Connect with us
Advertisement

पूर्वखोला गाउँपालिकामा खरको छाना भएकालाई जस्ता छाउन करमा पूर्ण छुट

Published

on

पाल्पाको पूर्वखोला गाउँपालिकाले खरको छाना भएका घरलाई करमा पूर्ण छुट दिने भएको छ ।

गाउँपालिकाको सम्पन्न १७ औं गाउँसभाले गाउँपालिकाभित्र अझै पनि टिनको छाना नलगाएका परिवारलाई करमा छुट दिने निर्णय गरेको हो । उनीहरुलाई गाउँपालिकाले लिने एकीकृत सम्पत्ति कर अन्तर्गत करमा छुट दिन लागेको हो ।

गाउँपालिकामा अझै पनि १ सय ५१ घर खरको छाना भएका परिवार रहेको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए । वडा नम्बर १ सिलुवामा ५१ र २ जल्पामा १ सय २ अझै पनि खरले छाएका घरहरु प्रशस्त छन् । गाउँपालिकाको ६ वडा मध्य वडा नम्बर ३ रिङ्नेरह, ४ देवीनगर, ५ बीरकोट र ६ नम्बरको हेक्लाङ्मा खरका छाना भएका घर छैनन् ।

यो तथ्यांक संघीय आयोजना कार्यान्वयन इकाई भैरहवालाईसमेत पूर्ण विवरण पठाइएको गाउँपालिकाका योजना शाखा अधिकृत विनोद नेपालले बताए ।

गतवर्षको तथ्यांक भएकाले यसवर्ष कतिपयले आफैं टिनको छाना लगाएका छन् । विगतका वर्षमै संघीय सरकारले खरको छानामुक्त गर्ने कार्यक्रम राखेको थियो । पूर्वखोला गाउँपालिकाले विशेष अनुदान अन्तर्गत बजेटसमेत माग गरेको थियो ।

सायद प्राथमिकतामा एक नम्बरमा नहुँदा बजेट नपरेको हुन सक्ने अध्यक्ष थापाले बताए । ठूलो बजेट आवश्यक पर्ने भएकाले गाउँपालिकाले आफैं बजेट विनियोजन गरेको छैन । संघीय सरकारले सामान्यता एक घरलाई ५० हजार अनुदान प्रदान गर्ने मापदण्ड रहेको छ ।

गाउँपालिकाले कम्तीमा ७५ लाख बजेट खर्च हुने भएकाले आफ्नो कार्यक्रममा राखेको छैन । ‘बजेट सीमितताका कारण हाम्रो बजेटबाट अनुदान छुट्याइएन,’ उनले भने, ‘यसमा संघीय वा प्रदेशबाट आउने विशेष अनुदानमा परिन्छ कि भन्ने भएर पनि हो ।’ संघीय सरकारबाट पूर्ण अनुदानमा आउने विशेष अनुदानबाट पालिकाले माग्ने निर्णय भएकाले पनि आफैं बजेट विनियोजन नगरेको हो ।

‘संघीय र प्रदेशको बजेट पाइन्छ भनेर कम प्राथमिकतामा परेको हो,’ उनले भने, ‘आउने दिनमा प्राथमिकतामा राखिने छ ।’

गाउँसभाले पटके व्यवसाय कर पनि हटाएको छ । गाउँपालिकाको सम्पन्न सभाले सूर्तिजन्य पदार्थ व्यवसाय दर्ता/नवीकरण शुल्क १० हजार तोकेको छ । अन्य कर, दस्तुर, शुल्कहरूमा आंशिक परिमार्जन गर्दै अघिल्लो वर्षकै व्यवस्थालाई निरन्तरता दिएको गाउँपालिका अध्यक्ष थापाले बताए । आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, सुशासन, न्यायिक अनुगमन, सार्वजनिक लेखा समितिका संयोजकहरूले प्रगति प्रतिवेदन पेस गरेका थिए ।

अधिवेशनले आर्थिक वर्ष २०८२/८३ का लागि कूल ४६ करोड ८३ लाख ४४ हजार ९९५ रुपैयाँको बजेट सर्वसम्मतिले पारित गरेको छ । गत असार ८ गतेदेखि सुरु भएको अधिवेशनमा चार वटा बैठक बसेको प्रवक्ता मेहरसिंह थापाले बताए । अधिवेशनमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व व्यवस्थापन विधेयक, बाल संरक्षण नीति, नीति तथा कार्यक्रम, विनियोजन विधेयक पारित गरिएको छ ।

संघीय समपूरक बजेट अन्तर्गत खल्लुक–भाङ्ज्याङ–बिर्ता सडक स्तरोन्नति योजनाका लागि १ करोड ३५ लाख, प्रदेश समपूरक बजेटअन्तर्गत सेर्काबास–हेकलाङ सडकका लागि ९० लाख, तथा हटिया जनमार्ग मावि सडक स्तरोन्नतिका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराईले बताइन् ।

संघीय विशेष बजेटबाट विद्यालय आईसिटि व्यवस्थापनका लागि ७३ लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश विशेष बजेटबाट सुन्तला जात फलफूल बगैंचा स्थापना तथा सुदृढीकरणका लागि २ को जल्पा र ५ को बिरकोटमा १८ लाख रुपैयाँ विनियोजन गरिएको छ । स्वास्थ्य क्षेत्र सुधारका लागि ७० लाख बजेट विनियोजन गरेको सुचना अधिकारी मोहन ढकालले बताए ।

सभामा व्यवसायिक कृषक, उत्कृष्ट उपभोक्ता समिति तथा उदाहरणीय कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई सम्मान गरिएको छ । अधिवेशनमा ५ लाखभन्दा माथिका योजनामध्ये उत्कृष्ट कार्यसम्पादन गरेको तल्लो लेमधेम मोटरबाटो स्तरोन्नति योजना उपभोक्ता समितिका अध्यक्ष सन्तोष कुमार बारघरे र सचिव सुनिता ढेंगालाई पुरस्कृत गरेको छ ।

कार्यक्रम अधिकृत विनोद नेपाल, स्वास्थ्य शाखाका पदमबहादुर थापा दर्लामी, कम्प्युटर अपरेटर मनबहादुर सारु, कृषि शाखाबाट हरिप्रसाद उपाध्याय सिग्देल, वडा सचिव रुमी सरा दिसुवा मगर, र कार्यालय सहयोगी शान्ति आचार्यलाई नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले जानकारी दिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक