Banner
असोज २७ गते सोमबारको राशिफल
आज २०८२ साल असोज २७ गते सोमबार । कात्तिक कृष्ण पक्षको सप्तमी तिथि । तदनुसार सन् २०२५ अक्टोबर १३ तारिख । आज अन्तर्राष्ट्रिय प्रकोप जोखिम न्युनिकरण दिवस परेको छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन राम्रो छ। धन प्राप्त हुनेछ। व्यापारमा सन्तुष्टि मिल्नेछ। परिवारमा सहकार्य हुनेछ। सहकर्मीको साथ मिल्नेछ। नजिकैको सुखद् यात्राको सम्भावना रहेको छ।
वृष : तपाईंका लागि आजको दिन राम्रो छ। आम्दानी बढ्नेछ। बोल्दा भने तीन पटक सोच्नु उपयुक्त हुन्छ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा भने समस्या हुने जोखिम छ। शिक्षा र राजनीतिक क्षेत्रमा बढुवा हुने योग छ।
मिथुन : दिन धेरै राम्रो छ। मन प्रशन्न रहनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शत्रुमाथि विजय प्राप्त हुनेछ। रोग नियन्त्रण हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
कर्कट : दिन राम्रो छ। पढाइ र प्रेममा सफलता प्राप्त हुनेछ। रचनात्मक कलाकारितामा मन जानेछ। लगानी गरेको भए फाइदा हुनेछ। सन्तानको व्यवहारबाट मन शान्त बन्नेछ।
सिंह : दिन सामान्य छ। सानो कुराले मन अशान्त बन्ने जोखिम छ। परिवारका कारणले निराशा बढ्नेछ। मिल्ने साथीसँग विवाद हुने जोखिम देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ।
कन्या : दिन राम्रो छ। शिक्षामा मन जानेछ। अध्ययनमा जोस र जाँगर बढ्नेछ। परिवारको मन बुझ्न नसक्दा खटपटी बढ्ने जोखिम छ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। विज्ञसँग सुझाव लिएर अगाडि बढ्नु राम्रो हुन्छ।
तुला : दिन राम्रो छ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। बोल्दा सचेत बन्नुपर्नेछ। परिवारसँग बसेर रमाइलो गरेर दिन बित्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
वृश्चिक : दिन राम्रो छ। सोचेका काम सहजै बन्नेछन्। मन शान्त बन्ने योग छ। परिवारको साथ मिल्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।
धनु : तपाईंका लागि आजको दिन सहज छ। साथीको साथ मिल्नेछ। परिवारको साथमा गरेको काममा सफलता प्राप्त होला। शिक्षा क्षेत्रमा प्रगति हुनेछ । राजनीतिक क्षेत्रमा सहयोगी भेटिने छन्।
मकर : दिन सामान्य छ। व्यापारमा घाटा हुनेछ। परिवारसँग झगडा हुने जोखिम छ। मनमा असन्तुष्टि बढ्नेछ। दाम्पत्य जीवनमा झन्झट आइपर्ने देखिन्छ ।
कुम्भ : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। धार्मिक क्षेत्रको महत्त्वपूर्ण यात्रा तय हुनेछ।
मीन : दिन सामान्य छ। साना कुराले मन अशान्त बन्नेछ। शरीरमा कष्ट हुनेछ। साथीसँग थोरै बोल्नु उचित हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। हरेक काम गर्दा तीन पटक सोच्नु उचित हुन्छ ।
Facebook Comment
Banner
एनपीएल आजदेखि : दिउँसो २ बजे शुभारम्भ, पहिलो खेल ४ बजे
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरू हुँदैछ । प्रतियोगिताको शुभारम्भ दिउँसो २ बजे हुनेछ भने पहिलो खेल ४ बजे हुनेछ ।
यही मङ्सिर २७ गतेसम्म सञ्चालन हुने एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन् । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डौ गुर्खाजबीच प्रतिस्पर्धा हुनेछ । एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डौ गुर्खाज र लुम्बिनी लायन्स गरी आठ टोली सहभागी छन् । हरेक टोलीमा विदेशीसहितका खेलाडी समावेश छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार प्रतियोगिताका कुल ३२ मध्ये २३ खेल राति फ्ल्डलाइटमा हुनेछन् । लिग चरणको अन्तिम खेल मङ्सिर २१ गते हुनेछ । यस पटक रङ्गशालामा १० हजार जना अट्ने प्यारापिट निर्माण गरिएको छ ।
प्रतियोगिताको विजेता टोलीलाई पुरस्कारस्वरूप एक करोड १० लाख रुपैयाँ प्रदान गरिनेछ । त्यसैगरी, प्रतियोगिताको उपविजेता टोलीले ५१ लाख रुपैयाँ, तेस्रो स्थान हासिल गर्नेले २५ लाख रुपैयाँ तथा चौथो हुनेले १५ लाख रुपैयाँ पाउनेछन् । यस पटक दैनिक नौ हजार चार सय ५० टिकट बिक्री गर्ने क्यानले जनाएको छ ।
Banner
आगामी माघ ११ मा राष्ट्रियसभा चुनाव, पुस १९ देखि मनोनयन प्रक्रिया सुरू
निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावको लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । आयोगबाट स्वीकृत कार्यक्रमअनुसार आउँदो पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म नामावली प्रकाशन, नामावलीमाथि दाबी विरोध तथा उजुरीमाथि छानबिन गरी पुस २२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन, पुस २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी, पुस २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो १ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारीको अन्तिम नामावली प्रकाशन हुनेछ ।
पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ । राष्ट्रियसभाका १८ सदस्यको चुनाव माघ ११ गते सम्बन्धित मतदान केन्द्रमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ ।
Banner
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल आजदेखि
बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि शुरू हुँदैछ । उद्घाटन खेल आज दिउँसो ४ बजे अघिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाजबीच त्रिवि क्रिकेट रंगशालामा हुनेछ । यसपटक एनपीएल फ्ल्डलाइटमा पनि हुनेछ ।
एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डौ गोर्खाज र लुम्बिनी लायन्स गरी आठ टोली सहभागी छन् । हरेक टोलीमा विदेशीसहितका खेलाडी समावेश छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार प्रतियोगिताका कुल ३२ मध्ये २३ खेल राति फ्ल्डलाइटमा हुनेछन् । लिग चरणको अन्तिम खेल मङ्सिर २१ गते हुनेछ । अंक तालिकामा पहिलो र दोस्रो हुने टोलीले पहिलो क्वालिफायरमा मङ्सिर २३ गते मंगलवार खेल्नेछन् । यो खेल जित्ने टोली सीधै फाइनलमा पुग्नेछ । तेस्रो र चौथो स्थानका टोलीबीचको इलिमिनेटर खेल मङ्सिर २४ गते बुधवार हुनेछ । यो खेल जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोलीको यात्रा समाप्त हुनेछ ।
पहिलो क्वालिफायरमा पराजित टोली र इलिमिनेटरको विजेता टोलीबीच दोस्रो क्वालिफायर मङ्सिर २५ गते बिहीवार हुनेछ । यो खेलको विजेता फाइनलमा पुग्नेछ । फाइनल खेल मङ्सिर २७ गते शनिवार हुनेछ । प्रतियोगिताको विजेता टोलीले १ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी, उपविजेताले ५१ लाख रुपैयाँ, तेस्रो हुनेले २५ लाख रुपैयाँ तथा चौथो स्थानमा रहने टोलीले १५ लाख रुपैयाँ पाउनेछ । जुन अघिल्लो सिजनकै पुरस्कार रकम बराबर हो ।
यसैबीच क्यानले एनपीएलको दोस्रो संस्करणबाट ३५ करोड रुपैयाँभन्दा धेरै आम्दानी हुने अनुमान गरेको छ । प्रायोजकबाट १५ करोड ३० लाख, सहभागी टोलीहरूबाट ९ करोड, ओटीटीबाट ५ करोड ३० लाख र टिकटबाट ८ देखि १२ करोड रुपैयाँसम्म उठ्ने क्यानको अनुमान छ । खेलको साधारण टिकट पाँच सय र प्रिमियम अर्थात् भीआईपी टिकट १५ सय रुपैयाँ तोकिएको छ ।
अन्य समूह चरणमा साधारणतर्फ पाँच सय र भीआईपीतर्फ एक हजार रुपैयाँ रहनेछ भने प्लेअफ तथा फाइनलका लागि साधारणतर्फ एक हजार र भीआईपीतर्फ दुई हजार रुपैयाँ तिर्नुपर्ने क्यानले जनाएको छ । साथै सिजनभरको पास १५ हजार रुपैयाँमा किन्न सकिनेछ । एनपीएल नेपालभित्र कान्तिपुर म्याक्स एचडीबाट प्रत्यक्ष प्रसारण हुनेछ भने विदेशमा स्टार स्पोट्र्सबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलले खेल क्षेत्रसँगै अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login