Banner
कमेडियन कपिल शर्माको क्यानाडास्थित क्याफेमा तेस्रो पटक गोली प्रहार
भारतीय चर्चित कमेडियन कपिल शर्मासँग सम्बन्धित क्यानाडाको सरे सहरस्थित क्याफेमा बिहीबार राति अज्ञात समूहले फेरी गोली प्रहार गरेको छ । यो क्याफेमाथि भएको यो तेस्रो आक्रमण हो ।
भारतीय मिडिया टाइम्स अफ इन्डियाका अनुसार, कुख्यात भारतीय ग्याङस्टर लरेन्स बिश्नोई समूहसँग सम्बन्धित भनिने कुलवीर सिधुले सामाजिक सञ्जालमार्फत आक्रमणको जिम्मेवारी स्वीकार गरेका छन् । उनले आम जनतालाई क्याफेदेखि टाढा रहन चेतावनी दिएका छन् ।
सरे पुलिस सर्विसका अनुसार, घटनास्थलमा पुग्दा क्याफेको भवनमा धेरै गोली लागेको पाइएको थियो । घटनाको समयमा क्याफेभित्र कर्मचारीहरू रहेका थिए, तर भाग्यवश कसैलाई चोटपटक लागेको छैन ।
यसअघि पनि सो क्याफेमाथि ९ जुलाई र ७ अगस्टमा हमला भइसकेको थियो । सामाजिक सञ्जालमा कुलवीर सिधु र गोल्डी ढिल्लनले पोस्ट गर्दै लेखेका छन्,
“हामी तीनवटै गोलीबारको जिम्मेवारी लिन्छौँ । हामीलाई आम जनतासँग कुनै समस्या छैन । तर जोसँग विवाद छ वा पैसा तिर्दैनन्, उनीहरू तयार रहुन्।”
उनीहरूले बलिउडका धर्मविरोधी टिप्पणी गर्नेहरूलाई पनि चेतावनी दिएका छन्,
“तयार रहनुहोस्, गोली जहाँबाट पनि आउन सक्छ।”
प्रहरीले समुदायलाई सतर्क रहन र कुनै पनि शंका लाग्दा तुरुन्त रिपोर्ट गर्न आग्रह गरेको छ ।
हालसम्म कपिल शर्मा वा उनको व्यवस्थापन टिमले यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन् ।
Facebook Comment
Banner
दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पूरा गरे १०० खेल
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १०० खेल खेल्ने उपलब्धि हासिल गरेका छन्।
एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत सोमबार हङकङविरुद्ध भएको फाइनल खेलमा सहभागिता जनाएसँगै उनले यो कीर्तिमानी संख्या पूरा गरेका हुन्। उक्त खेलमा नेपालले टस जितेर पहिलो चरणमा बलिङ रोजेको थियो।
यस उपलब्धिसँगै दीपेन्द्र टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतकीय खेल संख्या पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्। नेपाली खेलाडीहरूमध्ये सोमपाल कामीले हालसम्म ९१ तथा करण केसीले ९० टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन्।
दीपेन्द्रले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध लर्ड्स मैदानमा भएको खेलमार्फत टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रतिनिधित्व सुरु गरेका थिए। त्यसयता उनले ब्याटिङ र बलिङ दुवै क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएका छन्।
१०० खेलको यात्रासम्म आइपुग्दा उनले एक शतक र १२ अर्धशतकको मद्दतले २ हजार २ सय १३ रन जोडिसकेका छन्। साथै उनले ६२ विकेट पनि आफ्नो नाममा दर्ज गरेका छन्। हङकङविरुद्धको खेलको प्रदर्शन भने उक्त तथ्यांकमा समावेश हुन बाँकी छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा दीपेन्द्र हाल पाँचौँ स्थानमा रहेका छन्। यसअघि उनी उक्त वरियताको दोस्रो स्थानसम्म पुग्न सफल भएका थिए।
लामो समय राष्ट्रिय टोलीको उपकप्तानको जिम्मेवारी सम्हालेका दीपेन्द्रलाई केही समयअघि मात्र टी-२० अन्तर्राष्ट्रिय टोलीको कप्तानी सुम्पिएको थियो।
Banner
आज २०८३ साल जेठ २५ गते सोमबारको राशिफल
२०८३ साल जेठ २५ गते सोमबार अधिक जेठ कृष्ण पक्षको अष्टमी तिथि। गोरखकाली पूजा । सन् २०२६ जुन ८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन राम्रो छ । धनलक्ष्मीको योग परेको छ । थोरै बोल्नु राम्रो हुनेछ । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। निजी क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ । परिवारसँग रमाइलो घुमघाम हुनेछ ।
वृष : दिन शुभ रहेको छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । समाजसेवा गर्न मन लाग्नेछ । विपक्षीले तपाईंको प्रशंसा गर्नेछन्। खानपानमा ख्याल नगर्दा पुराना रोगले सताउने भएकाले सचेत बन्नु राम्रो हुनेछ ।
मिथुन : दिन राम्रो छ । परिवारको साथ र सहयोग मिल्नेछ । सोचेका काम बन्नेछन् । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । संकटमा साथीको साथले महत्त्वपूर्ण काम बन्नेछ । व्यापारमा फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने छ ।
कर्कट : दिन सहज छ । बोली बिक्ने दिन छ । व्यापारम र लगानीका क्षेत्र अब्बल छन् । आफूले गरेको कामप्रति सन्तुष्टि मिल्नेछ । परिवारको तर्फबाट प्राप्त हुने रचनात्मक साथ र सहयोगले मन शान्त बन्नेछ । साथीभाइको साथले महत्त्वपूर्ण काम बन्नेछ ।
सिंह : दिन सामान्य छ । अरुले गरेका गल्तीको जिम्मेवारी तपाईंले लिनुपर्ने जोखिम छ । विवादमा फस्ने खतरा भएकाले थोरै बोल्नु राम्रो हुन्छ । विदेशको लगानीतर्फ तपाईंको मन आकर्षित हुनेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ ।
कन्या : दिन राम्रो छ । कृषि र फलफूलको क्षेत्रबाट फाइदा हुनेछ । फलफूलको व्यापारमा नाफा हुनेछ । बोल्नु अगाडि सोच्नुपर्ने दिन छ । औषधी नियमति नहुँदा स्वास्थ्यमा समस्या हुनसक्छ । परिवारको साथले काम सहज बन्नेछ ।
तुला : दिन सामान्य छ । योजना सफल पार्न थप मिहिनेत गर्नुपर्ने देखिन्छ । अनुत्पादक क्षेत्रमा लगानी गर्ने बानीले मन अशान्त बन्नेछ । विपक्षी शान्त भएकाले महत्त्वपूर्ण काम बन्नेछ। शिक्षामा थप मिहिनेत आवश्यक देखिन्छ ।
वृश्चिक : खुट्टा तान्ने साथीहरु नै भएकाले काम गर्दा सचेत बन्नुपर्ने दिन छ । दाजुभाइको सहयोगमा महत्त्वपूर्ण काम बन्नेछ । राजनीतिमा अवसर प्राप्त हुनेछ । सोचेका काम बन्नेछन् । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा काम बन्ने छ ।
धनु : दिन सामान्य छ । सम्पत्ति खोज्दै हिँड्दा इज्जतमा दाग लाग्नेछ । आफ्नै साथीले कुरा काट्ने भएकाले सचेत हुनु राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ । हरेक काममा मिहिनेत गर्नुपर्ने दिन छ ।
मकर : दिन राम्रो छ । मिहिनेतको फल मिल्ने योग छ । डुब्न लागेको धन हात लाग्नेछ । परिवारमा तपाईंको प्रशंसा हुनेछ । धार्मिक क्षेत्रको यात्राले मन शान्त बन्नेछ । परिवार भित्र थोरै बोलेमा ठुलो सफलता मिल्नेछ।
कुम्भ : दिन सामान्य छ । सञ्चित धन खर्च हुनसक्छ । अनुत्पादक क्षेत्रमा खर्च नगर्नु राम्रो हुनेछ । प्राविधिक शिक्षाको लगानीबाट भने फाइदा हुनेछ । खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ।
मीन : दिन राम्रो छ । काम गर्दा सचेत बन्नु पर्ने छ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । आफ्नो काम देखेर मनमा उत्साह बढ्नेछ । शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ । व्यापारमा फाइदा हुनेछ ।
Banner
राशिफल विशेष: आज कुन राशिलाई लाभ र कसलाई सावधानी
२०८३ साल जेठ २४ गते आइतबार अधिक जेठ कृष्ण पक्षको सप्तमी तिथि। सन् २०२६ जुन ७ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष : दिन राम्रो छ । स्वास्थ्यले साथ दिने दिन छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । स्वदेशको भन्दा विदेशको रमझमले मन आकर्षित गर्नेछ । लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ।
वृष : शुभ दिन छ । मन शान्त बन्नेछ । व्यवहार गर्दा भने सचेत बन्नु उचित हुन्छ । आफ्नै बोलीका कारण साथीहरु टाढा हुनसक्ने भएकाले कर्तव्यमा सचेत बन्नुपर्ने समय छ । आफन्त र परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।
मिथुन : दिन धेरै राम्रो छ । नियमित काम सहजै बन्नेछ । राज्यको तर्फबाट भने भय हुने दिन छ । थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ । मन खुशी हुनेछ ।
कर्कट : दिन राम्रो छ । स्वास्थ्यमा सुधार हुनेछ । भूमि सम्बन्धी कारोबारमा घाटा हुनसक्छ । दाम्पत्य जीवन सुखमय बित्नेछ । धार्मिक क्षेत्रको लगाब बढ्नाले मनमा शान्ति मिल्नेछ । व्यापारमा थप मिहिनेत गर्नुपर्ने दिन छ ।
सिंह : दिन राम्रो छ । बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । निजी क्षेत्रमा गरेको शिक्षाको लगानीबाट प्रतिफल प्राप्त हुनेछ । प्रतिस्पर्धी साथी शान्त भएकाले काम गर्ने मौका मिल्नेछ । श्रमको मूल्य मिल्नेछ ।
कन्या : दिन सामान्य राम्रो छ । आफ्ना दैनिकी भन्दा ठुलो काम नगर्नु राम्रो हुनेछ । स्वास्थ्यमा ख्याल नगर्दा समस्या हुनसक्ने जोखिम छ । राज्यका तर्फबाट सेवाको अवसर मिल्नेछ । परोपरकामा सहभागी भएमा मन खुशी हुनेछ ।
तुला : दिन राम्रो छ । तपाईंले गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ । आज बनेको योजना सफल बन्नेछ । विदेशको रमझमले मन आकर्षित हुनेछ । समय दिन नसक्दा परिवारमा भने खटपटी बढ्ने जोखिम छ।
वृश्चिक : दिन सामान्य सहज छ । साना कुराले मनमा खटपटी बढ्नेछ । सम्पत्ति बढे पनि इज्जतमा भने दाग लाग्नेछ । शिक्षाको क्षेत्रमा लगानी गरेको भए ढिला गरी प्रगति हुनेछ । शरीरमा अल्छीपना बढ्नेछ ।
धनु : दिन राम्रो छ । आफूभन्दा ठुलासँगको भेटले मन खुशी हुनेछ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । स्वदेशमा रोजगारीको अवसर देखेर मन खुशी हुनेछ । परिवारमा जिम्मेवारी मात्र पूरा गर्नु उचित हुनेछ ।
मकर : दैनिकी सहज बन्नेछ । दाजुभाइसँगको सहकार्यमा अगाडि बढेमा व्यापारमा लाभ हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीको प्रतिफल प्राप्त गर्न समय लाग्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।
कुम्भ : काममा उर्जा मिल्ने छ । धन लाभ हुने दिन छ । रोगले सताउने जोखिम छ । खानपानमा ख्याल गर्नु राम्रो हुनेछ । व्यवहार गर्दा सचेत बन्नुपर्ने समय छ । राज्यको तर्फबाट सुविधा बढ्नेछ ।
मीन : नयाँ काम थालनी गर्ने समय छ । हरेक काममा साथीको साथ मिल्नेछ। परिवारसँगको सम्बन्ध सकारात्मक ढंगले अगाडि बढ्ने योग छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । शिक्षामा गरेको मिहिनेतको फल मिल्नेछ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login