Banner
आज २०८२ साल साउन ८ गते बिहीबारको राशिफल
आज २०८२ साल साउन ८ गते बिहीबार। साउन कृष्ण पक्षको औंसी तिथि। तदनुसार सन् २०२५ जुलाई २४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन राम्रो छ। आफन्तको सहयोग प्राप्त हुनेछ। स्वास्थ्यले साथ दिनेछ। विपक्षीसँगको प्रतिस्पर्धामा तपाईंको जित हुनेछ। छोटो दूरीको सुखद् यात्रा हुने योग परेको छ।
वृष : दिन सामान्य छ। आफन्तसँग कम बोल्नु उचित हुन्छ। व्यापारमा घाटा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।
मिथुन : दिन राम्रो छ। मनमा उत्साह थपिने छ। तपाईंले सुरु गरेको काम सहजै बन्नेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुखमय बन्नेछ। स्वास्थ्य शिक्षा र रोजगारीको अवसर मिल्नेछ।
कर्कट : दिन सामान्य छ। सोचेका काम सहज बन्नेछन्। अनावश्यक यात्रामा खर्च हुनेछ। स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने समय छ। समय, ऊर्जा र पैसा खर्च हुनेछ। यात्रा आजका लागि स्थगित गर्नु राम्रो हुन्छ।
सिंह : दिन राम्रो छ। व्यापारमा लाभ हुनेछ। सन्तानबाट सन्तुष्टि मिल्नेछ। दाम्पत्य जीवनमा सुख मिल्ने योग छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।
कन्या : दिन राम्रो छ। सामाजिक क्षेत्रमा मान र सम्मान प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। तपाईंको प्रतिभाको प्रशंसा हुनेछ। आफन्तले भन्दा बाहिरका व्यक्तिको साथ र सहयोग मिल्नेछ।
तुला : दिन सामान्य छ। व्यापारमा घाटा हुनेछ। राज्यको तर्फबाट भयको जोखिम छ। दान गरेर दिनको सुरुवात गर्नु उचित हुन्छ। शिक्षाको क्षेत्रमा गुरुको सल्लाहमा अगाडि बढ्नु उचित हुन्छ।
वृश्चिक : दिन सामान्य छ। स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने छ। परिवारसँगको सम्बन्धमा खटपटी बढ्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। बौद्धिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ।
धनु : व्यापारमा फाइदा हुनेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। सहकार्यमा गरेको कामबाट फाइदा हुने योग छ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।
मकर : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। विपक्षीमाथि विजय प्राप्त गर्ने योग छ। स्वास्थ्य शिक्षा र पारिवारिक क्षेत्रमा तपाईं अब्बल बन्नुहुनेछ।
कुम्भ : दिन कष्टकर छ। मन अशान्त बन्ने जोखिम छ। शिक्षाको क्षेत्रमा ठुलो मिहिनेतको आवश्यकता देखिन्छ। व्यापारमा घाटा हुनेछ। धार्मिक क्षेत्रमा सहभागी हुँदा फाइदा हुनेछ।
मीन : दिन सामान्य छ। पारिवारिक कारणले मनमा चिन्ता र असन्तुष्टि बढ्नेछ। बढी सोच्ने बानीले मनमा निरासा बढ्नेछ। सहकर्मीसँग विवाद नगर्नु उचित हुन्छ। प्रेममा खटपटी बढ्नेछ।
Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login