Connect with us
Advertisement

कुलिङ अफ पिरियड’ मा छलछामको प्रभाव संवैधानिक परिषद् विधेयकमा

Published

on

राष्ट्रिय सभाबाट सन्देशसहित फिर्ता आएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक छलफल गरी पारित गर्ने प्रतिनिधिसभाको मंगलबारको कार्यसूची थियो। छलफलका क्रममा सांसदले राष्ट्रिय सभाको सन्देशसँगै विधेयकमा गरिएका व्यवस्थामाथि धारणा राखिरहेका थिए भने केहीले पालो कुरिरहेका थिए।

तर सभामुख देवराज घिमिरेले एक्कासि उद्घोष गरे, ‘संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन विधेयकमाथि राष्ट्रिय सभाबाट भएको सन्देशमाथिको बाँकी कारबाही विशेष कारणवश आजको बैठकबाट हटाइएको व्यहोरा जानकारी गराउँछु ।’

छलफलपछि मन्त्रीलाई जवाफ दिन लगाएर विधेयक निर्णयार्थ प्रस्तुत गर्नुपर्ने थियो । विधेयक पारित गरेर बाहिरिने तयारीमा रहेका सांसदहरू अलमल्ल परे । सभामुख घिमिरेले ‘विशेष कारण’ के थियो भन्ने पनि खुलाएनन् । उनले बैठक नै बुधबार १ बजेसम्म स्थगन गरे । त्यसपछि सभामुख घिमिरेले एमालेका मुख्य सचेतक महेश बर्तौला र कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग छलफल गरे ।

प्रमुख सचेतक घिमिरेका अनुसार संवैधानिक परिषद् विधेयकमा सत्तापक्षकै सांसदहरूको बुझाइमा समस्या देखिएपछि बैठक स्थगन गर्नुपरेको हो । ‘विधेयकमा गरिएका व्यवस्था माननीयहरूले बुझ्नुभएन,’ उनले भने, ‘निजामती विधेयक जस्तै भयो कि भन्ने कुरा आएकाले बैठक स्थगन गरिएको हो ।’

घिमिरेका अनुसार प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा गएको विधेयकमा फर्केर आउँदा कुनै परिवर्तन छैन । ‘प्रतिनिधिसभाबाट गरिएका व्यवस्थाको व्याख्या गरेर राष्ट्रिय सभाले फिर्ता पठाएको हो,’ उनले थपे, ‘संवैधानिक परिषद्को गणपूरक संख्याका सन्दर्भमा अध्यक्ष र बहुमत सदस्यको बहुमत भनिएको छ, राष्ट्रिय सभाले त्यसको व्याख्या गरेको हो ।’

कांग्रेस सांसद चन्द्र भण्डारीले छलफलमा सहभागी हुँदै निजामती सेवासम्बन्धी विधेयकमा गरिएको ‘कुलिङ अफ पिरियड’ को व्यवस्थामा भएको छलछाम सम्झाएका थिए ।

‘कुन सदनमा के आयो छोडिदिनुस्, हामीले नहेरी विधेयक पास गरेका छौं । त्यसकारण अहिले हाम्रो इज्जत, सम्मान र गौरवमा आँच आएको छ,’ उनले भने, ‘सर्वोच्च अदालतको अस्तिको निर्णयले हामीलाई कहाँ पुर्‍याएको छ ? त्यसमा कहाँ संवैधानिक र वैधानिक व्याख्या छ ? कहाँ इतिहास र नजिर छ ? त्यसलाई संवैधानिक परिषद्ले के गर्न सक्छ, त्यो हो हामीले खोजेको ?’

माओवादी सांसद माधव सापकोटाले पनि निजामती सेवासम्बन्धी विधेयकमा संसद्ले एउटा व्यवस्था सर्वसम्मतिले पास गर्ने तर कर्मचारीको स्वार्थमा त्यसलाई निष्प्रभावी बनाउने व्यवस्था यथावत् राखिएको स्मरण गराएका थिए ।

‘संघीय निजामती सेवासम्बन्धी ऐनमा जे छेडखानी भयो । राज्य सञ्चालकका प्रमुख नेताहरूको अनुशासनहीनताका कारण हेपिने, छेडखानी हुने र बिस्तारै अराजकता तलसम्म मौलाउँदै गएको छ । त्यसकारण विधेयक सम्पादन र व्यवस्थापनलाई गम्भीरतापूर्वक लिनुपर्छ,’ उनले भने ।

छलफलमा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले ६ सदस्यीय संवैधानिक परिषद्बाट दुई जनाले मात्रै पनि निर्णय गर्न सक्ने व्यवस्था विधेयकमा राखिएकामा आपत्ति जनाएका थिए ।

‘६ जनाको संवैधानिक परिषद्मा अध्यक्ष र दुई जना सदस्य बहाल रहेको अवस्थामा दुई जनाले मात्रै निर्णय गर्ने व्यवस्था गरियो । कुनै बेला संसद् नहुन सक्छ, त्यस्तो अवस्थामा दुई जनाले मात्रै संवैधानिक नियुक्ति गर्ने प्रावधान आफैंमा कति लोकतान्त्रिक हो ?’ उनले भनेका थिए, ‘संवैधानिक निकायका प्रमुख र सदस्यहरूमाथि प्रश्न उठिरहेका छन् । पारदर्शीको प्रश्न पनि आइरहेको छ । सुशासन दिन संवैधानिक निकाय निष्पक्ष र पारदर्शी हुनुपर्छ । कम्तीमा ५० प्रतिशतले निर्णय गर्ने व्यवस्था हुनुपर्थ्यो ।’

माओवादीका वर्षमान पुनले संवैधानिक परिषद् समावेशी भई सुझबुझपूर्ण निर्णय गरोस् भन्ने परिकल्पनासहितको संरचना संविधानले व्यवस्था गरेको उल्लेख गरे । ‘बेलाबेला राजनीतिक चलखेलमा संवैधानिक काम, कर्तव्य र अधिकार दुरुपयोग पनि भएको छ,’ उनले भने, ‘संवैधानिक परिषद्मार्फत आउने प्रस्तावलाई संसद्ले अनुमोदन गर्ने व्यवस्था छ । सर्वोच्चको पछिल्लो फैसला संसद्को अनुमोदन या सुनुवाइ अनिवार्य नहुने भन्ने खालको छ । त्यसो हुँदा कार्यकारी स्वेच्छाचारी हुन्छ कि भन्ने छ ।’

छलफलमा सांसदले एकपछि अर्को गरी विधेयक अध्ययन गरेर मात्रै पास गर्नुपर्नेमा जोड दिन थालेपछि सभामुख घिमिरेले सचिव र कार्यव्यवस्था परामर्श शाखाका अधिकारीसँग, एमाले मुख्य सचेतक बर्तौलाले कांग्रेसका नेताहरूसँग र कांग्रेसका सांसदहरूले आपसमा छलफल गरेका थिए । सबै छलफलको सन्देश सभामुख घिमिरेकहाँ पुगेपछि प्रतिनिधिसभा बैठक बीचमै स्थगन गरिएको थियो ।

यसअघि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्था गरेकामा त्यसलाई निष्प्रभावी पार्ने प्रावधानसहितको विधेयक संसद्ले पारित गरेको थियो । विधेयकको दफा ८२ (४) मा रहेको ‘निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभई कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन’ प्रावधान खण्डित हुने गरी दफा ८२ (५ क) मा ‘संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा मात्र नियुक्ति लिन नपाइने’ भन्ने व्यवस्था राखिएको थियो ।

निजामती विधेयकमाथि भएको छलछामबाट तर्सिएका सांसद संवैधानिक परिषद् विधेयकमा पनि केही भयो कि भन्ने आशंकासहित छलफलमा प्रस्तुत भएपछि मंगलबारको प्रतिनिधिसभा बैठक नै स्थगन गरिएको हो । निजामती सेवासम्बन्धी विधेयकमा भएको गडबडी छानबिन गर्न प्रतिनिधिसभाले सोमबार कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा ७ सदस्यीय विशेष समिति गठन गरेको छ ।

कार्यव्यवस्था परामर्श शाखा प्रमुख तथा संसद्का प्रवक्ता एकराम गिरीले संवैधानिक परिषद्सम्बन्धी विधेयकका विषयमा राजनीतिक दलहरूबीच थप छलफल गर्नुपर्ने आवश्यकता देखिएपछि मंगलबारको बैठक स्थगन भएको बताए । ‘मन्त्रीले उत्तर दिने, पारित गर्ने बाँकी कारबाही बुधबारसम्म स्थगन गरिएको छ,’ उनले भने । एमालेका मुख्य सचेतक बर्तौला र कांग्रेस प्रमुख सचेतक घिमिरेले संवैधानिक परिषद्सम्बन्धी विधेयक बुधबार पारित गरिने बताए ।

संवैधानिक परिषद्सम्बन्धी विधेयकमा ६ सदस्यीय संवैधानिक परिषद्को बैठकमा ४ सदस्य उपस्थित भए गणपूरक संख्या पुगेको मानिने व्यवस्था गरिएको छ । परिषद्मा अध्यक्षसहित ५ जना बहाल रहेको अवस्थामा तीन जना उपस्थित भए गणपूरक भएको मानिनेछ । अध्यक्षसहित चार जना बहाल रहेको अवस्थामा ३ जना उपस्थित भए गणपूरक पुग्नेछ । अध्यक्षसहित ३ जना बहाल रहेको अवस्थामा २ जना उपस्थित भए गणपूरक संख्या मानिनेछ ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ ।

विधेयकमा भनिएको छ, ‘परिषद्मा अध्यक्ष र पाँच सदस्य बहाल रहेको अवस्थामा अध्यक्ष र कम्तीमा तीन सदस्यसहित कम्तीमा चार, अध्यक्ष र चार सदस्य बहाल रहेको अवस्थामा अध्यक्ष र कम्तीमा दुई सदस्यसहित कम्तीमा तीन जना, अध्यक्ष र तीन सदस्य बहाल रहेको अवस्थामा अध्यक्ष र कम्तीमा दुई सदस्यसहित कम्तीमा तीन जना र अध्यक्ष र दुई सदस्य बहाल रहेको अवस्थामा अध्यक्ष र कम्तीमा एक सदस्यसहित कम्तीमा दुई जनाको मतबाट निर्णय गरिनेछ ।’

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै

Published

on

ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।

नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।

प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।

Continue Reading

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading

Banner

कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान

Published

on

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।

समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।

जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक