Banner
अबदेखि पीसीएल नर्सिङको प्रवेश परीक्षा नहुने
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत सञ्चालन हुने तीन वर्षे पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रममा यस वर्षदेखि प्रवेश परीक्षा नहुने भएको छ ।
परिषद्ले एसईईको ग्रेडिङ प्रणालीलाई वैज्ञानिक र पारदर्शी मानेर जीपीएकै आधारमा विद्यार्थी छनोट गर्ने निर्णय गरेको हो । यससँगै अब देशभरिका इच्छुक विद्यार्थीलाई प्रवेश परीक्षाका लागि काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ ।
सीटीईभीटीका सूचना अधिकारी एकराज अधिकारीका अनुसार विगतमा हरेक वर्ष प्रवेश परीक्षा मार्फत मात्रै भर्ना लिइने गरिन्थ्यो । पछिल्लो समय केही प्राविधिक कार्यक्रममा विद्यार्थीको आकर्षण घट्दै गएको सीटीईभीटीले जनाएको छ ।
नर्सिङ, स्वास्थ्य सहायक (एचए), र फार्मेसी बाहेकका कोटामा सिट खाली हुने गरेकाले पनि सीटीईभीटीले प्रवेश परीक्षाको नीति परिवर्तन गरेको हो । ‘कतिपय कार्यक्रममा तोकिएको कोटाभन्दा पनि कम विद्यार्थी सहभागी हुन थालेपछि प्रवेश परीक्षाको औचित्यमै प्रश्न उठ्न थाल्यो,’ अधिकारीले भने, ‘४८ कोटा भएको कार्यक्रममा ४० मात्र विद्यार्थी आएपछि नयाँ नीति अपनाइएको हो ।’
उनका अनुसार प्रवेश परीक्षामा सोधिने प्रश्नसमेत गणित, विज्ञान र अग्रंजीमै केन्द्रित हुने भएकाले भर्खर एसईई दिएका विद्यार्थीका स्थायी मूल्यांकनलाई नै आधार बनाउने निर्णय गरिएको हो ।‘तीन घण्टाको हाम्रो प्रवेश परीक्षा र एसईईको तीन–तीन घण्टाको मूल मूल्यांकनमा फरक छैन,’ अधिकारीले थपे ।
उक्त निर्णय नेपाल सरकारको चालु आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमसँग टेकेर गरिएको हो । नीति तथा कार्यक्रमको ६४औं बुँदामा भनिएको छ, ‘विद्यालय शिक्षा पूरा गर्नासाथ विद्यार्थीको ग्रेडिङको आधारमा प्राविधिक तथा व्यवसायिक वा विश्वविद्यालय शिक्षामा प्रवेश गराइने छ ।’
परिषद्ले जीपीए प्रणालीलाई प्रयोगमा ल्याउँदै अब विद्यार्थीले जीपीएका आधारमा अनलाइन आवेदन दिई भर्ना प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था मिलाएको हो ।
सरकारी स्कुलका विद्यार्थीलाई अतिरिक्त अंक
परिषद्का सूचना अधिकारी एकराजका अनुसार न्यूनतम जीपीए २.० वा पुरानो एसएलसी प्रणाली अनुसार द्वितीय श्रेणी प्राप्त गरेका विद्यार्थीले आवेदन दिन सक्नेछन् ।
यसअघि अंग्रेजी, गणित र विज्ञान विषयमा ७० नम्बरको प्रवेश परीक्षा र ३० नम्बर विद्यार्थीले एसईईमा ल्याएकोलाई आधार मानेर मेरिटको आधारमा विद्यार्थी छनोट गर्ने गरिएको थियो ।
साथै, सरकारी विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई प्राथमिकता दिने विशेष व्यवस्था मिलाइएको छ ।
सीटीईभीटीले विगतका वर्षमा भर्नाका लागि आएको विद्यार्थीको आवेदन तथ्यांक र प्रवेश परीक्षाको नतिजा अध्ययन गरेर नयाँ प्रणाली तयार पारेको हो ।
सुचना अधिकारी एकराजका अनुसार सरकारी र निजी बोर्डिङ विद्यालयका विद्यार्थीबीचको अनुपात विश्लेषण गरिएको थियो । त्यसपछि सरकारी विद्यालयमा पढेकाहरूको जीपीएमा १ अंक, निजी बोर्डिङ विद्यालयबाट आएका विद्यार्थीको जीपीएमा ०.८५ अंक मात्र थपिने व्यवस्था गरिएको छ । यसरी, सरकारी विद्यालयका विद्यार्थीलाई ०.१५ अंकको स्पष्ट अग्रता दिइएको छ ।
यसपटकदेखि छात्रवृत्ति र तिरेर पढ्ने (पेइङ) दुवै कोटाका विद्यार्थीहरूले अनलाइनबाट आवेदन दिन सक्ने भएका छन् । गत वर्षसम्म छात्रवृत्तिका लागि मात्र अनलाइन आवेदन खुला थियो । अधिकारीका अनुसार अनलाइन प्रणालीबाट आवेदन गर्न सकिने हुँदा विद्यार्थी र अभिभावकलाई यात्रा, बसोबास र परीक्षा तयारीमा लाग्ने खर्च जोगिनेछ ।
जीपीए आधारित प्रणालीले नतिजा प्रणाली आफैँले (अटोमेटेड सिस्टममार्फत) तयार गर्ने भएकाले भर्ना प्रक्रिया अझ छिटो र पारदर्शी हुने परिषद्को दाबी छ ।
अनलाइन आवेदन भर्नाका लागि सीटीईभीटीको वेबसाइटमा जानुपर्छ । सीटीईभीटीको आईटीएमएसमा फाराम भर्ने व्यवस्था मिलाइएको छ ।
आवेदन फाराम भर्दा परीक्षा नियन्त्रण कार्यालयले तोकेको कनेक्ट आईपीएस वा खल्ती एपमार्फत प्रवेश परीक्षा शुल्क एक हजार रूपैयाँ तिर्नुपर्छ ।
शुल्क तिरेर फाराम भर्नको लागि सीटीईभीटी डट ओआरजी डट एनपी वा सीटीईभीटी एक्जाम डट ओआरजी डट एनपी मा जानुपर्छ । फाराम खुलेपछि भने त्यहाँ उल्लेख भएको आवश्यक विवरण भर्दै जानुपर्ने हुन्छ ।
आवेदन भर्दा नर्सिङ कार्यक्रम, प्रदेश, वर्ग स्पष्टसँग उल्लेख गरी अध्ययन गर्न चाहेको संस्थान/विद्यालय प्राथमिकताका आधारमा क्रमशः राख्नुपर्छ ।
हाल देशभर ६३ वटा संस्थाले पीसीएल नर्सिङ पढाउन स्वीकृति पाएका छन् । प्रत्येक संस्थामा ४० जनाको कोटा तोकिएको छ । जसमा ३ जना छात्रवृत्तिका र ३७ जना पेइङ (पैसा तिरेर पढ्ने) विद्यार्थीका लागि व्यवस्था गरिएको छ ।
ती कलेजमा कुल विद्यार्थी २ हजार ५२० जनाले पढ्न पाउनेछन् भने छात्रवृत्तिको अवसर प्राप्त गर्ने संख्या १२० हुनेछ ।
छात्रवृत्ति र पेइङ दुवै कोटाको नतिजा सीटीईभीटीले नै अनलाइनमार्फत तयार गरी सार्वजनिक गर्ने छ ।
सीटीईभीटीका सूचना अधिकारी एकराज अधिकारीका अनुसारअघिल्ला वर्षमा कतिपय शिक्षण संस्थाहरूले इच्छुक विद्यार्थीको आवेदन लिनेबारे आनाकानी गर्ने, भर्ना खुला भए पनि सिट छैन भन्दै पन्छाउने वा कलेजमै कोही नबस्ने जस्ता गतिविधि दोहोरिने गरेका थिए ।
यस्ता मनपरी रोक्न अब लागू गरिएको अनलाइन प्रणालीले विद्यार्थीलाई घरैबाट आफूले पढ्न चाहेको कलेज रोजेर आवेदन दिन सक्ने सुविधा दिएको छ ।
यसरी आवेदन दिने विद्यार्थीहरूको सूची सम्बन्धित कलेजले पूर्वजानकारी पाउने छैन । ‘अब क–कसले कलेजमा आवेदन दिएको छ भन्ने कुरा कलेजका मानिसलाई थाहा हुँदैन,’ अधिकारीले भने, ‘त्यसैले,अब कसैको फारम नलिने, नपठाउने भन्ने ठाउँ नै छैन ।’
नयाँ प्रणालीले अघिल्लो वर्षमा देखिएको सेटिङ, पहुँचका आधारमा विद्यार्थीको नाम निकाल्न हुने चलखेलेको अन्त्य हुने दाबी गरिएको छ ।
Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login