Connect with us
Advertisement

भारतको बिहारमा आज पहिलो चरणको मतदान

Published

on

भारतको बिहार राज्यमा आज (बिहीबार) विधानसभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान हुँदैछ । पहिलो चरणमा १८ जिल्लाका १२१ विधानसभा सिटका लागि मतदान हुन गइरहेको हो ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिहारको राजधानी पटना पनि पहिलो चरणमा मतदान हुने क्षेत्रमा पर्दछ । पहिलो चरणमा बिहारका उपमुख्यमन्त्री सम्राट चौधरी, उपमुख्यमन्त्री विजय सिन्हा र राष्ट्रिय जनता दल (आरजेडी) का नेता तेजस्वी यादवलगायतका ‘हेभिवेट’ हरू प्रतिष्पर्धामा छन् ।बिहारका बाँकी २० जिल्लाका १२२ विधानसभा क्षेत्रमा दोस्रो चरण (११ नोभेम्बार) मा मतदान हुने छ । निर्वाचन आयोगले १४ नोभेम्बरमा चुनावको नतिजा घोषणा गर्ने योजना बनाएको छ ।

नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा विधान सभा निर्वाचन अन्तिम चरणमा पुगेको छ । दुई सय ४३ सिटका लागि हुन गइरहेको निर्वाचन दुई चरणमा सम्पन्न हुने छ ।

६ नोभेम्बर (२० कात्तिक) र ११ नोभेम्बर (२५ कात्तिक) मा गरी दुई चरणमा मतदान हुने निर्वाचन कार्यतालिका रहेको छ । भारतीय सञ्चारमाध्यमहरूले १४ नोभेम्बर (२८ कात्तिक) मा चुनावी परिणाम सार्वजनिक भइसक्ने जनाएका छन् ।

बिहारमा मुख्य रूपले राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) र महागठबन्धनबीच प्रतिष्पर्धा हुने छ । यसपल्ट विधान सभा निर्वाचनमा प्रशान्त किशोरको पार्टी जन सुराजको उपस्थिति चर्चामा छ ।

एनडीएमा भारतीय जनता पार्टी (भाजपा), जनता दल (युनाइटेड), लोक जनशक्ति पार्टी (रामविलास), हिन्दुस्तानी अवाम मोर्चा र राष्ट्रिय लोक मोर्चाआवद्ध छन् ।

राष्ट्रिय जनता दल (राजद), भारतीय राष्ट्रिय कांग्रेस, विकासशील इन्सान पार्टी, कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी–लेनिनवादी), कम्युनिस्ट पार्टी अफ इन्डिया र कम्युनिस्ट पार्टी अफ इण्डिया (मार्क्सवादी) महागठबन्धनमा छन् ।

एनडीए गठबन्धन वर्तमान सत्तारुढ गठबन्धन हो । यसको नेतृत्व मुख्य रूपमा भाजपा र जनता दल (युनाइटेड)ले गरिरहेका छन् । महागठबन्धन विपक्षी गठबन्धन हो । यसको नेतृत्व राष्ट्रिय जनता दलले गर्दैछ । महागठबन्धनले तेजस्वी यादवलाई मुख्यमन्त्री पदको उम्मेदवार घोषणा गरेको छ ।

बिहार विधान सभा निर्वाचनका लागि कुल पञ्जीकृत मतदाताको संख्या सात करोड, ४३ लाख ५५ हजार ९७६ रहेको छ । जसमध्ये झण्डै तीन करोड ९२ लाख ७० हजार ८०४ पुरूष र करिब तीन करोड ४९ लाख ८२ हजार ८२८ महिला मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।

विहारमा ८५ वर्षभन्दा माथिका चार लाख तीन हजार ९८५ ले कमितमा पनि दोहोर्‍याएर र १४ लाख एक हजार ५० जना १८ देखि १९ वर्षका मतदाताले पहिलोपल्ट मतदान गर्न लागेका छन् ।

दुई चरणमा सम्पन्न हुने मतदानमा सात लाख २० हजार ७०९ दिव्याङ्ग (अपाङ्गता भएका) र १७ सय बढी तेस्रो लिङ्गी मतदाताहरू निर्वाचनमा सहभागी हुने बताइएको छ । बिहारमा मतदाता नामावलीमा समावेश नभएका नागरिकको संख्या ६५ लाख ६४ हजार ७५ रहेको नवभारत टाइम्सले जनाएको छ ।

बिहार विधान सभा निर्वाचनमा मुख्य मुद्दाका रूपमा रोजगार, बिहारबाट हुने पलायन, अपराध, भ्रष्टाचार, शिक्षा, स्वास्थ्य, बिजुली–सडक–पानी, महिला आरक्षण, लोकप्रिय कल्याणकारी योजनाहरू रहेका छन् ।

विधान सभा निर्वाचन बिहारको राजनीतिक दिशा तय गर्ने एक उपलब्धि हो । यो निर्वाचनमा प्रमुख दलहरू राष्ट्रिय जनता दल (राजद), जनता दल (युनाइटेड), भारतीय जनता पार्टी (भाजपा), कांग्रेस र अन्य क्षेत्रीय पार्टीहरू आमुने–सामुने छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सुन्दरहरैँचा कांग्रेस नगर उपसभापतिमा कमल ढुङ्गाना ‘कुन्दन’को उम्मेदवारी

Published

on

नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनलाई लक्षित गर्दै सुन्दरहरैँचा नगर उपसभापति पदमा कमल ढुङ्गाना ‘कुन्दन’ले उम्मेदवारी घोषणा गरेका छन्।

ढुङ्गाना हाल नेपाल तरुण दलको कार्यवाहक सभापतिको जिम्मेवारीमा छन् भने गछिया जेसीजका अध्यक्षसमेत हुन्। लामो समयदेखि सामाजिक तथा युवा क्षेत्रमा सक्रिय ढुङ्गाना युवामाझ लोकप्रिय मानिन्छन्।

सरल स्वभाव, लगनशीलता र नेतृत्व क्षमताका कारण युवापंक्तिमा आफ्नो छुट्टै पहिचान बनाएका ढुङ्गानाले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने बताएका छन्।

नगर उपसभापतिको उम्मेदवारीसँगै ढुङ्गानाले पार्टीभित्र युवाको सक्रिय सहभागिता बढाउने, संगठनलाई जनमुखी बनाउने तथा कार्यकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन्।

Continue Reading

Banner

विनाशकारी रसुवा बाढीको सरकारद्वारा ‘हिमालयन सुनामी’ नामकरण

Published

on

सरकारले १० भदौमा आएको विनाशकारी रसुवा बाढीलाई ‘हिमालयन सुनामी’ नामकरण गरेको छ । सरकारले त्यही नामबाट संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उक्त नाम सुनाएका हुन् ।

संयुक्त राष्ट्रसंघीय महासभामा जानुअघि समितिलाई भ्रमणबारे जानकारी गराउँदै मन्त्री खनालले भने, ‘अहिलेको जुन बाढी छ, मैले सुनामी भन्ने गरेको छु– हिमालयन सुनामी । जुन डिजास्टर अनुभव गरियो, जसले पछिल्लो समय कम्तीमा पनि २०/२५ वर्षदेखि बनाइराखेको समृद्धिको न्यारेटिभमा नै धक्का पुर्‍याएको छ,’ उनले भने ।

१० भदौमा भोटेकोसीमा आएको बाढीले रसुवा, धादिङ, नुवाकोटमा सबैभन्दा बढी प्रभावित बनाएको छ । रसुवा र नुवाकोटमा भएको क्षति भने निकै बढी छ । बस्ती नै बगाएका कारण कम्तीमा पनि १० हजार नागरिक बेपत्ता भएको अनुमान छ । विभिन्न जलविद्युत् आयोजनादेखि अन्य संरचनाहरूमा पनि क्षति पुर्‍याएको छ ।

लाङटाङ लिरुङ हिमालमा भएको विस्फोटपछि तिब्बतको ल्हेन्दे खोला हुँदै भोटेकोसीमा बाढी आएको थियो ।

सरकार अहिले पनि उद्धारमा सक्रिय छ । उक्त विपत्‌पछि सरकारले संयुक्त राष्ट्रसंघमा जलवायु परिवर्तनका कारण नेपालले क्षति व्यहोर्नुपरेको आवाज उठाउँदै छ । त्यस क्रममा सरकारले क्षतिपूर्तिको माग दाबी गर्ने तयारीसमेत गरेको छ ।

उक्त तयारीका लागि परराष्ट्रमन्त्री खनाल महसभामा जाने तयारीमा छन् । साथै, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ६ असोजमा महासभामा भाग लिन अमेरिका जाने तयारी छ । उनले ८ असोजमा सम्बोधन गर्ने तयारी छ ।

Continue Reading

Banner

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै

Published

on

नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र बंगलादेशविरुद्ध ऐतिहासिक अन्तर्राष्ट्रिय टि-२० शृंखला खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) र बंगलादेश क्रिकेट बोर्ड (बिसीबी) को संयुक्त आयोजनामा मार्च २०२७ मा तीन खेलको टि-२० अन्तर्राष्ट्रिय शृंखला सञ्चालन हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदान, कीर्तिपुरमा आयोजना हुने उक्त शृंखलाका खेल वि.सं. २०८३ चैत १२, १४ र १६ गते ( सन् २०२७ मार्च २६, २८ र ३०) मा खेलिनेछन्। नेपाली टोलीले घरेलु मैदानमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृंखला खेल्न लागेको यो पहिलो अवसर हो।

यो शृंखला नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाएका पीडितको स्मृतिमा समर्पित गरिनेछ। यसका साथै बंगलादेश क्रिकेट बोर्डले नेपालको महिला क्रिकेट, उमेर समूहका टोली, उच्च प्रदर्शन कार्यक्रम (हाई पर्फर्मेन्स) तथा प्राविधिक क्षमता अभिवृद्धिमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक