Banner
क्याम्पस प्रमुखमाथि हातपात गर्ने नेविसंघ नेतालाई कारबाहीको माग गर्दै नेपाल इन्जिनियरिङ क्याम्पस ठप्प
सत्तारुढ नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताले क्याम्पस प्रमुखसहितलाई हातपात गरेपछि सुरक्षाको कारण देखाउँदै क्याम्पस प्रशासनले नै नेपाल इन्जिनियरिङ क्याम्पस ठप्प पारेको छ। भक्तपुर चाँगुनारायणस्थित उक्त क्याम्पसमा ६ दिनदेखि पठनपाठन ठप्प छ। तर क्याम्पसमा देखिएको समस्या समाधानका लागि सम्बन्धित निकायले चासो दिएका छैनन्।
क्याम्पस प्रशासनले सुरक्षा व्यवस्था नभएसम्म क्याम्पस सञ्चालनमा नआउने अडान लिएका छन् भने हातपात गर्ने विद्यार्थी नेताहरूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग छ। यसबारे भक्तपुर प्रहरी परिसरमा उजुरी परिसकेको छ। तर आइतबारसम्म प्रहरीले कुनै कारबाही अघि बढाएको छैन।
क्याम्पस प्रशासनका अनुसार असार २४ गते नेविसंघका केन्द्रीय सदस्य साजन देउजा र क्याम्पस इकाई अध्यक्ष पृथ्वीजंग थापाले क्याम्पस प्रमुख दुर्गाप्रसाद भण्डारी, सहायक प्रमुख मोहनध्वज केसी र प्रशासन प्रमुख श्रीमा शर्मालाई हातपात र दुर्व्यवहार गरेका थिए।
क्याम्पसमा खेलकुद क्रियाकलाप सञ्चालन गर्ने विषयमा असन्तुष्ट थापाले क्याम्पसका गैर विद्यार्थी देउजालाई बोलाएर कुटपिट गराएको क्याम्पस प्रमुख भण्डारीले बताए। उनले उक्त दिनको घटनाबारे भक्तपुरमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई समेत जानकारी गराएको बताए।
सत्तारुढ कांग्रेस निकट विद्यार्थी कुटपिटमा संलग्न भएकाले प्रहरी, प्रशासनले दोषीलाई कानुनी दायरामा ल्याउन आलटाल गरेको शिक्षक, कर्मचारीले गुनासो गरे । ‘दोषीलाई कारबाही र शान्ति सुरक्षाको प्रबन्ध नभएसम्म पठनपाठन सञ्चालन गर्न नसकिने भनेर शिक्षक, कर्मचारीले लिखित रूपमै माग गर्नु भएको छ,’ क्याम्पस प्रमुख भण्डारीले भने, ‘प्रहरीकै सामुन्ने क्याम्पसभित्र छिरेर कुटपिट र दुर्व्यवहार हुँदा पनि दोषीलाई कारबाही भएको छैन ।’
असार २२ गते नेविसंघले सोही विषयमा लगाएको ताला अन्य विद्यार्थी संगठनले फुटाई दिएपछि छलफल गर्न बस्दा कुटपिट भएको क्याम्पस प्रमुख भण्डारीले बताए । ‘छलफल हुँदै थियो । एक्कासी मलाई पनि हानेँ। क्याम्पस प्रमुख र प्रशासन प्रमुखलाई पनि हातपात गरे। सामान्य चोट लागेको छ,’ उनले भने, ‘प्रहरीले नै उनीहरूलाई क्याम्पसबाट बाहिर निकालेको थियो ।’
शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको जिऊ ज्यानको सुरक्षा समेत उपलब्ध गराइदिनु हुनु पत्रमा आग्रह गरिएको छ । असार २४ देखि २८ गतेसम्म खेलकुद सप्ताह सञ्चालनको तयारी क्याम्पसले गरेको थियो । घटना पछि खेलकुदको कार्यक्रम पनि सञ्चालन हुन सकेन भने सोही दिनदेखि पठनपाठन समेत बन्द भएको हो ।
भक्तपुरका प्रजिअ पाण्डेले सुरक्षाको व्यवस्था मिलाउन प्रहरीलाई निर्देशन दिइसकेको बताए । ‘क्याम्पसको निवेदन आएको थियो । प्रहरीलाई पटाइसकेका छौँ,’ उनले भने, ‘असुरक्षाको कारणले क्याम्पस बन्द गराएर बस्न मिल्दैन । सुरक्षा मिलाउने काम प्रशासनले गर्छ।’ कुटपिट भएको र क्याम्पस बन्द रहेको विषय भने थाहा नभएको उनले बताए ।
‘कुटपिट भएको विषयमा पीडितले किटानी जाहेरी दिन सक्नुहुन्छ । प्रहरीले कारबाही प्रक्रिया अघि बढाउँछ,’ उनले भने । नेविसंघ इकाई अध्यक्ष थापाले सामान्य विवाद मात्रै भएको र कुटपिट नगरिएको दाबी गरे । ‘खेलकुद गर्ने विषयमा माग पत्र बुझाएका थियौँ । क्याम्पस प्रशासनले अन्य विद्यार्थी लगाएर माग पूरा नहुँदै नेविसंघले लगाएको ताला फुटायो । त्यही विषयमा चर्काचर्की भएको हो,’ उनले भने ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login