Banner
आईफोन प्रयोगकर्ताले यी ८ एप हटाएकै राम्रो
आजको डिजिटल युगमा स्मार्टफोन हाम्रो जीवनको अभिन्न अङ्ग बनेको छ । त्यसमध्ये पनि फोनमा हुने एपले विशेष महत्व राख्छन् । तर के तपाईंले आफ्नो आईफोनमा राखेका सबै एप साँच्चै आवश्यक छन् त ?
विज्ञहरूका अनुसार हामीले ‘उपयोगी’ ठानेर इन्स्टल गर्ने धेरै एप वास्तवमा अनावश्यक छन् । यस्ता एप हटाउँदा तपाईंको फोनको पर्फमेन्स र ब्याट्री लाइफ बढ्नुका साथै व्यक्तिगत जानकारी पनि सुरक्षित रहन्छ ।
यहाँ त्यस्ता ८ प्रकारका एपको सूची दिइएको छ । यी वा यस्तै प्रकृतिका अन्य एप छन् भने फोनबाट तुरुन्तै हटाउनु राम्रो हुन्छ ।
फ्ल्यासलाइट एप
कुनै समय थियो जतिबेला आईफोनमा छुट्टै फ्ल्यासलाइट सुविधा थिएन । तर सन् २०१३ मा आएको आईओएस सेभेनदेखि नै हरेक आईफोनमा यो सुविधा इन-बिल्ट छ । कन्ट्रोल सेन्टरबाट सजिलै चलाउन सकिने यो सुविधा हुँदाहुँदै छुट्टै एप राख्नु अनावश्यक हो । बाहिरी फ्ल्यासलाइट एप्सले अनावश्यक विज्ञापन देखाउने, तपाईंको लोकेसन र सम्पर्क सूचीको पर्मिसन माग्ने र डेटा चोर्ने जस्ता जोखिम बढाउँछन् ।
क्यूआर कोड स्क्यानर एप
धेरै प्रयोगकर्तालाई थाहा नहुन सक्छ, तर आईफोनको आफ्नै क्यामेरा एपले क्यूआर कोड स्वतः स्क्यान गर्न सक्छ । क्यामेरालाई क्यूआर कोडमा देखाउँदा नै त्यसको लिङ्क स्क्रिनमा देखिन्छ । छुट्टै एप डाउनलोड गर्दा फोन ढिलो हुने, विज्ञापन हेर्नुपर्ने र अनावश्यक व्यक्तिगत जानकारी दिनुपर्ने बाध्यता हुन्छ । त्यसैले छुट्टै क्यामेरा स्क्यान गर्ने एप इन्स्टल गर्नु भएको छ भने हटाउँदा नै राम्रो हुन्छ ।
ब्याट्री सेभर एप
‘आईफोनको ब्याट्री कसरी बचाउने’ भन्दै विज्ञापन गर्ने अधिकांश ब्याट्री सेभर एपहरू केवल भ्रम हुन् । एप्पलको अपरेटिङ सिस्टमले कुनै पनि बाहिरी एपलाई ब्याट्री खपत नियन्त्रण गर्न दिँदैन । यस्ता एपले ब्याट्री बचाउने नाममा आफै ब्याकग्राउन्डमा चलेर थप ब्याट्री खाइदिन्छन् र विज्ञापन देखाएर दिक्क लगाउँछन् । ब्याट्री बचाउन आईफोनको सेटिङ्समा रहेको ‘लो पावर मोड’ (Low Power Mode) प्रयोग गर्नु सबैभन्दा उत्तम उपाय हो । यदि ब्याट्री जोगाउने आशले त्यस्ता एप डाउनलोड गर्नुभएको छ भने तुरुन्तै हटाउनुहोला ।
कम्पास एप
यदि तपाईं विशेष भौगोलिक कामका लागि बाहेक सामान्य दिशा पत्ता लगाउन कम्पास प्रयोग गर्नुहुन्छ भने छुट्टै एप आवश्यक पर्दैन । आईफोनमा पहिले नै ‘कम्पास’ नामको सटीक र विज्ञापन-रहित एप उपलब्ध हुन्छ । बाहिरी एपले आकर्षक डिजाइन देखाएर अनावश्यक डेटा सङ्कलन गर्ने र पैसा असुल्ने प्रयास गर्छन् । त्यसैले सामान्य प्रयोगकर्ताका लागि कम्पास एपमा हुने अनाश्यक फिचरहरू आवश्यक पनि पर्दैनन् । ति केबल पैसाका बर्बादी मात्र हुन सक्छन् । यदि सामान्य प्रयोजनका लागि तपाईंले छुट्टै कम्पास एप इन्स्टल गर्नु भएको छ भने त्यसलाई हटाउनु नै राम्रो हुन्छ ।
र्याम बुस्टर एप
फोन अलि ढिलो चल्दा धेरैले र्याम बढाउने वा ‘क्लिन’ गर्ने एप खोज्छन् । तर आईफोनमा यसको कुनै काम छैन । आईओएसले मेमोरी व्यवस्थापन आफै कुशलतापूर्वक गर्छ । यदि तपाईंले आईफोनमा र्याम बुस्ट गर्ने दाबी गरिएका एप प्रयोग गर्दै हुनुहुन्छ भने यस्ता एपले ब्याकग्राउन्डमा चलिरहेका एपलाई जबरजस्ती बन्द गरिदिन्छन् । यसले गर्दा ती एप फेरि खोल्दा फोनलाई झनै बढी स्रोत खर्च गर्नुपर्ने हुन्छ र फोन थप ढिलो हुन सक्छ । त्यसैले यस्ता एप हटाउनु नै उपयुक्त हुन्छ ।
मिरर एप
ऐनाको काम गर्ने भनेर दाबी गर्ने एप वास्तवमा तपाईंको फोनको सेल्फी क्यामेरा देखाउने सर्टकट मात्र हुन् । अनुहार वा कपाल मिलाउनु पर्दा सिधै क्यामेरा एप खोलेर अगाडिको क्यामेरा प्रयोग गर्न सकिन्छ । यी एपले अनावश्यक विज्ञापन देखाउने र माइक्रोफोन जस्ता असम्बन्धित पर्मिसन माग्ने गर्छन् । त्यसैले मिमर एप दाबी गरिएका एप छन् भने ती पनि हटाउनु नै उपयोगी हुन्छ ।
कल रेकर्डर एप
पहिले आईफोनमा कल रेकर्ड गर्न गाह्रो थियो तर आईओएस १८.१ को नयाँ अपडेटसँगै अब यो सुविधा फोनमा नै उपलब्ध छ । कलको समयमा स्क्रिनको माथिल्लो भागमा ट्याप गरेर सजिलै कल रेकर्ड गर्न सकिन्छ । बाहिरी कल रेकर्डर एपले असुरक्षित तरिकाले काम गर्ने र तपाईंको कलको डेटा अन्य सर्भरमा पठाएर गोपनीयताको जोखिम बढाउने गर्छन् । त्यसैले यस्ता एप हटाउनु नै बुद्धिमानी हुन्छन् ।
एन्टिभाइरस एप
आईफोन प्रयोगकर्तालाई एन्टिभाइरस एप चाहिँदैन । आईओएसको ‘स्यान्डबक्सिङ’ सुरक्षा प्रणालीले कुनै पनि भाइरस वा मालवेयरलाई सिस्टममा फैलिन दिँदैन । एप्पलको एप स्टोरमा रहेका एप कडा जाँचपछि मात्र उपलब्ध हुन्छन् । एन्टिभाइरसका नाममा बेचिने एपले प्रायः डर देखाएर पैसा कमाउने वा अन्य अनावश्यक सेवा (जस्तै; भीपीएन) बेच्ने काम गर्छन् ।
आईफोन प्रयोगकर्ताले मात्र होइन । अधिकांश एन्ड्रोइड फोनमा पनि यी एप बेर्थै हुन्छन् । अनावश्यक स्टोरेज खपत्, डेटा चोरीको जोखिम, ब्याट्री खपतको जोखिम, फोनको पर्फमेन्स कमजोर हुने जोखिम भएकाले त्यस्ता एप हटाउनु नै राम्रो हुन्छ ।
टेकपाना डटकमवाट साभार
Facebook Comment
Banner
उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Banner
आज शहीद दिवस
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।
Banner
तनाव चर्किँदै जाँदा मध्यपूर्वमा थप अमेरिकी युद्धपोत तैनाथ
अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्न सक्ने अनुमान बढ्दै जाँदा अर्को अमेरिकी युद्धपोत मध्यपूर्व आइपुगेको छ ।
मिसाइल विनाशक यूएसएस डेलबर्ट डी ब्ल्याक युद्धपोत मध्यपूर्व आइपुगेको जहाज ट्र्याकिङ साइट ’मरीनट्राफिक’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले कम्तीमा १० वटा अमेरिकी युद्धपोत मध्यपूर्वमा रहेको विश्वास गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे तत्काल सम्झौता गर्न चेतावनी दिइरहनुभएको छ । इरानभरि सरकार विरोधी प्रदर्शनमा धेरैको ज्यान गएपछि अमेरिकासँगको तनाव बढेको छ । ट्रम्पले ठूलो नौसेना समूह इरानतिर जाँदैछ भनेपछि आक्रमणको सम्भावना अझ बढेको छ ।
जवाफमा इरानका विदेशमन्त्री अब्बास अराघचीले जमिन वा समुद्रबाट हुने कुनै पनि आक्रमणको तत्काल जवाफ दिन सेना तयार रहेको बताउनुभएको छ ।
यसैबीच साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानमाथि आक्रमण गर्नका लागि आफ्नो भूमि वा आकाश प्रयोग गर्न नदिने बताएका छन् । यसले अमेरिकाको सम्भावित सैन्य योजनामा अवरोध सिर्जना गरेको छ ।
साउदी अरेबियामा अमेरिकाका २ हजार ३ सयभन्दा धेरै सैनिक छन् । त्यस्तै यूएईमा रहेको अल दाफ्रा एअर बेसमा ५ हजार सैनिक बस्छन् ।
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानी राष्ट्रपति मसूद पेजेश्कियनलाई फोन गरेर आफ्नो भूममा रहेका पूर्वाधार आक्रमणका लागि प्रयोग गर्न नदिने बताउनुभएको हो । यस्तै यूएई सरकारले पनि इरानविरुद्ध आफ्नो भूमि र आकाश प्रयोग गर्न नदिने बताइसकेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login