Banner
आज २०८२ साल साउन १ गते बिहीबारको राशिफल
आज २०८२ साल असार १ गते बिहीबार। साउन कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ जुलाई १७ तारिख। लुतो फाल्ने दिन। बैतडीमा विश्वनाथ मन्दिरमा साउने मेला सुरु। थारु समुदायको गुरिया पर्व परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन सामान्य छ। आर्थिक कारोबारमा संघर्ष गर्नुपर्ने छ। व्यवहारमा मिहिनेत गर्नुपर्ने दिन छ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने आवश्यक देखिन्छ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ। सहकार्यमा गरेको कारोबारबाट फाइदा हुनेछ।
वृष : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। ठूला व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। घर र जग्गा सम्बन्धी कारोबार फस्टाउने छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।
मिथुन : दिन राम्रो छ। उच्च पदका व्यक्तिसँग भेट हुनेछ। पुराना साथीसँगको भेटले नयाँ योजना बन्ने छ। स्वदेशमै विकासको विकल्प देखेर मनमा खुशी बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
कर्कट : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा बढुवा हुनेछ। खर्च बढ्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने छ। सामाजिक क्षेत्रमा तपाईंको चर्चा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
सिंह : सानो कुराले मनमा झन्झट बढ्नेछ। सहकर्मीसँग कम बोल्नु उचित हुन्छ। मनमा चिन्ता बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिक काम सहज बन्ने छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
कन्या : दिन राम्रो छ। परिवारसँग घुमघामको तय हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी शान्त भएकाले सोचेको काम बन्ने छ। वैदेशिक रोजगारीका सम्भावना बढेर जानेछन्। कामको बोझ भने थपिने छ।
तुला : दिन सामान्य छ। श्रमको शोषण गर्ने जोखिम रहेको छ। अरुलाई समय दिँदा स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम छ। परिवारभित्रबाट भन्दा साथीले तपाईंको प्रशंसा गर्नेछन्।
वृश्चिक : दिन राम्रो छ। पञ्चम स्थानमा चन्द्रमा पुगेकाले बौद्धिक साथीसँगको अन्तरक्रियाले मन हलुका हुनेछ। शिक्षामा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ।
धनु : दिन सामान्य छ। साना कुराले मन अशान्त बन्नेछ। अरुको कुरा सुन्ने बानी चटक्कै छोड्नु उचित हुन्छ। विपक्षी साथी बौद्धिक भएकाले थोरै बोलेर अगाडि बढ्नु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ।
मकर : आज दिन राम्रो रहेको छ। सञ्चित धन खर्च भए पनि इज्जतमा बढुवा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारको साथ मिल्नेछ। मन शान्त बन्ने योग छ।
कुम्भ : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले यसको सदुपयोग गर्नुपर्ने दिन छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। परिवारको विवादलाई ख्याल नगरी अगाडि बढ्नु उचित हुन्छ। धार्मिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ।
मीन : दिन राम्रो छ। आफ्नै राशीमा चन्द्रमा पुगेका छन्। सोचेको काम बन्नेछ। शिक्षामा प्रगति हुनेछ। बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। स्वास्थ्यमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। परिवारको सल्लाहमा अगाडि बढ्नु राम्रो हुन्छ।
Facebook Comment
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login