Banner
आईफोन प्रयोगकर्ताले यी ८ एप हटाएकै राम्रो
आजको डिजिटल युगमा स्मार्टफोन हाम्रो जीवनको अभिन्न अङ्ग बनेको छ । त्यसमध्ये पनि फोनमा हुने एपले विशेष महत्व राख्छन् । तर के तपाईंले आफ्नो आईफोनमा राखेका सबै एप साँच्चै आवश्यक छन् त ?
विज्ञहरूका अनुसार हामीले ‘उपयोगी’ ठानेर इन्स्टल गर्ने धेरै एप वास्तवमा अनावश्यक छन् । यस्ता एप हटाउँदा तपाईंको फोनको पर्फमेन्स र ब्याट्री लाइफ बढ्नुका साथै व्यक्तिगत जानकारी पनि सुरक्षित रहन्छ ।
यहाँ त्यस्ता ८ प्रकारका एपको सूची दिइएको छ । यी वा यस्तै प्रकृतिका अन्य एप छन् भने फोनबाट तुरुन्तै हटाउनु राम्रो हुन्छ ।
फ्ल्यासलाइट एप
कुनै समय थियो जतिबेला आईफोनमा छुट्टै फ्ल्यासलाइट सुविधा थिएन । तर सन् २०१३ मा आएको आईओएस सेभेनदेखि नै हरेक आईफोनमा यो सुविधा इन-बिल्ट छ । कन्ट्रोल सेन्टरबाट सजिलै चलाउन सकिने यो सुविधा हुँदाहुँदै छुट्टै एप राख्नु अनावश्यक हो । बाहिरी फ्ल्यासलाइट एप्सले अनावश्यक विज्ञापन देखाउने, तपाईंको लोकेसन र सम्पर्क सूचीको पर्मिसन माग्ने र डेटा चोर्ने जस्ता जोखिम बढाउँछन् ।
क्यूआर कोड स्क्यानर एप
धेरै प्रयोगकर्तालाई थाहा नहुन सक्छ, तर आईफोनको आफ्नै क्यामेरा एपले क्यूआर कोड स्वतः स्क्यान गर्न सक्छ । क्यामेरालाई क्यूआर कोडमा देखाउँदा नै त्यसको लिङ्क स्क्रिनमा देखिन्छ । छुट्टै एप डाउनलोड गर्दा फोन ढिलो हुने, विज्ञापन हेर्नुपर्ने र अनावश्यक व्यक्तिगत जानकारी दिनुपर्ने बाध्यता हुन्छ । त्यसैले छुट्टै क्यामेरा स्क्यान गर्ने एप इन्स्टल गर्नु भएको छ भने हटाउँदा नै राम्रो हुन्छ ।
ब्याट्री सेभर एप
‘आईफोनको ब्याट्री कसरी बचाउने’ भन्दै विज्ञापन गर्ने अधिकांश ब्याट्री सेभर एपहरू केवल भ्रम हुन् । एप्पलको अपरेटिङ सिस्टमले कुनै पनि बाहिरी एपलाई ब्याट्री खपत नियन्त्रण गर्न दिँदैन । यस्ता एपले ब्याट्री बचाउने नाममा आफै ब्याकग्राउन्डमा चलेर थप ब्याट्री खाइदिन्छन् र विज्ञापन देखाएर दिक्क लगाउँछन् । ब्याट्री बचाउन आईफोनको सेटिङ्समा रहेको ‘लो पावर मोड’ (Low Power Mode) प्रयोग गर्नु सबैभन्दा उत्तम उपाय हो । यदि ब्याट्री जोगाउने आशले त्यस्ता एप डाउनलोड गर्नुभएको छ भने तुरुन्तै हटाउनुहोला ।
कम्पास एप
यदि तपाईं विशेष भौगोलिक कामका लागि बाहेक सामान्य दिशा पत्ता लगाउन कम्पास प्रयोग गर्नुहुन्छ भने छुट्टै एप आवश्यक पर्दैन । आईफोनमा पहिले नै ‘कम्पास’ नामको सटीक र विज्ञापन-रहित एप उपलब्ध हुन्छ । बाहिरी एपले आकर्षक डिजाइन देखाएर अनावश्यक डेटा सङ्कलन गर्ने र पैसा असुल्ने प्रयास गर्छन् । त्यसैले सामान्य प्रयोगकर्ताका लागि कम्पास एपमा हुने अनाश्यक फिचरहरू आवश्यक पनि पर्दैनन् । ति केबल पैसाका बर्बादी मात्र हुन सक्छन् । यदि सामान्य प्रयोजनका लागि तपाईंले छुट्टै कम्पास एप इन्स्टल गर्नु भएको छ भने त्यसलाई हटाउनु नै राम्रो हुन्छ ।
र्याम बुस्टर एप
फोन अलि ढिलो चल्दा धेरैले र्याम बढाउने वा ‘क्लिन’ गर्ने एप खोज्छन् । तर आईफोनमा यसको कुनै काम छैन । आईओएसले मेमोरी व्यवस्थापन आफै कुशलतापूर्वक गर्छ । यदि तपाईंले आईफोनमा र्याम बुस्ट गर्ने दाबी गरिएका एप प्रयोग गर्दै हुनुहुन्छ भने यस्ता एपले ब्याकग्राउन्डमा चलिरहेका एपलाई जबरजस्ती बन्द गरिदिन्छन् । यसले गर्दा ती एप फेरि खोल्दा फोनलाई झनै बढी स्रोत खर्च गर्नुपर्ने हुन्छ र फोन थप ढिलो हुन सक्छ । त्यसैले यस्ता एप हटाउनु नै उपयुक्त हुन्छ ।
मिरर एप
ऐनाको काम गर्ने भनेर दाबी गर्ने एप वास्तवमा तपाईंको फोनको सेल्फी क्यामेरा देखाउने सर्टकट मात्र हुन् । अनुहार वा कपाल मिलाउनु पर्दा सिधै क्यामेरा एप खोलेर अगाडिको क्यामेरा प्रयोग गर्न सकिन्छ । यी एपले अनावश्यक विज्ञापन देखाउने र माइक्रोफोन जस्ता असम्बन्धित पर्मिसन माग्ने गर्छन् । त्यसैले मिमर एप दाबी गरिएका एप छन् भने ती पनि हटाउनु नै उपयोगी हुन्छ ।
कल रेकर्डर एप
पहिले आईफोनमा कल रेकर्ड गर्न गाह्रो थियो तर आईओएस १८.१ को नयाँ अपडेटसँगै अब यो सुविधा फोनमा नै उपलब्ध छ । कलको समयमा स्क्रिनको माथिल्लो भागमा ट्याप गरेर सजिलै कल रेकर्ड गर्न सकिन्छ । बाहिरी कल रेकर्डर एपले असुरक्षित तरिकाले काम गर्ने र तपाईंको कलको डेटा अन्य सर्भरमा पठाएर गोपनीयताको जोखिम बढाउने गर्छन् । त्यसैले यस्ता एप हटाउनु नै बुद्धिमानी हुन्छन् ।
एन्टिभाइरस एप
आईफोन प्रयोगकर्तालाई एन्टिभाइरस एप चाहिँदैन । आईओएसको ‘स्यान्डबक्सिङ’ सुरक्षा प्रणालीले कुनै पनि भाइरस वा मालवेयरलाई सिस्टममा फैलिन दिँदैन । एप्पलको एप स्टोरमा रहेका एप कडा जाँचपछि मात्र उपलब्ध हुन्छन् । एन्टिभाइरसका नाममा बेचिने एपले प्रायः डर देखाएर पैसा कमाउने वा अन्य अनावश्यक सेवा (जस्तै; भीपीएन) बेच्ने काम गर्छन् ।
आईफोन प्रयोगकर्ताले मात्र होइन । अधिकांश एन्ड्रोइड फोनमा पनि यी एप बेर्थै हुन्छन् । अनावश्यक स्टोरेज खपत्, डेटा चोरीको जोखिम, ब्याट्री खपतको जोखिम, फोनको पर्फमेन्स कमजोर हुने जोखिम भएकाले त्यस्ता एप हटाउनु नै राम्रो हुन्छ ।
टेकपाना डटकमवाट साभार
Facebook Comment
Banner
नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै
नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।
त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।
यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
Banner
आज विश्वकर्मा मनाइँदै
कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पर्व मनाउँदैछन् ।
प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजाआरधना गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को तस्बिरमा विधिपूर्वक पूजाआराधना गरी यो दिवस मनाउने गरिन्छ ।
कलकारखानालाई विशेष रुपमा सजाएर श्रमिकले यो दिवस भव्यताका साथ मनाउँछन् । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगेर सेलाउने गरिन्छ ।
आजका दिन कालिगढले उपयोगमा ल्याउने औजारमा पूजाआराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजा गर्ने परम्परा बसेको प्रा तोयराज नेपाल बताउँछन् ।
प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताउँछन् ।
यही सम्झनामा नेपालका कालिगढले भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उहाँको विद्वताको सम्मान गर्छन् । पूजाआराधना गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । सोही विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजाआराधना गरिन्छ ।
वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा मनाउने गर्छन् ।
पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तुशास्त्रकै विषय उल्लेख छ । लुप्तप्रायः भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पछिल्लो दिनमा वास्तु विद्याको महत्व बढेको छ ।
Banner
मन्त्रिपरिषद् बैठक बस्दै
प्रधानमन्त्री बालेन शाहले बुधबार अपराह्नका लागि बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे बस्नेछ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login