Banner
आज २०८२ साल साउन २१ गते बुधबारको राशिफल
आज २०८२ साल साउन २१ गते बुधबार। साउन शुक्ल पक्षको द्वादशी तिथि। तदनुसार सन् २०२५ अगष्ट ६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। आफन्तको प्रगतिमा मन हर्षित बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारमा रमाइलो घुमघाम हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।
वृष : दिन सामान्य छ। हौसिएर लगानी गर्दा व्यापारमा जोखिम बढ्नेछ। राजनीतिमा विरोधी सक्रिय भएकाले सचेत बन्नुपर्ने छ। शिक्षाको क्षेत्रमा नतिजा प्राप्त नहुँदा मन निराश बन्नेछ। विदेशमा आकर्षणा बढ्नेछ।
मिथुन : दिन राम्रो छ। परिवारको साथ र सहयोग मिल्दा मन शान्त बन्नेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनाले मनमा उत्साह बढ्नेछ।
कर्कट : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रामा सम्पत्ति र समय दुवेै खर्च हुने भएकाले यात्रा नगर्नु उचित हुन्छ। राजनीतिमा आरोपप्रत्यारोप बढ्नेछ। धार्मिक कार्यमा सहभागी हुँदा नयाँ सिर्जना हुनेछ।
सिंह : दिन राम्रो छ। शुभ ग्रहको बहुमत भएकाले शिक्षा र स्वास्थ्यमा लगानीबाट फाइदा हुनेछ। परिवारभित्र गोपनीयता सुरक्षित गर्न राम्रो होला। सामाजिक क्षेत्रमा काम गर्दा मन शान्त बन्नेछ।
कन्या : दिन सामान्य छ। सानो कुराले मनमा उथलपुथल ल्याउने छ। आर्थिक क्षेत्रमा व्यायभार थपिए पनि स्वास्थ्यमा सुधार हुनेछ।। अभिभावकसँगको अन्तरक्रियाले फाइदा हुनेछ।
तुला : दिन राम्रो छ। दाजुभाइसको सहकार्य भए फाइदा हुनेछ। विपक्षीको साथ र सहयोग मिल्नेछ। राजनीतिमा अगाडि बढ्न हिम्मत गर्नुपर्ने देखिन्छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।
वृश्चिक : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। सम्पत्तिका पछाडि लाग्दा स्वास्थ्यमा घाटा हुने भएकाले सचेत बन्नु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
धनु : दिन राम्रो छ। मन शान्त बन्नेछ। विपक्षी साथीको साथ मिल्नेछ। राजनीतिमा फाइदा हुनेछ। धार्मिक क्षेत्रमा सहकार्य हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।
मकर : दिन सामान्य छ। लगानीबाट सामान्य नाफा हुनेछ। व्यापारमा लगानी नगर्नु उचित हुन्छ। स्वास्थ्य र शिक्षामा थप मिहिनेत गर्नुपर्नेछ। परिवारको व्यवहारले मन आशान्त बन्ने जोखिम छ।
कुम्भ : दिन राम्रो छ। धार्मिक व्यक्तिसँगको भेटले मनमा उत्साह बढ्नेछ। विपक्षी सहकार्य गरेर अगाडि बढ्न सहमत हुनेछन्। धार्मिक र सामाजिक क्षेत्रमा तपाईंको नाम रहनेछ। परिवाररको साथले उत्साह बढ्नेछ।
मीन : दिन सामान्य छ। टाउको दुख्ने जोखिम बढ्नसक्छ। हरेक काममा बाधा र अवरोध हुनेछ। व्यापारमा गरेको लगानीबाट भने नाफा हुनेछ। परिवारमा एकपटक सचेर मात्र बोल्नु उचित हुन्छ। साथीबाट प्रशंसा हुनेछ।
Facebook Comment
Banner
सुन्दरहरैंचाको गछिया युवा समाज मच्छिन्द्र फुटबल क्लबलाई पराजित गर्दै पुग्यो इटहरी गोल्डकपको फाइनलमा
सुन्दरहरैंचाको गछिया युवा समाज इटहरीमा जारी रेडबुल १६ औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको प्रतियोगिताको पहिलो सेमीफाइनलमा गछियाले मच्छिन्द्र फुटबल क्लब, काठमाडौंलाई पेनाल्टी सुटआउटमा हराउँदै उपाधि नजिक पुगेको हो । निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले ३–३ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमार्फत् भएको थियो
निर्धारित समयमा गछियाका लागि जनमय धामी, सुजन डंगोल र पदम भट्टराईले गोल गरेका थिए । मच्छिन्द्रका लागि प्रदिप बुढाथोकीले दुई गोल गर्दा थप एक गोल देवेन्द्र तामाङले गरेका थिए ।
पेनाल्टी सुटआउटमा गछिया ५–४ ले गोलले विजयी बन्दा गछियाकै पदम भट्टराई प्लेयर अफ दि म्याच बने ।
राष्ट्रिय जागृति क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।
गछियाले उद्घाटन खेलमा नाइजेरियाको फुटबल टिमलाई पराजित गरेको थियो ।
Banner
डाइभर्सन’ बगाएपछि बीपी राजमार्ग अवरुद्ध
वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मंगलटार सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।
कटुञ्जे–मंगलटार सडकखण्डको विभिन्न स्थानमा ‘डाइभर्सन’ बगाएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डाइभर्सन मर्मत सुरु गरिए पनि आवागमन सुचारु गर्न केही घण्टा लाग्ने भएकाले कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढेपछि राजमार्गमा यसअघि निर्माण गरिएको अस्थायी डाइभर्सन बगाएको हो ।
गत सालको बाढीपहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो । यस्तै, गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको चार किमी बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो ।
यसैबीच, राजमर्गा अवरुद्ध भएपछि सवारीसाधनलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको छ । राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई प्रहरीले अनुरोध गरेको छ भने अर्को सूचना जारी नभएसम्म उक्त खण्डमा यात्रा नगर्न अपिलसमेत गरिएको छ ।
गत साल असोजको बाढीपहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्णरुपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो । हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
Banner
क्यान्सर पीडित उमा खड्कालाई एनआरएनए बहराइनद्वारा आर्थिक सहयोग
सुन्दरहरैँचा, मोरङ — एनआरएनए बहराइनको पहलमा क्यान्सर पीडित तथा विगतमा बहराइनमा बसोबास गर्दै आउनु भएकी उमा खड्कालाई आर्थिक सहयोग प्रदान गरिएको छ।
शनिबार सुन्दरहरैँचा नगरपालिका–१२ स्थित उहाँकै निवासमा आयोजित एक कार्यक्रमबीच रु १०१,४६० (एक लाख एक हजार चार सय साठी रुपैयाँ) उक्त सहयोग हस्तान्तरण गरिएको हो। कार्यक्रममा कुल बराबरको रकम सहयोगस्वरूप प्रदान गरिएको जानकारी दिइएको छ।
सहयोग रकम एनआरएनए बहराइनकी महिला संयोजक सरु लामा गुरुङको हातबाट हस्तान्तरण गरिएको थियो। कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका प्रवक्ता तथा वडा नं. १२ का वडाअध्यक्ष रोशन प्रसाद ढकाल, पत्रकार ज्ञाननाथ ढकाल लगायत स्थानीय बासिन्दा र परिवारजनको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले मानवीय सहयोग अभियानमा योगदान पुर्याउने सम्पूर्ण दाताहरू तथा सहयोगीप्रति आभार व्यक्त गरेका छन्। साथै, क्यान्सरसँग संघर्षरत उमा खड्काको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने














You must be logged in to post a comment Login