Connect with us
Advertisement

भोटेकोशी बाढी : हिमताल विस्फोट भएर बाढी आएको निष्कर्ष

Published

on

जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

विभागले ‘सेन्टिनेल’ उपग्रहबाट गरेको अध्ययनले हिमताल फुटेर बाढी सिर्जना भएको जनाएको छ । विभागका बाढीविद् विनोद पराजुलीले ‘सुप्राग्लेशियल’ ताल फुट्दा बाढी आएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए।

‘रसुवागढीस्थित नेपाल–चीन सीमाबाट करीब ३६ किलोमिटरमाथि (अक्षांशः २८.४०४३, देशान्तरः ८५.६४६९, समुद्री सतहदेखि करिब ५१५० मिटर उचाइ) ल्हेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा पर्दछ। हिमनदीको करिब बीच भूभागमा विकास भएको सुप्राग्लेशियल ताल (हिमताल) करिब ०.७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको देखिन्छ,’ उनले भने, ‘उक्त हिमतालको क्षेत्रफल करिब ०.६० वर्ग किलोमिटर मात्र देखिएको छ । बाढीको घटना हुनुपूर्व र घटना भइसकेपछिको तालको क्षेत्रफलमा परिवर्तन भएको देखाएको छ । अध्ययनले उक्त समयावधिमा तालबाट पानी निकास भएको र त्यसको प्रभाव तालको तलको क्षेत्रमा परेको देखिएको छ।’

पराजुलीका अनुसार यस सम्बन्धमा मित्रराष्ट्र चीनबाट थप स्थलगत प्रतिवेदन प्राप्त हुने अपेक्षा गरिएको छ । साथै आगामी दिनमा भू–उपग्रहमार्फत प्राप्त हुन सक्ने अन्य तस्बिरहरुले थप पुष्ट्याइँ दिन सक्नेछ । जल तथा मौसम विज्ञान विभागले निरन्तर अध्ययन जारी राख्ने उनको भनाइ छ ।

‘बाढी पूर्व र बाढीपछिको अवस्थाबीच उल्लेखनीय अन्तर देखिएको र विशेष गरी तालको क्षेत्रफल उल्लेख्य रूपमा घटेको देखिएको छ, जसअनुसार उक्त हिम तालबाट पानी निकास भएको देखिन्छ,’ उनले भने। अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का वैज्ञानिकहरुले चीन–नेपाल सीमाको ल्हेन्दे खोलामा बनेको सुप्राग्लेशियल ताल फुटेर रसुवाको भोटेकोशीमा बाढी आएको पुष्टि गरेका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुनसरी–१ मा हर्क साम्पाङ विजयी

Published

on

प्रतिनिधिसभा सदस्य चुनावमा सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी हुनुभएको छ ।

साम्पाङ ८ हजार ४९२ मतान्तरसहित विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । साम्पाङले ३५ हजार ७४१ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेकपा एमालेका टीकाराम लिम्बुले ६ हजार ४६३ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सूर्यबहादुर भट्टराईले ६ हजार १८५ मत प्राप्त गर्नुभएको छ ।

Continue Reading

Banner

इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ नेम्बाङ विजयी

Published

on

प्रतिनिधिसभा सदस्य चुनावमा इलाम–२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार एमाले उम्मेदवार नेम्बाङले नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई ७ हजार ७ सय ७६ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो । नेम्बाङ २२ हजार ४ सय २६ मतका साथ निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिष्पर्धी कांग्रेसका आचार्यले १४ हजार ६ सय ५० मत प्राप्त गर्नुभयो ।

यस्तै श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४ सय मत, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले ७ हजार ८ सय १४ मत तथा नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले १ हजार १ सय ७२ मत प्राप्त गर्नुभयो ।

प्रतिनिधिसभा सदस्यमा नेम्बाङको यो दोस्रो विजय हो । यसअघि २०८१ वैशाख १५ गते भएको उपनिर्वाचनमा नेम्बाङले यही क्षेत्रबाट कांग्रेसकै उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय २० मतान्तरले पराजित गर्नुभएको थियो । नेम्बाङले २७ हजार ७ सय ७२ मत प्राप्त गरी निर्वाचित हुँदा खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गर्नुभएको थियो ।

आचार्यको भने यो दोस्रो पराजय हो । यसअघि २०७० सालको संविधान सभा निर्वाचनमा आचार्य सुहाङकै बुबा सुवासचन्द्र नेम्बाङसँग २ हजार १ सय २ मतले पराजित हुनुभएको थियो ।

यही फागुन २१ गते भएको निर्वाचनमा यो क्षेत्रमा कुल १ लाख १९ हजार ४ सय ८९ मतदातामध्ये ६७ हजार ६ सय ६४ मत खसेको थियो । यहाँ ३ हजार ८ सय ८३ मत बदर भएको छ । यहाँ विभिन्न १३ राजनीतिक दल र एक स्वतन्त्रसमेत गरी जम्मा १४ उम्मेदवार चुनावी प्रतिष्पर्धामा हुनुहुन्थ्यो ।

Continue Reading

Banner

चितवन–३ मा साेविता गाैतम फराकिलाे मतान्तरले विजयी

Published

on

प्रतिनिधिसभा सदस्य चुनावमा चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की साेविता गाैतम ३८ हजार ६६२ मतान्तरले विजयी हुनुभएकाे छ । निर्वाचन आयाेगका अनुसार गाैतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएकाे छ । उहाँका प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की रेनु दाहालले २० हजार ६१५ मत प्राप्त गर्नुभएकाे छ ।

साेविता गाैतम प्रतिनिधिसभा चुनाव इतिहासमा सबैभन्दा मत ल्याएर विजयी हुनुभएकाे हाे । यसअघि २०७४ सालको चुनावमा झापा क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५७ हजार १३९ मत ल्याएर विजयी हुनुभएकाे थियाे ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक