Banner
पर्खाल नै नलगाएको अलपत्र भवनमा प्लाईउडले बारेर पठनपाठन, चिसोका कारण विद्यार्थी प्रभावित
जिल्लाको दार्मा गाउँपालिका २ लिरापाजा स्थित जनज्योति आधारभूत विद्यालयले यही शैक्षिक सत्रदेखि निर्माणका क्रममा ढलान मात्र गरी त्यत्तिकै छाडेको भवनमा दुई तिरबाट प्लाईउडले बारेर बनाएको अव्यवस्थित कोठामा पठनपाठन सुरु गरेको छ ।
विद्यालयको भवन हुँदाहुदै पनि वडाका सबै बस्तीका स्थानीयलाई पायक पर्ने भन्दै प्रदेश सरकारको ७० लाख बजेटमा निर्माण गर्न थालिएको र बजेट थप नगर्दा अलपत्र परेको भवन प्लाईउडले बारेको कोठामा विद्यालयले पठनपाठन सुरु गरेको हो ।
वर्षा भएमा पानी भित्रै पस्ने, हावाहुरी चल्दा बस्नै नमिल्ने र धुलाम्मे भुइँमा म्याट बिछ्याएर बस्नुपर्दा बालविकास, कक्षा १, २ र ३ का ५२ जना विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । अव्यवस्थित कोठाको भुइँको चिसोका कारण विद्यार्थी बिरामी पर्न थालेका छन् । चारैतिर खुला भएकाले विद्यार्थीको ज्यान समेत जोखिममा परेको विद्यालयले जनाएको छ ।
बसाइँ व्यवस्थापन गतिलो नहुँदा विद्यार्थी विद्यालय जानै छाडेका छन् । २०४६ सालमा स्थापना भएको विद्यालयको लिरापाजामा भवन भए पनि सबैलाई पायक पर्ने भन्दै सबैको सल्लाह अनुसार ढलान मात्र गरेको अलपत्र परेको भवनमा विद्यालय सारिएको र पिलरबाहेक वरिपरी पर्खाल नभएकाले प्लाईउडले बारेर कक्षा सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक कर्णबहादुर केसीले बताए ।
५२ जनालाई एउटै कक्षामा राख्नुपर्दा चिसो, वर्षातको पानी र हावाहुरीले विद्यार्थी समस्यामा परेका उनले जानकारी गराए । ‘विद्यार्थी बढाउन सबै पायक पर्ने स्थानमा विद्यालय सार्न भन्दै गरेको माग अनुसार प्रदेश सरकारको ७० लाखमा पहिलाको विद्यालय भन्दा १५ मिनेटको दूरीमा पर्ने साङ्गटामा भवन निर्माण गर्न थालिएको थियो । गतवर्ष बजेट नपर्दा भवन निर्माणको काम बीचैमा रोकियो । अहिलेसम्म निर्माणको काम अगाडि बढेको छैन,’ उनले भने, ‘चिसो भुइँमा म्याट बिछ्याएर साना र अलि ठूला विद्यार्थीलाई बेन्चमा बसाउने गरे पनि समस्या देखिरहेका छन् ।’

कार्यालयसमेत झोलामा कागजात राखेर चलाइरहेको उनको गुनासो छ । बसाइँ व्यवस्थापन गतिलो नभएका कारण दैनिक १५ जनासम्म विद्यार्थी विद्यालय अनुपस्थित हुने उनको भनाइ छ । हिजोआज वर्षातको समय भएको र दैनिकजसो पर्ने पानी भित्रै पस्दा बालबालिकालाई पढाउन निकै कठिनाई भएको विद्यालयकी शिक्षिका चन्द्रकला खत्रीले बताइन् ।
पुरानै स्थानमा विद्यार्थी बस्न लायकको भवन हुँदा हुँदै सबैलाई पायक पर्ने बहानामा विद्यालय सार्दा पठनपाठन भन्दा विद्यार्थी समस्यामा परेका दार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय प्रमुख रेशम वलीले बताए । विद्यालय सार्ने बारेमा कुनै निर्णय नभएको उनले जानकारी गराए ।

‘वर्षातको समयमा विद्यार्थी समस्यामा परेपछि अलपत्र परेको भवनले पूर्णता नपाउँदासम्म विद्यालय पुरानै स्थानमा सारेर पठनपाठन सुचारु गर्न विद्यालयलाई निर्देशन दिएका छौं,’ उनले भने । प्रदेश सरकारले भवन निर्माण गर्दागर्दै गतवर्ष बजेट नहालेपछि अलपत्र परेको भवन निर्माण गर्न यसपाली गाउँपालिकाले बजेट विनियोजन गरेको र छिट्टै काम सुरु गर्ने उनको भनाइ छ ।
दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले प्रदेश सरकारले बेवास्ता गरे पनि यो वर्ष पालिकाले पालिकाले अलपत्र परेको भवनलाई पूर्णता दिन ३० लाख बजेट विनियोजन गरेको बताए । अबको केही दिनमा विद्यालय बर्षे बिदा हुने भएकाले बिदाको समय पारेर निर्माणको कामलाई अगाडि बढाउने उनको भनाइ छ ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login