पनि प्रयोग नगरिने चलन बढी छ, न त मालवाहक सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका- २०७४ नै कार्यान्वयनमा छ

उक्त पुल पुरानो भए पनि ओभरलोडले गर्दा नयाँ पुल पनि भाँचिने समस्या बढेको छ । यस सडक भएर दैनिक १२ हजार बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । आवागमन अवरुद्ध भएपछि खोलामा डाइभर्सन बनाएर सवारीसाधन सञ्चालनमा ल्याइयो । ९ पटकभन्दा बढी त बाढीले डाइभर्सन नै बगाइदियो, यात्रु र सवारीसाधनले खेप्नुसम्मको सास्ती खेप्नुपर्‍यो । करिब ६ महिनापछि गत बिहीबार बल्ल भाँचिएको पुल नजिकै निर्माणाधीन पुल सञ्चालनमा आएपछि समस्या टर्‍यो । अहिले चालक र यात्रुले यात्रामा राहत महसुस गरेका छन् ।

उक्त सडक खण्डमा नै पर्ने नवलपरासीको चोरमारामा रहेको गिरुबारी खोलाको पुल पनि ओभरलोडले गर्दा गत वैशाख २९ मा भाँचियो । पुल भाँचिएपछि उक्त खोलामा अस्थायी डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिएको छ । छेउमै निर्माण थालिएको पुलको काम अझै सकिएको छैन । पुलको बिम राख्ने काम सकिसकेको र बिमभन्दा माथिको काम गर्न बाँकी रहेको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेले बताए ।

२०७२ साउनमा ट्रिपर र ट्रक एकसाथ पुल पार गर्न खोज्दा नवलपरासीकै जयश्री पुल भाँचिएको थियो । क्षमताभन्दा बढी भार बोकेका सवारीसाधन पार गर्न खोज्दा पुल भाँचिएको थियो । लामो समयसम्म चालक र यात्रुले सास्ती खेप्नुपर्‍यो । पछि अस्थायी बेलिब्रिज बनाएर सवारीसाधन सञ्चालनमा ल्याइयो । हाल यस खण्डमा नयाँ पुल निर्माण भई सञ्चालनमा आएको छ । क्षमताभन्दा बढी भार बोकेका सवारीसाधन चलाउँदा पुल भाँचिने समस्या पछिल्लो समय बढ्दै गएको छ ।

भन्सार नाकाबाट क्षमताभन्दा दोब्बर बढी भार बोकेर आउने सवारीसाधनका कारण यस्तो दुर्घटना हुने गरेको हो । नाकाबाट फलामजन्य सामान बोकेर ल्याउने सवारीसाधनका कारण पुल मात्र होइन, राजमार्गसमेत दबिने, कालोपत्र भत्कने समस्या बढेको छ । पहिला यही समस्या नागढुंगा–मुग्लिन सडक खण्डमा बढी थियो, कारण त्यही सडक भएर मालवाहक सवारीसाधन राजधानी भित्रिन्छन् ।

अहिले यस सडकको स्तरोन्नतिको काम भइरहेको छ । यस सडकमा मालवाहक सवारीसाधनका लागि छुट्टै ‘क्लाइम्बिङ’ लेन बनाइएको छ । जुन साइडबाट लोड बोकेका सवारीसाधन आउँछन्, त्यही साइडको सडक दबिने गरेको छ । जसले गर्दा एकातर्फ सडक अग्लो र अर्कोतर्फ होचो हुने गरेको छ । अहिले यो समस्या पथलैया–अमलेखगन्ज खण्डमा बढी छ । पल्टी (सामान झारेर) गर्न मिल्ने गाडीमा समस्या नभएको र पल्टी गर्न नमिल्नेमा समस्या रहेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेले बताए ।

भारतबाट सामान लिएर आउने सवारीसाधनले नाकामा पल्टी गरेर (सामान झारेर) फर्कने गर्छन् । त्यो सामान अर्को सवारीसाधनले बोकेर नेपालतर्फ ल्याइन्छ । ‘फलामजन्य सामग्री बोकेर आएका ठूला सवारीसाधन सिधै उद्योग नै पुग्छन्, त्यस्तो सवारीसाधनको सामान पल्टी गर्न मिल्दैन,’ लामिछानेले भने । यस्ता सवारीसाधन भन्सार नाकाबाट बढीमा सिमरासम्म मात्र पुग्छन् । यसरी आउने सवारीसाधनको तौल नापेर मात्र पठाउने गरिएको दाबी उनको छ । ‘आईसीपी (एकीकृत जाँच चौकी) भित्रै धर्मकाँटा छ, त्यसैले तौल नापेर मात्र गाडी पठाउँछौं,’ उनले थपे, ‘फलामजन्य सामान बोक्ने सवारीसाधन धेरै हुँदैनन्, दिनको पाँच/सात वटा मात्र हुन्छन् ।’

बढी लोड लिएर आउने सवारीसाधनको नाकामै तौल नापेर मात्र पठाउने गरिएको भैरहवा भन्सार कार्यालय बेहलिया रूपन्देहीका प्रमुख रामप्रसाद रेग्मीले बताए । ‘यस नाकाबाट बढी लोड लिएर आएका सवारीसाधनले गर्दा सडक र पुल बिग्रिएका छैनन्,’ उनले भने, ‘नेपालभित्रका सडक र पुलमा क्षति हुन नदिने कुरामा ध्यान दिँदै तौल जाँच गरेर मात्र पठाइरहेका छौं ।’ समस्या विराटनगरस्थित रानी भन्सारबाट सामान लिएर आउने सडकमा पनि छ ।

ग्रेनाइट, हाइड्रो पावर र ट्रान्सपोर्टका सवारीसाधनको भारवहन क्षमता बढी हुन्छ । कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयमा तौल पुल भए पनि सुठौलीमा छैन । भन्सार कार्यालयका अनुसार उक्त स्थानमा अहिले तौल पुलको निर्माण भइरहेको छ । कतिपय भन्सार नाकाबाट लोड बोकेका सवारीसाधनको तौल जाँच नगरी छाड्दा त्यसको असर पुल र सडकमा पर्ने गरेको सडक विभागका एक प्राविधिक कर्मचारीले बताए । ‘भन्सारबाट आउने सवारीसाधनको लोड धेरै हुन्छ, कतिपय सवारीसाधनले नाकामा राखिएका तौल पुललाई छल्न खोज्छन्,’ ती कर्मचारीले भने, ‘भन्सार नाकाबाट आउने मालवाहक सवारीसाधनका कारण समस्या आएको छ, फेरि सबै भन्सारमा तौल पुल पनि छैन ।’

भन्सार नाकामा बिलमा उल्लेख तौलमा विश्वास गरेरसमेत सवारीसाधन छाड्ने गरिएको दाबी सडक विभाग स्रोतको छ । तौल पुल भए पनि त्यसबाट सवारीसाधन चलाउने गरिएको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७४ चैत १६ मा मालवाहक सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ जारी गरेको भए पनि कार्यान्वयनमा छैन । मालवाहक सवारीसाधनको अगाडिको एक्सलको अधिकतम एक्सल लोड ६ टन मानिने मापदण्डमा उल्लेख छ । मापदण्डअनुसार दुई एक्सल (६ पाङ्ग्रा) ले १६.२ टन, तीन एक्सल ट्रकले २५ टन, चार एक्सल ट्रक (१२ पाङ्ग्रा) ले ३१ टन, चार एक्सल (१४ पाङ्ग्रा) ३० टन र पाँच एक्सल (१८ पाङ्ग्रा) ले ४०.२ टन बोक्न पाउने मापदण्डमा उल्लेख छ ।

अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण गत पुस २६ मा भाँचिएको विनयी खोलाको पुल । तस्बिर : नवीन पौडेल/कान्तिपुर

ढुंगा, गिट्टी बोक्ने ट्रिपर, फलामजन्य सामान बोक्ने गाडीहरूको लोड बढी हुन्छ । तौल पुलले कति क्षमतासम्म लोड बोक्न मिल्ने हो भन्ने जाँच गरेपछि मात्र थाहा हुने भएकाले यसमा कडाइ गर्नुपर्ने सडक विभागका एक इन्जिनियरले बताए । ‘क्षमताभन्दा बढी लोड बोकेको पाइए त्यसलाई नियन्त्रण गर्नुपर्छ, भन्सारले कडाइ गर्नुपर्ने हो, त्यो भएको छैन । राजस्वको मात्र हिसाब गर्दा करोडौं खर्चिएर बनाइएका पुल र सडकमा बर्सेनि क्षति पुगिरहेको छ,’ ती इन्जिनियरले भने । एउटा एक्सलले १०.२ टनभन्दा बढी बोक्न हुँदैन भनेर सडकको डिजाइन गरिने ती इन्जिनियरले सुनाए ।

‘१० टनको सट्टा १५ टन आए सडक बिग्रिन्छ,’ उनले भने, ‘एकै चोटि लोड लग्दैमा त्यस्तो नहोला, तर धेरै चोटि ल्याउँदा सडक बिग्रिन्छ ।’ उनका अनुसार राजमार्ग २० वर्षका लागि डिजाइन गरेर बनाइएको हुन्छ । त्यस्तै स्थानीय सडक १० वर्षसम्मका लागि डिजाइन गरेर बनाइएको हुन्छ । ‘२० वर्ष टिक्छ भनेर डिजाइन गरी बनाएको सडक लोड गाडीका कारण पाँच वर्ष नपुग्दै बिग्रने गरेका छन्,’ ती इन्जिनियरले भने, ‘त्यस्तो सडकमा फेरि कालोपत्र मात्र गरेर भएन, बेस, सबबेस नै राखेर काम गर्नुपर्ने हुन्छ ।’

बढी सामान बोकेका मालवाहक सवारीसाधन जहाँ–जहाँ गुड्छन्, त्यहाँ खाल्डो पर्दै जान्छ । राजमार्गहरू साँघुरा छन् । जसले गर्दा वर्षैपिच्छे सडक मर्मत गर्नुपर्ने बाध्यता छ । ‘तोकिएको क्षमताभन्दा बढी टनका गाडीले पुल वारपार गर्दा पुलको आयु घटाउँछ,’ ती इन्जिनियरले भने, ‘पुलको मुखमा कति भारवहनका गाडी गुडाउन मिल्छ भनेर लेखिएकै हुन्छ । तर त्यो कार्यान्वयन भएको छैन ।’ यातायात व्यवस्था विभागले यसमा कडाइ गर्नुपर्ने हो, त्यो हुन सकेको छैन ।

पछिल्लो समय राजमार्गका पुलहरूमा उच्च भारवहन क्षमताका सवारीसाधनका कारण क्षति बढ्दै गएको सडक विभागका महानिर्देशक विजय जैसी सुनाउँछन् । ‘नारायणगढ–बुटवल सडकमा पर्ने विनयी र गिरुबारी खोला पुल बढी भारवहन क्षमताका कारण भाँचिएका हुन्,’ उनले थपे, ‘जसले गर्दा यातायात व्यवस्थापन गर्न केही समय हम्मेहम्मे पर्‍यो ।’ भन्सार नाकाहरूमा सवारीसाधनको तौल जाँच गरेर मात्र पठाउन सकिए यस्तो समस्या नआउने उनको भनाइ छ ।

चल्दैनन् सरकारी धर्मकाँटा

चितवनको आँपटारीमा २०७७ माघ १८ देखि धर्मकाँटा सञ्चालनमा आए पनि दुई महिनादेखि बिग्रेर बन्द छ । तौल पुलका कर्मचारी प्रदिप आचार्यले तौलका लागि आएको गाडी वैशाख ९ मा लडेर बिम भाँचिएपछि यो तौल पुल बन्द भएको बताए । यही समयमा महोत्तरीको बर्दिबासमा तौल पुल निर्माण गरियो । यो पुल पनि दुई महिनादेखि बिग्रिएको अवस्थामा छ । यहाँ तौल जाँच गरेबापत मालवाहक सवारीले शुल्क तिर्न पर्दैन । उचित निगरानी र कडाइ गर्न नसक्दा यस्ता तौल पुलहरू प्रभावहीन बन्दै आएका छन् । बढी लोड बोकेका सवारीसाधनले तौल पुल छले पनि कारबाही गर्ने निकाय भने मौन छ ।

यतायात व्यवस्था विभागअन्तर्गत सवारी परीक्षण, अन्तरदेशीय यातायात व्यवस्थापन, यातायात र सवारी मापदण्ड निर्धारण शाखाका प्रमुख श्रीकान्त यादवले भने बिग्रिएका धर्मकाँटाको मर्मत थालिएको बताए । ‘धर्मकाँटामा तौल जाँच भएको छ/छैन भनेर अनुगमन विभागले गर्ने हो, हामीसँग जनशक्ति अभावमा त्यो काम गर्न सकिएको छैन,’ उनले भने, ‘यो काम ट्राफिक प्रहरीले गर्दै आएको छ ।’ सम्बन्धित यातायात कार्यालयहरूले पनि बेला–बेलामा मालवाहक सवारीसाधनले तौल पुल प्रयोग गरे/नगरेको बारे अनुगमन गर्ने गरेको उनको भनाइ छ ।

‘सवारी दर्ता किताबमा तोकिएको भन्दा बढी भार बोक्न भएन,’ यादवले भने, ‘कुन सवारीसाधनले कति लोड बोक्न पाउँछ, मापदण्डमा तोकिएको छ । त्यहीअनुसार कति लोड बोकेको छ भन्नेबारे तौल पुलमा राखेपछि थाहा हुन्छ ।’ उनका अनुसार निजी क्षेत्रबाट बनाइएको तौल पुल भने सञ्चालनमा छन् । निजी क्षेत्रबाट इटहरी, सर्लाहीको हरिवन, सिन्धुलीको चियाबारी, धादिङको धार्के, पोखराको विजयपुर, नवलरपरासीको तिलकपुर (यसमा सडक बनिरहेको भएर समस्या भएको छ), बुटवलको रामनगर, नवलपरासीको भुमही, लुम्बिनी (बुद्धचोक नजिक), कपिलवस्तुको चन्द्रौटा जितपुर, दाङको लमही, नेपालगन्जको राँझा, कैलालीको लम्की, धनगढीको अत्तरिया रोडमा तौल पुल सञ्चालनमा छन् ।

हेटौंडाको राप्ती र सिमरामा तौल पुल भए पनि सञ्चालनमा छैनन् । ‘ठूला उद्योगमा पनि तौल पुल छन्, मापदण्डअनुसार गाडीहरूले लोड बोकेका छन्/छैनन्, कति सामान बोकेका छन्, यसको चेकजाँच उद्योगले पनि गर्नुपर्छ, तर यो प्रभावकारी छैन,’ उनले भने, ‘बढी लोडका सवारीसाधनले पुल, सडक भत्कियो भन्ने कुरा आउँछ, तर हाम्रो दुई वटा तौल पुल बिग्रँदैमा तौल नै नहुने अवस्था छैन ।’

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैंचाको गछिया युवा समाज मच्छिन्द्र फुटबल क्लबलाई पराजित गर्दै पुग्यो इटहरी गोल्डकपको फाइनलमा

Published

on

सुन्दरहरैंचाको गछिया युवा समाज इटहरीमा जारी रेडबुल १६ औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको प्रतियोगिताको पहिलो सेमीफाइनलमा गछियाले मच्छिन्द्र फुटबल क्लब, काठमाडौंलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि नजिक पुगेको हो । निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत् भएको थियो

निर्धारित समयमा गछियाका लागि जनमय धामी, सुजन डंगोल र पदम भट्टराईले गोल गरेका थिए । मच्छिन्द्रका लागि प्रदिप बुढाथोकीले दुई गोल गर्दा थप एक गोल देवेन्द्र तामाङले गरेका थिए ।

पेनाल्टी सुटआउटमा गछिया ५–४ ले गोलले विजयी बन्दा गछियाकै पदम भट्टराई प्लेयर अफ दि म्याच बने ।

राष्ट्रिय जागृति क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

गछियाले उद्घाटन खेलमा नाइजेरियाको फुटबल टिमलाई पराजित गरेको थियो ।

Continue Reading

Banner

डाइभर्सन’ बगाएपछि बीपी राजमार्ग अवरुद्ध

Published

on

वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मंगलटार सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।

कटुञ्जे–मंगलटार सडकखण्डको विभिन्न स्थानमा ‘डाइभर्सन’ बगाएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डाइभर्सन मर्मत सुरु गरिए पनि आवागमन सुचारु गर्न केही घण्टा लाग्ने भएकाले कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढेपछि राजमार्गमा यसअघि निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएको हो ।

गत सालको बाढीपहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । यस्तै, गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको चार किमी बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।

यसैबीच, राजमर्गा अवरुद्ध भएपछि सवारीसाधनलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको छ । राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न अपिलसमेत गरिएको छ ।

गत साल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्णरुपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

Continue Reading

Banner

क्यान्सर पीडित उमा खड्कालाई एनआरएनए बहराइनद्वारा आर्थिक सहयोग

Published

on

सुन्दरहरैँचा, मोरङ — एनआरएनए बहराइनको पहलमा क्यान्सर पीडित तथा विगतमा बहराइनमा बसोबास गर्दै आउनु भएकी उमा खड्कालाई आर्थिक सहयोग प्रदान गरिएको छ।

शनिबार  सुन्दरहरैँचा नगरपालिका–१२ स्थित उहाँकै निवासमा आयोजित एक कार्यक्रमबीच  रु १०१,४६०  (एक लाख एक हजार चार सय साठी रुपैयाँ)  उक्त सहयोग हस्तान्तरण गरिएको हो। कार्यक्रममा कुल  बराबरको रकम सहयोगस्वरूप प्रदान गरिएको जानकारी दिइएको छ।

सहयोग रकम एनआरएनए बहराइनकी महिला संयोजक सरु लामा गुरुङको हातबाट हस्तान्तरण गरिएको थियो। कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका प्रवक्ता तथा वडा नं. १२ का वडाअध्यक्ष रोशन प्रसाद ढकाल, पत्रकार ज्ञाननाथ ढकाल लगायत स्थानीय बासिन्दा र परिवारजनको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीहरूले मानवीय सहयोग अभियानमा योगदान पुर्‍याउने सम्पूर्ण दाताहरू तथा सहयोगीप्रति आभार व्यक्त गरेका छन्। साथै, क्यान्सरसँग संघर्षरत उमा खड्काको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक