Banner
आज २०८२ साल असार ३१ गते मंगलबारको राशिफल
आज २०८२ साल असार ३१ गते मंगलबार। साउन कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ जुलाई १५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन सामान्य रहेको छ। आजको यात्रामा समय र सम्पत्ति दुवै खर्च हुने जोखिम छ। सहकार्यमा गरेको काम बन्ने योग छ। बिहान उठेर गणेशको आरधना गरे दिन सहज बन्नेछ। आज आश नगरेको ठाउँबाट धन आर्जन हुने देखिन्छ। स्वास्थ्य र शिक्षाले भने आशिंक फल दिनेछ।
वृष : दिन राम्रो छ। ठूलासँग मनको कुरा खोल्नाले काम बन्नेछन्। व्यापार व्यवसायमा लाभ मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या आउन सक्छ। दाजुभाइ बन्धुसँग गरेको सहकार्यबाट लाभ मिल्नेछ। परिवारमा गोपनीयता भंग नगर्नु राम्रो हुनेछ।
मिथुन : दिन राम्रो रहेको छ। काममा सफलता प्राप्त हुनेछ। शिक्षामा ढिलासुस्ती हुनसक्छ। संयम धारण गर्नुपर्नेछ। आज आम्दानी बढ्ने दिन छ। स्वास्थ्यमा सुधार हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ।
कर्कट : दिन सामान्य राम्रो छ। अनावश्यक यात्रामा खर्च बढ्नेछ। जग्गा जमिनसम्बन्धी कारोबारमा घाटा हुनेछ। परिवारसँग खटपटि हुनेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनाले मनमा शान्ति मिल्नेछ।
सिंह : दिन राम्रो छ। अडैया शनिको प्रभाव भएकापनि शुभ ग्रहको बहुमत छ। परिवारमा मेलमिलाप हुनेछ। बन्धुसँगको सहकार्यले मनमा शान्ति मिल्नेछ। विदेशमा भन्दा स्वदेशमा आम्दानीको स्रोत फेला पर्ने योग रहेको छ।
कन्या : दिन सामान्य छ। तपाईंको कामको बोझले शरीरमा शिथिलता ल्याउनेछ। विश्रामको आवश्यकता छ। राजनीतिक क्षेत्रमा ठग सक्रिय हुनेछन्। परिवारसँग खटपटी बढ्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।
तुला : दिन सामान्य छ। तपाईको कामको फाइदा अरुले लिनेछन्। आफन्तले भन्दा अरुले प्रशंसा गर्नेछन्। शिक्षाको क्षेत्रमा गरेको प्रयासले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा समस्या आउने सम्भावना छ। पारिवारिक सम्बन्ध सामान्य छ।
वृश्चिक : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ। अरुको कुराले मन दुःखी बनाउनेछ। साथीभाइसँगको जमघटले मन खुसी हुनेछ। पारिवारिक सम्बन्ध राम्रो हुनेछ। राजनीतिक क्षेत्रमा ठगहरु सक्रिय हुनेछन्। सम्मान पाउने योग रहेको छ।
धनु : दिन राम्रो छ। साथीभाइ दाहिना छन्। आफ्नो काम गर्न सहज छ। बौद्धिक साथी विपक्षी भएकाले बोलीमा ख्याल गर्नुपर्ने छ। पारिवारिक सम्बन्ध सहज हुनाले मनमा शान्ति मिल्नेछ। स्वास्थ्यमा समस्या आउन सक्नेछ। शिक्षाको क्षेत्रमा प्रयास आवश्यक छ।
मकर : आज धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। स्वास्थ्य लाभ हुनेछ। शिक्षामा तपाईंको उल्लेखनीय जोश जाँगर बढ्नेछ। परीक्षा दिएको भए राम्रो नतिजा आउनेछ। शत्रु बढ्नेछन्। मानसम्मान बढ्नेछ।
कुम्भ : शुभग्रहको बहुमत छ। दिन सामान्य राम्रो छ। आज खर्च बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। कुरा काट्ने बढ्नेछन्। स्वास्थ्यमा भने समस्या आउने छ। बिहानै उठेर शिवभजन गर्नु राम्रो हुनेछ।
मीन : दाजुभाइसँगको सहकार्यले तपाईलाई फाइदा हुनेछ। सानातिना कुराले मन तरंगीत हुनेछ। मध्य साढेसातीको प्रभाव रहेकाले हरेक काममा बाधा अड्चन देखिनेछ। गणेश भगवानको आरधना गर्नु उपयुक्त हुनेछ।
Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login