Connect with us
Advertisement

सेयर बजारले खोजेको, मौद्रिक नीतिले छुटाएको एउटा प्रावधान

Published

on

राष्ट्र बैंकले बजारसँग सम्बन्धित धेरै नीतिलाई क्रमशः खुकुलो पार्दै लगेको छ । नीतिहरु खुकुलो हुँदै गएपछि सेयर कारोबारीको मनोबल बढ्दै गएको छ, बजारले पनि सकारात्मक प्रतिक्रिया जनाइरहेको छ ।

आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिलाई पनि लगानीकर्ताले खुलेर प्रशंसा गरे । तर तत्कालै सम्बोधन गर्नुपर्ने बजारसँग सम्बन्धित एउटा विषयलाई भने राष्ट्र बैंकले बेवास्ता गर्दै आएको छ । लगानीकर्ता, सेयर कारोबारी, बैंकर सबैले उठाउँदै आएको तर राष्ट्र बैंकले बेवास्ता गर्दै आएको विषय हो : बैंकहरूको सेयर कारोबार।

वाणिज्य बैंकहरुलाई सेयर कारोबारमा अझै पनि राष्ट्र बैंकले कसिलो नीतिलाई कायमै राखेको छ । यो पटक मौद्रिक नीतिमार्फत त्यसलाई सम्बोधन गर्ने अपेक्षा लगानीकर्ता र बैंकरले पनि गरेका थिए । तर मौद्रिक नीतिमा सम्बोधन गरिएन । हाल बैंक तथा वित्तीय संस्थाहरुले खरिद गरेको सेयर एक वर्षसम्म बेच्न पाउँदैनन् ।

‘बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रवन्धबाट संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन्’ विद्यमान निर्देशनमा भनिएको छ ‘संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ ।’

एक वर्षभन्दा बढी अवधिका लागि मात्रै लगानी गर्न पाउने भएपछि बैंकले सेयर कारोबार गर्न पाएका छैनन् । यतिबेला बैंकमा पर्याप्त लगानीयोग्य रकम छ । लगानीयोग्य रकम व्यवस्थापन गर्न बैंक र नियामक राष्ट्र बैंकलाई ठूलो चुनौती बनिरहेको छ । बैंकहरुको ६ खर्ब १२ अर्ब रुपैयाँ अधिक तरलता अहिले राष्ट्र बैंकमा थन्किएको छ ।

एकातिर अधिक तरलता थन्किनु अर्कोतिर नीतिगत व्यवस्था कसिलो हुँदा बैंकले खुलेर व्यवस्थापन गर्न सकेका छैनन् ।

‘एक वर्ष होल्ड गर्नुपर्ने अवधि हटाउन सुझाव दिँदै आएका हौं, लगानीयोग्य रकम पर्याप्त रहेकाले यो हटाउँदा बिजनेस पनि बढ्न जान्थ्यो’ नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले भने ।

एक वर्षे अवधि राखिनुले पनि बैंकलाई बजारमा लगानी गर्न उत्साही नबनाएको उनले बताए । लगानीयोग्य रकम पर्याप्त भएका बेला अहिले कारोबार गर्न दिनु उपयुक्त हुने उनको भनाइ छ । ‘हामीले गरेको नाफा पनि अन्ततः हाम्रा सेयरधनीले नै पाउने हो, त्यसकारण बैंकलाई कारोबार रोक्नुपर्ने होइन ।’

यसै पनि नेपालको बजारमा संस्थागत लगानीकर्ता लगानी क्षमताका आधारमा कमजोर छन् । यदि बैंकलाई कारोबार गर्न दिने हो भने यसले बजार समेत थप व्यवस्थित हुने सम्बद्ध जानकार बताउँछन् ।

‘संस्थागत लगानीकर्ता बलियो हुँदा बजार धेरै घट्न पनि नपाउने र बढ्न पनि नपाउने हुन्छ’ लगानीकर्ता सुवासचन्द्र ढुंगानाले भने । संस्थागत लगानीकर्ताले घटेका बेला माग बढाउने र बढेका बेला आपूर्ति दिने हुँदा बजारलाई यसले सन्तुलनमा राख्न सघाउँछ, ठूलो उतारचढाव हुन पाउँदैन ।

वाणिज्य बैंकले राष्ट्र बैंकबाट इजाजतप्राप्त संस्थाहरु विकास बैंक, फाइनान्स तथा लघुवित्तको सेयरमा लगानी गर्न पाउँदैनन् । उनीहरूले बीमा, उत्पादन, होटल तथा पर्यटन, जलविद्युत् जस्ता क्षेत्रमा मात्रै लगानी गर्न पाउँछन् ।

यदि बैंकलाई कारोबार गर्न दिएको खण्डमा अन्य क्षेत्रका राम्रा कम्पनीले मूल्य पाउने अवस्था आउने उनले बताए । ‘बैंकहरुले राम्रा कम्पनीमै कारोबार गर्दथे, जसले गर्दा पत्रु कम्पनी उचालिने र राम्रा कम्पनीको मूल्य नबढ्ने स्थिति हुँदैनथ्यो’ उनले भने ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाट मौद्रिक नीतिमा उल्लेख नभए पनि निर्देशनमार्फत राष्ट्र बैंकले बैंकहरूलाई कारोबारमा सहजीकरण गर्न सक्ने  बताउँछन् । ‘बैंकलाई कारोबार गर्न दिइँदा अधिक तरलता व्यवस्थापनमा पनि केही सहज हुन्छ’ उनले भने ‘अर्कोतर्फ बजारलाई पनि स्थिरता प्रदान हुन्छ ।’

विश्वमा स्टक मार्केटले नै लगानीयोग्य रकम व्यवस्थापन गर्ने हो । लगानीयोग्य रकम बढी हुँदा स्टक मार्केतिर मोडिने र लगानीयोग्य रकम कम भएका बेला मार्केटबाटै झिकिने हुन्छ । यसले अधिक वा न्यून तरलतालाई व्यवस्थापनमा मद्दत पुग्छ ।

नीतिगत व्यवस्था पनि सोअनुसार ढाल्नुपर्ने जानकार बताउँछन् । बैंकहरुलाई लगानी अवधिमा मात्रै नभएर भएको सेयर बेच्नका लागि पनि कडाइ छ ।

‘खरिद गरेको एक वर्ष व्यतित भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्नेछन्’ निर्देशनमा उल्लेख छ । यदि सोभन्दा बढी सेयर भएको खण्डमा बेच्नका लागि अर्को आर्थिक वर्ष कुर्नुपर्ने हुन्छ ।

‘भनेजति सेयर चाहेको समयमा बेच्न नपाएपछि स्वतः बैंकहरु लगानीका लागि आकर्षित हुँदैनन्’ स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाटले भने ‘बिक्री गर्न पाउने २० प्रतिशतको सीमा पनि खोलिदिए हुन्छ ।’

बैंकहरुलाई सेयर खरिदमा पनि सीमा तोकिएको छ । कुनै एउटा कम्पनीको सेयर प्राथमिक पूँजीको १० प्रतिशतभन्दा बढी खरिद गर्न पाउँदैनन् भने सबै संगठित संस्थाको सेयर, डिबेन्चर वा लगानी कोषमा बढीमा प्राथमिक पूँजीको ३० प्रतिशत मात्रै लगानी गर्न पाउँछन् ।

बैंकहरुले संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा लगानी गर्दा लगानी हुने संस्थाको पनि चुक्ता पुँजीको १० प्रतिशतसम्म मात्र लगानी गर्न सक्छन् ।

प्राथमिक पूँजीको सीमा कायम राखे पनि बेच्ने अवधि नतोकी कारोबार गर्न दिने व्यवस्था गर्नुपर्ने रानाभाट बताउँछन् ।

लगानी गर्दाको अवस्थामा तोकिएको सीमाभन्दा बढी लगानी गरेको भएमा यसरी बढी लगानी भएको रकम बराबर पुँजीकोष गणना गर्दा प्राथमिक पुँजीबाट घटाई पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था छ ।

प्राथमिक पूँजीको बढीमा ३० प्रतिशत रकम सेयर बजारमा लगानी गर्न पाउने, त्यहीं सेयर १ वर्ष पूरा नभइ बेच्न नपाउने र बेच्दा पनि एक वर्षमा प्राथमिक पूँजीको २० प्रतिशतभन्दा बढी बेच्न नपाउने भएकाले यी व्यवस्थालाई सहज गराइनुपर्ने माग लगानीकर्ता, बैंकरले राख्दै आएका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैंचामा २४ विद्यालयबीच डिजिटल क्विज प्रतियोगिता हुँदै

Published

on

ज्ञाननाथ ढकाल,सुन्दरहरैंचा मोरङ
सुन्दरहरैंचाका २४ निजी तथा आवासीय विद्यालयका विद्यार्थीबीच ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिको आयोजनामा आगामी असोज ४ गते विराटचोकस्थित इन्द्रपुर जेसीज हलमा प्रतियोगिता सञ्चालन हुने भएको हो।

प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो।

नगर समितिका अध्यक्ष दिपक क्षेत्रीले विद्यार्थीको ज्ञान, तर्कशक्ति, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए। शिक्षा क्षेत्रमा प्रविधिको प्रयोग बढ्दै गएको अवस्थामा विद्यार्थीलाई डिजिटल माध्यमसँग जोड्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ।

नगर समितिका सचिव सूर्य दंगालले नगरभित्रका २४ विद्यालयको सहभागिता रहने जानकारी दिँदै सबै विद्यालयलाई समान अवसर प्रदान गर्ने गरी कार्यक्रम व्यवस्थापन गरिएको बताए। प्रतियोगिताले विद्यार्थीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यालयबीचको सम्बन्ध थप मजबुत बनाउने अपेक्षा गरिएको उनले बताए।

कार्यक्रम संयोजक राजन लम्सालका अनुसार प्रतियोगिता पूर्ण रूपमा डिजिटल प्रविधिमा आधारित हुनेछ। प्रश्नोत्तरलगायत प्रतियोगिताका विभिन्न चरणमा आधुनिक डिजिटल प्रणाली प्रयोग गरिनेछ।

प्रतियोगितामा शैक्षिक तथा समसामयिक विषयवस्तुसँग सम्बन्धित प्रश्न समावेश गरिने आयोजकले जनाएको छ। विद्यार्थीको ज्ञान, तार्किक क्षमता, शीघ्र निर्णय क्षमता तथा आत्मविश्वास परीक्षण गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।

आयोजकका अनुसार प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र प्रविधिमैत्री बनाउन आवश्यक तयारी भइरहेको छ।

Continue Reading

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading

Banner

कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान

Published

on

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।

समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।

जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक