Banner
बाढीले अस्तव्यस्त टिमुरे, दर्जन स्थानमा पहिरो
डाँडाको बस्ती हो, टिमुरे । यही डाँडामुनि पर्छ, भोटेकोशी । कोशी किनारमा लस्करै सवारीसाधन पार्किङ गरेर राखिएका थिए । डाँडाबाट पार्किङको दृश्य हेर्दै स्थानीय रमाइलो मान्थे । तर, मंगलबार बिहान आएको बाढीले यो दृश्य क्षणभरमै खण्डहर बनाइदियो । हेर्दाहेर्दै मालवाहक गाडी धमिलो भोटेकोशीमा मिसिन थाले ।
गाडी लिन गएका केही चालक पनि सँगै भेलमा परे । भन्सार कार्यालयको पारिपट्टि रहेको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको आवास क्षेत्र छिनभरमै डुब्यो । ८ वटा हाइलक्स गाडी बाढीले पुरेको छ ।
यो दृश्य गोसाइँकुण्ड गाउँपालिका-२ टिमुरेकी ६० वर्षीया लाक्पा छो घलेसहित गाउँलेहरु हेरिरहेका थिए ।गत असार २४ गते बिहान सवा ३ बजे डाँडै थर्काउने गरी आएको बाढीले गाउँलेलाई झस्काएको थियो ।
२०७२ सालको भूकम्पअघिसम्म रसुवागढीमा होटल चलाउँथिन् लाक्पा । त्यो वैशाख १२ गतेको भूकम्पमा धेरैको ज्यान गएको आँखै अगाडि देखिन् । भूकम्प ठूलो गएको भए पनि मनमा त्यत्ति डर थिएन, जति असार २४ बिहानको बाढीले लिएर आयो ।
टिमुरेमा १ सयभन्दा बढी घरधुरीको बसोबास छ । ‘एक्कासि डाँडाका घर हल्लिएर भूकम्प आएजस्तै भयो , सबै डराए, रुवाबासी चल्यो,’ लाक्पा भन्छिन्, ‘डाँडै हल्लिएकाले धेरैजना भूकम्प नै आएको भन्दै कुद्न थाले ।’
यार्डमा सामान बोक्न गोसाइँकुण्ड गाउँपालिकाको टिमुरे, दाहाल फेदी, थुमनका स्थानीयले मात्र पाउँछन् । बाहिरकाले आएर भरियाको काम गर्न पाउँदैनन् । तीन गाउँका ६ सय १० जना यस्ता कामदार रहेको रसुवा भन्सार कार्यालयका नासु चण्डिराज गेलालले बताए । ‘सबैले पालो मिलाएर काम गर्छन्, भन्सार मजदुर संघ छ,’ उनले भने, ‘संघले कामदारलाई कामको चापका आधारमा काम लगाउँछ । लोड र अनलोड गरेअनुसार प्रति गाडी ग्रुपले ८ देखि १० हजार लिने गरेको छ । यो सामान्य अवस्थामा लिने रकम हो । असामान्य अवस्थामा ६० हजारदेखि ८० हजारसम्म लिएर सामान पल्टी गर्छन् ।’
बाढीको विध्वंशपछि अहिले यहाँको अवस्था असामान्य छ । मजदुरहरु बाढीमा फसेका गाडीबाट सामान निकालेर पल्टी गरिरहेका उनले बताए । नाका बन्द हुँदा स्थानीयको रोजीरोटी बन्द हुन सक्ने उनको भनाइ छ ।
पहिरोले गर्दा सडक बगेपछि सदरमुकाम आउजाउ नै ठप्प भएको स्थानीय मीरा थापामगरले बताइन् । बाढी आएदेखि यहाँ बत्ती आएको थिएन । टेलिफोन पनि अवरुद्ध थियो । बिहीबार साँझदेखि भने सञ्चालनमा आएका छन् । चीन-नेपाल जोड्ने अन्तर्राष्ट्रिय नाका भएकाले छिटोभन्दा छिटो पुल र सडक बनाएर नाका सञ्चालनमा ल्याउनुपर्ने थापामगरले बताइन् ।
स्थानीय धावा घले २०१९ सालमा यहाँ यस्तै बाढी आएको सुनेको बताउँछन् । ‘त्यो बेला मानवीय क्षति धेरै भयो थियो रे,’ उनले भने ।
पानी नपरीकन पनि यति ठूलो बाढी आउनु अचम्मलाग्दो भएको गोसाइँकुण्ड गाउँपालिका-२ का वडाध्यक्ष कामी छिरिङ तामाङले बताए । ‘बाढीले भौतिक संरचनामा ठूलो क्षति भएको छ,’ उनले भने, ‘यसमा सरकारले पहल गरेर नाका खुलाउने र सडक सञ्चालन गर्नतिर लाग्नुपर्छ ।’ स्थानीय तहबाट पनि सडक सञ्चालन गराउन संघ सरकालाई पहल गरिरहेको उनले सुनाए ।
स्याफ्रुबेँसीदेखि टिमुरेसम्म जोड्ने सडकमा दर्जनभन्दा बढी स्थानमा पहिरो गएको छ । सडक चर्किएर चिराचिरा परेको छ । लिङलिङको पूरै सडक पहिरोले लगेको छ । जहाँ नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले डोरी टाँगेर पैदलयात्रुलाई पहिरो पार गराउँदै आएका छन् ।

स्याप्रुबेसि देखि रसुवागढि खण्डमा भत्किएका सडक । तस्बिर: अंगद ढकाल


रसुवा स्थित भोटेकोशी नदीमा आएको बाढिले ध्वस्त बनाएको सुख्खा बन्दरगाहा । र फसेको सवारी साधानहरुबाट समान निकाल्दै कामदारहरु । तस्बिर: अंगद ढकाल

बाढीले लिङ्लिङ भीरमा पुरै सडक बगाएपछि डोरी लगाएर सर्वसाधरणलाई सडक पार गराउदै नेपाल आर्मिको टोलि । तस्बिर: अंगद ढकाल

रसुवा स्थित भोटेकोशी नदीमा आएको बाढिले ध्वस्त बनाएको सुख्खा बन्दरगाहा । र फसेको सवारी साधानहरुबाट समान निकाल्दै कामदारहरु । तस्बिर: अंगद ढकाल
टिमुरे पुग्ने बेलामा पनि सडक पहिरोले लगेको छ । त्यहाँ भीर छिचोलेर जानुपर्ने बाध्यता छ । सडकको विभिन्न स्थानमा फलामका विद्युतीय पोल यत्रतत्र रुपमा ढलेका छन् ।
बाढी आएकै दिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली हेलिकोप्टरमा टिमुरे पुगेका थिए । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल नेतृत्वको टोली मंगलबार घटनास्थल पुगेको थियो । टोली भोलिपल्ट बुधबार पैदल फर्कन नसकेपछि हेलकोप्टर चढेर स्याफ्रुबेँसी आएका थिए । स्याफ्रुबेँसीदेखि टिमुरेसम्म सवारीसाधन ठप्प छ । यही सडक भएर चीन नाकाबाट आउने मालवाहक सवारीसाधन राजधानी भित्रने गर्थे ।
रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले ध्वस्त बनाएको सडक । तस्बिर : अंगद ढकाल/कान्तिपुर
इन्जिनियरहरु पठाएर क्षति मूल्यांकन गर्ने काम भइरहेको सडक विभागका महानिर्देशक विजय जैशीले बताए । ‘विभिन्न खण्डमा गरेर १२ सय मिटर सडकमा क्षति भएको छ,’ उनले भने, ‘सुरुमा तत्काल समस्या भएको खण्डमा ट्र्याक खोलेर यातायात सञ्चालन गर्छौं, दसैं अगाडिसम्म सडक सहज हुनेछ ।’ स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको १६ किलोमिटर सडक चीन सरकारको अनुदानमा बनिरहेको उनले बताए । ‘यसको ठेक्का सन् २०१९ मा भएको हो, तर बीचमा कोभिडले गर्दा ढिलाइ भयो,’ उनले भने, ‘सडक बनाउने कुरा चीन सरकारको हातमा छ, हामी छिटो सडक बनाउन पहल गरिरहेका छौं ।’
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login