Banner
आज २०८२ साल भदौ २१ गते शनिबारको राशिफल
आज २०८२ साल भदौ २१ गते शनिबार। भाद्र शुक्ल पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर ६ तारिख। इन्द्रजात्रा पर्व आज परेको छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन राम्रो छ। तपाईंले सोचेका काम बन्नेछन्। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। विपक्षी भनेका साथी शान्त रहेकाले काम सहज बन्नेछ।
वृष : दिन राम्रो छ। गुम्न लागेको धन प्राप्त हुनेछ। शिक्षामा प्रगति हुनेछ। विदेशतर्फ मन आकर्षित हुने योग छ। आलोचना गर्ने साथीसँग सचेत भएर काम गर्नुपर्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
मिथुन : दिन सामान्य छ। आफ्नै बोलीका कारण अप्ठेरो परिस्थिति सिर्जना हुनसक्छ। बोल्नु भन्दा अगाडि तीन पटक सोच्नु उचित हुन्छ। बन्धुसँगको साझेदारीले फाइदा हुनेछ। सम्पत्तिका पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले सोचेका काम बन्नेछन्।
कर्कट : दिन सामान्य छ। साथीले असहयोग गर्नेछन्। राजनीतिमा अगाडि नबढ्नु राम्रो हुन्छ। आलोचना गर्ने साथीको संख्या बढ्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। परिवारभित्र सचेत भएर व्यवहार गर्नुपर्ने देखिन्छ।
सिंह : दिन राम्रो छ। शुभ ग्रहको बहुमत भएकाले आफन्तको साथ मिल्नेछ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। गुरुसँग सल्लाह लिएर काम गर्नु उचित हुन्छ। निजी क्षेत्रको लगानीबाट नाफा हुनेछ।
कन्या : दिन सामान्य छ। कामको बोझ थपिने छ। बोल्दा तीन पटक सोच्नु राम्रो हुन्छ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ। राजनीतिक क्षेत्रमा अगाडि बढेर निर्णय नगर्नु राम्रो हुन्छ।
तुला : दिन राम्रो छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। गुरुसँगको भेटले सम्मान बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। स्वास्थयको विशेष ख्याल गर्नुपर्ने दिन छ।
वृश्चिक : दिन सामान्य छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनसक्छ। शिक्षा र राजनीतिक क्षेत्रबाट भने लाभ प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सेवाको असर मिल्नेछ। परिवारभित्र भने मनमुटाव बढ्नेछ।
धनु : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। विपक्षी साथी बौद्धिक भएकाले विरोधको आवाज सुन्नुपर्ने छ। तपाईंको विजयमा भने कसैले अवरोधन नगर्ने देखिन्छ।
मकर : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्ने समय छ। स्वदेशमा विकल्प देखेर खुशी बढ्नेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। धार्मिक कुरामा अविश्वास बढ्नेछ।
कुम्भ : दिन राम्रो छ। यात्रामा अनावश्यक खर्च भए पनि तपाईंको नामको चर्चा हुनेछ। परिावारभित्र भन्दा बाहिरका साथीले प्रशंसा गर्नेछन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।
मीन : दिन सामान्य छ। अनावश्यक खर्च बढ्नेछ। साथीसँग सानासाना कुरामा मनमुटाव हुनेछ। बोल्नु अगाडि सोच्नु उचित हुनेछ। शिक्षामा ढिलासुस्ती हुने जोखिम छ। स्वास्थ्यमा भने सुधारका संकेत देखिनेछन्।
Facebook Comment
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
Banner
गछिया गोल्डकप: राष्ट्रिय जागृति क्लब सेमिफाइनलमा
मोरङको सुन्दरहरैंचास्थित गछिया बजार खेल मैदानमा बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा राष्ट्रिय जागृति क्लबले झापाको दमक फुटबल एकेडेमीलाई २–० ले पराजित गर्दै प्रथम गछिया गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
जागृतिका लागि प्रवेश बस्नेतले खेलको ११औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। त्यसपछि ३९औँ मिनेटमा योगेन्द्र कार्कीले दोस्रो गोल जोडेर टिमको जित सुनिश्चित गरे।
विजयी टिमका योगेन्द्र कार्की ‘प्लेयर अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार १ सय रुपियाँ प्राप्त गरे।
बिहीबारको खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। पहिलो सेमिफाइनल शुक्रबार सिराहाको सहलेस फुटबल क्लब र गाईघाट युनाइटेडबीच हुने छ।
Banner
एनपीएलमा आज दुई खेल
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार दुई खेल हुँदैछन्। पहिलो खेल ११:४५ बजे पोखरा एभेन्जर्स र काठमाण्डु गोर्खाज र अपराह्न ४ बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ। दुवै खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछन्। पोखराका कप्तान कुशल भुर्तेल हुन् भने काठमाण्डुका कप्तान करण केसी हुन्। पोखराको नेतृत्व कुशल मल्लले गरेका छन् भने सुदूरपश्चिमको कप्तानीमा दीपेन्द्रसिंह ऐरी छन्। आजको खेलमा दुई कुशलसँग करण र दीपेन्द्रले प्रतिस्पर्धा गर्ने देखिन्छ। पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ। काठमाडौँले भने छ खेलबाट आठ अङ्क जोडेको छ। प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन्।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login