Banner
अबको सुन्दरहरैंचा” बहस: शिक्षा, स्वास्थ्य, सुशासन, कृषिमा प्राथमिकता दिन सुझाव
ईन्द्रपुर जुनियर जेसीजको आयोजनामा सम्पन्न अबको सुन्दरहरैंचा बहसमा नगरको समग्र विकास र भविष्यको सम्भावनाबारे विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले आ–आफ्ना धारणा प्रस्तुत गरे। बहसमा दीर्घकालीन रणनीतिक योजना, शून्य बेरुजु, शिक्षा, स्वास्थ्य, कृषि, सुशासन, पर्यटन र औद्योगिक विकासलाई प्राथमिकतामा राख्नुपर्ने विषयमा सहभागी विशिष्ट व्यक्तित्वहरूले बहुमूल्य सुझाव दिएका छन् ।
महालेखापरीक्षक माननीय तोयम रायमाझीले सुन्दरहरैंचालाई महानगरसम्म उकास्ने, १० वर्षे नागरिकमैत्री रणनीतिक योजना बनाउन र नगरलाई शून्य बेरुजु बनाउने उपायहरू कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो । प्रेमप्रसाद लुइटेलले औद्योगिक ग्राम निर्माणदेखि सांस्कृतिक पर्यटन र सुशासनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
पियुका उपकुलपति डा. बिजु थपलियाले मेडिकल कलेज स्थानीय बासिन्दाको सपना विपना बनेको उल्लेख गर्दै यसले सयौँ रोजगारी सिर्जना गर्ने र जनसंख्याको चापबीच व्यवसायिक दिगो विकासमा मद्दत गर्ने धारणा राख्नुभयो । उहाँले स्रोत साधन र दक्ष जनशक्तिको भरपुर उपयोग गर्न स्थानीय तहलाई आग्रह गर्नुभयो ।
ईटहरी आईटी कलेजका दुलारिका कलेज प्रमुखले सुन्दरहरैंचाको शैक्षिक सम्भावना देखेरै कलेज स्थापना गरिएको उल्लेख गर्दै प्रविधिलाई प्रयोग गरेर विकासमा सहयोग गर्नुपर्ने बताउनुभयो । डा. सूर्य पराजुलीले सुन्दरहरैंचाको प्रमुख सम्भावना शिक्षा र स्वास्थ्यमै रहेको भन्दै सुधारका सुझाव दिनुभयो।
भोला दुलालले सुन्दरहरैंचाको रिङरोडलाई दीर्घकालीन महत्व दिने, ठूला योजनाका डिपिआर तयार गर्ने र छिटो, छरितो सेवा प्रवाह गर्नुपर्ने धारणा प्रस्तुत गर्नुभयो । साथै कर तिर्ने वातावरण नागरिकमैत्री बनाउनुपर्ने सुझाव पनि दिनुभयो।
डा. राजेन्द्र उप्रेतीले कृषिको एकीकृत योजना बनाउन, स्थानअनुसारका बाली पहिचान गरी न्यूनतम मूल्य निर्धारण गर्ने र कृषि–उद्योग प्रवर्द्धन गर्नुपर्ने धारणा राख्नुभयो । नाट्यकर्मी युवराज घिमिरेले कला र नाट्य क्षेत्रको विकास अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता बहस निरन्तर चलाउनुपर्ने बताउनु भयो ।
शिवप्रसाद ढकालले नयाँ नेतृत्वले पुराना ठूला योजनालाई निरन्तरता दिएकोमा धन्यवाद दिँदै नयाँ योजनाहरूको सफल कार्यान्वयन सहज बनाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले हसिना, बाघझोडा, बृन्दाबन, गौशाला लगायतका धार्मिक स्थललाई धार्मिक पर्यटन र शिक्षा–स्वास्थ्य हबका रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो । राजकुमार ओझा र माननीय गोपी अछामी दुवैले सुन्दरहरैंचालाई स्वास्थ्य, शिक्षा र संस्कृतिको हब बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले नगरमा स्रोत साधनले भ्याएसम्म काम भइरहेको, जनताको अपेक्षा उच्च भए पनि ठूला योजना क्रमशः अघि बढिरहेको जानकारी दिनुभयो । नगरप्रमुख केदारप्रसाद गुरागाईंले नगरको वर्तमान अवस्था र भविष्यको सम्भावनाबारे प्रस्तुत गर्नुभयो । यसै क्रममा अर्जुनराज अधिकारीले शैक्षिक क्षेत्रमा सशक्त पहल गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रमका सहजकर्ता बाबुराम निरौला, डा. दिपक न्यौपाने, निरज न्यौपाने र विनय बाह्रकोटी रहेका थिए। कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ । यसलाई सुन्दरहरैंचाको इतिहासकै उत्कृष्ट बहस कार्यक्रमको रूपमा दाबी गरिएको छ ।
Facebook Comment
Banner
सुन्दरहरैँचा कांग्रेस नगर उपसभापतिमा कमल ढुङ्गाना ‘कुन्दन’को उम्मेदवारी
नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनलाई लक्षित गर्दै सुन्दरहरैँचा नगर उपसभापति पदमा कमल ढुङ्गाना ‘कुन्दन’ले उम्मेदवारी घोषणा गरेका छन्।
ढुङ्गाना हाल नेपाल तरुण दलको कार्यवाहक सभापतिको जिम्मेवारीमा छन् भने गछिया जेसीजका अध्यक्षसमेत हुन्। लामो समयदेखि सामाजिक तथा युवा क्षेत्रमा सक्रिय ढुङ्गाना युवामाझ लोकप्रिय मानिन्छन्।
सरल स्वभाव, लगनशीलता र नेतृत्व क्षमताका कारण युवापंक्तिमा आफ्नो छुट्टै पहिचान बनाएका ढुङ्गानाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने बताएका छन्।
नगर उपसभापतिको उम्मेदवारीसँगै ढुङ्गानाले पार्टीभित्र युवाको सक्रिय सहभागिता बढाउने, संगठनलाई जनमुखी बनाउने तथा कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन्।
Banner
विनाशकारी रसुवा बाढीको सरकारद्वारा ‘हिमालयन सुनामी’ नामकरण
सरकारले १० भदौमा आएको विनाशकारी रसुवा बाढीलाई ‘हिमालयन सुनामी’ नामकरण गरेको छ । सरकारले त्यही नामबाट संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उक्त नाम सुनाएका हुन् ।
संयुक्त राष्ट्रसंघीय महासभामा जानुअघि समितिलाई भ्रमणबारे जानकारी गराउँदै मन्त्री खनालले भने, ‘अहिलेको जुन बाढी छ, मैले सुनामी भन्ने गरेको छु– हिमालयन सुनामी । जुन डिजास्टर अनुभव गरियो, जसले पछिल्लो समय कम्तीमा पनि २०/२५ वर्षदेखि बनाइराखेको समृद्धिको न्यारेटिभमा नै धक्का पुर्याएको छ,’ उनले भने ।
१० भदौमा भोटेकोसीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटमा सबैभन्दा बढी प्रभावित बनाएको छ । रसुवा र नुवाकोटमा भएको क्षति भने निकै बढी छ । बस्ती नै बगाएका कारण कम्तीमा पनि १० हजार नागरिक बेपत्ता भएको अनुमान छ । विभिन्न जलविद्युत् आयोजनादेखि अन्य संरचनाहरूमा पनि क्षति पुर्याएको छ ।
लाङटाङ लिरुङ हिमालमा भएको विस्फोटपछि तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोसीमा बाढी आएको थियो ।
सरकार अहिले पनि उद्धारमा सक्रिय छ । उक्त विपत्पछि सरकारले संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनका कारण नेपालले क्षति व्यहोर्नुपरेको आवाज उठाउँदै छ । त्यस क्रममा सरकारले क्षतिपूर्तिको माग दाबी गर्ने तयारीसमेत गरेको छ ।
उक्त तयारीका लागि परराष्ट्रमन्त्री खनाल महसभामा जाने तयारीमा छन् । साथै, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ६ असोजमा महासभामा भाग लिन अमेरिका जाने तयारी छ । उनले ८ असोजमा सम्बोधन गर्ने तयारी छ ।
Banner
नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै
नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।
त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।
यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login