Connect with us
Advertisement

आज २०८२ साल असार २४ गते मंगलबारको राशिफल

Published

on

आज २०८२ साल असार २४ गते मंगलबार। असार शुक्ल पक्षको त्रयोदशी तिथि। प्रदोष व्रत। तदनुसार सन् २०२५ जुलाई ८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही

मेष : दिन सामान्य छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। साथीभाइको व्यवहारले मन अशान्त बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। साथीको साथ मिल्नेछ। शिक्षामा प्रगति हुनेछ।

वृष : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्नेछ। स्वास्थ्यको ख्याल नगर्ने बानीले समस्या हुनेछ। परिवारमा रमाइलो घुमघाम हुनेछ। मिठो खाने अवसर प्राप्त होला। आम्दानी बढ्नेछ।

मिथुन : दिन सामान्य छ। क्षमता कमजोर बन्नेछ। बौद्धिक क्षेत्रमा गरेको प्रयास अधुरो रहने छ। स्वास्थ्यमा सुधार हुनेछ। साथीले साथ नदिँदा हरेक काममा अवरोध हुनेछ।

कर्कट : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा खुशी मिल्नेछ। लगानीबाट नाफा हुनेछ। कामका लागि हिम्मत गर्नुपर्ने दिन छ। परिवारको साथ र सहयोग मिल्नेछ। पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछन्।

सिंह : दिन सामान्य छ। जोखिम थपिने छन्। आम्दानी भन्दा खर्च बढ्नेछ। शनिदेवको सन्तुष्टिका लागि धार्मिक कार्यमा सहभागी हुनु उचित हुन्छ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

कन्या : दिन राम्रो छ। शुभकार्यको तय हुनेछ। परिवारमा एकपछि अर्को समस्या थपिने हुँदा गोपनीयता भंग नगर्नु राम्रो होला। शिक्षामा गरेको प्रयास सफल बन्नेछ।

तुला : दिन सामान्य छ। सम्पत्तिका कारण इज्जत र स्वास्थ्यमा समस्या हुनेछ। राज्यका तर्फबाट हुने जोखिमबाट जोगिनु राम्रो हुनेछ। आफ्नो अस्थित्व रक्षाका लागि संघर्ष गर्नुपर्ने देखिन्छ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

सिंह् : दिन राम्रो छ। बोली र व्यवहारमा एकरुपता हुनु आवश्यक छ। भाग्यस्थानमा उदयमान शुक्र पुगेकाले शिक्षाको क्षेत्रमा राम्रो छ। राजनीतिक क्षेत्रमा भने ठगहरुले दख दिनेछज्। बिहान उठेर पिपलको दर्शन गर्नाले दिन सहज हुनेछ।

कन्या : धार्मिक कार्यमा खर्च हुने दिन छ। बन्धुसँगको सहकार्यले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ सहयोग मिल्ने भएकाले दिन सहज हुनेछ।

तुला : दिन राम्रो छ। डुब्न लागेको सम्पत्ति हात लाग्नेछ। शत्रुले पनि तपाईको प्रसंसा गर्नेछन्। राजनीतिक क्षेत्रमा भने तपाईको विरुद्ध लाग्ने सक्रिय हुनेछन्।

वृश्चिक : दिन राम्रो छ। विद्वान व्यक्तिसँगको भेट बढ्नेछ। बौद्धिक व्यक्तिसँगको अन्तरक्रियाले फाइदा हुनेछ। स्वास्थ्यमा गरेको प्रयासलाई निरन्तारता दिनु उचित हुन्छ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ।

धनु : आज अनावश्यक यात्राले दुःख दिनेछ। परिवारमा संकट देखिन्छ। प्रेम सम्बन्धमा धोका हुने जोखिम छ। लगानी गरेको क्षेत्रमा मिहिनेत गर्नुपर्नेछ। शिक्षामा प्रगति हुनेछ।

मकर : दिन राम्रो छ। अचानक अवसर प्राप्त हुनेछ। स्वाथ्यमा गरेको काममा सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ।

कुम्भ : दिन सामान्य छ। अन्त्य साढेसातीका कारण एकपछि अर्को विरोध सुन्नुपर्ने हुनसक्छ। बौद्धिक साथीले कुरा काट्नेछन्। पढाइमा आलश्यता बढ्नेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए घाटा हुनेछ।

मीन : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा अवसर प्राप्त हुनेछ। आफन्तसँग भेटघाट बढ्नेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने छ। दान गरेर दिनको सुरुवात गर्नु उचित हुन्छ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

Published

on

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।

पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।

जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।

Continue Reading

Banner

गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा

Published

on

मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।

बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।

Continue Reading

Banner

एनपीएलमा आज दुई खेल

Published

on

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ। दुवै खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछन्। पोखराका कप्तान कुशल भुर्तेल हुन् भने काठमाण्डुका कप्तान करण केसी हुन्। पोखराको नेतृत्व कुशल मल्लले गरेका छन् भने सुदूरपश्चिमको कप्तानीमा दीपेन्द्रसिंह ऐरी छन्। आजको खेलमा दुई कुशलसँग करण र दीपेन्द्रले प्रतिस्पर्धा गर्ने देखिन्छ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ। प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक