Connect with us
Advertisement

गछिया खानेपानीमा १ करोड रुपैयाँभन्दा बढी बेरुजु

Published

on

खेमचन्द्र अधिकारी\ज्ञाननाथ ढकाल
दुलारीः डेढ दशकसम्म वार्षिक साधारणसभा नगरी तदर्थ समितिले नै सञ्चालन गरेको गछिया खानेपानी तथा सरसफाई उपभोक्ता समितिको बेरुजु एक करोड रुपैयाँभन्दा बढी देखिएको छानबिन समितिले जनाएको छ । २०८२ साल जेठ ३१ गते भएको वार्षिक साधारण सभाबाट गठित छानबिन समितिले प्रतिवेदन प्रस्तुत गर्दै विगत १६ वर्षमा उपभोक्ता समितिमा व्यापक आर्थिक अनियमितता भएको औँल्याएको छ ।

जेठ ३१ गते भएको साधारणसभामा समितिको आयव्यय पारदर्शी नभएको आवाज उपभोक्ताबाट आएपछि आयव्यय हेर्नका लागि उपभोक्ता मोहन न्यौपाने नेतृत्वको पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो । सो छानबिन समितिले भदौ १२ गते गछिया खानेपानी तथा सरससफाइ उपभोक्ता समितिसमक्ष प्रतिवेदन बुझाएको छ । पथरीशनिश्चरे खानेपानी तथा उपभोक्ता समितिको अध्यक्षको अनुभव सम्हालेका न्यौपाने मोरंगको तत्कालीन शनिश्चरे गाविसको दुई कार्यकाल अध्यक्ष भएका व्यक्ति हुनुहुन्छ ।

छानबिन समितिका अध्यक्ष मोहन न्यौपानेका अनुसार खानेपानी उपभोक्ता समितिले आर्थिक वर्ष २०७९/०८० र आर्थिक वर्ष २०८०/०८१ मा मात्रै लेखा परीक्षण गराएको पाइएको बताउनुहुन्छ । भुक्तानी गर्दा बिल भरपाइ प्रयोग गरेको नभेटिएको, साठी वटा बिजुली पोल खरीद गरिएको भनेर बैठक पुस्तिकामा लेखिए पनि ती पोल समितिले कहाँ प्रयोग गर्याे वा कहाँ राख्यो भन्ने नदेखिएको र बैठकको निर्णयबिना नै धेरै खर्च भएको देखिएको बताउनुहुन्छ ।

तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी गठित छानबिन समितिको सदस्यमा रमेश आचार्य, भीमा राई, मकरानन्द पराजुली र पुण्य ढकाल सदस्य रहनुभएको थियो । साधारणसभा नभएका वर्षमा भएको खर्चको विवरण नभेटिएको र भेटिएकोमध्ये पनि धेरैजसो खर्च विवरण अपारदर्शी भेटिएको छानबिन समितिले जनाएको छ ।

छानबिन समिति सदस्य तथा राष्टिय प्रजातन्त्र पार्टी सुन्दरहरैंचाका पूर्व नगर अध्यक्ष मकरानन्द पराजुली समितिमा बेरुजु रकम देखिएको र सुधार गर्नुपर्ने विषय धेरै देखिएको बताउनुहुन्छ ।

 

खानेपानीको तदर्थ समिति सदस्य हर्कराज परियार खर्च गर्नुपर्ने रकम निर्णय गरेर मात्रै खर्च गर्नुपर्छ भनेर आफूले पटकपटक भन्दा पनि सुनुवाइ नभएको बताउनुहुन्छ । समिति अध्यक्ष हरिनारायण चौधरी र सचिव बाबुकृष्ण दाहालले एकलौटी ढंगले खर्च गर्दा समस्या आएको बताउनुहुन्छ ।

सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ४ का पूर्व वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ आफ्नो कार्यकालमा समितिको साधारणसभा गराउन बारम्बार पहल गर्दा पनि सफल नभएको बताउनुहुन्छ ।

सर्वदलीय संयन्त्रबाट संघसंस्था र गाविसको काम हुने तत्कालीन समितिमा सर्वदलीय बैठकको निर्णयबाट तदर्थ समिति गठन भएको थियो । २०६६ सालमा गठित तदर्थ समितिमा नेपाली कांग्रेसबाट अध्यक्ष हरिनारायण चौधरी, सदस्य विमला श्रेष्ठ हुनुहुन्थ्यो । नेकपा एमालेबाट उपाध्यक्ष पुष्प ढकाल र सदस्यमा हर्कराज परियार तथा मञ्जु गौतम हुनुहुन्थ्यो । नेकपा माओवादीबाट सचिव बाबुकृष्ण दाहाल, सदस्य सुरेशकुमार लाबर र दिलकुमारी कार्की हुनुहुन्थ्यो । मधेसी जनअधिकार फोरमबाट सन्तोष चौधरी सदस्य हुनुहुन्थ्यो ।

तदर्थ समितिका सचिव बाबुकृष्ण दाहाल समितिको कार्यालय भवन, ओभरहेड ट्यांकी, गार्ड भवन बनाउनको लागि संघीय खानेपानी कार्यालयले रकम दिएको र सोही कार्यालयले सो रकमको फरफारक गरेको र तदर्थ समितिले त्यसको रेकर्ड नराख्दा बेरुजुजस्तो देखिएको बताउनुभयो । संघीय खानेपानी कार्यालयबाट सबै कागजपत्र ल्याएपछि बेरुजु भनिएको रकम बेरुजु नदेखिने दाहालले दाबी गर्नुभयो ।

समितिका वर्तमान अध्यक्ष उमेश वस्ती प्रतिवेदन आफूले ग्रहण गरे पनि अध्ययन गर्न बाँकी रहेको बताउनुहुन्छ । प्रतिवेदन अध्ययन गरेपछि मात्रै यस विषयमा सार्वजनिक धारणा राख्ने उहाँले बताउनुभयो ।

खानेपानी संस्थाकी कार्यालय सहायक लक्ष्मी सिग्देल आफू गत बैशाखदेखि मात्रै कार्यरत रहेकाले त्यसभन्दा अघिको आर्थिक कारोबारको बारेमा आफूलाई जानकारी नभएको बताउनुहुन्छ । आफूले बैंकि कारोबार गरिरहेको र अहिले अपारदर्शिता नरहेको उहाँको भनाइ छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैँचा कांग्रेस नगर उपसभापतिमा कमल ढुङ्गाना ‘कुन्दन’को उम्मेदवारी

Published

on

नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनलाई लक्षित गर्दै सुन्दरहरैँचा नगर उपसभापति पदमा कमल ढुङ्गाना ‘कुन्दन’ले उम्मेदवारी घोषणा गरेका छन्।

ढुङ्गाना हाल नेपाल तरुण दलको कार्यवाहक सभापतिको जिम्मेवारीमा छन् भने गछिया जेसीजका अध्यक्षसमेत हुन्। लामो समयदेखि सामाजिक तथा युवा क्षेत्रमा सक्रिय ढुङ्गाना युवामाझ लोकप्रिय मानिन्छन्।

सरल स्वभाव, लगनशीलता र नेतृत्व क्षमताका कारण युवापंक्तिमा आफ्नो छुट्टै पहिचान बनाएका ढुङ्गानाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने बताएका छन्।

नगर उपसभापतिको उम्मेदवारीसँगै ढुङ्गानाले पार्टीभित्र युवाको सक्रिय सहभागिता बढाउने, संगठनलाई जनमुखी बनाउने तथा कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन्।

Continue Reading

Banner

विनाशकारी रसुवा बाढीको सरकारद्वारा ‘हिमालयन सुनामी’ नामकरण

Published

on

सरकारले १० भदौमा आएको विनाशकारी रसुवा बाढीलाई ‘हिमालयन सुनामी’ नामकरण गरेको छ । सरकारले त्यही नामबाट संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उक्त नाम सुनाएका हुन् ।

संयुक्त राष्ट्रसंघीय महासभामा जानुअघि समितिलाई भ्रमणबारे जानकारी गराउँदै मन्त्री खनालले भने, ‘अहिलेको जुन बाढी छ, मैले सुनामी भन्ने गरेको छु– हिमालयन सुनामी । जुन डिजास्टर अनुभव गरियो, जसले पछिल्लो समय कम्तीमा पनि २०/२५ वर्षदेखि बनाइराखेको समृद्धिको न्यारेटिभमा नै धक्का पुर्‍याएको छ,’ उनले भने ।

१० भदौमा भोटेकोसीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटमा सबैभन्दा बढी प्रभावित बनाएको छ । रसुवा र नुवाकोटमा भएको क्षति भने निकै बढी छ । बस्ती नै बगाएका कारण कम्तीमा पनि १० हजार नागरिक बेपत्ता भएको अनुमान छ । विभिन्न जलविद्युत् आयोजनादेखि अन्य संरचनाहरूमा पनि क्षति पुर्‍याएको छ ।

लाङटाङ लिरुङ हिमालमा भएको विस्फोटपछि तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोसीमा बाढी आएको थियो ।

सरकार अहिले पनि उद्धारमा सक्रिय छ । उक्त विपत्‌पछि सरकारले संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनका कारण नेपालले क्षति व्यहोर्नुपरेको आवाज उठाउँदै छ । त्यस क्रममा सरकारले क्षतिपूर्तिको माग दाबी गर्ने तयारीसमेत गरेको छ ।

उक्त तयारीका लागि परराष्ट्रमन्त्री खनाल महसभामा जाने तयारीमा छन् । साथै, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ६ असोजमा महासभामा भाग लिन अमेरिका जाने तयारी छ । उनले ८ असोजमा सम्बोधन गर्ने तयारी छ ।

Continue Reading

Banner

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै

Published

on

नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।

यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक