Connect with us
Advertisement

भारतले सम्झौताअनुसार गण्डकमा पानी नछाड्दा किसानलाई रोपाइँमा समस्या

Published

on

भारतले सम्झौताअनुसारको परिमाणमा पानी नदिएपछि गण्डक नहर प्रणालीमा आश्रित किसानलाई रोपाइँमा समस्या भएको छ ।  बीउ तयार रहे पनि नहरमा पानी नआउँदा रोपाइँमा ढिला भएको छ ।

विशेष गरी बारा र रौतहटका किसानलाई रोपाइँमा समस्या भएको छ । नेपाल र भारतबीचको गण्डक सम्झौताअनुसार, नहरमा भारतीय पक्षले ८ सय ५० क्युसेक पानी दिनुपर्नेमा हाल औसतमा ५ सय ५० क्युसेक मात्र पानी दिएको छ ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोजकुमार पटेलका अनुसार, यस वर्ष भारतीय पक्षले निर्धारित समयमै पानी दिए पनि किसानलाई चाहिएका बेला भने कम पानी दिएको बताए । ‘सम्झौताअनुसार सुरुदेखि नै भारतले ८ सय ५० क्युसेक पानी दिनुपर्थ्यो,’ उनले भने, ‘तर यस वर्ष असार १३ देखि ५ सय ५० क्युसेक र असार १९ देखि २३ सम्म सम्झौताअनुरूपकै ८ सय ५० क्युसेक पानी दिएको थियो ।’ असार २४ देखि भने सम्झौतालाई उल्लङ्घन गर्दै पुनः औसतमा ५ सय ५० क्युसेक मात्र पानी भारतले दिएको उनले बताए ।

कार्यालयका सूचना अधिकारी एवं इञ्जिनियर सुरेश साहका अनुसार सम्झौताभन्दा कम पानी दिएको विषयमा भारतीय दोन शाखा नहर प्रमुख महेन्द्र चौधरीलाई टेलिफोनमार्फत औपचारिक रूपमा जानकारी गराएर सम्झौताको इमानदारीपूर्वक पालना गर्न आग्रह गरिएको छ । ‘हामीले भारतीय पक्षलाई सम्झौताको इमानदारीपूर्वक कार्यान्वयन गर्न आग्रह गरिसकेका छौँ,’ उनले भने, ‘नहरमा पानी कम हुँदा नहर प्रणालीमा आश्रित विशेष गरी बारा र रौतहटका किसानको रोपाइँमा ढिला भइरहेको छ ।’

बिहीबार नहरको ८ नम्बर ब्लक अर्थात् बाराको पसाहा खोला क्षेत्रसम्म मात्र पानी पुग्न सकेको साह बताउँछन् । बिहीबार नै कार्यालयको सम्पूर्ण प्राविधिक टोली स्थलगत रूपमा नहरको शून्य आरडी (पर्साको जगरनाथपुर) देखि पुछारमा रौतहटको बागमती खोला क्षेत्रसम्म निरीक्षण गरेर नहरमा पानी प्रवाह सम्भव भएसम्म पूर्ण रूपमा गर्न लागिपरेको उनले बताए ।

भारतसँगको गण्डक सम्झौता अनुसार, बर्सेनि धान बालीका लागि असार १५ र गहुँ बालीका लागि पुस १० देखि नहरमा ८ सय ५० क्युसेक पानी भारतीय पक्षले दिनुपर्छ । नवलपरासीको भैंसालोटनस्थित नेपाल–भारत सीमामा निर्मित ब्यारेजबाट भारतीय पक्षले नहरमा पानी छोड्ने गर्छ । भारतमै ९२ किलोमिटर यात्रा गरेर यो नहर पर्साको जगरनाथपुर गाउँपालिकाको जानकीटोलाबाट नेपालमा प्रवेश गर्छ । पर्सा, बारा र रौतहट गरी १५ ब्लकमा विभाजित गण्डक नहरको लम्बाइ नेपालतर्फ ८१ किलोमिटर रहेको छ ।

गण्डक ब्यारेजको निर्माण भारतले आफैं गरेको र सञ्चालन पनि भारतीय पक्षले आफैं गर्छ । उसले ब्यारेजबाट नेपालभन्दा भारतीय भूमिमा बढी पानी लग्ने गरी नहरको संरचना निर्माण गरेको छ । सन् १९७५ र ७६ मा दुई चरणमा भारत सरकारले नेपाल सरकारलाई गण्डक नहर हस्तान्तरण गरेको हो । गण्डक नहरबाट पर्सा, बारा र रौतहट गरी तीनवटा जिल्लामा ३७ हजार ४ सय हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्य भए पनि बर्सेनि कुनै न कुनै समस्या देखाएर भारतले नेपाललाई सम्झौताअनुरूपको ८ सय ५० क्युसेक पानी दिएको छैन ।

किसान हकहित संघर्ष समिति, पर्साका सचिव पृथ्वी साह कानुका अनुसार मधेश प्रदेशमै वर्षा हुन नसकेको अवस्थामा गण्डक नहरले थोरै भए पनि तीनवटै जिल्लाका किसानलाई राहत दिने गरेकोमा यस वर्ष नहरमै पानी कम भएकाले नहर प्रणालीमा आश्रित किसानलाई रोपाइँमा समस्या भएको बताउँछन् ।
Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक