रसुवामा बाढी पहिरोले पुर्याएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ जाने भएका छन् ।
सोमबार राति आएको रसुवाको क्षतिग्रस्त ठाउँको अवलोकन गर्न प्रधानमन्त्री ओली सहित गृहमन्त्री रमेश लेखक र अर्थमन्त्री विष्णु पौडेल जाने भएका हुन् ।
प्रधानमन्त्री ओली बालुवाटारबाटै उड्ने छन् भने गृहमन्त्री लेखक र अर्थमन्त्री पौडेल अर्को हेलिकोप्टरमा जाने भएका छन् ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रमुख दीपक थापा र सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल बाढीग्रस्त क्षेत्रमा जान लागेका हुन् ।













You must be logged in to post a comment Login