Connect with us
Advertisement

पूर्वखोला गाउँपालिकामा खरको छाना भएकालाई जस्ता छाउन करमा पूर्ण छुट

Published

on

पाल्पाको पूर्वखोला गाउँपालिकाले खरको छाना भएका घरलाई करमा पूर्ण छुट दिने भएको छ ।

गाउँपालिकाको सम्पन्न १७ औं गाउँसभाले गाउँपालिकाभित्र अझै पनि टिनको छाना नलगाएका परिवारलाई करमा छुट दिने निर्णय गरेको हो । उनीहरुलाई गाउँपालिकाले लिने एकीकृत सम्पत्ति कर अन्तर्गत करमा छुट दिन लागेको हो ।

गाउँपालिकामा अझै पनि १ सय ५१ घर खरको छाना भएका परिवार रहेको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए । वडा नम्बर १ सिलुवामा ५१ र २ जल्पामा १ सय २ अझै पनि खरले छाएका घरहरु प्रशस्त छन् । गाउँपालिकाको ६ वडा मध्य वडा नम्बर ३ रिङ्नेरह, ४ देवीनगर, ५ बीरकोट र ६ नम्बरको हेक्लाङ्मा खरका छाना भएका घर छैनन् ।

यो तथ्यांक संघीय आयोजना कार्यान्वयन इकाई भैरहवालाईसमेत पूर्ण विवरण पठाइएको गाउँपालिकाका योजना शाखा अधिकृत विनोद नेपालले बताए ।

गतवर्षको तथ्यांक भएकाले यसवर्ष कतिपयले आफैं टिनको छाना लगाएका छन् । विगतका वर्षमै संघीय सरकारले खरको छानामुक्त गर्ने कार्यक्रम राखेको थियो । पूर्वखोला गाउँपालिकाले विशेष अनुदान अन्तर्गत बजेटसमेत माग गरेको थियो ।

सायद प्राथमिकतामा एक नम्बरमा नहुँदा बजेट नपरेको हुन सक्ने अध्यक्ष थापाले बताए । ठूलो बजेट आवश्यक पर्ने भएकाले गाउँपालिकाले आफैं बजेट विनियोजन गरेको छैन । संघीय सरकारले सामान्यता एक घरलाई ५० हजार अनुदान प्रदान गर्ने मापदण्ड रहेको छ ।

गाउँपालिकाले कम्तीमा ७५ लाख बजेट खर्च हुने भएकाले आफ्नो कार्यक्रममा राखेको छैन । ‘बजेट सीमितताका कारण हाम्रो बजेटबाट अनुदान छुट्याइएन,’ उनले भने, ‘यसमा संघीय वा प्रदेशबाट आउने विशेष अनुदानमा परिन्छ कि भन्ने भएर पनि हो ।’ संघीय सरकारबाट पूर्ण अनुदानमा आउने विशेष अनुदानबाट पालिकाले माग्ने निर्णय भएकाले पनि आफैं बजेट विनियोजन नगरेको हो ।

‘संघीय र प्रदेशको बजेट पाइन्छ भनेर कम प्राथमिकतामा परेको हो,’ उनले भने, ‘आउने दिनमा प्राथमिकतामा राखिने छ ।’

गाउँसभाले पटके व्यवसाय कर पनि हटाएको छ । गाउँपालिकाको सम्पन्न सभाले सूर्तिजन्य पदार्थ व्यवसाय दर्ता/नवीकरण शुल्क १० हजार तोकेको छ । अन्य कर, दस्तुर, शुल्कहरूमा आंशिक परिमार्जन गर्दै अघिल्लो वर्षकै व्यवस्थालाई निरन्तरता दिएको गाउँपालिका अध्यक्ष थापाले बताए । आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, सुशासन, न्यायिक अनुगमन, सार्वजनिक लेखा समितिका संयोजकहरूले प्रगति प्रतिवेदन पेस गरेका थिए ।

अधिवेशनले आर्थिक वर्ष २०८२/८३ का लागि कूल ४६ करोड ८३ लाख ४४ हजार ९९५ रुपैयाँको बजेट सर्वसम्मतिले पारित गरेको छ । गत असार ८ गतेदेखि सुरु भएको अधिवेशनमा चार वटा बैठक बसेको प्रवक्ता मेहरसिंह थापाले बताए । अधिवेशनमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व व्यवस्थापन विधेयक, बाल संरक्षण नीति, नीति तथा कार्यक्रम, विनियोजन विधेयक पारित गरिएको छ ।

संघीय समपूरक बजेट अन्तर्गत खल्लुक–भाङ्ज्याङ–बिर्ता सडक स्तरोन्नति योजनाका लागि १ करोड ३५ लाख, प्रदेश समपूरक बजेटअन्तर्गत सेर्काबास–हेकलाङ सडकका लागि ९० लाख, तथा हटिया जनमार्ग मावि सडक स्तरोन्नतिका लागि ६० लाख रुपैयाँ विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष भागिरथी भट्टराईले बताइन् ।

संघीय विशेष बजेटबाट विद्यालय आईसिटि व्यवस्थापनका लागि ७३ लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश विशेष बजेटबाट सुन्तला जात फलफूल बगैंचा स्थापना तथा सुदृढीकरणका लागि २ को जल्पा र ५ को बिरकोटमा १८ लाख रुपैयाँ विनियोजन गरिएको छ । स्वास्थ्य क्षेत्र सुधारका लागि ७० लाख बजेट विनियोजन गरेको सुचना अधिकारी मोहन ढकालले बताए ।

सभामा व्यवसायिक कृषक, उत्कृष्ट उपभोक्ता समिति तथा उदाहरणीय कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई सम्मान गरिएको छ । अधिवेशनमा ५ लाखभन्दा माथिका योजनामध्ये उत्कृष्ट कार्यसम्पादन गरेको तल्लो लेमधेम मोटरबाटो स्तरोन्नति योजना उपभोक्ता समितिका अध्यक्ष सन्तोष कुमार बारघरे र सचिव सुनिता ढेंगालाई पुरस्कृत गरेको छ ।

कार्यक्रम अधिकृत विनोद नेपाल, स्वास्थ्य शाखाका पदमबहादुर थापा दर्लामी, कम्प्युटर अपरेटर मनबहादुर सारु, कृषि शाखाबाट हरिप्रसाद उपाध्याय सिग्देल, वडा सचिव रुमी सरा दिसुवा मगर, र कार्यालय सहयोगी शान्ति आचार्यलाई नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले जानकारी दिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै

Published

on

ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।

नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।

प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।

Continue Reading

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading

Banner

कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान

Published

on

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।

समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।

जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक