Connect with us
Advertisement

आज राष्ट्रिय कोदो दिवस

Published

on

सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक शुक्रबार राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो ।

कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको हो ।

देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रूपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने विभागका महानिर्देशक सन्जेलले जानकारी दिए। कृषि विभागले आर्थिक वर्ष २०८१-८२ मा ७६ करोड ६३ लाख ८६ हजारबराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको जनाएको छ ।

दिवसका अवसरका चाँगुनारायण नगरपालिकास्थित ताथलीमा कोदो रोपाइँ तथा कृषक, राष्ट्रिय कृषक समूह महासङ्घ, पत्रकारलगायतका विभिन्न विधामा पुरस्कार तथा कदरपत्र वितरणको कार्यक्रम छ । प्रदेश र स्थानीय तहहरूबाट पनि उक्त अवसरमा विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

कोदो दिवस मूल आयोजक समितिका अध्यक्ष सञ्जेलले रासायनिक मलखाद र विषादीको प्रयोग नगरी वा कम गरेर पनि औसत उत्पादन लिन सकिने बताउँदै हानिकारक हरित ग्यास उत्सर्जन कम गर्नमा सघाउ पुर्‍याई जलवायु परिवर्तन न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । विभागले दिवसको सबै तयारी पूरा भएको जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

एमालेमा उम्मेदवारी शुल्क : अध्यक्षलाई १५ हजार, केन्द्रीय सदस्यलाई ५ हजार

Published

on

नेकपा एमालेमा उम्मेदवारी दर्ताका लागि शुल्क निर्धारण गरिएको छ, जसमा अध्यक्षका लागि १५ हजार, अरु पदाधिकारीका लागि १० हजार र केन्द्रीय सदस्यका लागि ५ हजार रुपैयाँ उम्मेदवारी दर्ता शुल्क तोकिएको छ ।

सबै पदको फारमका लागि १ सय रुपैयाँ तोकिएको छ । आजै उम्मेदवारी दर्ताको समय तोकिएको छ । भोलि बिहान ११ बजेबाट नेतृत्व चयनका लागि मतदान हुँदै छ ।

Continue Reading

Banner

साफ महिला क्लब च्याम्पियनशिपको उपाधिका लागि एपीएफ र इस्ट बङ्गाल खेल्ने

Published

on

साफ महिला क्लब च्याम्पियनशिपको उपाधिका लागि नेपालको लिग विजेता एपीएफ क्लब र भारतको लिग विजेता इस्ट बङ्गाल एफसी खेल्ने भएका छन् । लिग चरणका दुई खेल बाँकी छँदै एपीएफ र इस्ट बङ्गाल उपाधिका लागि खेल्ने भएका हुन् ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हिजो भएको पहिलो खेलमा एपीएफले पाकिस्तानको कराँची सिटी एफसीलाई १–० गोलले हरायो । यस्तै हिजै बेलुका भएको दोश्रो खेलमा इस्ट बङ्गालले बङ्गलादेशको नसरिन स्पोर्टस एकेडेमीलाई ७–० गोलले हरायो ।

लगातार ३ खेलमा अपराजित इस्ट बङ्गाल ९ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा २ जीत र १ बराबरीसहित एपीएफ ७ अङ्क जोड्दै दोश्रो स्थानमा छ । एपीएफले पहिलो खेलमा बङ्गलादेशको नसरिन स्पोट्र्स एकेडेमीलाई ४–० गोलले हराएको थियो भने दोस्रो खेलमा भूटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

एपीएफले लिग चरणको अन्तिम खेलमा इस्ट बङ्गाल एफसीसँग पर्सि बुधवार खेल्नेछ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनशिपमा ५ सदस्य राष्ट्रको लिग विजेता सहभागी छन् । सिङ्गल राउन्ड रोबिनपछि शीर्ष २ टोलीेले फाइनल खेल्नेछन् ।

Continue Reading

Banner

सहयोगी मनद्वारा गछिया आधारभूत विद्यालयका ९८ विद्यार्थीलाई न्यानो स्विटर वितरण

Published

on

जाडोको चिसो बढ्दै गएका बेला मोरङको गछिया आधारभूत विद्यालयमा अध्ययनरत ९८ जना विद्यार्थीलाई ‘सहयोगी   मनहरु सामाजिक संस्थाले न्यानो स्विटर वितरण गरेको छ।

आइतबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष भीम अधिकारीले विद्यार्थीहरूलाई स्विटर हस्तान्तरण गर्दै शिक्षासँगै बालबालिकाको स्वास्थ्य र सुरक्षामा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले यस्ता सामाजिक अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

विद्यालय प्रशासनले संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको नियमित उपस्थिती र मनोबल बढ्ने जनाएको छ। स्थानीय अभिभावकहरू पनि संस्थाको पहलप्रति खुशी देखिएका छन्।

सहयोगी   मनहरु’ संस्थाले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा सहयोग निरन्तर गर्ने जनाएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक