Connect with us
Advertisement

युक्रेनलाई प्याट्रियट एयर डिफेन्स सिस्टम पठाउने ट्रम्पको घोषणा

Published

on

युक्रेनमा मस्कोको युद्धलाई लिएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति फेरि असन्तुष्टि व्यक्त गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार वासिङ्टनले किएभमा प्याट्रियट एयर डिफेन्स सिस्टम पठाउने र रुसमाथि नयाँ प्रतिबन्ध लगाउने सङ्केत गरेका छन् ।

अमेरिकी विशेष दूतले युक्रेनको आफ्नो पछिल्लो भ्रमण सुरु गर्दा र ट्रम्पले वासिङ्टनमा नाटो महासचिव मार्क रुटसँग भेट गर्ने क्रममा सोमबारका लागि तय गरिएको कूटनीतिक चहलपहल बीच यो घोषणा हुन सक्छ ।

युक्रेनमा मस्कोको आक्रमण तीन वर्षभन्दा बढी समयसम्म चलिरहेको छ । यस गर्मीमा आक्रमणहरू तीव्र हुँदै गएको छ र अमेरिकी नेतृत्वको वार्ताले अहिलेसम्म लडाइँ अन्त्य गर्न कुनै परिणाम देखाएको छैन ।

‘हामी तिनीहरूलाई प्याट्रियट पठाउनेछौँ, जसको तिनीहरूलाई अत्यन्त आवश्यक छ’, युक्रेनलाई कति हतियार पठाउने भन्ने निर्दिष्ट नगरी ट्रम्पले आइतबार भने ।

‘मैले अझै सङ्ख्यामा सहमति गरेको छैन, तर तिनीहरूसँग केही हुनेछ किनभने तिनीहरूलाई साँच्चै सुरक्षा चाहिन्छ’, उनले न्युजर्सीमा फिफा क्लब विश्वकप फाइनल हेरेर फर्कंदा जोइन्ट बेस एन्ड्र्युजमा पत्रकारहरूलाई भने ।

ह्वाइट हाउसले यस महिनाको सुरुमा किएभमा केही हतियार वितरण रोक्ने घोषणाबाट यू–टर्न गरेको छ । यसको सट्टा अमेरिकाले नयाँ सम्झौताको घोषणा गरेको छ जसमा नाटोले युक्रेनमा पठाउने केही हतियारका लागि अमेरिकालाई भुक्तानी गर्नेछ ।

‘हामी मूलतः तिनीहरूलाई धेरै परिष्कृत सैन्य सामग्रीका विभिन्न टुक्राहरू पठाउने छौँ र तिनीहरूले हामीलाई सतप्रतिशत भुक्तानी गर्नेछन्’, ट्रम्पले भने, ‘यो हाम्रो लागि व्यापार हुनेछ ।’

यस हप्ताको सुरुमा, राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले युक्रेन ‘नयाँ प्याट्रियट प्रणाली र तिनीहरूका लागि मिसाइलहरूमा बहुस्तरीय सम्झौता गर्न नजिक’ रहेको बताएका थिए । रुसी नेतासँग बढ्दो रूपमा आक्रोशित हुँदै जाँदा पुटिनप्रति आफू ‘निराश’ भएको पनि ट्रम्पले दोहोर्‍याए ।

‘पुटिनले साँच्चै धेरै मानिसलाई चकित पार्नुभयो । उहाँ राम्रो बोल्नुहुन्छ र त्यसपछि साँझमा सबैलाई बम हान्नुहुन्छ’, असन्तुष्ट ट्रम्पले आइतबार भने । गत हप्ता, ट्रम्पले पुटिनलाई युक्रेन सम्बन्धमा वासिङ्टनमा ‘मूर्खतापूर्ण’ कुरा गरेको आरोप लगाए ।

पहिलो पटक जनवरीमा ह्वाइट हाउस पर्केपछि ट्रम्पले युरोपेली सहयोगीहरूको विपरीत बढ्दो प्रतिबन्धहरू रोक्दै युद्ध अन्त्य गर्न रुसी नेतासँग काम गर्न सक्ने कुरामा जोड दिएका थिए । तर रुसले महिनौँदेखि संयुक्त राज्य अमेरिका र किएभले प्रस्ताव गरेको युद्धविरामलाई अस्वीकार गर्दै आएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक