Connect with us
Advertisement

बाढीले अस्तव्यस्त टिमुरे, दर्जन स्थानमा पहिरो

Published

on

डाँडाको बस्ती हो, टिमुरे । यही डाँडामुनि पर्छ, भोटेकोशी । कोशी किनारमा लस्करै सवारीसाधन पार्किङ गरेर राखिएका थिए । डाँडाबाट पार्किङको दृश्य हेर्दै स्थानीय रमाइलो मान्थे । तर, मंगलबार बिहान आएको बाढीले यो दृश्य क्षणभरमै खण्डहर बनाइदियो । हेर्दाहेर्दै मालवाहक गाडी धमिलो भोटेकोशीमा मिसिन थाले ।

गाडी लिन गएका केही चालक पनि सँगै भेलमा परे । भन्सार कार्यालयको पारिपट्टि रहेको १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको आवास क्षेत्र छिनभरमै डुब्यो । ८ वटा हाइलक्स गाडी बाढीले पुरेको छ ।

यो दृश्य गोसाइँकुण्ड गाउँपालिका-२ टिमुरेकी ६० वर्षीया लाक्पा छो घलेसहित गाउँलेहरु हेरिरहेका थिए ।गत असार २४ गते बिहान सवा ३ बजे डाँडै थर्काउने गरी आएको बाढीले गाउँलेलाई झस्काएको थियो ।

२०७२ सालको भूकम्पअघिसम्म रसुवागढीमा होटल चलाउँथिन् लाक्पा । त्यो वैशाख १२ गतेको भूकम्पमा धेरैको ज्यान गएको आँखै अगाडि देखिन् । भूकम्प ठूलो गएको भए पनि मनमा त्यत्ति डर थिएन, जति असार २४ बिहानको बाढीले लिएर आयो ।

टिमुरेमा १ सयभन्दा बढी घरधुरीको बसोबास छ । ‘एक्कासि डाँडाका घर हल्लिएर भूकम्प आएजस्तै भयो , सबै डराए, रुवाबासी चल्यो,’ लाक्पा भन्छिन्, ‘डाँडै हल्लिएकाले धेरैजना भूकम्प नै आएको भन्दै कुद्न थाले ।’

भन्सार यार्ड उनको रोजगारीको थलो थियो । उनी यही डाँडाबाट तलतिर नियाल्दै अब बेरोजगार भएकामा पीर मान्दै थिइन् । यार्डमा भन्सार जाँचका लागि सामान निकाल्नुपर्ने भएकाले त्यहाँ उनी सामान बोक्ने भरियाको काम गर्थिन् । ‘ग्रुपमा १० जना थियौं, एकदिनको ८ हजार पाउँथ्यौं,’ उनले भनिन् ।

यार्डमा सामान बोक्न गोसाइँकुण्ड गाउँपालिकाको टिमुरे, दाहाल फेदी, थुमनका स्थानीयले मात्र पाउँछन् । बाहिरकाले आएर भरियाको काम गर्न पाउँदैनन् । तीन गाउँका ६ सय १० जना यस्ता कामदार रहेको रसुवा भन्सार कार्यालयका नासु चण्डिराज गेलालले बताए । ‘सबैले पालो मिलाएर काम गर्छन्, भन्सार मजदुर संघ छ,’ उनले भने, ‘संघले कामदारलाई कामको चापका आधारमा काम लगाउँछ । लोड र अनलोड गरेअनुसार प्रति गाडी ग्रुपले ८ देखि १० हजार लिने गरेको छ । यो सामान्य अवस्थामा लिने रकम हो । असामान्य अवस्थामा ६० हजारदेखि ८० हजारसम्म लिएर सामान पल्टी गर्छन् ।’

बाढीको विध्वंशपछि अहिले यहाँको अवस्था असामान्य छ । मजदुरहरु बाढीमा फसेका गाडीबाट सामान निकालेर पल्टी गरिरहेका उनले बताए । नाका बन्द हुँदा स्थानीयको रोजीरोटी बन्द हुन सक्ने उनको भनाइ छ ।

पहिरोले गर्दा सडक बगेपछि सदरमुकाम आउजाउ नै ठप्प भएको स्थानीय मीरा थापामगरले बताइन् । बाढी आएदेखि यहाँ बत्ती आएको थिएन । टेलिफोन पनि अवरुद्ध थियो । बिहीबार साँझदेखि भने सञ्चालनमा आएका छन् । चीन-नेपाल जोड्ने अन्तर्राष्ट्रिय नाका भएकाले छिटोभन्दा छिटो पुल र सडक बनाएर नाका सञ्चालनमा ल्याउनुपर्ने थापामगरले बताइन् ।

स्थानीय धावा घले २०१९ सालमा यहाँ यस्तै बाढी आएको सुनेको बताउँछन् । ‘त्यो बेला मानवीय क्षति धेरै भयो थियो रे,’ उनले भने ।

पानी नपरीकन पनि यति ठूलो बाढी आउनु अचम्मलाग्दो भएको गोसाइँकुण्ड गाउँपालिका-२ का वडाध्यक्ष कामी छिरिङ तामाङले बताए । ‘बाढीले भौतिक संरचनामा ठूलो क्षति भएको छ,’ उनले भने, ‘यसमा सरकारले पहल गरेर नाका खुलाउने र सडक सञ्चालन गर्नतिर लाग्नुपर्छ ।’ स्थानीय तहबाट पनि सडक सञ्चालन गराउन संघ सरकालाई पहल गरिरहेको उनले सुनाए ।

स्याफ्रुबेँसीदेखि टिमुरेसम्म जोड्ने सडकमा दर्जनभन्दा बढी स्थानमा पहिरो गएको छ । सडक चर्किएर चिराचिरा परेको छ । लिङलिङको पूरै सडक पहिरोले लगेको छ । जहाँ नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले डोरी टाँगेर पैदलयात्रुलाई पहिरो पार गराउँदै आएका छन् ।

स्याप्रुबेसि देखि रसुवागढि खण्डमा भत्किएका सडक । तस्बिर: अंगद ढकाल

रसुवा स्थित भोटेकोशी नदीमा आएको बाढिले ध्वस्त बनाएको सुख्खा बन्दरगाहा । र फसेको सवारी साधानहरुबाट समान निकाल्दै कामदारहरु । तस्बिर: अंगद ढकाल

बाढीले लिङ्लिङ भीरमा पुरै सडक बगाएपछि डोरी लगाएर सर्वसाधरणलाई सडक पार गराउदै नेपाल आर्मिको टोलि । तस्बिर: अंगद ढकाल

रसुवा स्थित भोटेकोशी नदीमा आएको बाढिले ध्वस्त बनाएको सुख्खा बन्दरगाहा । र फसेको सवारी साधानहरुबाट समान निकाल्दै कामदारहरु । तस्बिर: अंगद ढकाल

टिमुरे पुग्ने बेलामा पनि सडक पहिरोले लगेको छ । त्यहाँ भीर छिचोलेर जानुपर्ने बाध्यता छ । सडकको विभिन्न स्थानमा फलामका विद्युतीय पोल यत्रतत्र रुपमा ढलेका छन् ।

बाढी आएकै दिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली हेलिकोप्टरमा टिमुरे पुगेका थिए । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल नेतृत्वको टोली मंगलबार घटनास्थल पुगेको थियो । टोली भोलिपल्ट बुधबार पैदल फर्कन नसकेपछि हेलकोप्टर चढेर स्याफ्रुबेँसी आएका थिए । स्याफ्रुबेँसीदेखि टिमुरेसम्म सवारीसाधन ठप्प छ । यही सडक भएर चीन नाकाबाट आउने मालवाहक सवारीसाधन राजधानी भित्रने गर्थे ।

रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीले ध्वस्त बनाएको सडक । तस्बिर : अंगद ढकाल/कान्तिपुर

इन्जिनियरहरु पठाएर क्षति मूल्यांकन गर्ने काम भइरहेको सडक विभागका महानिर्देशक विजय जैशीले बताए । ‘विभिन्न खण्डमा गरेर १२ सय मिटर सडकमा क्षति भएको छ,’ उनले भने, ‘सुरुमा तत्काल समस्या भएको खण्डमा ट्र्याक खोलेर यातायात सञ्चालन गर्छौं, दसैं अगाडिसम्म सडक सहज हुनेछ ।’ स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको १६ किलोमिटर सडक चीन सरकारको अनुदानमा बनिरहेको उनले बताए । ‘यसको ठेक्का सन् २०१९ मा भएको हो, तर बीचमा कोभिडले गर्दा ढिलाइ भयो,’ उनले भने, ‘सडक बनाउने कुरा चीन सरकारको हातमा छ, हामी छिटो सडक बनाउन पहल गरिरहेका छौं ।’

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै

Published

on

ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।

नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।

प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।

Continue Reading

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading

Banner

कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान

Published

on

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।

समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।

जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक