Connect with us
Advertisement

कम्बोडियामा थाइल्याण्डले गर्‍यो हवाई आक्रमण

Published

on

कम्बोडियाका अधिकारीहरुले चलाएको गोलीले एक नागरिकको मृत्यु र ३ जना घाइते भएपछि हवाई आक्रमण गरिएको थाइल्याण्डको सेनाले जनाएको छ । कम्बोडियाको दुईवटा सैन्य अड्डालाई लक्षित गरेर हवाई आक्रमण गरिएको बैंकक पोष्टको अनलाइन संस्करणले जनाएको छ । थाई सेनाका उपप्रवक्ता रिचा सुक्सुवाननलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, ‘हामीले योजना अनुसार, सैनिक अड्डामा हवाई शक्ति प्रयोग गरेका छौं ।’

सीमामा तनाव भइरहेका बेला कम्बोडियाली सैनिकहरुले थाइल्याण्डको उत्तरपूर्वी सुरिन प्रान्तमा रहेको एक सैन्य बेसमा गोली हानेको समाचारमा भनिएको छ । बिहानसम्ममा कम्तिमा ६ स्थानमा तनाव फैलिएको बैंकक पोष्टको समाचारमा जनाइएको छ ।

कम्बोडियाका अधिकारीहरुले पनि थाइल्याण्डले हवाई आक्रमण गरेको पुष्टि गरेका छन् । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले थाइल्याण्डको कम्बोडियाली सैनिक अड्डामा आक्रमण गरेको पुष्टि गरेका छन् ।

‘कम्बोडिया सधैं समस्याहरूको शान्तिपूर्ण समाधानको पक्षमा रहँदै आएको छ’, समाचार संस्था एपीले भनेको छ, ‘तर, यस अवस्थामा, सशस्त्र आक्रमणको जवाफमा हामीसँग बल प्रयोग बाहेक अर्को विकल्प छैन ।’

बैंकक पोष्टका अनुसार, बुधबार  उबोन राचाथानी प्रान्तको चोङ एन मा सीमाक्षेत्रमा बारुदी सुरुङ विस्फोट हुँदा ५ जना थाई सैनिक घाइते भएका थिए । ती सुरुङ हालै कम्बोडियाले नियन्त्रणमा राखेको थाई अधिकारीहरुको दाबी छ ।

हाल थाइल्याण्डको सेनाले कम्बोडियाको सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । थाइल्याण्ड र कम्बोडियाबीच सीमा विवादको लामो इतिहास छ । यद्यपि, २०११ मा भएको झडपपछि दुवै देशबीच सम्बन्ध प्राय: स्थिर रहँदै आएको थियो ।

२०२४ मे महिनामा भएको झडपपछि कम्बोडियाले चारवटा विवादित भूमिको निरूपणका लागि हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयमा जाने प्रस्ताव राखेको थियो । तर थाइल्याण्डले यो मुद्दामा अदालतको क्षेत्राधिकार अस्वीकार गरेको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज संविधान दिवस मनाइँदै

Published

on

आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ ।

दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागी हुने गर्दछन्

प्रदेश सरकार, स्थानीय सरकारका साथै गणतन्त्रवादी राजनीतिक दलहरु, विभिन्न संघसंस्था र नागरिकस्तरमा पनि छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर संविधान दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा नेताहरुले शुभकामना सन्देश पनि जारी गरेका छन् ।।

Continue Reading

Banner

कांग्रेस वडा अधिवेशन आजदेखि सुरु, निर्वाचन समितिद्वारा सक्रिय सहभागिताको आह्वान

Published

on

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज र भोलि हुने वडा तहको अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य तथा सबै तहका नेता, कार्यकर्तालाई आग्रह गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार यही असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुने १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ ।

समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्ति जारी गरी वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएर कार्यप्रारम्भ गरिसकेको बताएका छन्।

जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी व्यापक छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

समितिले कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी असोज ३ र ४ गते हुने वडा अधिवेशन प्रक्रियामा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिक अनुरोध गरेको छ ।

Continue Reading

Banner

कांग्रेस वडा अधिवेशनका लागि ७७ जिल्लामा खटिए निर्वाचन अधिकृत

Published

on

नेपाली कांग्रेसको वडा तहको अधिवेशनका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटिएका छन् ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार ३ र ४ असोजमा हुने वडा तहको निर्वाचनका लागि जिल्ला निर्वाचन अधिकृतहरूले आफ्नो कार्य प्रारम्भ गरिसकेका छन् ।

उनीहरूले जिल्ला तह तथा स्थानीयस्तरका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचन प्रक्रियाबारे छलफल गर्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउनेलगायतका काम सम्पन्न गरेका छन् ।

समितिका सदस्य सचिव राजु कटुवालका अनुसार कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन १६ देखि १९ असोजसम्म हुँदै छ । महाधिवेशनअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रम ३ र ४ असोजमा हुँदै छ ।

केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रक्रियाबारे फैलिन सक्ने अफवाह तथा भ्रममा नपरी वडा अधिवेशनमा सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई आग्रह गरेको छ ।

कटुवालले विज्ञप्तिमार्फत ३ र ४ असोजमा हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन आग्रह गरेका हुन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक