Banner
क्याम्पस प्रमुखमाथि हातपात गर्ने नेविसंघ नेतालाई कारबाहीको माग गर्दै नेपाल इन्जिनियरिङ क्याम्पस ठप्प
सत्तारुढ नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताले क्याम्पस प्रमुखसहितलाई हातपात गरेपछि सुरक्षाको कारण देखाउँदै क्याम्पस प्रशासनले नै नेपाल इन्जिनियरिङ क्याम्पस ठप्प पारेको छ। भक्तपुर चाँगुनारायणस्थित उक्त क्याम्पसमा ६ दिनदेखि पठनपाठन ठप्प छ। तर क्याम्पसमा देखिएको समस्या समाधानका लागि सम्बन्धित निकायले चासो दिएका छैनन्।
क्याम्पस प्रशासनले सुरक्षा व्यवस्था नभएसम्म क्याम्पस सञ्चालनमा नआउने अडान लिएका छन् भने हातपात गर्ने विद्यार्थी नेताहरूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने माग छ। यसबारे भक्तपुर प्रहरी परिसरमा उजुरी परिसकेको छ। तर आइतबारसम्म प्रहरीले कुनै कारबाही अघि बढाएको छैन।
क्याम्पस प्रशासनका अनुसार असार २४ गते नेविसंघका केन्द्रीय सदस्य साजन देउजा र क्याम्पस इकाई अध्यक्ष पृथ्वीजंग थापाले क्याम्पस प्रमुख दुर्गाप्रसाद भण्डारी, सहायक प्रमुख मोहनध्वज केसी र प्रशासन प्रमुख श्रीमा शर्मालाई हातपात र दुर्व्यवहार गरेका थिए।
क्याम्पसमा खेलकुद क्रियाकलाप सञ्चालन गर्ने विषयमा असन्तुष्ट थापाले क्याम्पसका गैर विद्यार्थी देउजालाई बोलाएर कुटपिट गराएको क्याम्पस प्रमुख भण्डारीले बताए। उनले उक्त दिनको घटनाबारे भक्तपुरमा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई समेत जानकारी गराएको बताए।
सत्तारुढ कांग्रेस निकट विद्यार्थी कुटपिटमा संलग्न भएकाले प्रहरी, प्रशासनले दोषीलाई कानुनी दायरामा ल्याउन आलटाल गरेको शिक्षक, कर्मचारीले गुनासो गरे । ‘दोषीलाई कारबाही र शान्ति सुरक्षाको प्रबन्ध नभएसम्म पठनपाठन सञ्चालन गर्न नसकिने भनेर शिक्षक, कर्मचारीले लिखित रूपमै माग गर्नु भएको छ,’ क्याम्पस प्रमुख भण्डारीले भने, ‘प्रहरीकै सामुन्ने क्याम्पसभित्र छिरेर कुटपिट र दुर्व्यवहार हुँदा पनि दोषीलाई कारबाही भएको छैन ।’
असार २२ गते नेविसंघले सोही विषयमा लगाएको ताला अन्य विद्यार्थी संगठनले फुटाई दिएपछि छलफल गर्न बस्दा कुटपिट भएको क्याम्पस प्रमुख भण्डारीले बताए । ‘छलफल हुँदै थियो । एक्कासी मलाई पनि हानेँ। क्याम्पस प्रमुख र प्रशासन प्रमुखलाई पनि हातपात गरे। सामान्य चोट लागेको छ,’ उनले भने, ‘प्रहरीले नै उनीहरूलाई क्याम्पसबाट बाहिर निकालेको थियो ।’
शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको जिऊ ज्यानको सुरक्षा समेत उपलब्ध गराइदिनु हुनु पत्रमा आग्रह गरिएको छ । असार २४ देखि २८ गतेसम्म खेलकुद सप्ताह सञ्चालनको तयारी क्याम्पसले गरेको थियो । घटना पछि खेलकुदको कार्यक्रम पनि सञ्चालन हुन सकेन भने सोही दिनदेखि पठनपाठन समेत बन्द भएको हो ।
भक्तपुरका प्रजिअ पाण्डेले सुरक्षाको व्यवस्था मिलाउन प्रहरीलाई निर्देशन दिइसकेको बताए । ‘क्याम्पसको निवेदन आएको थियो । प्रहरीलाई पटाइसकेका छौँ,’ उनले भने, ‘असुरक्षाको कारणले क्याम्पस बन्द गराएर बस्न मिल्दैन । सुरक्षा मिलाउने काम प्रशासनले गर्छ।’ कुटपिट भएको र क्याम्पस बन्द रहेको विषय भने थाहा नभएको उनले बताए ।
‘कुटपिट भएको विषयमा पीडितले किटानी जाहेरी दिन सक्नुहुन्छ । प्रहरीले कारबाही प्रक्रिया अघि बढाउँछ,’ उनले भने । नेविसंघ इकाई अध्यक्ष थापाले सामान्य विवाद मात्रै भएको र कुटपिट नगरिएको दाबी गरे । ‘खेलकुद गर्ने विषयमा माग पत्र बुझाएका थियौँ । क्याम्पस प्रशासनले अन्य विद्यार्थी लगाएर माग पूरा नहुँदै नेविसंघले लगाएको ताला फुटायो । त्यही विषयमा चर्काचर्की भएको हो,’ उनले भने ।
Facebook Comment
Banner
सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै
ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।
प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।
नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।
नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।
कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।
प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।
आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।
Banner
आज संविधान दिवस मनाइँदै
आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।
दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्
प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।
Banner
कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।
समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।
जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।
समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login