Banner
‘ओभरलोड’ ले भाँचिँदै छन् पुल, प्रयोगविहीन धर्मकाँटा
भन्सार नाकामा बिलमा उल्लेख तौलमा विश्वास गरेरसमेत सवारीसाधन छाड्ने तथा तौल पुल भए पनि प्रयोग नगरिने चलन बढी छ, न त मालवाहक सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका- २०७४ नै कार्यान्वयनमा छ
उक्त पुल पुरानो भए पनि ओभरलोडले गर्दा नयाँ पुल पनि भाँचिने समस्या बढेको छ । यस सडक भएर दैनिक १२ हजार बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । आवागमन अवरुद्ध भएपछि खोलामा डाइभर्सन बनाएर सवारीसाधन सञ्चालनमा ल्याइयो । ९ पटकभन्दा बढी त बाढीले डाइभर्सन नै बगाइदियो, यात्रु र सवारीसाधनले खेप्नुसम्मको सास्ती खेप्नुपर्यो । करिब ६ महिनापछि गत बिहीबार बल्ल भाँचिएको पुल नजिकै निर्माणाधीन पुल सञ्चालनमा आएपछि समस्या टर्यो । अहिले चालक र यात्रुले यात्रामा राहत महसुस गरेका छन् ।
उक्त सडक खण्डमा नै पर्ने नवलपरासीको चोरमारामा रहेको गिरुबारी खोलाको पुल पनि ओभरलोडले गर्दा गत वैशाख २९ मा भाँचियो । पुल भाँचिएपछि उक्त खोलामा अस्थायी डाइभर्सन बनाएर सवारीसाधन सञ्चालन गरिएको छ । छेउमै निर्माण थालिएको पुलको काम अझै सकिएको छैन । पुलको बिम राख्ने काम सकिसकेको र बिमभन्दा माथिको काम गर्न बाँकी रहेको सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेले बताए ।
२०७२ साउनमा ट्रिपर र ट्रक एकसाथ पुल पार गर्न खोज्दा नवलपरासीकै जयश्री पुल भाँचिएको थियो । क्षमताभन्दा बढी भार बोकेका सवारीसाधन पार गर्न खोज्दा पुल भाँचिएको थियो । लामो समयसम्म चालक र यात्रुले सास्ती खेप्नुपर्यो । पछि अस्थायी बेलिब्रिज बनाएर सवारीसाधन सञ्चालनमा ल्याइयो । हाल यस खण्डमा नयाँ पुल निर्माण भई सञ्चालनमा आएको छ । क्षमताभन्दा बढी भार बोकेका सवारीसाधन चलाउँदा पुल भाँचिने समस्या पछिल्लो समय बढ्दै गएको छ ।
भन्सार नाकाबाट क्षमताभन्दा दोब्बर बढी भार बोकेर आउने सवारीसाधनका कारण यस्तो दुर्घटना हुने गरेको हो । नाकाबाट फलामजन्य सामान बोकेर ल्याउने सवारीसाधनका कारण पुल मात्र होइन, राजमार्गसमेत दबिने, कालोपत्र भत्कने समस्या बढेको छ । पहिला यही समस्या नागढुंगा–मुग्लिन सडक खण्डमा बढी थियो, कारण त्यही सडक भएर मालवाहक सवारीसाधन राजधानी भित्रिन्छन् ।
भारतबाट सामान लिएर आउने सवारीसाधनले नाकामा पल्टी गरेर (सामान झारेर) फर्कने गर्छन् । त्यो सामान अर्को सवारीसाधनले बोकेर नेपालतर्फ ल्याइन्छ । ‘फलामजन्य सामग्री बोकेर आएका ठूला सवारीसाधन सिधै उद्योग नै पुग्छन्, त्यस्तो सवारीसाधनको सामान पल्टी गर्न मिल्दैन,’ लामिछानेले भने । यस्ता सवारीसाधन भन्सार नाकाबाट बढीमा सिमरासम्म मात्र पुग्छन् । यसरी आउने सवारीसाधनको तौल नापेर मात्र पठाउने गरिएको दाबी उनको छ । ‘आईसीपी (एकीकृत जाँच चौकी) भित्रै धर्मकाँटा छ, त्यसैले तौल नापेर मात्र गाडी पठाउँछौं,’ उनले थपे, ‘फलामजन्य सामान बोक्ने सवारीसाधन धेरै हुँदैनन्, दिनको पाँच/सात वटा मात्र हुन्छन् ।’
ग्रेनाइट, हाइड्रो पावर र ट्रान्सपोर्टका सवारीसाधनको भारवहन क्षमता बढी हुन्छ । कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयमा तौल पुल भए पनि सुठौलीमा छैन । भन्सार कार्यालयका अनुसार उक्त स्थानमा अहिले तौल पुलको निर्माण भइरहेको छ । कतिपय भन्सार नाकाबाट लोड बोकेका सवारीसाधनको तौल जाँच नगरी छाड्दा त्यसको असर पुल र सडकमा पर्ने गरेको सडक विभागका एक प्राविधिक कर्मचारीले बताए । ‘भन्सारबाट आउने सवारीसाधनको लोड धेरै हुन्छ, कतिपय सवारीसाधनले नाकामा राखिएका तौल पुललाई छल्न खोज्छन्,’ ती कर्मचारीले भने, ‘भन्सार नाकाबाट आउने मालवाहक सवारीसाधनका कारण समस्या आएको छ, फेरि सबै भन्सारमा तौल पुल पनि छैन ।’
भन्सार नाकामा बिलमा उल्लेख तौलमा विश्वास गरेरसमेत सवारीसाधन छाड्ने गरिएको दाबी सडक विभाग स्रोतको छ । तौल पुल भए पनि त्यसबाट सवारीसाधन चलाउने गरिएको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७४ चैत १६ मा मालवाहक सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ जारी गरेको भए पनि कार्यान्वयनमा छैन । मालवाहक सवारीसाधनको अगाडिको एक्सलको अधिकतम एक्सल लोड ६ टन मानिने मापदण्डमा उल्लेख छ । मापदण्डअनुसार दुई एक्सल (६ पाङ्ग्रा) ले १६.२ टन, तीन एक्सल ट्रकले २५ टन, चार एक्सल ट्रक (१२ पाङ्ग्रा) ले ३१ टन, चार एक्सल (१४ पाङ्ग्रा) ३० टन र पाँच एक्सल (१८ पाङ्ग्रा) ले ४०.२ टन बोक्न पाउने मापदण्डमा उल्लेख छ ।
अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण गत पुस २६ मा भाँचिएको विनयी खोलाको पुल । तस्बिर : नवीन पौडेल/कान्तिपुर
ढुंगा, गिट्टी बोक्ने ट्रिपर, फलामजन्य सामान बोक्ने गाडीहरूको लोड बढी हुन्छ । तौल पुलले कति क्षमतासम्म लोड बोक्न मिल्ने हो भन्ने जाँच गरेपछि मात्र थाहा हुने भएकाले यसमा कडाइ गर्नुपर्ने सडक विभागका एक इन्जिनियरले बताए । ‘क्षमताभन्दा बढी लोड बोकेको पाइए त्यसलाई नियन्त्रण गर्नुपर्छ, भन्सारले कडाइ गर्नुपर्ने हो, त्यो भएको छैन । राजस्वको मात्र हिसाब गर्दा करोडौं खर्चिएर बनाइएका पुल र सडकमा बर्सेनि क्षति पुगिरहेको छ,’ ती इन्जिनियरले भने । एउटा एक्सलले १०.२ टनभन्दा बढी बोक्न हुँदैन भनेर सडकको डिजाइन गरिने ती इन्जिनियरले सुनाए ।
‘१० टनको सट्टा १५ टन आए सडक बिग्रिन्छ,’ उनले भने, ‘एकै चोटि लोड लग्दैमा त्यस्तो नहोला, तर धेरै चोटि ल्याउँदा सडक बिग्रिन्छ ।’ उनका अनुसार राजमार्ग २० वर्षका लागि डिजाइन गरेर बनाइएको हुन्छ । त्यस्तै स्थानीय सडक १० वर्षसम्मका लागि डिजाइन गरेर बनाइएको हुन्छ । ‘२० वर्ष टिक्छ भनेर डिजाइन गरी बनाएको सडक लोड गाडीका कारण पाँच वर्ष नपुग्दै बिग्रने गरेका छन्,’ ती इन्जिनियरले भने, ‘त्यस्तो सडकमा फेरि कालोपत्र मात्र गरेर भएन, बेस, सबबेस नै राखेर काम गर्नुपर्ने हुन्छ ।’
बढी सामान बोकेका मालवाहक सवारीसाधन जहाँ–जहाँ गुड्छन्, त्यहाँ खाल्डो पर्दै जान्छ । राजमार्गहरू साँघुरा छन् । जसले गर्दा वर्षैपिच्छे सडक मर्मत गर्नुपर्ने बाध्यता छ । ‘तोकिएको क्षमताभन्दा बढी टनका गाडीले पुल वारपार गर्दा पुलको आयु घटाउँछ,’ ती इन्जिनियरले भने, ‘पुलको मुखमा कति भारवहनका गाडी गुडाउन मिल्छ भनेर लेखिएकै हुन्छ । तर त्यो कार्यान्वयन भएको छैन ।’ यातायात व्यवस्था विभागले यसमा कडाइ गर्नुपर्ने हो, त्यो हुन सकेको छैन ।
पछिल्लो समय राजमार्गका पुलहरूमा उच्च भारवहन क्षमताका सवारीसाधनका कारण क्षति बढ्दै गएको सडक विभागका महानिर्देशक विजय जैसी सुनाउँछन् । ‘नारायणगढ–बुटवल सडकमा पर्ने विनयी र गिरुबारी खोला पुल बढी भारवहन क्षमताका कारण भाँचिएका हुन्,’ उनले थपे, ‘जसले गर्दा यातायात व्यवस्थापन गर्न केही समय हम्मेहम्मे पर्यो ।’ भन्सार नाकाहरूमा सवारीसाधनको तौल जाँच गरेर मात्र पठाउन सकिए यस्तो समस्या नआउने उनको भनाइ छ ।
चल्दैनन् सरकारी धर्मकाँटा
चितवनको आँपटारीमा २०७७ माघ १८ देखि धर्मकाँटा सञ्चालनमा आए पनि दुई महिनादेखि बिग्रेर बन्द छ । तौल पुलका कर्मचारी प्रदिप आचार्यले तौलका लागि आएको गाडी वैशाख ९ मा लडेर बिम भाँचिएपछि यो तौल पुल बन्द भएको बताए । यही समयमा महोत्तरीको बर्दिबासमा तौल पुल निर्माण गरियो । यो पुल पनि दुई महिनादेखि बिग्रिएको अवस्थामा छ । यहाँ तौल जाँच गरेबापत मालवाहक सवारीले शुल्क तिर्न पर्दैन । उचित निगरानी र कडाइ गर्न नसक्दा यस्ता तौल पुलहरू प्रभावहीन बन्दै आएका छन् । बढी लोड बोकेका सवारीसाधनले तौल पुल छले पनि कारबाही गर्ने निकाय भने मौन छ ।
यतायात व्यवस्था विभागअन्तर्गत सवारी परीक्षण, अन्तरदेशीय यातायात व्यवस्थापन, यातायात र सवारी मापदण्ड निर्धारण शाखाका प्रमुख श्रीकान्त यादवले भने बिग्रिएका धर्मकाँटाको मर्मत थालिएको बताए । ‘धर्मकाँटामा तौल जाँच भएको छ/छैन भनेर अनुगमन विभागले गर्ने हो, हामीसँग जनशक्ति अभावमा त्यो काम गर्न सकिएको छैन,’ उनले भने, ‘यो काम ट्राफिक प्रहरीले गर्दै आएको छ ।’ सम्बन्धित यातायात कार्यालयहरूले पनि बेला–बेलामा मालवाहक सवारीसाधनले तौल पुल प्रयोग गरे/नगरेको बारे अनुगमन गर्ने गरेको उनको भनाइ छ ।
‘सवारी दर्ता किताबमा तोकिएको भन्दा बढी भार बोक्न भएन,’ यादवले भने, ‘कुन सवारीसाधनले कति लोड बोक्न पाउँछ, मापदण्डमा तोकिएको छ । त्यहीअनुसार कति लोड बोकेको छ भन्नेबारे तौल पुलमा राखेपछि थाहा हुन्छ ।’ उनका अनुसार निजी क्षेत्रबाट बनाइएको तौल पुल भने सञ्चालनमा छन् । निजी क्षेत्रबाट इटहरी, सर्लाहीको हरिवन, सिन्धुलीको चियाबारी, धादिङको धार्के, पोखराको विजयपुर, नवलरपरासीको तिलकपुर (यसमा सडक बनिरहेको भएर समस्या भएको छ), बुटवलको रामनगर, नवलपरासीको भुमही, लुम्बिनी (बुद्धचोक नजिक), कपिलवस्तुको चन्द्रौटा जितपुर, दाङको लमही, नेपालगन्जको राँझा, कैलालीको लम्की, धनगढीको अत्तरिया रोडमा तौल पुल सञ्चालनमा छन् ।
हेटौंडाको राप्ती र सिमरामा तौल पुल भए पनि सञ्चालनमा छैनन् । ‘ठूला उद्योगमा पनि तौल पुल छन्, मापदण्डअनुसार गाडीहरूले लोड बोकेका छन्/छैनन्, कति सामान बोकेका छन्, यसको चेकजाँच उद्योगले पनि गर्नुपर्छ, तर यो प्रभावकारी छैन,’ उनले भने, ‘बढी लोडका सवारीसाधनले पुल, सडक भत्कियो भन्ने कुरा आउँछ, तर हाम्रो दुई वटा तौल पुल बिग्रँदैमा तौल नै नहुने अवस्था छैन ।’
Facebook Comment
Banner
प्याब्सन डिजिटल क्विज–२०८३ सम्पन्न : सगरमाथा हिमाल दर्शन प्रथम, ज्ञानज्योति दोस्रो, प्रभात किरण तेस्रो
निजी तथा आवासीय विद्यालयहरूको अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा पहिलोपटक सञ्चालन गरिएको ‘प्याब्सन डिजिटल क्विज–२०८३’ सम्पन्न भएको छ। नगरका २३ निजी विद्यालय सहभागी प्रतियोगितामा सगरमाथा हिमाल दर्शन बोर्डिङ स्कुल, बेलगाछी प्रथम भएको छ।
प्रतियोगितामा ज्ञानज्योति बोर्डिङ स्कुल, गोठगाउँ दोस्रो, प्रभात किरण माध्यमिक विद्यालय, सलकपुर तेस्रो तथा बाल सदन एकेडेमी, विराटचोक सान्त्वना भएको छ।
विराटचोकस्थित जेसीज भवनमा आयोजित प्रतियोगिता लगातार १२ घण्टासम्म सञ्चालन भएको थियो। विद्यार्थीको ज्ञान, तर्कशक्ति, सिर्जनशीलता, प्रविधिको प्रयोग तथा तत्काल निर्णय गर्ने क्षमताको परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
परम्परागत हाजिरीजवाफ प्रतियोगिताभन्दा फरक शैलीमा सञ्चालन गरिएको क्विजमा र्यापिड फायर, अडियो–भिजुअल, स्थानीय सरकार सुन्दरहरैंचा, धर्म–संस्कृति, खेलकुद, विविध ज्ञान र आइक्यूलगायतका विभिन्न चरण समावेश गरिएको थियो।
विशेषगरी ‘स्थानीय सरकार सुन्दरहरैंचा राउण्ड’ मार्फत विद्यार्थीलाई आफ्नो नगर, स्थानीय शासन, विकास, संस्कृति तथा स्थानीय पहिचानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गरिएको थियो। आयोजकका अनुसार यसले विद्यार्थीमा स्थानीय तहप्रतिको चासो र आफ्नो नगरप्रतिको अपनत्व बढाउन सहयोग गरेको छ।
प्रतियोगिताको अन्तिम चरणमा प्रभात किरण माध्यमिक विद्यालय र बाल सदन एकेडेमी बराबरीमा पुगेका थिए। त्यसपछि निर्णायक प्रश्नमार्फत विजेता छनोट गरिएको थियो। अतिरिक्त चरणमा प्रभात किरणले अग्रता लिँदै तेस्रो स्थान हासिल गरेको हो।
प्रतियोगिताका विभिन्न चरणमा स्क्रिन, अडियो तथा भिजुअल सामग्रीको प्रयोग गरिएको थियो। डिजिटल प्रविधिको प्रयोगले प्रतियोगितालाई थप रोचक र सहभागितामूलक बनाएको सहभागी विद्यार्थीहरूले बताएका छन्।
प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष दीपक क्षेत्रीले विद्यार्थीलाई किताबको ज्ञानमा मात्र सीमित नराखी प्रविधिसँग जोड्दै तत्काल सोच्ने, निर्णय गर्ने र आफ्ना विचार प्रस्तुत गर्ने क्षमताको विकास गराउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।
कार्यक्रममा प्याब्सन कोशी प्रदेश तथा जिल्ला तहका पदाधिकारीहरूको उपस्थिति थियो। प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सचिव देवी सिटौलालगायतको उपस्थितिमा सम्पन्न कार्यक्रममा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो।
आयोजकका अनुसार ‘प्याब्सन डिजिटल क्विज–२०८३’ को पहिलो संस्करणले सुन्दरहरैंचाको शैक्षिक क्षेत्रमा डिजिटल प्रविधिमा आधारित प्रतिस्पर्धाको नयाँ अभ्यास सुरु गरेको छ। ज्ञान, प्रविधि, स्थानीय पहिचान र मनोरञ्जनलाई एउटै मञ्चमा जोडिएको यस प्रतियोगिताले आगामी संस्करणलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन आधार तयार गरेको आयोजकको भनाइ छ।
Banner
सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै
ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।
नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।
कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।
प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।
Banner
आज संविधान दिवस मनाइँदै
आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।
दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्
प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र
















You must be logged in to post a comment Login