Banner
हमासले रिहा गर्ने बन्धकहरूको सूची सार्वजनिक, विपिन जोशीको नाम छैन
हमासले आज रिहा गर्न लागेका २० जना बन्धकहरूको नाम सार्वजनिक गरेको छ।
तर, उक्त सूचीमा नेपालका विद्यार्थी विपिन जोशीको नाम समावेश छैन।
प्यालेस्टिनी समाचार संस्था ‘शेहाब’ का अनुसार, गाजामा पक्राउ परेका २० जना इस्रायली बन्धकहरूलाई हमासले आज रिहा गर्न लागेको हो।
बीबीसीले उद्धृत गरेको सूचीअनुसार, सार्वजनिक गरिएका नामहरू यसप्रकार छन् :
बार कुपरस्टाइन, एव्यातार डेविड, योसेफ-चाइम ओहाना, सेगेव काल्फन, अविनातान ओर, एल्काना बोहबोट, म्याक्सिम हेरकिन, निमरोड कोहेन, माटान झाङाउकर, डेभिड कुनीओ, एइतान होर्न, माटान एन्ग्रेस्ट, एइतान मोर, गाली बर्मन, जिभ बर्मन, ओम्री मिरान, अलोन ओहेल, गाइ गिल्बोआ-डलाल, रोम ब्रास्लाब्स्की र एरिएल कोनियो।
गाजास्थित हमासले गत वर्ष अक्टोबरमा इस्रायलमाथि आक्रमण गरेपछि सयौँ जनालाई बन्धक बनाएको थियो।
त्यसमध्ये केहीलाई चरणबद्ध रूपमा रिहा गरिँदै आएको छ।
विपिन जोशी भने हालसम्म पनि रिहा हुने सूचीमा नपरेको पुष्टि भएको छ।
जोशी इस्रायलको साउथर्न क्षेत्रबाट हराइरहेका थिए।
Facebook Comment
Banner
आज २०८३ साल जेठ २५ गते सोमबारको राशिफल
२०८३ साल जेठ २५ गते सोमबार अधिक जेठ कृष्ण पक्षको अष्टमी तिथि। गोरखकाली पूजा । सन् २०२६ जुन ८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन राम्रो छ । धनलक्ष्मीको योग परेको छ । थोरै बोल्नु राम्रो हुनेछ । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ । परिवारसँग रमाइलो घुमघाम हुनेछ ।
वृष : दिन शुभ रहेको छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । समाजसेवा गर्न मन लाग्नेछ । विपक्षीले तपाईंको प्रशंसा गर्नेछन्। खानपानमा ख्याल नगर्दा पुराना रोगले सताउने भएकाले सचेत बन्नु राम्रो हुनेछ ।
मिथुन : दिन राम्रो छ । परिवारको साथ र सहयोग मिल्नेछ । सोचेका काम बन्नेछन् । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । संकटमा साथीको साथले महत्त्वपूर्ण काम बन्नेछ । व्यापारमा फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने छ ।
कर्कट : दिन सहज छ । बोली बिक्ने दिन छ । व्यापारम र लगानीका क्षेत्र अब्बल छन् । आफूले गरेको कामप्रति सन्तुष्टि मिल्नेछ । परिवारको तर्फबाट प्राप्त हुने रचनात्मक साथ र सहयोगले मन शान्त बन्नेछ । साथीभाइको साथले महत्त्वपूर्ण काम बन्नेछ ।
सिंह : दिन सामान्य छ । अरुले गरेका गल्तीको जिम्मेवारी तपाईंले लिनुपर्ने जोखिम छ । विवादमा फस्ने खतरा भएकाले थोरै बोल्नु राम्रो हुन्छ । विदेशको लगानीतर्फ तपाईंको मन आकर्षित हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ ।
कन्या : दिन राम्रो छ । कृषि र फलफूलको क्षेत्रबाट फाइदा हुनेछ । फलफूलको व्यापारमा नाफा हुनेछ । बोल्नु अगाडि सोच्नुपर्ने दिन छ । औषधी नियमति नहुँदा स्वास्थ्यमा समस्या हुनसक्छ । परिवारको साथले काम सहज बन्नेछ ।
तुला : दिन सामान्य छ । योजना सफल पार्न थप मिहिनेत गर्नुपर्ने देखिन्छ । अनुत्पादक क्षेत्रमा लगानी गर्ने बानीले मन अशान्त बन्नेछ । विपक्षी शान्त भएकाले महत्त्वपूर्ण काम बन्नेछ। शिक्षामा थप मिहिनेत आवश्यक देखिन्छ ।
वृश्चिक : खुट्टा तान्ने साथीहरु नै भएकाले काम गर्दा सचेत बन्नुपर्ने दिन छ । दाजुभाइको सहयोगमा महत्त्वपूर्ण काम बन्नेछ । राजनीतिमा अवसर प्राप्त हुनेछ । सोचेका काम बन्नेछन् । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा काम बन्ने छ ।
धनु : दिन सामान्य छ । सम्पत्ति खोज्दै हिँड्दा इज्जतमा दाग लाग्नेछ । आफ्नै साथीले कुरा काट्ने भएकाले सचेत हुनु राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । हरेक काममा मिहिनेत गर्नुपर्ने दिन छ ।
मकर : दिन राम्रो छ । मिहिनेतको फल मिल्ने योग छ । डुब्न लागेको धन हात लाग्नेछ । परिवारमा तपाईंको प्रशंसा हुनेछ । धार्मिक क्षेत्रको यात्राले मन शान्त बन्नेछ । परिवार भित्र थोरै बोलेमा ठुलो सफलता मिल्नेछ।
कुम्भ : दिन सामान्य छ । सञ्चित धन खर्च हुनसक्छ । अनुत्पादक क्षेत्रमा खर्च नगर्नु राम्रो हुनेछ । प्राविधिक शिक्षाको लगानीबाट भने फाइदा हुनेछ । खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ।
मीन : दिन राम्रो छ । काम गर्दा सचेत बन्नु पर्ने छ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । आफ्नो काम देखेर मनमा उत्साह बढ्नेछ । शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ । व्यापारमा फाइदा हुनेछ ।
Banner
राशिफल विशेष: आज कुन राशिलाई लाभ र कसलाई सावधानी
२०८३ साल जेठ २४ गते आइतबार अधिक जेठ कृष्ण पक्षको सप्तमी तिथि। सन् २०२६ जुन ७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन राम्रो छ । स्वास्थ्यले साथ दिने दिन छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । स्वदेशको भन्दा विदेशको रमझमले मन आकर्षित गर्नेछ । लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ।
वृष : शुभ दिन छ । मन शान्त बन्नेछ । व्यवहार गर्दा भने सचेत बन्नु उचित हुन्छ । आफ्नै बोलीका कारण साथीहरु टाढा हुनसक्ने भएकाले कर्तव्यमा सचेत बन्नुपर्ने समय छ । आफन्त र परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।
मिथुन : दिन धेरै राम्रो छ । नियमित काम सहजै बन्नेछ । राज्यको तर्फबाट भने भय हुने दिन छ । थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ । मन खुशी हुनेछ ।
कर्कट : दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । भूमि सम्बन्धी कारोबारमा घाटा हुनसक्छ । दाम्पत्य जीवन सुखमय बित्नेछ । धार्मिक क्षेत्रको लगाब बढ्नाले मनमा शान्ति मिल्नेछ । व्यापारमा थप मिहिनेत गर्नुपर्ने दिन छ ।
सिंह : दिन राम्रो छ । बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । निजी क्षेत्रमा गरेको शिक्षाको लगानीबाट प्रतिफल प्राप्त हुनेछ । प्रतिस्पर्धी साथी शान्त भएकाले काम गर्ने मौका मिल्नेछ । श्रमको मूल्य मिल्नेछ ।
कन्या : दिन सामान्य राम्रो छ । आफ्ना दैनिकी भन्दा ठुलो काम नगर्नु राम्रो हुनेछ । स्वास्थ्यमा ख्याल नगर्दा समस्या हुनसक्ने जोखिम छ । राज्यका तर्फबाट सेवाको अवसर मिल्नेछ । परोपरकामा सहभागी भएमा मन खुशी हुनेछ ।
तुला : दिन राम्रो छ । तपाईंले गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ । आज बनेको योजना सफल बन्नेछ । विदेशको रमझमले मन आकर्षित हुनेछ । समय दिन नसक्दा परिवारमा भने खटपटी बढ्ने जोखिम छ।
वृश्चिक : दिन सामान्य सहज छ । साना कुराले मनमा खटपटी बढ्नेछ । सम्पत्ति बढे पनि इज्जतमा भने दाग लाग्नेछ । शिक्षाको क्षेत्रमा लगानी गरेको भए ढिला गरी प्रगति हुनेछ । शरीरमा अल्छीपना बढ्नेछ ।
धनु : दिन राम्रो छ । आफूभन्दा ठुलासँगको भेटले मन खुशी हुनेछ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वदेशमा रोजगारीको अवसर देखेर मन खुशी हुनेछ । परिवारमा जिम्मेवारी मात्र पूरा गर्नु उचित हुनेछ ।
मकर : दैनिकी सहज बन्नेछ । दाजुभाइसँगको सहकार्यमा अगाडि बढेमा व्यापारमा लाभ हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीको प्रतिफल प्राप्त गर्न समय लाग्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
कुम्भ : काममा उर्जा मिल्ने छ । धन लाभ हुने दिन छ । रोगले सताउने जोखिम छ । खानपानमा ख्याल गर्नु राम्रो हुनेछ । व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ । राज्यको तर्फबाट सुविधा बढ्नेछ ।
मीन : नयाँ काम थालनी गर्ने समय छ । हरेक काममा साथीको साथ मिल्नेछ। परिवारसँगको सम्बन्ध सकारात्मक ढंगले अगाडि बढ्ने योग छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।
Banner
ग्रह–नक्षत्रको प्रभाव: आजको राशिफल
२०८३ साल जेठ २३ गते शनिबार अधिक जेठ कृष्ण पक्षको षष्ठी तिथि। सन् २०२६ जुन ६ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दैनिकी राम्रो छ । भविष्यको योजना आफैले बनाउनुपर्ने दिन छ । प्रयास गरेको क्षेत्रबाट प्रतिफल राम्रो प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
वृष : दिन राम्रो छ । शिक्षा क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ । कर्म क्षेत्रमा सन्तुष्टि मिल्नेछ । परिवारको सहमतिमा काम गर्नु राम्रो हुनेछ । वैदेशिक क्षेत्रको लगानीमा सचेत हुनुपर्ने दिन छ ।
मिथुन : समय राम्रो छ । आर्थिक क्षेत्रमा उन्नति र सामाजिक क्षेत्रको सम्बन्ध सुधार हुनेछ । परिवारबाट सहयोग प्राप्त हुनेछ । शिक्षामा भने मिहिनेत गर्नुपर्ने छ ।
कर्कट : दिन राम्रो छ । धार्मिक यात्रा हुनेछ । साथीसँगको भेट रमाइलो हुनेछ । शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ । स्वास्थ्यमा समस्या भए सुधार हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
सिंह : आजको दिन राम्रो छ । बौद्धिक व्यक्तिसँग भेट हुनेछ । साथीभाइले साथ दिनेछन्। स्वदेशको भन्दा विदेशको लगानीबाट फाइदा हुनेछ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ । काममा जाँगर बढ्ने छ ।
कन्या : समय सामान्य छ । सञ्चित धन खर्च हुने जोखिम बढ्नेछ । लगानी गर्ने भए शिक्षा क्षेत्रमा प्रगति हुनेछ । वैदेशिक रोजगारीमा उन्नति हुनेछ । परिवारभित्र खटपटी बढ्ने जोखिम हुनसक्छ ।
तुला : दिन राम्रो छ । शिक्षा क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ । कर्म क्षेत्रमा सन्तुष्टि मिल्नेछ । परिवारको सहमतिमा काम गर्नु राम्रो हुनेछ । वैदेशिक क्षेत्रको लगानीमा सचेत हुनुपर्ने दिन छ ।
वृश्चिक : दैनिकी सामान्य राम्रो छ । आर्थिक क्षेत्रमा गरेको लगानीबाट ठुलो फाइदा हुनेछ । गुमेको धन हात लाग्ने योग छ । शिक्षा क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । परिवारसँगको सम्बन्ध राम्रो रहने छ ।
धनु : पुराना साथीको भलाकुसारीबाट दिन रमाइलो बन्नेछ । शिक्षा क्षेत्रमा फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध राम्रो छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । व्यापारबाट आर्थिक लाभ हुनेछ ।
मकर : समय सामान्य छ । स्वार्थ समूह सक्रिय भएकाले काम गर्दा सचेत हुनुपर्ने देखिन्छ । न्यायपूर्वक गरेको लगानीबाट फाइदा हुनेछ । परिवार र प्रेम सम्बन्ध सुखमय रहनेछ । व्यापारमा नाफा हुनेछ ।
कुम्भ : दैनिकी राम्रो छ । आर्थिक अवस्था सुधार हुनेछ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुने योग छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । प्रेममा सफलता मिल्नेछ।
मीन : दिन सहज छ । मिहिनेतको फल मिल्नेछ । शिक्षाको क्षेत्रमा लगानी गरेको भए राम्रो हुनेछ । अनावश्यक खर्चबाट आफैं जोगिनु राम्रो हुन्छ । सापटी नदिनु उचित हुन्छ । परिवारभित्र विवाद बढ्ने भएकाले थोरै बोल्नु राम्रो हुन्छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login