Banner
अबको सुन्दरहरैंचा” बहस: शिक्षा, स्वास्थ्य, सुशासन, कृषिमा प्राथमिकता दिन सुझाव
ईन्द्रपुर जुनियर जेसीजको आयोजनामा सम्पन्न अबको सुन्दरहरैंचा बहसमा नगरको समग्र विकास र भविष्यको सम्भावनाबारे विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूले आ–आफ्ना धारणा प्रस्तुत गरे। बहसमा दीर्घकालीन रणनीतिक योजना, शून्य बेरुजु, शिक्षा, स्वास्थ्य, कृषि, सुशासन, पर्यटन र औद्योगिक विकासलाई प्राथमिकतामा राख्नुपर्ने विषयमा सहभागी विशिष्ट व्यक्तित्वहरूले बहुमूल्य सुझाव दिएका छन् ।
महालेखापरीक्षक माननीय तोयम रायमाझीले सुन्दरहरैंचालाई महानगरसम्म उकास्ने, १० वर्षे नागरिकमैत्री रणनीतिक योजना बनाउन र नगरलाई शून्य बेरुजु बनाउने उपायहरू कार्यान्वयन गर्नुपर्ने सुझाव दिनुभयो । प्रेमप्रसाद लुइटेलले औद्योगिक ग्राम निर्माणदेखि सांस्कृतिक पर्यटन र सुशासनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
पियुका उपकुलपति डा. बिजु थपलियाले मेडिकल कलेज स्थानीय बासिन्दाको सपना विपना बनेको उल्लेख गर्दै यसले सयौँ रोजगारी सिर्जना गर्ने र जनसंख्याको चापबीच व्यवसायिक दिगो विकासमा मद्दत गर्ने धारणा राख्नुभयो । उहाँले स्रोत साधन र दक्ष जनशक्तिको भरपुर उपयोग गर्न स्थानीय तहलाई आग्रह गर्नुभयो ।
ईटहरी आईटी कलेजका दुलारिका कलेज प्रमुखले सुन्दरहरैंचाको शैक्षिक सम्भावना देखेरै कलेज स्थापना गरिएको उल्लेख गर्दै प्रविधिलाई प्रयोग गरेर विकासमा सहयोग गर्नुपर्ने बताउनुभयो । डा. सूर्य पराजुलीले सुन्दरहरैंचाको प्रमुख सम्भावना शिक्षा र स्वास्थ्यमै रहेको भन्दै सुधारका सुझाव दिनुभयो।
भोला दुलालले सुन्दरहरैंचाको रिङरोडलाई दीर्घकालीन महत्व दिने, ठूला योजनाका डिपिआर तयार गर्ने र छिटो, छरितो सेवा प्रवाह गर्नुपर्ने धारणा प्रस्तुत गर्नुभयो । साथै कर तिर्ने वातावरण नागरिकमैत्री बनाउनुपर्ने सुझाव पनि दिनुभयो।
डा. राजेन्द्र उप्रेतीले कृषिको एकीकृत योजना बनाउन, स्थानअनुसारका बाली पहिचान गरी न्यूनतम मूल्य निर्धारण गर्ने र कृषि–उद्योग प्रवर्द्धन गर्नुपर्ने धारणा राख्नुभयो । नाट्यकर्मी युवराज घिमिरेले कला र नाट्य क्षेत्रको विकास अपरिहार्य रहेको उल्लेख गर्दै यस्ता बहस निरन्तर चलाउनुपर्ने बताउनु भयो ।
शिवप्रसाद ढकालले नयाँ नेतृत्वले पुराना ठूला योजनालाई निरन्तरता दिएकोमा धन्यवाद दिँदै नयाँ योजनाहरूको सफल कार्यान्वयन सहज बनाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले हसिना, बाघझोडा, बृन्दाबन, गौशाला लगायतका धार्मिक स्थललाई धार्मिक पर्यटन र शिक्षा–स्वास्थ्य हबका रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो । राजकुमार ओझा र माननीय गोपी अछामी दुवैले सुन्दरहरैंचालाई स्वास्थ्य, शिक्षा र संस्कृतिको हब बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले नगरमा स्रोत साधनले भ्याएसम्म काम भइरहेको, जनताको अपेक्षा उच्च भए पनि ठूला योजना क्रमशः अघि बढिरहेको जानकारी दिनुभयो । नगरप्रमुख केदारप्रसाद गुरागाईंले नगरको वर्तमान अवस्था र भविष्यको सम्भावनाबारे प्रस्तुत गर्नुभयो । यसै क्रममा अर्जुनराज अधिकारीले शैक्षिक क्षेत्रमा सशक्त पहल गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रमका सहजकर्ता बाबुराम निरौला, डा. दिपक न्यौपाने, निरज न्यौपाने र विनय बाह्रकोटी रहेका थिए। कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ । यसलाई सुन्दरहरैंचाको इतिहासकै उत्कृष्ट बहस कार्यक्रमको रूपमा दाबी गरिएको छ ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login