Banner
जेनजी आन्दोलनमा शहीद भएका परिवारका एक जनालाई रोजगारी दिने चौधरी ग्रुपको घोषणा
व्यावसायिक घराना चौधरी ग्रुप (सीजी) ले जेनजी आन्दोलनका क्रममा शहीद भएका प्रत्येक परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ।
सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त घोषणा गरेका हुन्।
“जेनजी आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौं,” चौधरीले लेखेका छन्, “यो केवल हाम्रो वाचा होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो। हामी सँगै उभिनेछौं, पुनर्निर्माण गर्नेछौं र सहानुभूति, सम्मान र आशासहित उज्ज्वल भविष्य निर्माण गर्नेछौं।”
चौधरीका अनुसार रोजगारी प्रक्रियाका लागि सीजीको टोलीले सर्वप्रथम शहीद परिवारहरूसँग सम्पर्क गरिरहेको छ। इच्छुक परिवारका सदस्यहरूले सीजी कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याल (९८५१२२४०००) लाई सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।
५ अर्ब रुपैयाँ बराबरको क्षति
जेनजी आन्दोलनका क्रममा चौधरी ग्रुपलाई करिब ५ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको समूहले जनाएको छ।
आन्दोलनकारीहरूले गरेको तोडफोड, लुटपाट र आगजनीका कारण समूहका विभिन्न व्यवसायिक प्रतिष्ठानहरू प्रभावित भएका छन्।
सीजीका अनुसार काठमाडौंको सतुङ्गलस्थित इलेक्ट्रोनिक्स कारखाना र गोदाममा आगजनी हुँदा भवन, मेसिनरी, मौज्दात, तयारी सामान र सवारीसाधनहरू पूर्णरूपमा नष्ट भएका छन्।
त्यस्तै, सिजी नेटको सर्भर र डाटा सेन्टरमा समेत ठूलो क्षति पुगेको बताइएको छ।
थापाथलीस्थित सीजी मोटर्स शोरुम, हरिसिद्धिको सर्भिस सेन्टर, ललितपुर र विशालनगरका इलेक्ट्रोनिक्स शोरुमहरू, बर्दघाटस्थित कार्यालय र निवास, र चितवनको सीजी ल्यान्डमार्क भवनमा समेत आगजनी तथा लुटपाट भएको सीजीले जनाएको छ।
साथै, जोरपाटीस्थित सिजी एजुकेसन अन्तर्गतको चाँदबाग स्कुलमा समेत तोडफोड र आगजनी भएको थियो, जसमा विद्यार्थी ओसारपसारका ६ वटा गाडीमा समेत आगो लगाइएको थियो।
“पुनर्निर्माणको यात्रामा दृढ छौं”
प्रबन्ध निर्देशक चौधरीले आन्दोलनका घटनाले दिएको पीडाबीच पनि सीजी पुनःस्थापनाको दिशामा अघि बढिरहेको बताएका छन्।
“हाम्रो निजी निवास, कार्यालय, शोरुम र कारखानाहरूमा भएको विध्वंसले गहिरो पीडा दिएको छ,” उनले भने, “तर हामी दृढ आत्मविश्वासका साथ पुनर्निर्माण यात्रामा अघि बढेका छौं।”
Facebook Comment
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
Banner
कांग्रेस उम्मेदवार चयन आजै टुंग्याइने : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फका उम्मेदवारको नाम आजै टुंगो लाग्ने बताएका छन् । सोमबार बिहान फेसबुकमा भिडियो पोस्ट गर्दै भन्नुभएको छ, ‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ।’ उनले पार्टीको पक्षमा एक ढिक्का भएर उम्मेदवारी दर्ताको पक्षमा रहेको बताएका छन् । उनले उम्मेदवार छान्ने भन्दा सहमति गर्ने र सबै पक्षलाई समेट्ने प्रयास भइरहेको उल्लेख गरेका छन् । उनले पार्टी एकताको अभियानमा जुट्न सबैलाई अनुरोधसमेत गरेका छन् । भोलि सबैजना आ–आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’समयको चापका बीच पार्टीभित्र सन्तुलन मिलाउने प्रयास भइरहेको थापाले बताएका छन् । थापाले आन्तरिक विवाद छाडेर एक जुट भएर निर्वाचनको अभियानमा जुट्न सबै पक्षलाई अनुरोध गरेका छन् ।
Banner
निर्वाचन आचारसंहिता लागू
निर्वाचन आयोगले चुनावका लागि आचारसंहिता लागू गरेको छ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनाव र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य चुनावका लागि आचारसंहिता लागू गरिएको आयोगले जनाएको छ ।
यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र पालिका तहका कर्मचारीहरू, सुरक्षा निकाय, सरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरू, राजनीतिक दल तथा उम्मेदवारहरूमा लागू हुनेछ ।
साथै सार्वजनिक पद धारण गरेका व्यक्तिहरू, सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीहरू, निजी तथा गैरसरकारी संस्था, विद्यालय, महाविद्यालय वा विश्वविद्यालयका शिक्षक तथा कर्मचारीहरू, मतदाताहरू, विकास साझेदार संस्थाहरू, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्थाहरू लगायत आयोगले तोकेका अन्य निकाय र व्यक्तिहरूमा पनि यो आचारसंहिता लागू हुने आयोगले जनाएको छ ।
आयोगले आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि सबैको सहयोगको अपेक्षा गरेको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login