Connect with us
Advertisement

गछिया खानेपानीमा १ करोड रुपैयाँभन्दा बढी बेरुजु

Published

on

खेमचन्द्र अधिकारी\ज्ञाननाथ ढकाल
दुलारीः डेढ दशकसम्म वार्षिक साधारणसभा नगरी तदर्थ समितिले नै सञ्चालन गरेको गछिया खानेपानी तथा सरसफाई उपभोक्ता समितिको बेरुजु एक करोड रुपैयाँभन्दा बढी देखिएको छानबिन समितिले जनाएको छ । २०८२ साल जेठ ३१ गते भएको वार्षिक साधारण सभाबाट गठित छानबिन समितिले प्रतिवेदन प्रस्तुत गर्दै विगत १६ वर्षमा उपभोक्ता समितिमा व्यापक आर्थिक अनियमितता भएको औँल्याएको छ ।

जेठ ३१ गते भएको साधारणसभामा समितिको आयव्यय पारदर्शी नभएको आवाज उपभोक्ताबाट आएपछि आयव्यय हेर्नका लागि उपभोक्ता मोहन न्यौपाने नेतृत्वको पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो । सो छानबिन समितिले भदौ १२ गते गछिया खानेपानी तथा सरससफाइ उपभोक्ता समितिसमक्ष प्रतिवेदन बुझाएको छ । पथरीशनिश्चरे खानेपानी तथा उपभोक्ता समितिको अध्यक्षको अनुभव सम्हालेका न्यौपाने मोरंगको तत्कालीन शनिश्चरे गाविसको दुई कार्यकाल अध्यक्ष भएका व्यक्ति हुनुहुन्छ ।

छानबिन समितिका अध्यक्ष मोहन न्यौपानेका अनुसार खानेपानी उपभोक्ता समितिले आर्थिक वर्ष २०७९/०८० र आर्थिक वर्ष २०८०/०८१ मा मात्रै लेखा परीक्षण गराएको पाइएको बताउनुहुन्छ । भुक्तानी गर्दा बिल भरपाइ प्रयोग गरेको नभेटिएको, साठी वटा बिजुली पोल खरीद गरिएको भनेर बैठक पुस्तिकामा लेखिए पनि ती पोल समितिले कहाँ प्रयोग गर्याे वा कहाँ राख्यो भन्ने नदेखिएको र बैठकको निर्णयबिना नै धेरै खर्च भएको देखिएको बताउनुहुन्छ ।

तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी गठित छानबिन समितिको सदस्यमा रमेश आचार्य, भीमा राई, मकरानन्द पराजुली र पुण्य ढकाल सदस्य रहनुभएको थियो । साधारणसभा नभएका वर्षमा भएको खर्चको विवरण नभेटिएको र भेटिएकोमध्ये पनि धेरैजसो खर्च विवरण अपारदर्शी भेटिएको छानबिन समितिले जनाएको छ ।

छानबिन समिति सदस्य तथा राष्टिय प्रजातन्त्र पार्टी सुन्दरहरैंचाका पूर्व नगर अध्यक्ष मकरानन्द पराजुली समितिमा बेरुजु रकम देखिएको र सुधार गर्नुपर्ने विषय धेरै देखिएको बताउनुहुन्छ ।

 

खानेपानीको तदर्थ समिति सदस्य हर्कराज परियार खर्च गर्नुपर्ने रकम निर्णय गरेर मात्रै खर्च गर्नुपर्छ भनेर आफूले पटकपटक भन्दा पनि सुनुवाइ नभएको बताउनुहुन्छ । समिति अध्यक्ष हरिनारायण चौधरी र सचिव बाबुकृष्ण दाहालले एकलौटी ढंगले खर्च गर्दा समस्या आएको बताउनुहुन्छ ।

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ का पूर्व वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ आफ्नो कार्यकालमा समितिको साधारणसभा गराउन बारम्बार पहल गर्दा पनि सफल नभएको बताउनुहुन्छ ।

सर्वदलीय संयन्त्रबाट संघसंस्था र गाविसको काम हुने तत्कालीन समितिमा सर्वदलीय बैठकको निर्णयबाट तदर्थ समिति गठन भएको थियो । २०६६ सालमा गठित तदर्थ समितिमा नेपाली कांग्रेसबाट अध्यक्ष हरिनारायण चौधरी, सदस्य विमला श्रेष्ठ हुनुहुन्थ्यो । नेकपा एमालेबाट उपाध्यक्ष पुष्प ढकाल र सदस्यमा हर्कराज परियार तथा मञ्जु गौतम हुनुहुन्थ्यो । नेकपा माओवादीबाट सचिव बाबुकृष्ण दाहाल, सदस्य सुरेशकुमार लाबर र दिलकुमारी कार्की हुनुहुन्थ्यो । मधेसी जनअधिकार फोरमबाट सन्तोष चौधरी सदस्य हुनुहुन्थ्यो ।

तदर्थ समितिका सचिव बाबुकृष्ण दाहाल समितिको कार्यालय भवन, ओभरहेड ट्यांकी, गार्ड भवन बनाउनको लागि संघीय खानेपानी कार्यालयले रकम दिएको र सोही कार्यालयले सो रकमको फरफारक गरेको र तदर्थ समितिले त्यसको रेकर्ड नराख्दा बेरुजुजस्तो देखिएको बताउनुभयो । संघीय खानेपानी कार्यालयबाट सबै कागजपत्र ल्याएपछि बेरुजु भनिएको रकम बेरुजु नदेखिने दाहालले दाबी गर्नुभयो ।

समितिका वर्तमान अध्यक्ष उमेश वस्ती प्रतिवेदन आफूले ग्रहण गरे पनि अध्ययन गर्न बाँकी रहेको बताउनुहुन्छ । प्रतिवेदन अध्ययन गरेपछि मात्रै यस विषयमा सार्वजनिक धारणा राख्ने उहाँले बताउनुभयो ।

खानेपानी संस्थाकी कार्यालय सहायक लक्ष्मी सिग्देल आफू गत बैशाखदेखि मात्रै कार्यरत रहेकाले त्यसभन्दा अघिको आर्थिक कारोबारको बारेमा आफूलाई जानकारी नभएको बताउनुहुन्छ । आफूले बैंकि कारोबार गरिरहेको र अहिले अपारदर्शिता नरहेको उहाँको भनाइ छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading

Banner

कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा

Published

on

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।

Continue Reading

Banner

निर्वाचन आचारसंहिता लागू

Published

on

निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।

यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।

साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।

आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक